< ויקרא 16 >

וידבר יהוה אל משה אחרי מות שני בני אהרן בקרבתם לפני יהוה וימתו׃ 1
हारूनका दुई छोरा परमप्रभुको अगि गएका कारण तिनीहरूको मृत्‍यु भएपछि परमप्रभु मोशासँग बोल्‍नुभयो ।
ויאמר יהוה אל משה דבר אל אהרן אחיך ואל יבא בכל עת אל הקדש מבית לפרכת אל פני הכפרת אשר על הארן ולא ימות כי בענן אראה על הכפרת׃ 2
परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरा दाजु हारूनलाई मनपरी समयमा सन्दूकमाथिको प्रायश्‍चित्त-आसनको अगि पर्दाभित्रको महा-पवित्र स्थानमा नआओस् भन् । त्यसले त्यस्तो गरे त्यो मर्ने छ, किनभने प्रायश्‍चित्त-आसनमाथि बादलमा म प्रकट हुने छु ।
בזאת יבא אהרן אל הקדש בפר בן בקר לחטאת ואיל לעלה׃ 3
यसैकारण हारून महा-पवित्र स्थानभित्र यसरी प्रवेश गरोस् । त्यसले पापबलिको रूपमा एउटा साँढे र होमबलिको निम्ति एउटा भेडा लिएर आओस् ।
כתנת בד קדש ילבש ומכנסי בד יהיו על בשרו ובאבנט בד יחגר ובמצנפת בד יצנף בגדי קדש הם ורחץ במים את בשרו ולבשם׃ 4
त्यसले सूतीको पवित्र दौरा, र सूतीको भित्री वस्‍त्र पहिरोस्, र सूतीको पटुका र सूतीको फेटा लगाओस् । यी पवित्र पोशाक हुन् । त्यसले आफ्‍नो शरीर पानीले नुहाएर यी पोशाक लगाओस् ।
ומאת עדת בני ישראל יקח שני שעירי עזים לחטאת ואיל אחד לעלה׃ 5
त्यसले इस्राएलका मानिसहरूको समुदायबाट पापबलिको रूपमा दुईवटा बोका र होमबलिको रूपमा एउटा भेडा लेओस् ।
והקריב אהרן את פר החטאת אשר לו וכפר בעדו ובעד ביתו׃ 6
अनि हारूनले साँढेलाई पापबलिको रूपमा अर्पण गरोस्, जुन त्यो आफै र आफ्‍नो परिवारको लागि प्रायश्‍चित्त गर्नका निम्ति हुने छ ।
ולקח את שני השעירם והעמיד אתם לפני יהוה פתח אהל מועד׃ 7
त्यसपछि त्यसले दुईवटा बोका लिएर भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुको अगि तयार गरोस् ।
ונתן אהרן על שני השעירם גורלות גורל אחד ליהוה וגורל אחד לעזאזל׃ 8
अनि हारूनले ती दुई बोकाका निम्ति चिट्ठा हालोस्, एउटा चिट्ठाचाहिँ परमप्रभुको निम्ति अर्पण गर्नलाई, र अर्कोचाहिँ छोडिने बोकाको निम्ति ।
והקריב אהרן את השעיר אשר עלה עליו הגורל ליהוה ועשהו חטאת׃ 9
चिट्ठामा परमप्रभुको भागमा परेको बोकालाई हारूनले पापबलिको निम्ति अर्पण गरोस् ।
והשעיר אשר עלה עליו הגורל לעזאזל יעמד חי לפני יהוה לכפר עליו לשלח אתו לעזאזל המדברה׃ 10
तर छोडिनको निम्ति चिट्ठा परेको बोकालाईचाहिँ उजाड-स्थानमा छोडेर प्रायश्‍चित्त गर्नको निम्ति परमप्रभुको अगि जीवितै ल्याइयोस् ।
והקריב אהרן את פר החטאת אשר לו וכפר בעדו ובעד ביתו ושחט את פר החטאת אשר לו׃ 11
त्यसपछि हारूनले आफ्‍नै निम्ति साँढेलाई पापबलिको रूपमा अर्पण गरोस् । त्यसले आफ्नो र आफ्नो परिवारको निम्ति प्रायश्‍चित्त गरोस्, र यसैकारण आफ्नै निम्ति पापबलिको रूपमा त्यसले साँढेलाई मारोस् ।
ולקח מלא המחתה גחלי אש מעל המזבח מלפני יהוה ומלא חפניו קטרת סמים דקה והביא מבית לפרכת׃ 12
हारूनले वेदीबाट आगोका फिलिङ्गाहरूले भरिएको एउटा धुपौरो र आफ्ना हातमा मसिनो गरी पिसिएको सुगन्धित धुप लिएर पर्दाभित्र परमप्रभुको सामु ल्याओस् ।
ונתן את הקטרת על האש לפני יהוה וכסה ענן הקטרת את הכפרת אשר על העדות ולא ימות׃ 13
त्यहाँ त्यसले परमप्रभुको सामु भएको आगोमा धुप राखोस् ताकि करारको सन्दुकमाथिको प्रायश्‍चित्त-आसनलाई त्यस धुपबाट निस्‍केको बादलले ढाकोस् । त्यो नमरोस् भनेर त्यसले यो गरोस् ।
ולקח מדם הפר והזה באצבעו על פני הכפרת קדמה ולפני הכפרת יזה שבע פעמים מן הדם באצבעו׃ 14
अनि त्यसले साँढेको केही रगत लिएर प्रायश्‍चित्त-आसनको सामु आफ्नो औँलाले छर्कोस् । त्यसले प्रायश्‍चित्त-आसनको सामु औँलाले सात पटक रगत छर्कोस् ।
ושחט את שעיר החטאת אשר לעם והביא את דמו אל מבית לפרכת ועשה את דמו כאשר עשה לדם הפר והזה אתו על הכפרת ולפני הכפרת׃ 15
त्यसपछि त्यसले मानिसहरूका निम्ति पापबलिको बोकालाई मारोस् र त्यसको रगत पर्दाभित्र ल्याओस् । त्यसले त्यहाँ साँढेको रगतलाई जे गरेको थियो, बोकाको रगतलाई पनि त्यस्‍तै गरोस्, अर्थात् त्यसले त्यो रगत प्रायश्‍चित्त-आसनमाथि र त्यसपछि प्रायश्‍चित्त-आसनको सामु छर्कोस् ।
וכפר על הקדש מטמאת בני ישראל ומפשעיהם לכל חטאתם וכן יעשה לאהל מועד השכן אתם בתוך טמאתם׃ 16
इस्राएलका मानिसहरूका अशुद्ध कामहरू, तिनीहरूको विद्रोह र तिनीहरूका सारा पापको कारण पवित्रस्थानको निम्ति त्यसले प्रायश्‍चित्त गरोस् । त्यसले यो भेट हुने पालको निम्ति पनि गरोस्, जहाँ तिनीहरूका अशुद्ध कामहरूका बिचमा परमप्रभु तिनीहरू माझमा बास गर्नुहुन्छ ।
וכל אדם לא יהיה באהל מועד בבאו לכפר בקדש עד צאתו וכפר בעדו ובעד ביתו ובעד כל קהל ישראל׃ 17
हारून महा-पवित्र स्थानमा प्रायश्‍चित्त गर्नको निम्ति प्रवेश गरेपछि त्यसले आफ्नो, आफ्नो परिवार र इस्राएलका सबै समुदायको निम्ति प्रायश्‍चित्त गर्न सकेर बाहिर नआएसम्म कोही पनि भेट हुने पालभित्र नपसोस् ।
ויצא אל המזבח אשר לפני יהוה וכפר עליו ולקח מדם הפר ומדם השעיר ונתן על קרנות המזבח סביב׃ 18
परमप्रभुको सामु भएको वेदीको नजिक त्यो जाओस् र त्यसको निम्ति प्रायश्‍चित्त गरोस्, र साँढे र बोकाको केही रगत लिएर त्यसले वेदीका सिङहरूका चारैतिर लगाओस् ।
והזה עליו מן הדם באצבעו שבע פעמים וטהרו וקדשו מטמאת בני ישראל׃ 19
त्यसले त्यसलाई शुद्ध गर्न र इस्राएलका मानिसहरूका अशुद्ध कामहरूबाट टाढा गरी परमप्रभुको निम्ति अलग्‍ग गर्नलाई त्यसमाथि आफ्नो औँलाले केही रगत सात पटक छर्कोस् ।
וכלה מכפר את הקדש ואת אהל מועד ואת המזבח והקריב את השעיר החי׃ 20
त्यसले महा-पवित्र स्थान, भेट हुने पाल र वेदीको निम्ति प्रायश्‍चित्त गरेर सक्‍काएपछि त्यसको जिउँदो बोका अर्पण गरोस् ।
וסמך אהרן את שתי ידו על ראש השעיר החי והתודה עליו את כל עונת בני ישראל ואת כל פשעיהם לכל חטאתם ונתן אתם על ראש השעיר ושלח ביד איש עתי המדברה׃ 21
हारूनले आफ्ना दुवै हात त्यस जिउँदो बोकाको शिरमा राखोस् र त्यसमाथि इस्राएलका मानिसहरूका सबै दुष्‍टता, तिनीहरूका सबै विद्रोह, र सबै पापलाई मानिलिओस् । त्यसपछि त्यसले त्यस बोकाको शिरमाथि त्यो पाप राखोस् र त्यस बोकालाई उजाड-स्थानतर्फ डोर्‍याउन तयार भएको मानिसको जिम्मामा दिओस् ।
ונשא השעיר עליו את כל עונתם אל ארץ גזרה ושלח את השעיר במדבר׃ 22
त्यस बोकाले मानिसहरूका सबै दुष्‍टतालाई आफूमाथि बोकी एउटा एकान्‍त ठाउँमा जाओस् । उता उजाड-स्थानमा त्यस मानिसले त्यो बोकालाई छोडिदिओस् ।
ובא אהרן אל אהל מועד ופשט את בגדי הבד אשר לבש בבאו אל הקדש והניחם שם׃ 23
त्यसपछि हारून फर्केर भेट हुने पालमा जाओस् र महा-पवित्र स्थानमा जानुअगि त्यसले लगाएका सूतीका लुगाहरू फुकालोस्, र ती लुगाहरूलाई त्यहीँ नै छोडोस् ।
ורחץ את בשרו במים במקום קדוש ולבש את בגדיו ויצא ועשה את עלתו ואת עלת העם וכפר בעדו ובעד העם׃ 24
त्यसले कुनै पवित्र स्थानमा आफ्नो शरीर पानीले नुहाओस्, र आफ्ना साधारण लुगा लगाओस्, र त्यसपछि त्यो गएर आफ्ना मानिसहरूका निम्ति होमबलि अर्पण गरोस् अनि यसरी आफ्नो र मानिसहरूका निम्ति प्रायश्‍चित्त गरोस् ।
ואת חלב החטאת יקטיר המזבחה׃ 25
त्यसले वेदीमा पापबलिको बोसोलाई जलाओस् ।
והמשלח את השעיר לעזאזל יכבס בגדיו ורחץ את בשרו במים ואחרי כן יבוא אל המחנה׃ 26
छोडिने बोकालाई जान दिने मानिसले आफ्ना लुगाहरू र आफ्नो शरीर पानीले धोओस्, र त्यसपछि त्यो छाउनीभित्र फर्कन सक्‍छ ।
ואת פר החטאת ואת שעיר החטאת אשר הובא את דמם לכפר בקדש יוציא אל מחוץ למחנה ושרפו באש את ערתם ואת בשרם ואת פרשם׃ 27
पापबलिको निम्ति साँढे र बोका, जसको रगत पवित्र स्थानमा प्रायश्‍चित्त गर्नका निम्ति ल्याइएको थियो, ती दुवैलाई छाउनीभन्दा बाहिर लगिओस् । त्यहाँ तिनीहरूले त्यसका छाला, मासु र गोबर जलाउने छन् ।
והשרף אתם יכבס בגדיו ורחץ את בשרו במים ואחרי כן יבוא אל המחנה׃ 28
ती भागहरू जलाउने मानिसले आफ्ना लुगाहरू धोओस् र आफ्नो शरीर पानीले नुहाओस्, र त्यसपछि त्यो छाउनीभित्र आउन मिल्छ ।
והיתה לכם לחקת עולם בחדש השביעי בעשור לחדש תענו את נפשתיכם וכל מלאכה לא תעשו האזרח והגר הגר בתוככם׃ 29
यो तिमीहरूका निम्ति सधैँ एउटा विधि बनोस्, कि सातौँ महिनाको दसौँ दिनमा, तिमीहरूका बिचमा जन्मेको वा तिमीहरूका बिचमा बास गर्ने परदेशी सबैले आफैलाई नम्र बनाओस् र कुनै काम नगरोस् ।
כי ביום הזה יכפר עליכם לטהר אתכם מכל חטאתיכם לפני יהוה תטהרו׃ 30
किनभने तिमीहरूका सबै पापबाट तिमीहरूलाई शुद्ध गर्नका निम्ति यस दिनमा तिमीहरूका खातिर प्रायश्‍चित्त गरिने छ, यसैकारण तिमीहरू परमप्रभुको अगि शुद्ध हुने छौ ।
שבת שבתון היא לכם ועניתם את נפשתיכם חקת עולם׃ 31
यो तिमीहरूका निम्ति विश्रामको विधिपूर्ण शबाथ हो, र तिमीहरूले आफैलाई नम्र बनाउनुपर्छ र कुनै काम गर्नुहुँदैन । यो तिमीहरूका बिचमा सधैँ एउटा विधि हुने छ ।
וכפר הכהן אשר ימשח אתו ואשר ימלא את ידו לכהן תחת אביו ולבש את בגדי הבד בגדי הקדש׃ 32
आफ्नो पिताको स्थानमा प्रधान पुजारी हुनको निम्ति अभिषेक भएको र नियुक्‍त भएको प्रधान पुजारीले यसरी प्रायश्‍चित्त गरोस् र पवित्र लुगाहरू, अर्थात् सूतीका लुगाहरू लगाओस् ।
וכפר את מקדש הקדש ואת אהל מועד ואת המזבח יכפר ועל הכהנים ועל כל עם הקהל יכפר׃ 33
त्यसले महा-पवित्र स्थान, भेट हुने पाल, वेदी, पुजारीहरू र समुदायका सबै मानिसहरूका निम्ति प्रायश्‍चित्त गरोस् ।
והיתה זאת לכם לחקת עולם לכפר על בני ישראל מכל חטאתם אחת בשנה ויעש כאשר צוה יהוה את משה׃ 34
इस्राएलका मानिसहरूका सबै पापका कारण यो सधैँका लागि तिमीहरूले तिनीहरूका निम्ति वर्षमा एक पटक प्रायश्‍चित्त गर्ने विधि होस् ।” परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार नै यो भयो ।

< ויקרא 16 >