< יהושע 12 >

ואלה מלכי הארץ אשר הכו בני ישראל וירשו את ארצם בעבר הירדן מזרחה השמש מנחל ארנון עד הר חרמון וכל הערבה מזרחה׃ 1
इस्राएलका मानिसहरूले पराजित गरेका त्यस भूमिका राजाहरू यिनै हुन् । इस्राएलीहरूले यर्दनको पूर्वतिरका अर्नोनको बेँसीदेखि हेर्मोन डाँडासम्म अनि पूर्वतिरका सबै अराबाका भूमिलाई कब्जा गरे ।
סיחון מלך האמרי היושב בחשבון משל מערוער אשר על שפת נחל ארנון ותוך הנחל וחצי הגלעד ועד יבק הנחל גבול בני עמון׃ 2
एमोरी राजा सीहोन हेश्बोनमा बस्‍थे । तिनले अरोएरसम्म शासन गर्थे जुन बेँसीको माझमा पर्ने अर्नोनको छेउमा र अम्मोनीहरूको सिमानामा पर्ने गिलादको आधा भाग हो ।
והערבה עד ים כנרות מזרחה ועד ים הערבה ים המלח מזרחה דרך בית הישמות ומתימן תחת אשדות הפסגה׃ 3
सीहोनका राजाले अराबादेखि किन्‍नरेतको समुद्रसम्म, पूर्वतिर अराबाको समुद्रसम्म (मृत सागर), बेथ-यशीमोनतिर सबैतिर र पिसगाको ओरालोका पहाडहरूसम्म शासन गर्थे ।
וגבול עוג מלך הבשן מיתר הרפאים היושב בעשתרות ובאדרעי׃ 4
रपाईहरूमा बाँकी रहेका एक जना बाशानका राजा ओग अस्तारोत र एद्रईमा बस्‍थे ।
ומשל בהר חרמון ובסלכה ובכל הבשן עד גבול הגשורי והמעכתי וחצי הגלעד גבול סיחון מלך חשבון׃ 5
तिनले हेर्मोन डाँडा, सलका, पूरै बाशानदेखि गशुरका मानिसहरू, माकाती गिलेदको आधा भागदेखि हेश्बोनका राजा सीहोनको सिमानासम्म शासन गर्थे ।
משה עבד יהוה ובני ישראל הכום ויתנה משה עבד יהוה ירשה לראובני ולגדי ולחצי שבט המנשה׃ 6
परमप्रभुका दास मोशा र इस्राएलका मानिसहरूले उनीहरूलाई पराजित गरे अनि परमप्रभुका दास मोशाले त्यो भूमिलाई रूबेनी, गादी र मनश्‍शेका आधा कुलको उत्तराधिकारको रूपमा दिए ।
ואלה מלכי הארץ אשר הכה יהושע ובני ישראל בעבר הירדן ימה מבעל גד בבקעת הלבנון ועד ההר החלק העלה שעירה ויתנה יהושע לשבטי ישראל ירשה כמחלקתם׃ 7
त्यस भूमिका राजाहरू यिनै हुन् जसलाई यहोशू र इस्राएलका मानिसहरूले लेबनान नजिकको बाल-गाददेखि एदोमको छेउको हालाक डाँडासम्म यर्दनको पश्‍चिमपट्टि पराजित गरेका थिए । यहोशूले त्यो भूमि अधीन गर्न इस्राएलका कुलहरूलाई दिए ।
בהר ובשפלה ובערבה ובאשדות ובמדבר ובנגב החתי האמרי והכנעני הפרזי החוי והיבוסי׃ 8
तिनले तिनीहरूलाई हित्तीहरू, एमोरीहरू, कनानीहरू, परिज्‍जीहरू, हिव्वीहरू र यबूसीहरूको भूमि पहाडी देशहरू, तराईहरू, अराबा, पहाडका पाटाहरू र नेगेव दिए ।
מלך יריחו אחד מלך העי אשר מצד בית אל אחד׃ 9
राजाहरूमा यरीहोका राजा, ऐका राजा जुन बेथेलको छेउमा छ,
מלך ירושלם אחד מלך חברון אחד׃ 10
यरूशलेमका राजा, एनइमका राजा,
מלך ירמות אחד מלך לכיש אחד׃ 11
यार्मूतका राजा, लाकीशका राजा,
מלך עגלון אחד מלך גזר אחד׃ 12
एग्लोनका राजा, गेजेरका राजा,
מלך דבר אחד מלך גדר אחד׃ 13
दबीरका राजा, गेदेरका राजा,
מלך חרמה אחד מלך ערד אחד׃ 14
होर्माका राजा, आरादका राजा,
מלך לבנה אחד מלך עדלם אחד׃ 15
लिब्‍नाका राजा, अदुल्लामका राजा,
מלך מקדה אחד מלך בית אל אחד׃ 16
मक्‍केदाका राजा, बेथेलका राजा,
מלך תפוח אחד מלך חפר אחד׃ 17
तप्पूहका राजा, हेपेरका राजा,
מלך אפק אחד מלך לשרון אחד׃ 18
अपेकका राजा, लश्शारोनका राजा,
מלך מדון אחד מלך חצור אחד׃ 19
मादोनका राजा, हासोरका राजा,
מלך שמרון מראון אחד מלך אכשף אחד׃ 20
शिम्रोनका राजा, अक्षापका राजा,
מלך תענך אחד מלך מגדו אחד׃ 21
तानाकका राजा, मगिद्दोका राजा,
מלך קדש אחד מלך יקנעם לכרמל אחד׃ 22
कादेशका राजा, कर्मेलको योक्‍नामका राजा,
מלך דור לנפת דור אחד מלך גוים לגלגל אחד׃ 23
नापोत डोरका राजा, गिलगालको गयीमका राजा,
מלך תרצה אחד כל מלכים שלשים ואחד׃ 24
र तिर्साका राजा पर्छन् । सबै राजाको सङ्ख्या एकतिस जना थियो ।

< יהושע 12 >