< איוב 4 >

ויען אליפז התימני ויאמר׃ 1
तब एलीपज तेमानीले जवाफ दिए र भने,
הנסה דבר אליך תלאה ועצר במלין מי יוכל׃ 2
“कसैलाई तपाईंसित कुरा गर्ने प्रयास गर्‍यो भने के तपाईं अधैर्य बन्‍नुहुन्छ? तर कसले आफैलाई बोल्नबाट रोक्‍न सक्छ?
הנה יסרת רבים וידים רפות תחזק׃ 3
हेर्नुहोस्, तपाईंले धेरैलाई शिक्षा दिनुभएको छ । तपाईंले दुर्बल हातहरूलाई बलियो पार्नुभएको छ ।
כושל יקימון מליך וברכים כרעות תאמץ׃ 4
तपाईंका वचनहरूले त्‍यस्‍तोलाई सम्‍हालेको छ जो पतन हुँदै थियो। तपाईंले कमजोर घुँडाहरूलाई दरिलो पार्नुभएको छ ।
כי עתה תבוא אליך ותלא תגע עדיך ותבהל׃ 5
तर अहिले सङ्कष्‍ट तपाईंमा आएको छ, र तपाईं थकित हुनुहुन्छ । यसले तपाईंलाई छोएको छ, र तपाईंलाई कष्‍ट भएको छ ।
הלא יראתך כסלתך תקותך ותם דרכיך׃ 6
के तपाईंको डर तपाईंको निश्‍चयता, अनि तपाईंका मार्गहरूका सत्यनिष्ठा तपाईंको आशा होइन र?
זכר נא מי הוא נקי אבד ואיפה ישרים נכחדו׃ 7
कृपा गरी यस विषयमा सोच्नुहोस्: निर्दोष हुँदा पनि कुनै व्‍यक्‍ति कहिलै नष्‍ट भएको छ र? अर्थात् सोझा मानिसहरू कहिले मारिएका थिए र?
כאשר ראיתי חרשי און וזרעי עמל יקצרהו׃ 8
जे मैले देखेको छु त्‍यसअनुसार, अधर्म जोत्‍नेहरू र कष्‍ट छर्नेहरूले नै त्यसको कटनी गर्छन् ।
מנשמת אלוה יאבדו ומרוח אפו יכלו׃ 9
परमेश्‍वरको सासले तिनीहरू नष्‍ट हुन्छन् । उहाँको क्रोधको बिष्‍फोटले तिनीहरू भस्म हुन्छन् ।
שאגת אריה וקול שחל ושני כפירים נתעו׃ 10
सिंहको गर्जन, हिंस्रक सिंहको सोर र जवान सिंहहरूका दाँत— ती भाँचिएका छन् ।
ליש אבד מבלי טרף ובני לביא יתפרדו׃ 11
सिकारको अभावले बुढो सिंह नष्‍ट हुन्छ । सिंहनीका डमरुहरू जताततै छरपष्‍ट भएका हुन्‍छन् ।
ואלי דבר יגנב ותקח אזני שמץ מנהו׃ 12
यति बेला कुनै कुरा गुप्‍तमा मकहाँ ल्याइयो, र मेरो कानले यसको बारेमा कानेखुसी सुन्यो ।
בשעפים מחזינות לילה בנפל תרדמה על אנשים׃ 13
जब मानिसहरू घोर निद्रामा पर्छन्, तब रातको सपनाहरूद्वारा विचारहरू आए ।
פחד קראני ורעדה ורב עצמותי הפחיד׃ 14
त्‍यो रातमा नै थियो जुन बेला ममाथि डर र त्रास आए, र मेरा सबै हड्‍डी कामे ।
ורוח על פני יחלף תסמר שערת בשרי׃ 15
तब मेरै अनुहारको सामुन्‍नेबाट एउटा आत्मा गयो, र मेरो शरीरको रौं ठाडो भयो ।
יעמד ולא אכיר מראהו תמונה לנגד עיני דממה וקול אשמע׃ 16
त्यो आत्मा खडा भयो, तर त्‍यसको दृष्‍यलाई मैले ठम्याउन सकिनँ । त्यसको स्‍वरूप मेरा आँखाकै सामु थियो । त्यहाँ मौनता थियो, र मैले यसो भनेको एउटा आवाज सुनें,
האנוש מאלוה יצדק אם מעשהו יטהר גבר׃ 17
“के मरणशील मानिस परमेश्‍वरभन्दा बढी धर्मी हुन्छ र? के मानिस आफूलाई बनाउनेभन्दा बढी शुद्ध हुन्छ?
הן בעבדיו לא יאמין ובמלאכיו ישים תהלה׃ 18
हेर्नुहोस्, परमेश्‍वरले आफ्ना सेवकहरूमाथि भरोसा गर्नुहुन्‍न भने, उहाँले आफ्ना स्वर्गदूतहरूलाई मूर्खताको दोष लगाउनुहुन्छ भने,
אף שכני בתי חמר אשר בעפר יסודם ידכאום לפני עש׃ 19
माटोका घरहरूमा बस्‍नेहरूको बारेमा झन् यो कति साँचो हुन्छ? जसको जग धूलोमा छ, जो कीराभन्दा चाँडै कुल्चिमिल्ची पारिन्छन् ।
מבקר לערב יכתו מבלי משים לנצח יאבדו׃ 20
बिहान र बेलुकीको बिचमा तिनीहरू नष्‍ट हुन्छन् । कसैको जानकारीविना नै तिनीहरू सदाको लागि नष्‍ट हुन्छन् ।
הלא נסע יתרם בם ימותו ולא בחכמה׃ 21
के तिनीहरूका पालका डोरीहरू तिनीहरूकै बिचमा तानिएका छैनन् र? तिनीहरू मर्छन् । तिनीहरू बुद्धिविना मर्छन् ।

< איוב 4 >