< ירמיה 7 >

הדבר אשר היה אל ירמיהו מאת יהוה לאמר׃ 1
परमप्रभुको यो वचन यर्मियाकहाँ यसो भनेर आयो,
עמד בשער בית יהוה וקראת שם את הדבר הזה ואמרת שמעו דבר יהוה כל יהודה הבאים בשערים האלה להשתחות ליהוה׃ 2
“परमप्रभुको मन्दिरको मूल ढोकामा खडा हो र यो वचन घोषणा गर् । यसो भन्, 'परमप्रभुलाई आराधना चढाउन यी ढोकाहरूबाट प्रवेश गर्ने यहूदाका सबै मानिसहरू हो, परमप्रभुको वचन सुन ।
כה אמר יהוה צבאות אלהי ישראל היטיבו דרכיכם ומעלליכם ואשכנה אתכם במקום הזה׃ 3
सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तिमीहरूका मार्ग र अभ्यास असल बनाओ, र म तिमीहरूलाई यस ठाउँमा बसिरहन दिनेछु ।
אל תבטחו לכם אל דברי השקר לאמר היכל יהוה היכל יהוה היכל יהוה המה׃ 4
छलपूर्ण वचनहरूमा आफू भर नपर र यसो नभन, 'परमप्रभुको मन्दिर! परमप्रभुको मन्दिर! परमप्रभुको मन्दिर!'
כי אם היטיב תיטיבו את דרכיכם ואת מעלליכם אם עשו תעשו משפט בין איש ובין רעהו׃ 5
किनकि तिमीहरूले वास्तवमै तिमीहरूका मार्ग र अभ्यासहरू असल बनायौ भने, अनि तिमीहरूले मानिस र त्यसको छिमेकीको बिचमा न्यायलाई पूर्ण रूपमा कायम राख्यौ भने,
גר יתום ואלמנה לא תעשקו ודם נקי אל תשפכו במקום הזה ואחרי אלהים אחרים לא תלכו לרע לכם׃ 6
तिमीहरूले देशमा बस्‍ने मानिस, अनाथ वा विधवालाई शोषण गरेनौ र यस ठाउँमा निर्दोषको रगत बगाएनौ र आफैलाई हानि पुर्‍याउन अरू देवताहरूको पछि लागेनौ भने,
ושכנתי אתכם במקום הזה בארץ אשר נתתי לאבותיכם למן עולם ועד עולם׃ 7
म तिमीहरूलाई यस ठाउँमा बस्‍न दिनेछु, जुन देश मैले प्राचीन समयदेखि नै सदाको लागि तिमीहरूका पुर्खाहरूलाई दिएँ ।
הנה אתם בטחים לכם על דברי השקר לבלתי הועיל׃ 8
हेर! तिमीहरूले छलपूर्ण वचनहरूमाथि भरोसा गर्दैछौ जसले तिमीहरूको मदत गर्दैनन् ।
הגנב רצח ונאף והשבע לשקר וקטר לבעל והלך אחרי אלהים אחרים אשר לא ידעתם׃ 9
के तिमीहरू चोर्छौ, मार्छौ, र व्यभिचार गर्छौ? के तिमीहरू छलपूर्वक शपथ खान्‍छौ अनि बाल देवतालाई धुप चढाउँछौ र तिमीहरूले नचिनेका अरू देवताहरूको पछि लाग्छौ?
ובאתם ועמדתם לפני בבית הזה אשר נקרא שמי עליו ואמרתם נצלנו למען עשות את כל התועבות האלה׃ 10
त्यसपछि तिमीहरू आउँछौ अनि मेरो नाउँले बोलाइने यस मन्‍दिरमा मेरो सामु खडा हुन्‍छौ र यसो भन्छौ, “हामी बचाइएका छौं”, यसरी तिमीहरू यी सबै घृणित कामहरू गर्न सक्‍छौ?
המערת פרצים היה הבית הזה אשר נקרא שמי עליו בעיניכם גם אנכי הנה ראיתי נאם יהוה׃ 11
के मेरो नाउँले पुकारिने यो घर तिमीहरूको दृष्‍टिमा डाँकुहरूको ओडार हो? तर हेर, मैले यो देखेको छु, यो परमप्रभुको घोषणा हो ।’
כי לכו נא אל מקומי אשר בשילו אשר שכנתי שמי שם בראשונה וראו את אשר עשיתי לו מפני רעת עמי ישראל׃ 12
‘त्यसैले शीलोमा भएको मेरो ठाउँ जाओ, जहाँ सुरुमा मैले मेरो नाउँ रहने अनुमति दिएँ, र मेरो जाति इस्राएलको दुष्‍टताको कारणले मैले यसलाई के गरें त्‍यो हेर ।
ועתה יען עשותכם את כל המעשים האלה נאם יהוה ואדבר אליכם השכם ודבר ולא שמעתם ואקרא אתכם ולא עניתם׃ 13
त्यसैले अब यो परमप्रभुको घोषणा हो, तिमीहरूका यी सबै अभ्यासको बारेमा तिमीहरूसित म बेलाबेलामा बोलेँ, तर तिमीहरूले सुनेनौ । मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरूले जवाफ दिएनौ ।
ועשיתי לבית אשר נקרא שמי עליו אשר אתם בטחים בו ולמקום אשר נתתי לכם ולאבותיכם כאשר עשיתי לשלו׃ 14
त्यसकारण मैले शीलोलाई जे गरें, मेरो नाउँद्वारा बोलाइने यस मन्दिरलाई पनि म त्यसै गर्नेछु, तिमीहरूले भरोसा गरेको यो घर हो, जुन मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दिएँ ।
והשלכתי אתכם מעל פני כאשר השלכתי את כל אחיכם את כל זרע אפרים׃ 15
जसरी मैले तिमीहरूका सबै दाजुभाइ अर्थात् एफ्राइमका सबै सन्तानलाई निकालेँ, त्यसरी नै मेरो सामुबाट म तिमीहरूलाई निकाल्नेछु ।”
ואתה אל תתפלל בעד העם הזה ואל תשא בעדם רנה ותפלה ואל תפגע בי כי אינני שמע אתך׃ 16
“ए यर्मिया, तैंलेचाहिं यी मानिसहरूको लागि प्रार्थना नगर्, र तिनीहरूको पक्षमा विलाप नगर्, न त बिन्ती चढा, किनकि म तेरो कुरा सुन्दिनँ ।
האינך ראה מה המה עשים בערי יהודה ובחצות ירושלם׃ 17
यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा तिनीहरूले के गरिरहेका छन् भनी के तँ देख्दैनस्?
הבנים מלקטים עצים והאבות מבערים את האש והנשים לשות בצק לעשות כונים למלכת השמים והסך נסכים לאלהים אחרים למען הכעסני׃ 18
छोराछोरीले दाउरा बटुल्दैछन्, र बुबाहरू आगो बाल्दैछन् । तिनीहरूले मलाई चिढ्याउनलाई स्वर्गकी रानीको निम्ति फुरौला बनाउन स्‍त्रीहरू पिठो मुछ्दैछन्, र अरू देवताहरूका लागि अर्घबलि खन्याउँदैछन् ।
האתי הם מכעסים נאם יהוה הלוא אתם למען בשת פניהם׃ 19
के तिनीहरूले साँच्‍चै मलाई चिढ्याउँदै छन् त? यो परमप्रभुको घोषणा हो, के लाज तिनीहरूमाथि नै आइपरोस् भनेर तिनीहरूले आफैलाई चिढ्याइरहेका होइनन् र?
לכן כה אמר אדני יהוה הנה אפי וחמתי נתכת אל המקום הזה על האדם ועל הבהמה ועל עץ השדה ועל פרי האדמה ובערה ולא תכבה׃ 20
त्यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर, यस ठाउँमा मानिस र पशु दुवैमाथि, शेतबारीका रूखहरू र जमिनका फलमाथि मेरो रिस र क्रोधको ज्वाला फुट्नेछ । यसले जलाउनेछ, र कहिल्यै निभाइनेछैन ।”
כה אמר יהוה צבאות אלהי ישראל עלותיכם ספו על זבחיכם ואכלו בשר׃ 21
इस्राएलका सर्वशक्तिमान् परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘तिमीहरूका बलिदानहरूमा होमबलिहरू मिसाओ, र तीबाट मासु पनि मिसाओ ।
כי לא דברתי את אבותיכם ולא צויתים ביום הוציא אותם מארץ מצרים על דברי עולה וזבח׃ 22
किनकि मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट ल्याउँदा तिमध्‍ये कुनै कुरा पनि मैले इच्‍छा गरिन । होमबलि र बलिदानहरूको विषयमा मैले तिनीहरूलाई कुनै आज्ञा दिइनँ ।
כי אם את הדבר הזה צויתי אותם לאמר שמעו בקולי והייתי לכם לאלהים ואתם תהיו לי לעם והלכתם בכל הדרך אשר אצוה אתכם למען ייטב לכם׃ 23
मैले तिनीहरूलाई यो आज्ञा मात्र दिएँ, “मेरो आवाजलाई सुन, र म तिमीहरूका परमेश्‍वर हुनेछु, र तिमीहरू मेरा मानिसहरू हुनेछौ । त्यसैले तिमीहरूको भलो होस् भनेर मैले तिमीहरूलाई दिएका सबै आज्ञामा हिंड ।”
ולא שמעו ולא הטו את אזנם וילכו במעצות בשררות לבם הרע ויהיו לאחור ולא לפנים׃ 24
तर तिनीहरूले सुनेनन्, वा ध्यान नै दिए । तिनीहरू आफ्‍ना दुष्‍ट हृदयका आफ्नै हठी योजनामुताबिक जिए । त्यसैले तिनीहरू पछिल्तिर गए, अगिल्तिर बढेनन् ।
למן היום אשר יצאו אבותיכם מארץ מצרים עד היום הזה ואשלח אליכם את כל עבדי הנביאים יום השכם ושלח׃ 25
तिमीहरूका पुर्खाहरू मिश्रदेशबाट आएको समयदेखि आजको दिनसम्म मैले आफ्‍ना हरेक सेवक र अगमवक्ताहरू तिमीहरूकहाँ पठाएको छु । मैले तिनीहरूलाई पठाउन जोड गरिरहेँ ।
ולוא שמעו אלי ולא הטו את אזנם ויקשו את ערפם הרעו מאבותם׃ 26
तर तिनीहरूले मेरो कुरा सुनेनन् । तिनीहरूले ध्यानै दिएनन् । बरु, तिनीहरू अटेरी भए । आफ्‍ना पुर्खाहरूभन्दा तिनीहरू अझै दुष्‍ट भए ।’
ודברת אליהם את כל הדברים האלה ולא ישמעו אליך וקראת אליהם ולא יענוכה׃ 27
त्यसैले यी सबै वचन तिनीहरूलाई सुना, तर तिनीहरूले तेरो कुरा सुन्‍नेछैनन् । तिनीहरूलाई यी कुराको घोषणा गर्, तर तिनीहरूले तँलाई जवाफ दिनेछैनन् ।
ואמרת אליהם זה הגוי אשר לוא שמעו בקול יהוה אלהיו ולא לקחו מוסר אבדה האמונה ונכרתה מפיהם׃ 28
तिनीहरूलाई यसो भन्, “यो परमप्रभु आफ्ना परमेश्‍वरको आवाज नसुन्‍ने र अनुशासन पालन नगर्ने जाति हो । सत्यता नष्‍ट गरिएको छ, र तिनीहरूका मुखबाट बहिष्कृत गरिएको छ ।
גזי נזרך והשליכי ושאי על שפים קינה כי מאס יהוה ויטש את דור עברתו׃ 29
आफ्नो कपाल काट र आफूलाई खौरी । खुला ठाउँहरूमा मृत्‍यु संस्‍कारको गीत गा । किनकि परमप्रभुले आफ्नो क्रोधमा यस पुस्तालाई इन्कार गर्नुभएको छ र त्याग्‍नुभएको छ ।
כי עשו בני יהודה הרע בעיני נאום יהוה שמו שקוציהם בבית אשר נקרא שמי עליו לטמאו׃ 30
किनकि यहूदाका छोराहरूले मेरो दृष्‍टिमा दुष्‍ट काम गरेका छन्, यो परमप्रभुको घोषणा हो । मेरो नाउँद्वारा पुकारिने यस मन्दिरलाई अपवित्र तुल्याउनलाई तिनीहरूले त्‍यसमा घृणित कुराहरू राखेका छन् ।
ובנו במות התפת אשר בגיא בן הנם לשרף את בניהם ואת בנתיהם באש אשר לא צויתי ולא עלתה על לבי׃ 31
अनि बेन-हिन्‍नोमको बेँसीमा तिनीहरूले तोपेतका अग्ला ठाउँहरू बनाए । तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा जलाउन त्‍यो बनाए । यो कुरो मैले तिनीहरूलाई आज्ञा दिएको थिइनँ, न त मेरो मनमा नै पसेको थियो ।
לכן הנה ימים באים נאם יהוה ולא יאמר עוד התפת וגיא בן הנם כי אם גיא ההרגה וקברו בתפת מאין מקום׃ 32
यसैले हेर, यस्‍ता दिनहरू आउँदैछन्, यो परमप्रभुको घोषणा हो, त्‍यसबेला त्‍यो फेरि तोपेत वा हिन्‍नोमको बेँसी भनिने छैनन् । त्‍यो हत्याको बेँसी भनिनेछ । तोपेतमा खाली ठाउँ रहुञ्जेलसम्म तिनीहरूले त्यहा लाशहरू गाड्नेछन् ।
והיתה נבלת העם הזה למאכל לעוף השמים ולבהמת הארץ ואין מחריד׃ 33
यो जातिका लाशहरू आकाशका चराहरू र जङ्गली जनावरहरूका लागि आहारा हुनेछन्, र तिनीहरूलाई तर्साएर लखेट्ने कोही पनि हुनेछैन ।
והשבתי מערי יהודה ומחצות ירושלם קול ששון וקול שמחה קול חתן וקול כלה כי לחרבה תהיה הארץ׃ 34
यहूदाका सहरहरू र यरूशलेमका सडकहरूबाट हर्ष र आनन्दको आवाज, दुलहा र दुलहीको सोरलाई म अन्त्य गरिदिनेछु, किनकि यो देश उजाड हुनेछ ।”

< ירמיה 7 >