< ישעה 57 >

הצדיק אבד ואין איש שם על לב ואנשי חסד נאספים באין מבין כי מפני הרעה נאסף הצדיק׃ 1
धर्मी नष्‍ट हुन्छ तर यो कुरा कसैले विचार गर्दैन, र करारको विश्‍वस्‍ततका मानसहरूलाई टाढा भेला पारिन्‍छ, दुष्‍टबाट धर्मीलाई टाढा लगिन्छन्, तर कसैले बुझ्‍दैन ।
יבוא שלום ינוחו על משכבותם הלך נכחו׃ 2
ऊ शन्तिमा प्रवेश गर्छ । जो आफ्नो सोझोपनमा हिंड्छन् तिनीहरू आफ्ना ओछ्यानहरूमा आराम गर्छन् ।
ואתם קרבו הנה בני עננה זרע מנאף ותזנה׃ 3
तर तिमीहरू झँक्रेनीना छोराहरू, व्यभिचारी र आफूलाई वेश्या बनाउने स्‍त्रीको सन्तानहरू, यहाँ आओ ।
על מי תתענגו על מי תרחיבו פה תאריכו לשון הלוא אתם ילדי פשע זרע שקר׃ 4
तिमीहरू खुसी हुँदै कसलाई गिल्‍ला गर्दैछौ? कसको विरुद्धमा तिमीहरूले मुख खोल्‍दैछौ र जिब्रो निकाल्दैछौ? के तिमीहरू विद्रोह र छलका छोराछोरी होइनौ र?
הנחמים באלים תחת כל עץ רענן שחטי הילדים בנחלים תחת סעפי הסלעים׃ 5
तिमीहरूले फलाँटका रूखहरूमुनि र हरेक हरियो रूखमुनि सँगै सुतेर आफैलाई यौनको उत्तेजनामा पार्छौ, तिमीहरू जसले आफ्ना छोराछोरीलाई सुख्खा नदीहरूमा, चट्टानका धाँदामुनि बलि गर्छौ ।
בחלקי נחל חלקך הם הם גורלך גם להם שפכת נסך העלית מנחה העל אלה אנחם׃ 6
नदीको बेसीका चिल्ला थोकहरूमा तिमीहरूलाई दिइएका थोकहरू पनि पर्छन् । ती तिमीहरूले पुजा गर्ने वस्तुहरू हुन् । तिमीहरूले आफ्ना अर्घबलिहरू तिनीहरूमाथि खन्याउँछौ र अन्‍नबलिहरू चढाउँछौ । के यी कुराहरूमा म खुसी हुनू?
על הר גבה ונשא שמת משכבך גם שם עלית לזבח זבח׃ 7
तिमीहरूले आफ्ना ओछ्यान उच्‍च पहाडमाथि बनाउँछौ । तिमीहरू बलिदानहरू चढाउन पनि त्यसमाथि गयौ ।
ואחר הדלת והמזוזה שמת זכרונך כי מאתי גלית ותעלי הרחבת משכבך ותכרת לך מהם אהבת משכבם יד חזית׃ 8
ढोका र चौकोसहरूका पछाडि तिमीहरूले चिन्हहरू खडा गर्‍यौ । तिमीहरूले मलाई त्याग्यौ, र आफैलाई नाङ्गो बनायौ र माथि गयौ । तिमीहरूले आफ्ना ओछ्यान फराकिलो बनायौ । तिमीहरूले तिनीहरूसित करार बाँध्यौ । तिमीहरूले तिनीहरूका ओछ्यानहरूलाई प्रेम गर्‍यौ । तिमीहरूले तिनीहरूका गुप्‍ताङ्गहरू देख्यौ ।
ותשרי למלך בשמן ותרבי רקחיך ותשלחי צריך עד מרחק ותשפילי עד שאול׃ (Sheol h7585) 9
तिमीहरू मोलेककहाँ तेल लिएर गयौ । तिमीहरूले सुगन्धित तेल बढायौ । तिमीहरूले आफ्‍ना राजदूतहरूलाई टाढा पठायौ । तिमीहरू तल चिहान गयौ । (Sheol h7585)
ברב דרכך יגעת לא אמרת נואש חית ידך מצאת על כן לא חלית׃ 10
तिमीहरू आफ्‍नो लामो यात्रबाट थकित भयौ, तर तिमीहरूले कहिल्यै भनेनौ, “यो आशाहीन छ ।” तिमीहरूले आफ्नो हातमा नै जीवन पायौ । यसकारण तिमीहरू कमजोर भएनौ ।
ואת מי דאגת ותיראי כי תכזבי ואותי לא זכרת לא שמת על לבך הלא אני מחשה ומעלם ואותי לא תיראי׃ 11
“तिमीहरू कसको विषयमा चिन्तित हुन्‍छौ? तिमीहरूले कसको भय यति धेरै मान्छौ, जसले तिमीहरूलाई यति धेरै धोकापुर्ण रूपमा काम गर्ने बनाएको छ, यति धेरै कि तिमीहरूले मेरो याद गर्दैनौ न त मेरो बारेमा विचार नै गर्छौ? म यति लामो समयसम्म मौन भएको हुनाले, मसँग तिमीहरू फेरि डराउँदैनौ ।
אני אגיד צדקתך ואת מעשיך ולא יועילוך׃ 12
तिमीहरूका सबै धर्मिक कामहरू घोषणा म गर्ने र तिमीहरूले गरेका सबै कुरा भन्‍नेछु, तर तिनीहरूले तिमीहरूलाई सहायता गर्नेछैनन् ।
בזעקך יצילך קבוציך ואת כלם ישא רוח יקח הבל והחוסה בי ינחל ארץ ויירש הר קדשי׃ 13
तिमीहरूले पुकारा गर्दा तिमीहरूले जम्‍मा गरेका मूर्तीहरूले नै तिमीहरूलाई बचाऊन् । बरु, हावाले तिनीहरू सबैलाई उडाएर लानेछ, सासले नै तिनीहरू सबैलाई उडाएर लानेछ । तापनि ममा शरण लिनेले देश अधिकार गर्नेछ र मेरो पवित्र पर्वतको अधिकारी हुनेछ ।
ואמר סלו סלו פנו דרך הרימו מכשול מדרך עמי׃ 14
उहाँले भन्‍नुहुनेछ, 'बनओ, बनाओ! बाटो सफा बनाओ! मेरा मानिसहरूका बाटोबाट ठेस लाग्‍ने कुराहरू हटाओ'!”
כי כה אמר רם ונשא שכן עד וקדוש שמו מרום וקדוש אשכון ואת דכא ושפל רוח להחיות רוח שפלים ולהחיות לב נדכאים׃ 15
उच्‍च र माथि उचालिले यसो भन्‍नुहुन्छ, जो अनन्तसम्म जिउनुहुने, जसको नाउँ पवित्र हो, “म उचालिएको र पवित्र स्थानमा बस्‍छु, साथै जसको तोडिएको र नम्र आत्मा हुन्‍छ, नम्रहरूका आत्मा जगाउन र पश्‍चात्तापीहरूका हृदयलाई जगाउन, तिनीहरूमा म पनि बस्‍छु ।
כי לא לעולם אריב ולא לנצח אקצוף כי רוח מלפני יעטוף ונשמות אני עשיתי׃ 16
किनकि म सधैं दोष लगाउँदिनँ, न त म सधैं रिसाउँछु, किनकि त्‍यसो गरें भने, मानिसको आत्मा मेरो सामु मूर्छित हुन्‍छ, जुन जीवनहरू मैले नै बनाएको हो ।
בעון בצעו קצפתי ואכהו הסתר ואקצף וילך שובב בדרך לבו׃ 17
हिंसाले लिएको फाइदाको कारणले, म रिसाएँ, र मैले त्यसलाई दण्ड दिएँ । मैले आफ्‍नो मुख लुकाएँ र रिसाएँ, तर ऊ आफ्नो हृदयको मार्गमा पछाडितिर गयो ।
דרכיו ראיתי וארפאהו ואנחהו ואשלם נחמים לו ולאבליו׃ 18
मैले उसका बाटोहरू देखेको छु, तर म उसलाई निको पार्नेछु । म उसलाई डोर्‍याउनेछु, र उसको निम्ति शोक गर्नेहरूलाई सान्त्वना र सहानुभूति दिनेछु,
בורא נוב שפתים שלום שלום לרחוק ולקרוב אמר יהוה ורפאתיו׃ 19
र म ओठको फल सृजना गर्छु । परमप्रभु भन्‍नुहुन्छ, शान्ति, शान्ति, जो टाढा छन् र जो नजिक छन्— म तिनीहरूलाई निको पार्नेछु ।
והרשעים כים נגרש כי השקט לא יוכל ויגרשו מימיו רפש וטיט׃ 20
तर दुष्‍टहरू उर्लिएको समुद्रजस्तै हुन् जसले विश्राम गर्न सक्दैन र यसको पानीले हिलो र दलदल घोलिदिन्‍छ ।
אין שלום אמר אלהי לרשעים׃ 21
दुष्‍टहरूको निम्ति कुनै शान्ति छैन— परमेश्‍वर भन्‍नुहुन्छ ।”

< ישעה 57 >