< בראשית 8 >

ויזכר אלהים את נח ואת כל החיה ואת כל הבהמה אשר אתו בתבה ויעבר אלהים רוח על הארץ וישכו המים׃ 1
परमेश्‍वरले नोआ, तिनीसित जहाजमा भएका सबै जङ्गली पशुहरू र सबै पालिने पशुहरूलाई सम्झनुभयो । परमेश्‍वरले पृथ्वीमा बतास चलाइदिनुभयो, र पानी घट्न थाल्यो ।
ויסכרו מעינת תהום וארבת השמים ויכלא הגשם מן השמים׃ 2
अगाधका मूलहरू र स्वर्गका झ्यालहरू बन्द गरिए, अनि पानी पर्न रोकियो ।
וישבו המים מעל הארץ הלוך ושוב ויחסרו המים מקצה חמשים ומאת יום׃ 3
जलप्रलयको पानी पृथ्वीमा बिस्तारै घट्यो, र एक सय पचास दिनपछि पानी निकै घट्यो ।
ותנח התבה בחדש השביעי בשבעה עשר יום לחדש על הרי אררט׃ 4
सातौँ महिनाको सत्रौँ दिनमा जहाज आरारातका पर्वतहरूमा अडियो ।
והמים היו הלוך וחסור עד החדש העשירי בעשירי באחד לחדש נראו ראשי ההרים׃ 5
दसौँ महिनासम्म पानी निरन्तर घटिरह्‍यो । त्यही महिनाको पहिलो दिनमा पर्वतहरूका टाकुराहरू देखा परे ।
ויהי מקץ ארבעים יום ויפתח נח את חלון התבה אשר עשה׃ 6
चालिस दिनपछि नोआले आफूले बनाएको जहाजको झ्याल खोले ।
וישלח את הערב ויצא יצוא ושוב עד יבשת המים מעל הארץ׃ 7
तिनले एउटा कागलाई उडाइदिए र जमिनको पानी नसुकुञ्‍जेलसम्म त्यो यताउता उडिरह्‍यो ।
וישלח את היונה מאתו לראות הקלו המים מעל פני האדמה׃ 8
त्यसपछि जमिनको सतहबाट पानी घटेको छ कि छैन भनेर हेर्न तिनले एउटा ढुकुरलाई पठाए ।
ולא מצאה היונה מנוח לכף רגלה ותשב אליו אל התבה כי מים על פני כל הארץ וישלח ידו ויקחה ויבא אתה אליו אל התבה׃ 9
तर ढुकुरले आफ्नो खुट्टा राख्‍ने ठाउँ कतै पाएन, र त्यो जहाजमा नै तिनीकहाँ फर्क्यो किनकि पानीले अझै पनि पुरै जमिनलाई ढाकिरहेको थियो । तिनले आफ्नो हात पसारेर त्यसलाई समाती जहाजभित्र ल्याए ।
ויחל עוד שבעת ימים אחרים ויסף שלח את היונה מן התבה׃ 10
अरू सात दिन पर्खेर तिनले फेरि जहाजबाट त्यस ढुकुरलाई पठाइदिए ।
ותבא אליו היונה לעת ערב והנה עלה זית טרף בפיה וידע נח כי קלו המים מעל הארץ׃ 11
साँझमा त्यो ढुकुर तिनीकहाँ फर्क्यो । हेर! त्यसको चुच्‍चोमा भर्खरै टिपिएको ताजा भद्राक्षको पात थियो । त्यसैले, पानी जमिनबाट घटेछ भनी नोआले थाहा पाए ।
וייחל עוד שבעת ימים אחרים וישלח את היונה ולא יספה שוב אליו עוד׃ 12
अरू सात दिन पर्खेर तिनले फेरि त्यस ढुकुरलाई पठाइदिए । त्यो फेरि फर्केर तिनीकहाँ आएन ।
ויהי באחת ושש מאות שנה בראשון באחד לחדש חרבו המים מעל הארץ ויסר נח את מכסה התבה וירא והנה חרבו פני האדמה׃ 13
नोआको छ सय एक वर्षको पहिलो महिनाको पहिलो दिनमा जमिनबाट पानी सुक्यो । नोआले जहाजको छत खोलेर बाहिर हेरे र तिनको सुक्खा भूमि देखे ।
ובחדש השני בשבעה ועשרים יום לחדש יבשה הארץ׃ 14
दोस्रो महिनाको सत्ताइसौँ दिनमा जमिन सुक्खा भयो ।
וידבר אלהים אל נח לאמר׃ 15
परमेश्‍वरले नोआलाई भन्‍नुभयो,
צא מן התבה אתה ואשתך ובניך ונשי בניך אתך׃ 16
“तँ, तेरी पत्‍नी, तेरा छोराहरू र तेरा बुहारीहरू जहाजबाट निस्केर आओ ।
כל החיה אשר אתך מכל בשר בעוף ובבהמה ובכל הרמש הרמש על הארץ הוצא אתך ושרצו בארץ ופרו ורבו על הארץ׃ 17
तँसित भएका सबै जीवित प्राणीहरू अर्थात् पक्षीहरू, पशुहरू, पृथ्वीको सतहमा हरेक घस्रने प्राणीलाई तँसँगै बाहिर लिएर आइज ताकि तिनीहरू पृथ्वीमा पशस्त मात्रामा फल्दै-फुल्दै, वृद्धि हुँदै र भरिँदै जाऊन् ।”
ויצא נח ובניו ואשתו ונשי בניו אתו׃ 18
त्यसैले नोआ आफ्ना छोराहरू, आफ्नी पत्‍नी र आफ्ना बुहारीहरूसँगै बाहिर निस्के ।
כל החיה כל הרמש וכל העוף כל רומש על הארץ למשפחתיהם יצאו מן התבה׃ 19
हरेक जीवित प्राणी, हरेक घस्रने जन्तु, हरेक पक्षी र पृथ्वीमा चलहल गर्ने हरेक प्राणी तिनीहरूका आ-आफ्ना जात-जातअनुसार जहाजबाट बाहिर निस्के ।
ויבן נח מזבח ליהוה ויקח מכל הבהמה הטהורה ומכל העוף הטהר ויעל עלת במזבח׃ 20
नोआले परमप्रभुको निम्ति एउटा वेदी बनाए । तिनले शुद्ध पशुहरू र शुद्ध पक्षीहरूमध्ये केहीलाई लिई वेदीमा होमबलि चढाए ।
וירח יהוה את ריח הניחח ויאמר יהוה אל לבו לא אסף לקלל עוד את האדמה בעבור האדם כי יצר לב האדם רע מנעריו ולא אסף עוד להכות את כל חי כאשר עשיתי׃ 21
परमप्रभुले यसको सुगन्ध लिनुभएपछि आफ्नो मनमा भन्‍नुभयो, “मानव-जातिको ह्रदयको मनसाय बाल्यावस्थादेखि नै दुष्‍ट हुने भए तापनि म उसको कारणले गर्दा फेरि भूमिलाई श्राप दिनेछैनँ, न त मैले अहिले गरेजस्तै फेरि हरेक जीवित प्राणीलाई सर्वनाश गर्नेछु ।
עד כל ימי הארץ זרע וקציר וקר וחם וקיץ וחרף ויום ולילה לא ישבתו׃ 22
पृथ्वी रहुञ्‍जेलसम्म बिउ छर्ने र कटनी गर्ने समय, जाडो र गर्मी, ग्रीष्‍म र हिउँद अनि दिन र रातको अन्त्य हुनेछैन ।

< בראשית 8 >

A Dove is Sent Forth from the Ark
A Dove is Sent Forth from the Ark