< בראשית 5 >

זה ספר תולדת אדם ביום ברא אלהים אדם בדמות אלהים עשה אתו׃ 1
आदमका सन्तानहरूका विवरण यही हो । परमेश्‍वरले मानिसलाई सृष्‍टि गर्नुहुँदा उहाँले तिनलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो ।
זכר ונקבה בראם ויברך אתם ויקרא את שמם אדם ביום הבראם׃ 2
उहाँले तिनीहरूलाई नर र नारी सृष्‍टि गर्नुभयो । उहाँले तिनीहरूलाई सृष्‍टि गर्नु हुँदा, तिनीहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई मानवजाति नाउँ दिनुभयो ।
ויחי אדם שלשים ומאת שנה ויולד בדמותו כצלמו ויקרא את שמו שת׃ 3
आदम १३० वर्षको हुँदा तिनी आफ्‍नै स्वरूपमा जन्मेका छोरोको बुबा भए, र तिनले उनको नाउँ शेत राखे ।
ויהיו ימי אדם אחרי הולידו את שת שמנה מאת שנה ויולד בנים ובנות׃ 4
आदम शेतको बुबा भएपछि, तिनी आठ सय वर्ष बाँचे । तिनी अझ अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
ויהיו כל ימי אדם אשר חי תשע מאות שנה ושלשים שנה וימת׃ 5
आदम ९३० वर्ष बाँचे अनि तिनी मरे ।
ויחי שת חמש שנים ומאת שנה ויולד את אנוש׃ 6
शेत १०५ वर्षको हुँदा तिनी एनोशको बुबा भए ।
ויחי שת אחרי הולידו את אנוש שבע שנים ושמנה מאות שנה ויולד בנים ובנות׃ 7
तिनी एनोशको बुबा भएपछि, तिनी ८०७ वर्ष बाँचे र अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
ויהיו כל ימי שת שתים עשרה שנה ותשע מאות שנה וימת׃ 8
शेत ९१२ वर्ष बाँचे र तिनी मरे ।
ויחי אנוש תשעים שנה ויולד את קינן׃ 9
एनोश ९० वर्षको हुँदा, तिनी केनानका बुबा भए ।
ויחי אנוש אחרי הולידו את קינן חמש עשרה שנה ושמנה מאות שנה ויולד בנים ובנות׃ 10
तिनी केनानको बुबा भएपछि, एनोश ८१५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
ויהיו כל ימי אנוש חמש שנים ותשע מאות שנה וימת׃ 11
एनोश ९०५ वर्ष बाँचे र तिनी मरे ।
ויחי קינן שבעים שנה ויולד את מהללאל׃ 12
केनान ७० वर्षको हुँदा, तिनी महलालेलको बुबा भए ।
ויחי קינן אחרי הולידו את מהללאל ארבעים שנה ושמנה מאות שנה ויולד בנים ובנות׃ 13
तिनी महलालेलका बुबा भएपछि, केनान ८४० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
ויהיו כל ימי קינן עשר שנים ותשע מאות שנה וימת׃ 14
केनान ९१० वर्ष बाँचे र तिनी मरे ।
ויחי מהללאל חמש שנים וששים שנה ויולד את ירד׃ 15
महलालेल ६५ वर्षको हुँदा, तिनी येरेदको बुबा भए ।
ויחי מהללאל אחרי הולידו את ירד שלשים שנה ושמנה מאות שנה ויולד בנים ובנות׃ 16
तिनी येरेदका बुबा भएपछि, तिनी ८३० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
ויהיו כל ימי מהללאל חמש ותשעים שנה ושמנה מאות שנה וימת׃ 17
महलालेल ८९५ वर्ष बाँचे र तिनी मरे ।
ויחי ירד שתים וששים שנה ומאת שנה ויולד את חנוך׃ 18
येरेद १६२ वर्षको हुँदा, तिनी हनोकका बुबा भए ।
ויחי ירד אחרי הולידו את חנוך שמנה מאות שנה ויולד בנים ובנות׃ 19
तिनी हनोकको बुबा भएपछि येरेद ८०० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
ויהיו כל ימי ירד שתים וששים שנה ותשע מאות שנה וימת׃ 20
येरेद ९६२ बाँचे र तिनी मरे ।
ויחי חנוך חמש וששים שנה ויולד את מתושלח׃ 21
हनोक ६५ वर्षको हुँदा, तिनी मतूशेलहको बुबा भए ।
ויתהלך חנוך את האלהים אחרי הולידו את מתושלח שלש מאות שנה ויולד בנים ובנות׃ 22
हनोक मतूशेलहको बुबा भएपछि तिनी ३०० वर्षसम्म परमेश्‍वरसँगै हिँडे ।
ויהי כל ימי חנוך חמש וששים שנה ושלש מאות שנה׃ 23
तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
ויתהלך חנוך את האלהים ואיננו כי לקח אתו אלהים׃ 24
हनोक परमेश्‍वरसँगै हिँडे, र तिनी गए, किनकि परमेश्‍वरले तिनलाई लानुभयो ।
ויחי מתושלח שבע ושמנים שנה ומאת שנה ויולד את למך׃ 25
मतूशेलह १८७ वर्षको हुँदा, तिनी लेमेकको बुबा भए ।
ויחי מתושלח אחרי הולידו את למך שתים ושמונים שנה ושבע מאות שנה ויולד בנים ובנות׃ 26
तिनी लेमेकको बुबा भएपछि, मतूशेलह ७८२ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
ויהיו כל ימי מתושלח תשע וששים שנה ותשע מאות שנה וימת׃ 27
मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे ।
ויחי למך שתים ושמנים שנה ומאת שנה ויולד בן׃ 28
लेमेक १८२ वर्षको हुँदा, तिनी एउटा छोरोको बुबा भए ।
ויקרא את שמו נח לאמר זה ינחמנו ממעשנו ומעצבון ידינו מן האדמה אשר אררה יהוה׃ 29
तिनले उनलाई यसो भन्दै नोआ नाउँ राखे, “यसले हामीलाई हाम्रा काम र हाम्रा हातका पिडादायी श्रमबाट विश्राम दिनेछ, जुन परमप्रभुले जमिनलाई सराप दिनुभएको कारण हामीले गर्नैपर्छ ।”
ויחי למך אחרי הולידו את נח חמש ותשעים שנה וחמש מאת שנה ויולד בנים ובנות׃ 30
लेमेक नोआको बुबा भएपछि ५९५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
ויהי כל ימי למך שבע ושבעים שנה ושבע מאות שנה וימת׃ 31
लेमेक ७७७ वर्ष बाँचे, अनि तिनी मरे ।
ויהי נח בן חמש מאות שנה ויולד נח את שם את חם ואת יפת׃ 32
नोआ ५०० वर्ष बाँचेपछि, तिनी शेम, हाम र येपेतका बुबा भए ।

< בראשית 5 >