< בראשית 33 >

וישא יעקב עיניו וירא והנה עשו בא ועמו ארבע מאות איש ויחץ את הילדים על לאה ועל רחל ועל שתי השפחות׃ 1
याकूबले माथि हेर्दा एसाव आउँदै थिए, र तिनीसित चार सय मानिस थिए । तिनले आफ्ना छोराछोरीहरूलाई लेआ, राहेल र दुई जना कमारीको बिचमा विभाजन गरे ।
וישם את השפחות ואת ילדיהן ראשנה ואת לאה וילדיה אחרנים ואת רחל ואת יוסף אחרנים׃ 2
तब तिनले कमारीहरू र तिनीहरूका छोराछोरीहरूलाई अग्रपङ्क्तिमा राखे; त्यसपछि लेआ र उनका छोराछोरीहरू अनि अन्त्यमा राहेल र योसेफलाई राखे ।
והוא עבר לפניהם וישתחו ארצה שבע פעמים עד גשתו עד אחיו׃ 3
तिनी आफैचाहिँ तिनीहरूभन्दा अगिअगि गए । तिनी आफ्ना दाजुको नजिक नआउञ्‍जेलसम्म तिनले सात पटक भुइँमा शिर निहुर्‍याउँदै गए ।
וירץ עשו לקראתו ויחבקהו ויפל על צוארו וישקהו ויבכו׃ 4
एसाव याकूबलाई भेट्न दौडिए; अङ्गालो हाले; अङ्कमाल गरे र चुम्बन गरे । त्यसपछि तिनीहरू रोए ।
וישא את עיניו וירא את הנשים ואת הילדים ויאמר מי אלה לך ויאמר הילדים אשר חנן אלהים את עבדך׃ 5
एसावले हेर्दा तिनले स्‍त्रीहरू र केटाकेटीहरूलाई देखे । तिनले भने, “तिमीसँगै आएका यी मानिसहरू को हुन्?” याकूबले भने, “तपाईंका दासलाई परमेश्‍वरले अनुग्रहसाथ दिनुभएका छोराछोरीहरू हुन् ।”
ותגשן השפחות הנה וילדיהן ותשתחוין׃ 6
त्यसपछि आ-आफ्ना छोराछोरीहरू लिएर कमारीहरू आएर एसावलाई ढोग गरे ।
ותגש גם לאה וילדיה וישתחוו ואחר נגש יוסף ורחל וישתחוו׃ 7
अनि लेआ र उनका छोराछोरीहरू आएर ढोग गरे । अन्त्यमा योसेफ र राहेल आएर ढोग गरे ।
ויאמר מי לך כל המחנה הזה אשר פגשתי ויאמר למצא חן בעיני אדני׃ 8
एसावले भने, “मैले भेटेका यी सबै दलको अर्थ के हो?” याकूबले जवाफ दिए, “मेरा मालिकको दृष्‍टिमा निगाह प्राप्‍त गर्नलाई हो ।”
ויאמר עשו יש לי רב אחי יהי לך אשר לך׃ 9
एसावले भने, “मेरा भाइ, मसित प्रशस्त छ । तिम्रो जे हो, ती आफैसित राख ।”
ויאמר יעקב אל נא אם נא מצאתי חן בעיניך ולקחת מנחתי מידי כי על כן ראיתי פניך כראת פני אלהים ותרצני׃ 10
याकूबले भने, “त्यसो होइन । मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मेरो हातबाट उपहार ग्रहण गर्नुहोस् । किनभने मैले तपाईंको मुहार देखेको छु, र यो परमेश्‍वरको मुहार देखेजस्तै भएको छ र तपाईंले मलाई ग्रहण गर्नुभएको छ ।
קח נא את ברכתי אשר הבאת לך כי חנני אלהים וכי יש לי כל ויפצר בו ויקח׃ 11
कृपया, तपाईंको लागि ल्याइएको यो उपहारलाई ग्रहण गर्नुहोस् किनभने परमेश्‍वरले मसित अनुग्रहसाथ व्यवहार गर्नुभएको छ, र मसित प्रशस्तै छ ।” यसरी याकूबले बिन्ती गरेपछि एसावले त्यसलाई स्वीकार गरे ।
ויאמר נסעה ונלכה ואלכה לנגדך׃ 12
तब एसावले भने, “हामी आफ्नो बाटो लागौँ । म तिम्रो अगिअगि जानेछु ।”
ויאמר אליו אדני ידע כי הילדים רכים והצאן והבקר עלות עלי ודפקום יום אחד ומתו כל הצאן׃ 13
याकूबले तिनलाई भने, “मेरा मालिकलाई थाहै छ, कि यी केटाकेटीहरू सानै छन् र यी गाईबस्तुहरूले दुध चुसाउँदै छन् । तिनीहरूलाई एकै दिन मात्र बेसरी धपाइयो भने ती सबै मर्नेछन् ।
יעבר נא אדני לפני עבדו ואני אתנהלה לאטי לרגל המלאכה אשר לפני ולרגל הילדים עד אשר אבא אל אדני שעירה׃ 14
यसैले मेरा मालिक आफ्ना दासभन्दा अगिअगि जानुहोस् भनी म बिन्ती गर्दछु । सेइरमा मेरा मालिककहाँ नआइपुगुञ्‍जेलसम्म म गाईबस्तुको चाल र केटाकेटीहरूको चालमा निकै बिस्तारै हिँड्नेछु ।
ויאמר עשו אציגה נא עמך מן העם אשר אתי ויאמר למה זה אמצא חן בעיני אדני׃ 15
एसावले भने, “म तिमीसित भएका केही मानिसहरूसित मेरा केही मानिसहरू छाडिदिन्छु ।” तर याकूबले भने, “किन त्यसो गर्ने?” मेरा मालिकको दृष्‍टिमा मैले निगाह पाए त भइहाल्यो नि ।”
וישב ביום ההוא עשו לדרכו שעירה׃ 16
त्यसैले त्यही दिन एसाव सेइरतर्फ फर्कन आफ्नो बाटो लागे ।
ויעקב נסע סכתה ויבן לו בית ולמקנהו עשה סכת על כן קרא שם המקום סכות׃ 17
याकूब सुक्‍कोततर्फ लागे । त्यहाँ तिनले डेरा हाले र आफ्ना गाईबस्तुहरूका निम्ति छाप्रा हाले । त्यसकारण त्यस ठाउँको नाउँ सुक्‍कोत राखियो ।
ויבא יעקב שלם עיר שכם אשר בארץ כנען בבאו מפדן ארם ויחן את פני העיר׃ 18
याकूब पद्दन-आरामबाट आउँदा तिनी शकेमको सहरमा सुरक्षितसाथ आइपुगे जुन ठाउँ कनान देशमा पर्छ । तिनले सहरनजिकै पाल टाँगे ।
ויקן את חלקת השדה אשר נטה שם אהלו מיד בני חמור אבי שכם במאה קשיטה׃ 19
त्यसपछि तिनले एक सय चाँदीका सिक्‍कामा शकेमका पिता हमोरका छोराहरूबाट एउटा जग्गा किने र त्यहीँ नै आफ्नो पाल टाँगे ।
ויצב שם מזבח ויקרא לו אל אלהי ישראל׃ 20
त्यहाँ तिनले एउटा वेदी बनाए र त्यसको नाउँ एल-एलोह-एस्राएल राखे ।

< בראשית 33 >