< בראשית 20 >

ויסע משם אברהם ארצה הנגב וישב בין קדש ובין שור ויגר בגרר׃ 1
अब्राहाम त्यहाँबाट नेगेवको भूमितर्फ गए, र कादेश र शूरको बिचमा बसे । उनी गरारमा बसोबास गर्ने एक परदेशी थिए ।
ויאמר אברהם אל שרה אשתו אחתי הוא וישלח אבימלך מלך גרר ויקח את שרה׃ 2
अब्राहामले आफ्नी पत्‍नी साराको बारेमा यस्तो भनेका थिए, “यिनी मेरी बहिनी हुन् ।” यसैकारण गरारका राजा अबीमेलेकले सारालाई मानिसहरू पठाई आफूकहाँ ल्याए ।
ויבא אלהים אל אבימלך בחלום הלילה ויאמר לו הנך מת על האשה אשר לקחת והוא בעלת בעל׃ 3
तर परमप्रभु राती अबीमेलेकको सपनामा आउनुभयो, र तिनलाई भन्‍नुभयो, “सुन्, तैँले आफ्नो साथमा ल्याएको स्‍त्रीको कारण तँ श्रापित भएको छस्, किनभने त्यो अरू कसैकी पत्‍नी हो ।”
ואבימלך לא קרב אליה ויאמר אדני הגוי גם צדיק תהרג׃ 4
अबीमेलेक तिनको नजिक गएका थिएनन् र उनले भने, “परमप्रभु के तपाईंले धार्मिक जातिलाई पनि मार्नुहुन्छ र?
הלא הוא אמר לי אחתי הוא והיא גם הוא אמרה אחי הוא בתם לבבי ובנקין כפי עשיתי זאת׃ 5
के त्यो आफैँले मलाई ‘यिनी मेरी बहिनी हुन्’ भनेर भनेको थिएन र? त्यस स्‍त्रीले पनि, ‘तिनी मेरा दाजु हुन्’ भनेर भनेकी थिई । मेरो हृदयको इमान्दारी र मेरा निर्दोष हातद्वारा मैले यो गेरको हुँ ।”
ויאמר אליו האלהים בחלם גם אנכי ידעתי כי בתם לבבך עשית זאת ואחשך גם אנכי אותך מחטו לי על כן לא נתתיך לנגע אליה׃ 6
त्यसपछि परमप्रभुले तिनलाई सपनामा भन्‍नुभयो, “हो, यो मलाई पनि थाहा छ, कि तैँले आफ्नो हृदयको इमान्दारीमा यो गरिस्, र मैले नै तँलाई मेरो विरूद्ध पाप गर्नबाट बचाएँ । यसैकारण मैले तँलाई त्यस स्‍त्रीलाई छुन दिइनँ ।
ועתה השב אשת האיש כי נביא הוא ויתפלל בעדך וחיה ואם אינך משיב דע כי מות תמות אתה וכל אשר לך׃ 7
यसैकारण, त्यस मानिसकी पत्‍नीलाई फर्काइदे, किनभने त्यो एउटा अगमवक्ता हो । त्यसले तेरो निम्ति प्रार्थना गर्नेछ, र तँ बाँच्‍नेछस् । तर यदि तैँले त्यसलाई फर्काइनस् भने, यो थाहा गर्, कि तँ र तेरा सबै निश्‍चय नै मर्नेछन् ।”
וישכם אבימלך בבקר ויקרא לכל עבדיו וידבר את כל הדברים האלה באזניהם וייראו האנשים מאד׃ 8
अबीमेलेक बिहानै उठे र आफ्ना सबै नोकरहरूलाई बोलाए । तिनले यी सबै कुरा ती मानिसहरूलाई बताए, र तिनीहरू धेरै डराए ।
ויקרא אבימלך לאברהם ויאמר לו מה עשית לנו ומה חטאתי לך כי הבאת עלי ועל ממלכתי חטאה גדלה מעשים אשר לא יעשו עשית עמדי׃ 9
त्यसपछि अबीमेलेकले अब्राहामलाई बोलाएर भने, “तिमीले यो हामीलाई के गर्‍यौ? मैले तिम्रो विरुद्धमा के पाप गरेको थिएँ जसको कारण तिमीले ममाथि र मेरो राज्यमाथि यति ठुलो पाप ल्यायौ? तिमीले मसित गर्न नहुने काम गर्‍यौ ।”
ויאמר אבימלך אל אברהם מה ראית כי עשית את הדבר הזה׃ 10
अबीमेलेकले अब्राहामलाई भने, “के कुराले तिमीलाई यस्तो काम गर्न लगायो?”
ויאמר אברהם כי אמרתי רק אין יראת אלהים במקום הזה והרגוני על דבר אשתי׃ 11
अब्राहामले भने, “किनभने यस ठाउँमा निश्‍चय नै परमप्रभुको कुनै भय छैन र तिनीहरूले मलाई मेरी पत्‍नीको कारणले मार्नेछन् भनी मैले विचार गरेँ ।
וגם אמנה אחתי בת אבי הוא אך לא בת אמי ותהי לי לאשה׃ 12
हुन त यिनी मेरो बुबाकी छोरी मेरी बहिनी हुन्, तर यिनी मेरी आमाकी छोरी होइनन्, र यिनी मेरी पत्‍नी भइन् ।
ויהי כאשר התעו אתי אלהים מבית אבי ואמר לה זה חסדך אשר תעשי עמדי אל כל המקום אשר נבוא שמה אמרי לי אחי הוא׃ 13
जब परमप्रभुले मलाई मेरो बुबाको घर त्यागेर एक ठाउँदेखि अर्को ठाउँ यात्रा गर्न लगाउनुभयो, मैले तिनलाई भनेँ, ‘तिमी मेरी पत्‍नी भएकी कारणले हामी जाने हरेक ठाउँमा, मेरो विषयमा “उनी मेरा दाजु हुन्” भन्‍ने बताएर तिमीले मेरो निम्ति विश्‍वसनीयता देखाउनू ।’”
ויקח אבימלך צאן ובקר ועבדים ושפחת ויתן לאברהם וישב לו את שרה אשתו׃ 14
त्यसपछि अबीमेलेकले अब्राहामलाई भेडाहरू, गोरुहरू, र कमारा-कमारीहरू दिए । तिनले अब्राहामकी पत्‍नी सारालाई पनि उनीकहाँ फर्काइदिए ।
ויאמר אבימלך הנה ארצי לפניך בטוב בעיניך שב׃ 15
अबीमेलेकले भने, “हेर, मेरो भूमि तिम्रै अगि छ । जहाँ तिमीलाई मनपर्छ त्यहीँ बस ।”
ולשרה אמר הנה נתתי אלף כסף לאחיך הנה הוא לך כסות עינים לכל אשר אתך ואת כל ונכחת׃ 16
सारालाई तिनले भने, “हेर, मैले तिम्रो दाजुलाई चाँदीका हजार सिक्‍काहरू दिएको छु । तिमीसँग भएका सबैका आँखामा तिम्रो विरुद्धमा भएका सबै दोष ढाक्‍न मैले यो गरेको हुँ, र सबैको अगि तिमीलाई पूर्ण रूपमा सही ठहराएको छु ।”
ויתפלל אברהם אל האלהים וירפא אלהים את אבימלך ואת אשתו ואמהתיו וילדו׃ 17
त्यसपछि अब्राहामले परमप्रभुसँग प्रार्थना गरे, र उहाँले अबीमेलेक, तिनकी पत्‍नी, र तिनका कमारीहरूलाई निको पार्नुभयो र तिनीहरूले छोरीछोरी जन्माउन सके ।
כי עצר עצר יהוה בעד כל רחם לבית אבימלך על דבר שרה אשת אברהם׃ 18
किनभने अब्राहामकी पत्‍नी साराको कारण अबीमेलेकको घरानाका सबै स्‍त्रीलाई परमप्रभुले बाँझी बनाउनुभएको थियो ।

< בראשית 20 >