< דברים 2 >

ונפן ונסע המדברה דרך ים סוף כאשר דבר יהוה אלי ונסב את הר שעיר ימים רבים׃ 1
तब हामी परमप्रभुले मलाई भन्‍नुभएझैँ नर्कटहरूको समुद्रको दिशातर्फ उजाड-स्थानमा यात्रा गर्‍यौँ । हामीले धेरै दिनसम्म सेइर पर्वतको फन्को मार्‍यौँ ।
ויאמר יהוה אלי לאמר׃ 2
परमप्रभुले मलाई यसो भन्‍नुभयो, '
רב לכם סב את ההר הזה פנו לכם צפנה׃ 3
तिमीहरू धेरै दिनसम्म यस पर्वतको वरिपरि घुम्दै छौ । अब उत्तरतिर फर्क ।
ואת העם צו לאמר אתם עברים בגבול אחיכם בני עשו הישבים בשעיר וייראו מכם ונשמרתם מאד׃ 4
मानिसहरूलाई यसो भनी आज्ञा दे, 'तिमीहरू सेइरमा बस्‍ने एसावका सन्तानहरू अर्थात् तिमीहरूका दाजुभाइहरूको सिमाना पार गरेर जानुपर्छ । तिनीहरू तिमीहरूदेखि डराउने छन् । त्यसकारण सावधान होओ ।
אל תתגרו בם כי לא אתן לכם מארצם עד מדרך כף רגל כי ירשה לעשו נתתי את הר שעיר׃ 5
तिनीहरूसँग लडाइँ नगर्नू किनकि म तिनीहरूको कुनै पनि देश तिमीहरूलाई दिने छैनँ । पैतलाले टेक्‍ने जत्रो ठाउँ पनि म तिमीहरूलाई दिने छैनँ । किनकि मैले सेइर पर्वत एसावको अधिकारमा दिएको छु ।
אכל תשברו מאתם בכסף ואכלתם וגם מים תכרו מאתם בכסף ושתיתם׃ 6
तिमीहरूले खानका लागि पैसा तिरेर तिनीहरूबाट खाना किन्‍नू । तिमीहरूले पिउनका लागि पैसा तिरेर तिनीहरूबाट पानी पनि किन्‍नू ।
כי יהוה אלהיך ברכך בכל מעשה ידך ידע לכתך את המדבר הגדל הזה זה ארבעים שנה יהוה אלהיך עמך לא חסרת דבר׃ 7
किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूका हातका सबै काममा तिमीहरूलाई आशिष् दिनुभएको छ । यो ठुलो उजाड-स्थानको यात्राभरि उहाँले तिमीहरूको हेरचाह गर्नुभएको छ । यी चालिस वर्ष परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसित हुनुभएको छ, र तिमीहरूलाई कुनै कुरोको कमी भएको छैन' ।”
ונעבר מאת אחינו בני עשו הישבים בשעיר מדרך הערבה מאילת ומעצין גבר ונפן ונעבר דרך מדבר מואב׃ 8
त्यसैले हामी सेइरमा बस्‍ने एसावका सन्तानहरू अर्थात् हाम्रा दाजुभाइहरूका सिमानाहरू भएर गयौँ । यो ठाउँ एलात र एस्योन-गेबेर अनि अराबाट पर पर्छ । तब हामी फर्केर मोआबको उजाड-स्थानको बाटो लाग्यौँ ।
ויאמר יהוה אלי אל תצר את מואב ואל תתגר בם מלחמה כי לא אתן לך מארצו ירשה כי לבני לוט נתתי את ער ירשה׃ 9
परमप्रभुले मलाई भन्‍नुभयो, 'मोआबलाई दुःख नदे, र तिनीहरूसित लडाइँ नगर् । म त्यसको देश तिमीहरूको आफ्नो अधिकार हुनलाई दिन्‍नँ किनभने मैले आर सहरलाई लोतका सन्तानहरूको अधिकार हुनलाई दिएको छु ।'
האמים לפנים ישבו בה עם גדול ורב ורם כענקים׃ 10
(पहिले त्यहाँ एमीहरू बस्थे जुन जाति पराक्रमी, असङ्ख्य र अनाकीहरूजस्तै अग्ला-अग्ला थिए ।
רפאים יחשבו אף הם כענקים והמאבים יקראו להם אמים׃ 11
अनाकीहरूझैँ यी मानिसहरू पनि रपाईहरू हुन् भनी ठानिन्छ, तर मोआबीहरूले तिनीहरूलाई एमी भन्थे ।
ובשעיר ישבו החרים לפנים ובני עשו יירשום וישמידום מפניהם וישבו תחתם כאשר עשה ישראל לארץ ירשתו אשר נתן יהוה להם׃ 12
सेइरमा पहिले होरीहरू पनि बस्थे, तर एसावका सन्तानहरूले तिनीहरूलाई धपाए । तिनीहरूले होरीहरूलाई त्यहाँबाट निकाली तिनीहरूको ठाउँमा बसोबास गरे जस्तो परमप्रभुले इस्राएललाई तिनीहरूको अधिकारको रूपमा यो देश दिनुभएको थियो ।)
עתה קמו ועברו לכם את נחל זרד ונעבר את נחל זרד׃ 13
'अब उठेर जेरेद खोला पारि जाओ ।' त्यसैले हामी जेरेद खोला पारि गयौँ ।
והימים אשר הלכנו מקדש ברנע עד אשר עברנו את נחל זרד שלשים ושמנה שנה עד תם כל הדור אנשי המלחמה מקרב המחנה כאשר נשבע יהוה להם׃ 14
कादेश-बर्नेबाट जेरेद खोला पारिसम्म आउन हामीलाई अठतिस दिन लाग्यो । त्यस बेलासम्म परमप्रभुले शपथ खानुभएझैँ लडाइँको लागि योग्य सबै मानिसको त्यो पुस्ता नष्‍ट भइसकेको थियो ।
וגם יד יהוה היתה בם להמם מקרב המחנה עד תמם׃ 15
त्यस बाहेक, तिनीहरूलाई नष्‍ट नपारूञ्‍जेल परमप्रभुको हात त्यो पुस्ताको विरुद्धमा थियो ।
ויהי כאשר תמו כל אנשי המלחמה למות מקרב העם׃ 16
जब मानिसहरूका बिचबाट लडाइँको लागि योग्य सबै मानिस मरेर गए,
וידבר יהוה אלי לאמר׃ 17
परमप्रभुले मलाई यसो भन्‍नुभयो,
אתה עבר היום את גבול מואב את ער׃ 18
'आज तिमीहरूले मोआबको सिमाना आर सहरलाई पार गर्नुपर्छ ।
וקרבת מול בני עמון אל תצרם ואל תתגר בם כי לא אתן מארץ בני עמון לך ירשה כי לבני לוט נתתיה ירשה׃ 19
तिमीहरू अम्मोनका मानिसहरूको सिमानामा आइपुग्दा तिनीहरूलाई दुःख नदेओ वा तिनीहरूसित लडाइँ नगर । अम्मोनीहरूको कुनै पनि भूमि म तिमीहरूको अधिकारको रूपमा दिन्‍नँ । किनकि मैले यो देश लोतका सन्तानहरूलाई अधिकारको रूपमा दिएको छु ।'
ארץ רפאים תחשב אף הוא רפאים ישבו בה לפנים והעמנים יקראו להם זמזמים׃ 20
(त्यसलाई पनि रपाईहरूको देश ठानिन्थ्यो । त्यहाँ पहिले रपाईहरू बस्थे, तर अम्मोनीहरूले तिनीहरूलाई जमजुम्मीहरू भन्दथे ।
עם גדול ורב ורם כענקים וישמידם יהוה מפניהם ויירשם וישבו תחתם׃ 21
तिनीहरू पराक्रमी, असङ्ख्य र अनाकीहरूझैँ अग्ला-अग्ला थिए । तर परमप्रभुले अम्मोनीहरूकै सामुन्‍ने तिनीहरूलाई नष्‍ट गरिदिनुभयो र तिनीहरूले यिनीहरूलाई धपाएर तिनीहरू यिनीहरूको ठाउँमा बसे ।
כאשר עשה לבני עשו הישבים בשעיר אשר השמיד את החרי מפניהם ויירשם וישבו תחתם עד היום הזה׃ 22
परमप्रभुले सेइरमा बस्‍ने एसावका सन्तानहरूकै सामुन्‍ने होरीहरूलाई नष्‍ट गरी तिनीहरूको ठाउँमा यिनीहरूलाई राख्‍नुहुँदा यिनीहरूका लागि पनि यसै गर्नुभयो । यिनीहरू आजसम्म यहाँ बसोबास गर्दै छन् ।
והעוים הישבים בחצרים עד עזה כפתרים היצאים מכפתור השמידם וישבו תחתם׃ 23
गाजासम्म टाढा गाउँहरूमा बस्‍ने अव्वीहरूलाई कप्‍तोरबाट आएका कप्‍तोरीहरूले नष्‍ट पारी तिनीहरूको ठाउँमा बसोबास गरे ।)
קומו סעו ועברו את נחל ארנן ראה נתתי בידך את סיחן מלך חשבון האמרי ואת ארצו החל רש והתגר בו מלחמה׃ 24
'अब उठेर आफ्ना यात्रा थाल अनि अर्नोनको बेँसी पार गर । हेर, मैले हेश्बोनका राजा एमोरी सीहोन र त्यसको देश तिमीहरूलाई दिएको छु । यसलाई कब्जा गर्न थाल र त्योसित लडाइँ गर ।
היום הזה אחל תת פחדך ויראתך על פני העמים תחת כל השמים אשר ישמעון שמעך ורגזו וחלו מפניך׃ 25
पुरै आकाशमुनि भएका जाति-जातिहरूमा म तिमीहरूको डर र त्रास हाल्न सुरु गर्ने छु । तिनीहरूले तिमीहरूको बारेमा भएको खबर सुनेर थरथर काम्‍ने छन् अनि तिमीहरूको कारणले विचलित हुने छन् ।'
ואשלח מלאכים ממדבר קדמות אל סיחון מלך חשבון דברי שלום לאמר׃ 26
मैले कदेमोतको उजाड-स्थानबाट हेश्बोनका राजा सीहोनलाई शान्तिका वचनहरूसहित सन्देशवाकहरू पठाएँ,
אעברה בארצך בדרך בדרך אלך לא אסור ימין ושמאול׃ 27
'मलाई तपाईंको देश भएर जान दिनुहोस् । म लोकमार्ग भएर जानेछु । म दाहिने र देब्रे लाग्‍ने छैनँ ।
אכל בכסף תשברני ואכלתי ומים בכסף תתן לי ושתיתי רק אעברה ברגלי׃ 28
खानको लागि तपाईंले मलाई पैसामा खाना बेच्नुहुने छ र पिउनको लागि पैसामा पानी दिनुहुने छ । केवल मलाई तपाईंको देश भएर जान दिनुहोस्
כאשר עשו לי בני עשו הישבים בשעיר והמואבים הישבים בער עד אשר אעבר את הירדן אל הארץ אשר יהוה אלהינו נתן לנו׃ 29
। जसरी सेइरमा बस्‍ने एसावका सन्तानहरू र आर सहरमा बस्‍ने मोआबीहरूले मेरो निम्ति गरेथे त्यसै गरी मैले यर्दन पार गरी परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिनुहुने देशमा नपुगेसम्म त्यसै गर्नुहोस् ।'
ולא אבה סיחן מלך חשבון העברנו בו כי הקשה יהוה אלהיך את רוחו ואמץ את לבבו למען תתו בידך כיום הזה׃ 30
तर हेश्बोनका राजा सीहोनले हाम्रो कुरा सुनेनन् र हामीलाई तिनको बाटो भएर जान दिएनन् । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनको मन कठोर बनाइदिनुभएको थियो र तिनको हृदय हठी बनाइदिनुभएको थियो ताकि तिमीहरूको शक्तिद्वारा उहाँले तिनलाई पराजित गर्नुभएको होस् जस्तो उहाँले आजको दिनसम्म गर्नुभएको छ ।
ויאמר יהוה אלי ראה החלתי תת לפניך את סיחן ואת ארצו החל רש לרשת את ארצו׃ 31
परमप्रभुले मलाई भन्‍नुभयो, 'हेर्, मैले तेरै सामुन्‍ने सीहोन र त्यसको देश तँलाई दिन थालेको छु । यस देशमाथि तेरो अधिकार होस् भनेर यसलाई कब्जा गर्न थाल् ।'
ויצא סיחן לקראתנו הוא וכל עמו למלחמה יהצה׃ 32
तब सीहोन आफ्ना सबै मानिस लिएर यहसा भन्‍ने ठाउँमा हाम्रो विरुद्धमा लड्न आए ।
ויתנהו יהוה אלהינו לפנינו ונך אתו ואת בנו ואת כל עמו׃ 33
परमप्रभु हाम्रा परमेश्‍वरले तिनलाई हाम्रो हातमा सुम्पिदिनुभयो र हामीले तिनी, तिनका छोराहरू र तिनका सबै मानिसलाई पराजित गर्‍यौँ ।
ונלכד את כל עריו בעת ההוא ונחרם את כל עיר מתם והנשים והטף לא השארנו שריד׃ 34
त्यस बेला हामीले तिनका सबै सहर कब्जा गरी हरेक सहर, पुरुष र स्‍त्रीहरू अनि बालबच्‍चाहरूलाई पूर्ण रूपले नष्‍ट पार्‍यौँ । एउटै पनि बाँचेन ।
רק הבהמה בזזנו לנו ושלל הערים אשר לכדנו׃ 35
आफ्ना निम्ति लुटको मालको रूपमा लगेका गाईवस्तु र सहरबाट लुटिएका मालहरू मात्र हामीले लियौँ ।
מערער אשר על שפת נחל ארנן והעיר אשר בנחל ועד הגלעד לא היתה קריה אשר שגבה ממנו את הכל נתן יהוה אלהינו לפנינו׃ 36
अर्नोन बेँसीको छेउमा भएको अरोएरदेखि र बेँसीमा भएको सहरदेखि गिलादसम्म हामीले कब्जा गर्न नसक्‍ने कुनै सहर थिएन । परमप्रभु हाम्रा परमेश्‍वरले ती हाम्रा हातमा दिनुभयो ।
רק אל ארץ בני עמון לא קרבת כל יד נחל יבק וערי ההר וכל אשר צוה יהוה אלהינו׃ 37
केवल अम्मोनका सन्तानहरूको देशसाथै यब्बोक नदीका सबै किनाराका जग्गा अनि पहाडी देशका सहरहरू जहाँ परमप्रभु हाम्रा परमेश्‍वरले जान हामीलाई निषेध गर्नुभयो थियो, त्यहाँ तिमीहरू गएनौ ।

< דברים 2 >