< דניאל 7 >

בשנת חדה לבלאשצר מלך בבל דניאל חלם חזה וחזוי ראשה על משכבה באדין חלמא כתב ראש מלין אמר׃ 1
बेबिलोनका राजा बेलसजरको पहिलो वर्षमा, दानिएल आफ्नो ओछ्यानमा पल्टिरहँदा तिनले एउटा सपना र दर्शन देखे । अनि तिनले सपनामा देखेका कुरालाई लेखे । तिनले सबैभन्दा महत्त्वपूर्ण घटनाहरूलाई लेखेः
ענה דניאל ואמר חזה הוית בחזוי עם ליליא וארו ארבע רוחי שמיא מגיחן לימא רבא׃ 2
दानिएलले वर्णन गरे, “रातमा मैले देखेको दर्शनमा स्‍वर्गका चार बतासले महान् समुद्रलाई घोलिरहेको मैले देखें ।
וארבע חיון רברבן סלקן מן ימא שנין דא מן דא׃ 3
प्रत्‍येक नै एक-अर्काबाट भिन्‍न चार विशाल पशु समुद्रबाट बाहिर आए ।
קדמיתא כאריה וגפין די נשר לה חזה הוית עד די מריטו גפיה ונטילת מן ארעא ועל רגלין כאנש הקימת ולבב אנש יהיב לה׃ 4
पहिलोचाहिं सिंहजस्‍तो देखिन्‍थ्‍यो तर त्‍यसका चीलका पखेटाहरू थिए । मैले हेर्दै गर्दा, त्यसका पखेटाहरू च्यातिए र जमिनबाट त्‍यसलाई माथि उठाइयो र मानिसझैं दुई खुट्टामा त्यसलाई खडा गरियो । त्यसलाई मानिसको मन दिइएको थियो ।
וארו חיוה אחרי תנינה דמיה לדב ולשטר חד הקמת ותלת עלעין בפמה בין שניה וכן אמרין לה קומי אכלי בשר שגיא׃ 5
अनि त्‍यहाँ अर्को एउटा भालुजस्तो पशु थियो, र त्यो झुकिरहेको थियो । आफ्‍ना दाँतहरूका बिचमा त्‍यसले तिनवटा करङ थिए । त्यसलाई यसो भनियो, ‘उठ्‍ र धेरै जना मानिसलाई खा ।’
באתר דנה חזה הוית וארו אחרי כנמר ולה גפין ארבע די עוף על גביה וארבעה ראשין לחיותא ושלטן יהיב לה׃ 6
यसपछि मैले फेरि हेरें । त्यहाँ अर्को एउटा पशु थियो, जुन चितुवाजस्तो देखिन्थ्यो । त्यसको पछाडिपट्टि चराका जस्‍तै चारवटा पखेटा थिए, र त्यसका चारवटा टाउका थिए । राज्‍य गर्ने अधिकार त्यसलाई दिइएको थियो ।
באתר דנה חזה הוית בחזוי ליליא וארו חיוה רביעיה דחילה ואימתני ותקיפא יתירא ושנין די פרזל לה רברבן אכלה ומדקה ושארא ברגליה רפסה והיא משניה מן כל חיותא די קדמיה וקרנין עשר לה׃ 7
त्यसपछि रातको दर्शनमा डरलाग्दो, भयङ्कर, र धेरै बलियो थियो एउटा चौथो पशु मैले देखें । त्यसका फलाममा ठुला-ठुला दाँत थिए । त्यसले चपायो, टुक्रा-टुक्रा पार्थ्यो, र बाँकीलाई खुट्टामुनि कुल्‍चियो । अरू पशुभन्दा त्यो फरक थियो, र त्यसका दशवटा सिङ थिए ।
משתכל הוית בקרניא ואלו קרן אחרי זעירה סלקת ביניהון ותלת מן קרניא קדמיתא אתעקרו מן קדמיה ואלו עינין כעיני אנשא בקרנא דא ופם ממלל רברבן׃ 8
जसै मैले ती सिङहरूका बारेमा विचार गर्दै थिएँ, मैले हेरें र ती सिङका बिचमा अर्को एउटा सानो सिङ बढ्‍दै गरेको देखें । पहिलो तिनवटा सिङ उखेलिएर झरे । यो सिङका आँखा मानिसका आँखाजास्‍ता भएको मैले देखें र त्यसको एउटा मुखले ठुला कुराहरूको सेखी गर्दै थियो ।
חזה הוית עד די כרסון רמיו ועתיק יומין יתב לבושה כתלג חור ושער ראשה כעמר נקא כרסיה שביבין די נור גלגלוהי נור דלק׃ 9
जसै मैले हेरें, सिंहासनहरू तयार पारिएका थिए, र दिनहरूभन्‍दा प्राचीनले चाहिं आफ्नो आशन ग्रहण गर्नुभयो । उहाँका वस्‍त्र हिउँझैं सेता थिए, र उहाँको शिरको कपाल शुद्ध ऊनजस्तो थियो । उहाँको सिंहासनमा आगोको ज्वाला थियो, र त्यसका चक्‍काहरू बलिरहने आगो थियो ।
נהר די נור נגד ונפק מן קדמוהי אלף אלפים ישמשונה ורבו רבון קדמוהי יקומון דינא יתב וספרין פתיחו׃ 10
उहाँको सामुबाट आगोको नदी बग्यो । लाखौं-लाखले उहाँको सेवा गरे, र दस करोडचाहिं उहाँको सामु खडा थिए । अदालतले न्यायको काम सुरु गर्‍यो, र पुस्तकहरू खोलिए ।
חזה הוית באדין מן קל מליא רברבתא די קרנא ממללה חזה הוית עד די קטילת חיותא והובד גשמה ויהיבת ליקדת אשא׃ 11
त्यो सिङले बोलेका अहङ्कारपुर्ण वचनहरूका कारणले मैले निरन्‍तर हेरें । त्यो पशु मारिएको र त्यसको शरीर नष्‍ट पारिएको, र त्यसलाई जलाउनलाई दिइएको मैले देखें ।
ושאר חיותא העדיו שלטנהון וארכה בחיין יהיבת להון עד זמן ועדן׃ 12
चारवटा पशुमध्‍येका अरू बाँकीका बारेमा, राज्‍य गर्ने अधिकार खोसियो, तर केही समयको निम्ति तिनीहरूका उमेर बढाइयो ।
חזה הוית בחזוי ליליא וארו עם ענני שמיא כבר אנש אתה הוה ועד עתיק יומיא מטה וקדמוהי הקרבוהי׃ 13
त्यस रातको मेरा दर्शनहरूमा, आकाशका बादलहरूका साथमा मानिसका पुत्रजस्‍तै एक जना आउँदै गर्नुभएको मैले देखें । दिनहरूभन्‍दा प्राचीनकाहाँ उहाँ आउनुभयो र उहाँको सामु उपस्थित गराउनुभयो ।
ולה יהיב שלטן ויקר ומלכו וכל עממיא אמיא ולשניא לה יפלחון שלטנה שלטן עלם די לא יעדה ומלכותה די לא תתחבל׃ 14
राज्‍य गर्नलाई अधिकार र महिमा र राजकीय शक्ति उहाँलाई दिइयो, यसैले कि सबै मानिसहरू, जातिहरू, र भाषा बोल्नेहरूले उहाँको सेवा गरून् । राज्‍य गर्ने उहाँको अधिकारचाहिं सदासर्वदाको अधिकार हो जुन बितेर जानेछैन, अनि उहाँको राज्य त्‍यस्‍तो हो जुन कहिल्यै पनि नाश हुनेछैन ।
אתכרית רוחי אנה דניאל בגוא נדנה וחזוי ראשי יבהלנני׃ 15
म दानिएलको बारेमा, मभित्र मेरो आत्मा दु: खित भयो, र मेरो मनमा मैले देखेका दर्शनहरूले मलाई विचलित बनाए ।
קרבת על חד מן קאמיא ויציבא אבעא מנה על כל דנה ואמר לי ופשר מליא יהודענני׃ 16
त्यहाँ खडा भएकामध्ये एक जनाको नजिक म गएँ र यी कुराहरूको अर्थ मलाई देखाउनलाई मैले तिनलाई बिन्‍ती गरें ।
אלין חיותא רברבתא די אנין ארבע ארבעה מלכין יקומון מן ארעא׃ 17
‘यी विशाल पशुका चारवटा सङ्ख्‍याले चार जना राजालाई जनाउँछन् जो पृथ्वीमा खडा हुनेहुन् ।
ויקבלון מלכותא קדישי עליונין ויחסנון מלכותא עד עלמא ועד עלם עלמיא׃ 18
तर सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूले त्यो राज्य प्राप्‍त गर्नेछन्, र तिनीहरूले सदासर्वदाको निम्ति त्‍यसको अधिकार गर्नेछन् ।’
אדין צבית ליצבא על חיותא רביעיתא די הות שניה מן כלהון דחילה יתירה שניה די פרזל וטפריה די נחש אכלה מדקה ושארא ברגליה רפסה׃ 19
अनि त्‍यो चौथो पशुको बारेमा अझै धेरै जान्‍ने मलाई इच्‍छा भयो— त्‍यो अरूभन्दा धेरै फरक थियो र आफ्ना फलामका दाँत र काँसाका नङ्ग्राका कारणले त्‍यो धेरै डरलाग्‍दो थियो । त्यसले चपायो, टुक्रा-टुक्रा पार्थ्यो, र बाँकीमाथि खुट्टाले कुल्‍चियो ।
ועל קרניא עשר די בראשה ואחרי די סלקת ונפלו מן קדמיה תלת וקרנא דכן ועינין לה ופם ממלל רברבן וחזוה רב מן חברתה׃ 20
त्यसको शिरका दशवटा सिङ र नयाँ पलाएको अर्को सिङ जसको सामु तिनवटा सिङ उखेलिएर झरेको बारेमा जान्‍ने इच्‍छा मलाई भयो। आँखा भएका सिङ र ठुला कुराहरूको सेखी गर्ने मुखको बारेमा जान्‍ने इच्‍छा मलाई भयो, अनि त्‍यो आफ्‍ना मित्रहरूभन्दा महान् देखिन्थ्यो ।
חזה הוית וקרנא דכן עבדה קרב עם קדישין ויכלה להון׃ 21
जसै मैले हेरें, त्‍यो सिङले पवित्र मानिसहरूका विरुद्ध युद्ध सुरु गर्‍यो र तिनीहरूलाई पराजित गर्दै थियो,
עד די אתה עתיק יומיא ודינא יהב לקדישי עליונין וזמנא מטה ומלכותא החסנו קדישין׃ 22
जबसम्म दिनहरूभन्‍दा प्राचीन आउनुभएन, र सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूलाई न्याय दिनुभएन । तब समय आयो जब पवित्र मानिसहरूले राज्य प्राप्‍त गरे ।
כן אמר חיותא רביעיתא מלכו רביעיא תהוא בארעא די תשנא מן כל מלכותא ותאכל כל ארעא ותדושנה ותדקנה׃ 23
ती मानिसले यसो भने, ‘चौथो पशुको बारेमा, त्‍यो पृथ्वीमा चौथो राज्य हुनेछ जुनचाहिं अरू सबै राज्यभन्दा फरक हुनेछ । त्यसले सारा पृथ्वीलाई नाश गर्नेछ र त्यसलाई कुल्चनेछ र त्यसलाई टुक्रा-टुक्रा पार्नेछ ।
וקרניא עשר מנה מלכותה עשרה מלכין יקמון ואחרן יקום אחריהון והוא ישנא מן קדמיא ותלתה מלכין יהשפל׃ 24
दसवटा सिङका बारेमाचाहिं, यो राज्यबाट दस जना राजा खडा हुनेछन्, तिनीहरूभन्‍दा पछि अर्को खडा हुनेछ । पहिलेकाभन्दा ऊ फरक हुनेछ, र उसले तिन जना राजालाई पराजित गर्नेछ ।
ומלין לצד עליא ימלל ולקדישי עליונין יבלא ויסבר להשניה זמנין ודת ויתיהבון בידה עד עדן ועדנין ופלג עדן׃ 25
उसले सर्वोच्‍च परमेश्‍वरका विरुद्ध बोल्नेछ र सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूमाथि अत्याचार गर्नेछ । उसले चाडहरू र व्यवस्थालाई परिवर्तन गर्न कोसिस गर्नेछ । यी कुराहरूलाई उसको हातमा एक वर्ष, दुई वर्ष, र आधा वर्षको लागि दिइनेछ ।
ודינא יתב ושלטנה יהעדון להשמדה ולהובדה עד סופא׃ 26
तर अदालतले न्यायको काम सुरु गर्नेछ, र अन्त्यमा भष्‍म पारिन र नाश गरिनलाई तिनीहरूले उसका राजकीय शक्तिलाई खोस्‍नेछन् ।
ומלכותה ושלטנא ורבותא די מלכות תחות כל שמיא יהיבת לעם קדישי עליונין מלכותה מלכות עלם וכל שלטניא לה יפלחון וישתמעון׃ 27
राज्य र प्रभुत्व, र सम्‍पूर्ण स्वर्गमुनिका राज्यहरूको महान्‌ता ती मानिसहरूलाई दिइनेछ जो सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरू हुन् । उहाँको राज्य सदासर्वदाको राज्‍य हो, र अरू सबै राज्यहरूले उहाँको सेवा गर्नेछन् र उहाँको आज्ञा मान्‍नेछन् ।’
עד כה סופא די מלתא אנה דניאל שגיא רעיוני יבהלנני וזיוי ישתנון עלי ומלתא בלבי נטרת׃ 28
कुराको अन्त यही हो । म, दानिएलको बारेमा, मेरा विचारहरूले मलाई धेरै भयभीत बनाए र मेरो अनुहारको स्‍वरूप परिवर्तन भयो । तर यी कुराहरू मैले आफूमा नै सिमित राखें ।”

< דניאל 7 >