< שמואל ב 18 >

ויפקד דוד את העם אשר אתו וישם עליהם שרי אלפים ושרי מאות׃ 1
दाऊदले आफूसँग भएका सिपाहरूको गन्ति गरे र तिनीहरूमाथि हजारका कप्‍तानहरू र सयका कप्‍तानहरू नियुक्‍त गरे ।
וישלח דוד את העם השלשית ביד יואב והשלשית ביד אבישי בן צרויה אחי יואב והשלשת ביד אתי הגתי ויאמר המלך אל העם יצא אצא גם אני עמכם׃ 2
त्यसपछि दाऊदले एक तिहाइ सिपाहीलाई योआबको अधीनमा, अर्को एक तिहाइलाई सरूयहाहका छोरा योआबका भाइ अबीशैको अधीनमा, र अर्को एक तिहाइलाई गित्ती इत्तैको अधीनमा पठाए । राजाले फौजलाई भने, “म आफै पनि तिमीहरूसँग नै जाने छु ।”
ויאמר העם לא תצא כי אם נס ננוס לא ישימו אלינו לב ואם ימתו חצינו לא ישימו אלינו לב כי עתה כמנו עשרה אלפים ועתה טוב כי תהיה לנו מעיר לעזיר׃ 3
तर मानिसहरूले भने, “तपाईं युद्धमा जानु हुँदैन, किनकि भाग्यौं भने, तिनीहरूले हाम्रो वास्‍ता गर्ने छैनन् वा हामी आधा नै मरे पनि तिनीहरूले वास्‍ता गर्ने छैनन् । तर तपाईं त हामीजस्‍ता दश हजार बराबर हुनुहुन्छ! यसकारण तपाईं हामीलाई सहरबाट नै सहायता गर्न तयार हुनुहोस् ।”
ויאמר אליהם המלך אשר ייטב בעיניכם אעשה ויעמד המלך אל יד השער וכל העם יצאו למאות ולאלפים׃ 4
त्यसैले राजाले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूलाई जे उत्तम लाग्छ म त्यही गर्ने छु ।” जब सबै फौज सय र हजारको सङ्‍ख्‍यामा निस्‍केर गए, तब राजाचाहिं सहरको ढोकामा खडा भए ।
ויצו המלך את יואב ואת אבישי ואת אתי לאמר לאט לי לנער לאבשלום וכל העם שמעו בצות המלך את כל השרים על דבר אבשלום׃ 5
राजाले योआब, अबीशै र इत्तैलाई आज्ञा दिए, “त्यो जवान केटा अब्शालोमसित मेरो खातिर कोमलतासाथ व्यवहार गर ।” राजाले अब्शालोमको बारेमा कप्‍तानहरूलाई यस्तो आज्ञा दिएका छन् भनी सबैले सुने ।
ויצא העם השדה לקראת ישראל ותהי המלחמה ביער אפרים׃ 6
त्यसैले फौज गाउँमा इस्राएलको विरुद्ध लड्न गए । लडाइँ इफ्राइमको जङ्गलमा फैलियो ।
וינגפו שם עם ישראל לפני עבדי דוד ותהי שם המגפה גדולה ביום ההוא עשרים אלף׃ 7
दाऊदका सिपाहीहरूका सामु त्‍यहाँ इस्राएलका फौजलाई परास्‍त भयो । त्यस दिन त्यहाँ यति ठुलो नरसंहार भयो कि बिस हजार मानिसहरू मारिए ।
ותהי שם המלחמה נפצות על פני כל הארץ וירב היער לאכל בעם מאשר אכלה החרב ביום ההוא׃ 8
लडाइँ सारा गाउँभरि नै फैलियो र तरवारले भन्दा पनि धेरै जङ्गलले नै मानिसहरूलाई नाश पार्‍यो ।
ויקרא אבשלום לפני עבדי דוד ואבשלום רכב על הפרד ויבא הפרד תחת שובך האלה הגדולה ויחזק ראשו באלה ויתן בין השמים ובין הארץ והפרד אשר תחתיו עבר׃ 9
अब्शालोमले दाऊदका केही सिपाहीलाई भेटे । अब्शालोम आफ्नो खच्‍चरमा सवार थिए र त्‍यो खच्‍चर बाक्‍लो हाँगा भएको फलाँटको ठुलो रुखमुनिबाट गयो र तिनको टाउको रुखका हाँगाहरूमा नै अड्कियो । तिनले चढेका खच्‍चर हिंडिरहँदा तिनीचाहिं आकाश र जमिनको बिचमा झुण्डिरहे ।
וירא איש אחד ויגד ליואב ויאמר הנה ראיתי את אבשלם תלוי באלה׃ 10
कसैले यो देख्‍यो र योआबलाई भन्‍यो, “हेर्नुहोस्, मैले अब्शालोम फलाँटको रुखमा झुण्डिरहेको देखें!”
ויאמר יואב לאיש המגיד לו והנה ראית ומדוע לא הכיתו שם ארצה ועלי לתת לך עשרה כסף וחגרה אחת׃ 11
योआबले आब्शालोमबारे बताउने ‍‍त्यो मानिसलाई भने, “हेर, तैंले त्यसलाई देखिस्! तैंले किन त्यसलाई जमिनमा ढालिनस्? मैले तँलाई दश शेकेल चाँदी र एउटा पेटी दिने थिएँ ।”
ויאמר האיש אל יואב ולא אנכי שקל על כפי אלף כסף לא אשלח ידי אל בן המלך כי באזנינו צוה המלך אתך ואת אבישי ואת אתי לאמר שמרו מי בנער באבשלום׃ 12
त्यो मानिसले योआबलाई भन्यो, “मैले हजार शेकेल चाँदी पाएको भए पनि म राजाको छोराको विरुद्ध आफ्‍नो हात उठाने थिइनँ, किनभने तपाईं, अबीशै र इत्तैलाई राजाले यसो भनेर आज्ञा दिनुभएको कुरा हामी सबैले सुनेका थियौं, 'जवान मानिस अब्शालोमलाई कसैले नछोओस् ।'
או עשיתי בנפשו שקר וכל דבר לא יכחד מן המלך ואתה תתיצב מנגד׃ 13
मैले झुट बोलेर मेरो जीवनलाई खतरामा पारेको भए (र राजाबाट कुनै कुरा लुक्‍दैन ), तपाईंले मलाई त्यग्‍नुहुने थियो ।”
ויאמר יואב לא כן אחילה לפניך ויקח שלשה שבטים בכפו ויתקעם בלב אבשלום עודנו חי בלב האלה׃ 14
तब योआबले भने, “म तेरो लागि पर्खने छैनँ ।” त्यसैले योआबले आफ्नो हातमा तिन वटा भालाहरू लिए र अब्शालोम अझै जीवित नै फलाँटको रुखमा झुण्डिरहँदा तिनको मुटुमा रोपिदिए ।
ויסבו עשרה נערים נשאי כלי יואב ויכו את אבשלום וימיתהו׃ 15
त्यसपछि योआबको हतियार बोक्‍ने दश जना मानिसले अब्शालोमलाई घेरा हाले, तिनलाई आक्रमण गरे र तिनलाई मारे ।
ויתקע יואב בשפר וישב העם מרדף אחרי ישראל כי חשך יואב את העם׃ 16
तब योआबले तुरही फुके र इस्राएललाई खेद्‍न छोडेर फौज फर्कियो, किनकि योआबले फौजलाई रोके ।
ויקחו את אבשלום וישליכו אתו ביער אל הפחת הגדול ויצבו עליו גל אבנים גדול מאד וכל ישראל נסו איש לאהלו׃ 17
तिनीहरूले अब्शालोमलाई लिए र तिनलाई जङ्गलको एउटा ठुलो खल्डोमा फालिदिए । सबै इस्राएल हरेक मानिस आफ्नो घरतिर भागरे जाँदा तिनीहरूले अब्शालोमलाई ढुङ्गाको ठुलो थुप्रोमुनि गाडे ।
ואבשלם לקח ויצב לו בחיו את מצבת אשר בעמק המלך כי אמר אין לי בן בעבור הזכיר שמי ויקרא למצבת על שמו ויקרא לה יד אבשלם עד היום הזה׃ 18
अब्शालोम आफू जीवित नै हुँदा राजाको बेसीमा ठुलो ढुङ्गाको एउटा स्मारक निर्माण गरेका थिए, किनकि तिनले भने, “मेरो नाउँलाई निरन्‍तरता दिन मेरो कुनै छोरा छैन ।” तिनले स्तम्भलाई आफ्नै नाउँबाट नाम दिए, त्यसैले आजको दिनसम्म पनि त्‍यसलाई अब्शालोमको स्मारक भनिन्छ ।
ואחימעץ בן צדוק אמר ארוצה נא ואבשרה את המלך כי שפטו יהוה מיד איביו׃ 19
त्यसपछि सादोकका छोरा अहीमासले भने, “परमप्रभुले राजालाई कसरी उहाँका शत्रुहरूका हातबाट छुटकारा दिनुभएको छ भन्‍ने शुभखबर लिएर मलाई राजाकहाँ दौडेर जान दिनुहोस् ।”
ויאמר לו יואב לא איש בשרה אתה היום הזה ובשרת ביום אחר והיום הזה לא תבשר כי על בן המלך מת׃ 20
योआबले तिनलाई भने, “आज तिमी खबर लाने छैनौ । तिमीले यो काम अर्को दिन गर्नुपर्छ । आज तिमीले कुनै समाचार लाने छैनौ किनभने राजाको छोरा मरेको छ ।”
ויאמר יואב לכושי לך הגד למלך אשר ראיתה וישתחו כושי ליואב וירץ׃ 21
त्यसपछि योआबले कूशीलाई भने, “जा, तैंले जे देखेको छस् त्‍यो राजालाई भन् ।” कूशीले योआबलाई दण्डवत गरे र दौडे ।
ויסף עוד אחימעץ בן צדוק ויאמר אל יואב ויהי מה ארצה נא גם אני אחרי הכושי ויאמר יואב למה זה אתה רץ בני ולכה אין בשורה מצאת׃ 22
तब सादोकका छोरा अहीमासले योआबलाई फेरि पनि भने, “जेसुकै भए पनि, कृपया मलाई दौडेर जान र कूशीको पछि-पछि लाग्‍न दिनुहोस् ।” योआबले जवाफ दिए, “हे मेरो छोरो, तिमीले यो खबरको निम्ति कुनै इनाम पाउने छैनौ भन्‍ने देखेर पनि तिमी किन दौडिन चाहन्छौ?”
ויהי מה ארוץ ויאמר לו רוץ וירץ אחימעץ דרך הככר ויעבר את הכושי׃ 23
अहीमासले भने, “जेसुकै होस्, म दौडने छु ।” त्यसैले योआबले तिनलाई जवाफ दिए, “दौड ।” अनि अहीमास मैदानको बाटो हुँदै दौडे र कूशीलाई उछिने ।
ודוד יושב בין שני השערים וילך הצפה אל גג השער אל החומה וישא את עיניו וירא והנה איש רץ לבדו׃ 24
यति बेला दाऊद भित्री र बाहिरी ढोकाको बिचमा बसिरहेका थिए । रक्षा बस्‍ने मानिस पर्खालको छतमा गए र आफ्‍ना आँखाले हेरे । जसै तिनले हेरे, एक जना मानिस एक्‍लै दौडेर नजिक आइरहेको तिनले देखे ।
ויקרא הצפה ויגד למלך ויאמר המלך אם לבדו בשורה בפיו וילך הלוך וקרב׃ 25
रक्षकले ठुलो सोरले कराए र राजालाई भने । तब राजाले भने, “त्यो एकलै छ भने, त्यसको मुखमा खबर हुनुपर्छ ।” त्‍यो धावक नजिक आइपुगे र सहरको नजिकै आए ।
וירא הצפה איש אחר רץ ויקרא הצפה אל השער ויאמר הנה איש רץ לבדו ויאמר המלך גם זה מבשר׃ 26
त्यसपछि ती रक्षकले अर्को मानिस पनि दौडेर आइरहेको देखे र ती रक्षकले ढोकाको पालेलाई भने, “हेर, अर्को मानिस पनि एक्लै दौडेर आइरहेको छ ।” राजाले भने, “त्यसले पनि खबर ल्याउँदै छ ।”
ויאמר הצפה אני ראה את מרוצת הראשון כמרצת אחימעץ בן צדוק ויאמר המלך איש טוב זה ואל בשורה טובה יבוא׃ 27
त्यसैले ती रक्षकले भने, “अगिल्लो मानिसको दौडाइ सादोकका छोरा अहीमासको जस्तो छ ।” राजाले भने, “तिनी असल मानिस हुन् र राम्रो खबर लिएर आउँदै छन् ।”
ויקרא אחימעץ ויאמר אל המלך שלום וישתחו למלך לאפיו ארצה ויאמר ברוך יהוה אלהיך אשר סגר את האנשים אשר נשאו את ידם באדני המלך׃ 28
त्यसपछि अहीमासले कराए र राजालाई भने, “सबै ठिक छ ।” तिनले आफ्‍नो अनुहार भुईंमा धोप्टो पारेर राजालाई दण्डवत् गरे र भने, “परमप्रभु तपाईंको परमेश्‍वर धन्यको होऊन्! मेरो मलिक महाराजाको विरुद्धमा खडा हुने मानिसहरूलाई उहाँले हजुरको हातमा सुम्पनुभएको छ ।
ויאמר המלך שלום לנער לאבשלום ויאמר אחימעץ ראיתי ההמון הגדול לשלח את עבד המלך יואב ואת עבדך ולא ידעתי מה׃ 29
त्यसैले राजाले जवाफ दिए, “त्‍यो जवान अब्शालोम ठिकै छ?” अहीमासले जवाफ दिए, “जब योबले म महाराजाको सेवकलाई हजुरकहाँ पठाए, तब मैले ठुलो खेलाबैल देखें, तर यो के हो भनी मलाई थाहा भएन ।”
ויאמר המלך סב התיצב כה ויסב ויעמד׃ 30
त्यसपछि राजाले भने, “हटिजाऊ र यहाँ खडा होऊ ।” त्यसैले अहीमास छेउतिर लागे र खडा भए ।
והנה הכושי בא ויאמר הכושי יתבשר אדני המלך כי שפטך יהוה היום מיד כל הקמים עליך׃ 31
कूशी पनि तुरुन्तै आइपुगे र भने, “मेरो मालिक महाराजालाई असल खबर छ, किनकि परमप्रभुले आज तपाईंको विरुद्ध खडा हुने सबैलाई बदला लिनुभएको छ ।”
ויאמר המלך אל הכושי השלום לנער לאבשלום ויאמר הכושי יהיו כנער איבי אדני המלך וכל אשר קמו עליך לרעה׃ 32
त्यसपछि राजाले कूशीलाई भने, “त्‍यो जवान अब्शालोम ठिकै छ?” ती कूशीले जवाफ दिए, “मेरो मालिक महाराजाका शत्रुहरू र हजूरलाई हानि गर्न खडा हुने सबैलाई त्यो जवान मानिसलाई जस्तै हुनुपर्छ ।”
וירגז המלך ויעל על עלית השער ויבך וכה אמר בלכתו בני אבשלום בני בני אבשלום מי יתן מותי אני תחתיך אבשלום בני בני׃ 33
अनि राजा गहिरो शोकमा परे र तिनी ढोकामाथिको कोठामा गए र रोए । जसै तिनी हिंडे, तिनले विलाप गरे, “ए मेरो छोरा ए अब्शालोम, ए मेरो छोरा अब्शालोम! बरु म तिम्रो सट्टामा मरेको भए हुन्थ्यो नि, ए अब्शालोम, ए मेरो छोरा, ए मेरो छोरा!”

< שמואל ב 18 >