< מלכים ב 9 >

ואלישע הנביא קרא לאחד מבני הנביאים ויאמר לו חגר מתניך וקח פך השמן הזה בידך ולך רמת גלעד׃ 1
अगमवक्ताहरूका छोराहरूमध्ये एक जनालाई एलीशा अगमवक्ताले बोलाए र तिनलाई भने, “यात्राको लागि लुगा लगाऊ, अनि तिम्रो हातमा तेलको यो सानो भाँडो लेऊ र रामोत-गिलादमा जाऊ ।
ובאת שמה וראה שם יהוא בן יהושפט בן נמשי ובאת והקמתו מתוך אחיו והביאת אתו חדר בחדר׃ 2
तिमी पुगेपछि निम्शीका नाति, यहोशापातका छोरा येहूलाई खोज, अनि भित्र जाऊ र तिनका साथीहरूका बिचबाट तिनलाई उठाऊ र भित्री कोठामा लैजाऊ ।
ולקחת פך השמן ויצקת על ראשו ואמרת כה אמר יהוה משחתיך למלך אל ישראל ופתחת הדלת ונסתה ולא תחכה׃ 3
त्यसपछि तेलको भाँडो लेऊ र यो तिनको शिरमा खन्याऊ, र भन, 'परमप्रभु यसो भन्‍नुहुन्छः “मैले तँलाई इस्राएलको राजा अभिषेक गरेको छु ।” तब ढोका खोल, र दौड । ढिलो नगर ।”
וילך הנער הנער הנביא רמת גלעד׃ 4
त्‍यसैले ती जवान मानिस, जवान अगमवक्ता रामोत-गिलादमा गए ।
ויבא והנה שרי החיל ישבים ויאמר דבר לי אליך השר ויאמר יהוא אל מי מכלנו ויאמר אליך השר׃ 5
तिनी आइपुग्दा सेनापतिहरू बसिरहेका थिए । त्यसैले जवान अगमवक्ताले भने, “हे कप्‍तान, तपाईंलाई एउटा सन्‍देश लिएर आएको छु ।” येहूले भने, “हामीमध्ये कसलाई?” जवान अगमवक्ताले जवाफ दिए, “तपाईंलाई कप्‍तान ।”
ויקם ויבא הביתה ויצק השמן אל ראשו ויאמר לו כה אמר יהוה אלהי ישראל משחתיך למלך אל עם יהוה אל ישראל׃ 6
त्यसैले येहू उठेर घरभित्र गए र ती अगमवक्ताले येहूको शिरमाथि तेल खन्याए, र तिनलाई भने, “इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'मैले तँलाई इस्राएलमाथि अर्थात् परमप्रभुका मानिसहरूमाथि राजा अभिषेक गरेको छु ।
והכיתה את בית אחאב אדניך ונקמתי דמי עבדי הנביאים ודמי כל עבדי יהוה מיד איזבל׃ 7
तैँले आफ्नो मालिक आहाबको घरानालाई मार्नुपर्छ, यसरी ईजेबेलको हातद्वारा मारिएका परमप्रभुका सबै सेवक अगमवक्ताहरूका रगत र मेरा सेवकहरूका रगतको बदला मैले लिन सक्छु ।
ואבד כל בית אחאב והכרתי לאחאב משתין בקיר ועצור ועזוב בישראל׃ 8
किनकि आहाबको पुरै घराना नष्‍ट हुनेछ, र म आहाबको घरानाबाट कमारा होस् वा फुक्‍का हरेक पुरुषलाई निमिट्ट्यान्‍न पार्नेछु ।
ונתתי את בית אחאב כבית ירבעם בן נבט וכבית בעשא בן אחיה׃ 9
म आहाबको घरानालाई नबातका छोरा यारोबामको घराना र अहज्याहका छोरा बाशाको घरानाजस्तै तुल्याउनेछु ।
ואת איזבל יאכלו הכלבים בחלק יזרעאל ואין קבר ויפתח הדלת וינס׃ 10
ईजेबेललाई यिजरेलमा कुकुरहरूले खानेछन्, र त्यसलाई गाड्ने कोही हुनेछैन' ।” तब अगमवक्ताले ढोका खोले र भागे ।
ויהוא יצא אל עבדי אדניו ויאמר לו השלום מדוע בא המשגע הזה אליך ויאמר אליהם אתם ידעתם את האיש ואת שיחו׃ 11
तब येहू आफ्ना मालिकका सेवकहरूकहाँ आए र एक जनाले तिनलाई सोधे, “के सबै कुरा ठिकै छ? यो पागल मान्छे किन तपाईंकहाँ आएको?” येहूले तिनीहरूलाई जवाफ दिए, “तिमीहरू यी मानिस र तिनले कस्ता किसिमका कुरा भन्छन् भनेर तिमीहरू जान्‍दछौ ।”
ויאמרו שקר הגד נא לנו ויאמר כזאת וכזאת אמר אלי לאמר כה אמר יהוה משחתיך למלך אל ישראל׃ 12
तिनीहरूले भने, “त्यो कुरा झुट हो । हामीलाई भन्‍नुहोस् ।” येहूले भने, “तिनले मलाई यी भने अनि यसो पनि भने, 'परमप्रभु यसो भन्‍नुहुन्छः मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरेको छु' ।”
וימהרו ויקחו איש בגדו וישימו תחתיו אל גרם המעלות ויתקעו בשופר ויאמרו מלך יהוא׃ 13
तब तिनीहरूले तुरुन्‍तै आ-आफ्ना बाहिरी वस्‍त्र उतारे र येहू हिंड्ने खुड्किलामा ओछ्याए । तिनीहरूले तुरही फुके र भने, “येहू राजा हुनुहुन्छ ।”
ויתקשר יהוא בן יהושפט בן נמשי אל יורם ויורם היה שמר ברמת גלעד הוא וכל ישראל מפני חזאל מלך ארם׃ 14
यसरी निम्शीका नाति, यहोशापातका छोरा येहूले योरामको विरुद्धमा षड्यन्त्र रचे । अब योराम र सारा इस्राएलले अरामका राजा हजाएलको कारणले रामोत-गिलादलाई रक्षा गरिरहेका थिए,
וישב יהורם המלך להתרפא ביזרעאל מן המכים אשר יכהו ארמים בהלחמו את חזאל מלך ארם ויאמר יהוא אם יש נפשכם אל יצא פליט מן העיר ללכת לגיד ביזרעאל׃ 15
तर अरामका राजा हजाएलको विरुद्धमा लड्दा राजा योरामलाई अरामीहरूले घाइते बनाएका हुनाले तिनी निको हुन यिजरेलमा फर्केका थिए । येहूले योरामका सेवकहरूलाई भने, “तिमीहरूको राय यस्तै छ भने यिजरेलमा गएर यो समाचार बताउनलाई कोही पनि भागेर सहरबाहिर जान नपाओस् ।”
וירכב יהוא וילך יזרעאלה כי יורם שכב שמה ואחזיה מלך יהודה ירד לראות את יורם׃ 16
त्यसैले येहू रथमा चढी यिजरेल गए । किनकि योरामले त्यहीँ विश्राम गर्दै थिए । त्यस बेला यहूदाका राजा अहज्याह योरामलाई भेट्न तल झरेका थिए ।
והצפה עמד על המגדל ביזרעאל וירא את שפעת יהוא בבאו ויאמר שפעת אני ראה ויאמר יהורם קח רכב ושלח לקראתם ויאמר השלום׃ 17
यिजरेलको धरहरामा पहरेदार खडा थियो, र त्यसले येहूका फौज आइरहेको टाढैबाट देख्यो । त्यसले भन्यो, “मानिसहरूको एउटा समूह आइरहेको मैले देख्दछु ।” योरामले भने, “एक जना घोडचढीलाई तिनीहरूलाई भेट्न पठा । त्यसलाई यसो भन्‍न लगा, 'के तपाईंहरू मित्रभावले आउनुभएको हो'?”
וילך רכב הסוס לקראתו ויאמר כה אמר המלך השלום ויאמר יהוא מה לך ולשלום סב אל אחרי ויגד הצפה לאמר בא המלאך עד הם ולא שב׃ 18
त्यसैले येहूलाई भेट्न एक जना मानिस घोडामा चढेर गयो । त्यसले भन्यो, “राजा यसो भन्‍नुहुन्छ, 'के तपाईंहरू मित्रभावले आउनुभएको हो'?” येहूले भने, “मित्रभावसित तँलाई केको सरोकार? फर्केर मेरो पछि लाग् ।” तब पहरेदारले राजालाई भन्यो, “सन्देशवाहकले तिनीहरूलाई भेट्यो, तर त्यो फर्केर आएन ।”
וישלח רכב סוס שני ויבא אלהם ויאמר כה אמר המלך שלום ויאמר יהוא מה לך ולשלום סב אל אחרי׃ 19
तब तिनले घोडामा अर्को मानिसलाई पठाए । त्यो तिनीहरूकहाँ आएर भन्यो, “राजा यसो भन्‍नुहुन्छ, 'के तपाईंहरू मित्रभावले आउनुभएको हो'?” येहूले भने, “मित्रभावसित तँलाई केको सरोकार? फर्केर मेरो पछि लाग् ।”
ויגד הצפה לאמר בא עד אליהם ולא שב והמנהג כמנהג יהוא בן נמשי כי בשגעון ינהג׃ 20
फेरि पहरेदारले भन्‍यो, “त्यसले तिनीहरूलाई भेटेको छ, तर त्यो फर्केर आएन । किनकि जुन तरिकाले रथ हाँकिएको छ त्यो त निम्शीका छोरा येहूले हाँकेजस्तै छ । तिनले बौलाहाले जस्तै हाँक्दैछन् ।”
ויאמר יהורם אסר ויאסר רכבו ויצא יהורם מלך ישראל ואחזיהו מלך יהודה איש ברכבו ויצאו לקראת יהוא וימצאהו בחלקת נבות היזרעאלי׃ 21
त्यसैले योरामले भने, “मेरो रथ तयार पार ।” तिनीहरूले तिनको रथ तयार पारे, र इस्राएलका राजा योराम र यहूदाका राजा अहज्याह आ-आफ्नै रथमा चढेर येहूलाई भेट्न बाहिर निस्के । तिनीहरूले यिजरेली नाबोतको जग्गामा तिनलाई भेटे ।
ויהי כראות יהורם את יהוא ויאמר השלום יהוא ויאמר מה השלום עד זנוני איזבל אמך וכשפיה הרבים׃ 22
योरामले येहूलाई देखेपछि तिनले भने, “येहू, के तिमी मित्रभावले आएको हो?” तिनले जवाफ दिए, “तिम्री आमा ईजेबेलका यति धेरै मूर्तिपूजा र वेश्यावृत्ति हुँदाहुँदै पनि कसरी मित्रभाव हुन्छ?”
ויהפך יהורם ידיו וינס ויאמר אל אחזיהו מרמה אחזיה׃ 23
त्यसैले योरामले आफ्नो रथ घुमाए र अहज्याहलाई यसो भनेर भागे, “अहज्याह, धोका भएछ ।”
ויהוא מלא ידו בקשת ויך את יהורם בין זרעיו ויצא החצי מלבו ויכרע ברכבו׃ 24
तब येहूले आफ्नो धनु निकाले र पुरा शक्ति लगाएर योरामका काँधहरूका बिचैमा तिनलाई हाने । काँडले तिनको मुटुलाई नै छेड्यो, र तिनी आफ्नो रथमा लडे ।
ויאמר אל בדקר שלשה שא השלכהו בחלקת שדה נבות היזרעאלי כי זכר אני ואתה את רכבים צמדים אחרי אחאב אביו ויהוה נשא עליו את המשא הזה׃ 25
तब येहूले आफ्ना सेनापति बिदकारलाई भने, “तिनलाई उठाऊ र यिजरेली नाबोतको खेतमा फालिदेऊ । तिनका पिता आहाबको पछि रथमा तिमी र म जाँदा परमप्रभुले तिनको विरुद्धमा भन्‍नुभएको यो अगमवाणीको बारेमा वोचार गरः
אם לא את דמי נבות ואת דמי בניו ראיתי אמש נאם יהוה ושלמתי לך בחלקה הזאת נאם יהוה ועתה שא השלכהו בחלקה כדבר יהוה׃ 26
'परमप्रभु घोषणा गर्नुहुन्छ— हिजो मैले नाबोतको रगत र त्यसका छोराहरूको रगत देखेँ, र परमप्रभु भन्‍नुहुन्छ, निश्‍चय नै म यही खेतमा त्यसको बदला लिनेछु ।' अब परमप्रभुको वचनअनुसार तिनलाई उठाऊ र यही खेतमा फालिदेऊ ।”
ואחזיה מלך יהודה ראה וינס דרך בית הגן וירדף אחריו יהוא ויאמר גם אתו הכהו אל המרכבה במעלה גור אשר את יבלעם וינס מגדו וימת שם׃ 27
जब यहूदाका राजा अहज्याहले यो देखे, तिनी बेथ-हागान जाने बाटोतिर भागे । तर येहूले तिनलाई पछ्याए, र भने, “तिनलाई पनि रथमा मार ।” तिनीहरूले तिनलाई यिबलामनेर गूरको उकालो जाने बाटोमा प्रहार गरे । अहज्याह मगिद्दोमा भागे, र त्यहीँ मरे ।
וירכבו אתו עבדיו ירושלמה ויקברו אתו בקברתו עם אבתיו בעיר דוד׃ 28
तिनका सेवकहरूले तिनको लाशलाई रथमा राखेर यरूशलेम ल्याए, र दाऊदको सहरमा तिनका पर्खाहरूसित तिनकै चिहानमा गाडे ।
ובשנת אחת עשרה שנה ליורם בן אחאב מלך אחזיה על יהודה׃ 29
आहाबका छोरा योरामको एघारौँ वर्षमा अहज्याहले यहूदामाथि राज्‍य सुरु गरेका थिए ।
ויבוא יהוא יזרעאלה ואיזבל שמעה ותשם בפוך עיניה ותיטב את ראשה ותשקף בעד החלון׃ 30
येहू यिजरेलमा आएको कुरा ईजेबेलले सुनिन्, र तिनले आफ्ना आँखामा गाजल लगाइन्, कपाल बाटिन् र झ्यालबाट हेरिन् ।
ויהוא בא בשער ותאמר השלום זמרי הרג אדניו׃ 31
येहू मूल ढोकामा भित्र आउँदै गर्दा तिनले उनलाई भनिन्, “ए आफ्ना मालिकका हत्यारा जिम्री, के तिमी मित्रभावले आएका हौ?”
וישא פניו אל החלון ויאמר מי אתי מי וישקיפו אליו שנים שלשה סריסים׃ 32
येहूले माथि झ्यालमा हेरे र भने, “मेरो पक्ष लिने को छ? को छ?” तब दुई वा तिन जना नपुंसकले बाहिर हेरे ।
ויאמר שמטהו וישמטוה ויז מדמה אל הקיר ואל הסוסים וירמסנה׃ 33
येहूले भने, “तिनलाई तल फालिदेओ ।” त्यसैले तिनीहरूले ईजेबेललाई तल फालिदिए, र तिनका केही रगत उछिट्टिएर भित्तामा र घोडाहरूमा परे, अनि येहूले तिनलाई खट्टाले कुल्चिदिए ।
ויבא ויאכל וישת ויאמר פקדו נא את הארורה הזאת וקברוה כי בת מלך היא׃ 34
जब येहू दरबारभित्र पसे, तब तिनले खानपान गरे । तब तिनले भने, “अब त्‍यो श्रापित स्‍त्रीलाई हेर र त्‍यसलाई गाडिदेओ, किनकि त्‍यो राजाकी छोरी थिई ।”
וילכו לקברה ולא מצאו בה כי אם הגלגלת והרגלים וכפות הידים׃ 35
तिनलाई गाड्न तिनीहरू गए तर तिनीहरूले तिनको खप्पर, खुट्टा र हत्केलाबाहेक केही भेट्टाएनन् ।
וישבו ויגידו לו ויאמר דבר יהוה הוא אשר דבר ביד עבדו אליהו התשבי לאמר בחלק יזרעאל יאכלו הכלבים את בשר איזבל׃ 36
त्‍यसैले तिनीहरू आएर येहूलाई बताए । तिनले भने, “आफ्ना सेवक तिश्बी एलियाद्वारा परमप्रभुले बोल्नुभएको वचन यही हो, 'यिजरेलको जमिनमा कुकुरहरूले ईजेबेलको मासु खानेछन्,
והית נבלת איזבל כדמן על פני השדה בחלק יזרעאל אשר לא יאמרו זאת איזבל׃ 37
र ईजेबेलको लाश यिजरेलका खेतहरूमा मलझैँ हुनेछ ताकि कसैले यस्तो भन्‍न नसकोस्, 'यो ईजेबेल हो' ।”

< מלכים ב 9 >