< מלכים ב 22 >

בן שמנה שנה יאשיהו במלכו ושלשים ואחת שנה מלך בירושלם ושם אמו ידידה בת עדיה מבצקת׃ 1
योशियाहले राज्‍य गर्न सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा एकतिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यदीता थियो (उनी बोस्कतकी अदायाहकी छोरी थिइन्) ।
ויעש הישר בעיני יהוה וילך בכל דרך דוד אביו ולא סר ימין ושמאול׃ 2
परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तिनले त्यही गरे । तिनी आफ्ना पुर्खा दाऊदका सबै मार्गमा हिंडे, र तिनी दायाँ र बायाँ लागेनन् ।
ויהי בשמנה עשרה שנה למלך יאשיהו שלח המלך את שפן בן אצליהו בן משלם הספר בית יהוה לאמר׃ 3
राजा योशियाहको अठारौँ वर्षमा तिनले मशुल्लामका नाति, असल्याहका छोरा सचिव शापानलाई यसो भनेर परमप्रभुको मन्दिरमा पठाए,
עלה אל חלקיהו הכהן הגדול ויתם את הכסף המובא בית יהוה אשר אספו שמרי הסף מאת העם׃ 4
“प्रधान पुजारी हिल्कियाहकहाँ जाऊ, र परमप्रभुको मन्दिरमा ल्याइएको रुपियाँ-पैसा जसलाई मन्दिरका पहरादारहरूले मानिसहरूबाट जम्मा गरेका छन्, त्‍यो गन्‍न तिनलाई भन ।
ויתנה על יד עשי המלאכה המפקדים בבית יהוה ויתנו אתו לעשי המלאכה אשר בבית יהוה לחזק בדק הבית׃ 5
परमप्रभुको मन्दिरको रेखदेख गर्ने मानिसहरूका हातमा त्‍यो दिनू, र तिनीहरूले परमप्रभुको मन्दिर मर्मत गर्ने कारिन्‍दाहरूलाई मन्‍दिरको मरम्‍मत गर्ने कामको निम्‍ति त्‍यो देऊन् ।
לחרשים ולבנים ולגדרים ולקנות עצים ואבני מחצב לחזק את הבית׃ 6
मन्दिरको मर्मत गर्ने सिकर्मीहरू, निर्माण गर्नेहरू, र डकर्मीहरूलाई अनि काठपात किन्‍न र ढुङ्गा काटनलाई तिनीहरूले त्यो रुपियाँ-पैसा देऊन् ।”
אך לא יחשב אתם הכסף הנתן על ידם כי באמונה הם עשים׃ 7
तर तिनीहरूलाई दिइएको रुपियाँ-पैसाको हरहिसाब लिइएन किनकि तिनीहरूले यो कामलाई विश्‍वासका साथ सम्हालेका थिए ।
ויאמר חלקיהו הכהן הגדול על שפן הספר ספר התורה מצאתי בבית יהוה ויתן חלקיה את הספר אל שפן ויקראהו׃ 8
प्रधान पुजारी हिल्कियाहले सचिव शापानलाई भने, “मैले परमप्रभुको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु ।” त्यसैले हिल्कियाहले त्यो पुस्तक शापानलाई दिए, र तिनले यो पढे ।
ויבא שפן הספר אל המלך וישב את המלך דבר ויאמר התיכו עבדיך את הכסף הנמצא בבית ויתנהו על יד עשי המלאכה המפקדים בית יהוה׃ 9
शापानले त्यो किताब राजाकहाँ लगे, र तिनलाई यसो भनी विवरण दिए, “तपाईंका दासहरूले मन्दिरमा भेट्टाइएका रुपियाँ-पैसा खर्च गरेका छन्, र तिनीहरूले यो परमप्रभुको मन्दिरको रेखदेख गर्ने कारिन्‍दहरूका हातमा दिएका छन् ।”
ויגד שפן הספר למלך לאמר ספר נתן לי חלקיה הכהן ויקראהו שפן לפני המלך׃ 10
तब सचिव शापानले राजालाई भने, “प्रधान पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन् ।” तब शापानले त्यो राजाको लागि पढे ।
ויהי כשמע המלך את דברי ספר התורה ויקרע את בגדיו׃ 11
जब राजाले व्यवस्थाका वचनहरू सुने तिनले आफ्ना लुगा च्याते ।
ויצו המלך את חלקיה הכהן ואת אחיקם בן שפן ואת עכבור בן מיכיה ואת שפן הספר ואת עשיה עבד המלך לאמר׃ 12
राजाले पुजारी हिल्कियाह, शापानका छोरा अहीकाम, मीकायाका छोरा अक्बोर, सचिव शापान र राजाका आफ्नै सेवक असायाहलाई हुकुम गरे,
לכו דרשו את יהוה בעדי ובעד העם ובעד כל יהודה על דברי הספר הנמצא הזה כי גדולה חמת יהוה אשר היא נצתה בנו על אשר לא שמעו אבתינו על דברי הספר הזה לעשות ככל הכתוב עלינו׃ 13
“जाओ, र यस पुस्तकमा पाइएका वचनहरूको कारणले मेरो लागि र सारा यहूदाका लागि परमप्रभुको सल्‍लाह खोज । किनकि हाम्रा विरुद्धमा भएको परमप्रभुको क्रोध भयानक छ, किनभने यस पुस्तकमा भएका हाम्रा सम्‍बन्‍धका वचनलाई हाम्रा पुर्खाहरूले जसरी पालन गर्नुपर्थ्‍यो त्‍यसरी तिनीहरूले गरेनन् ।”
וילך חלקיהו הכהן ואחיקם ועכבור ושפן ועשיה אל חלדה הנביאה אשת שלם בן תקוה בן חרחס שמר הבגדים והיא ישבת בירושלם במשנה וידברו אליה׃ 14
त्यसैले पुजारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह अगमवादिनी हुल्दाकहाँ गए । उनी दरबारका लुगाफाटो हेरचाह गर्ने हरहसका नाति, तिक्भाका छोरा शल्लूमकी पत्‍नी थिइन् । (उनी यरूशलेमको दोस्रो टोलमा बस्थिन्) । तिनीहरूले उनीसित कुरा गरे ।
ותאמר אליהם כה אמר יהוה אלהי ישראל אמרו לאיש אשר שלח אתכם אלי׃ 15
उनले तिनीहरूलाई भनिन्, “इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन्,
כה אמר יהוה הנני מביא רעה אל המקום הזה ועל ישביו את כל דברי הספר אשר קרא מלך יהודה׃ 16
“परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, यहूदाका राजाले यस पुस्तकमा पढेअनुसार यस ठाउँ र यसका बासिन्दाहरूमा म विपत्ति ल्याउनेछु ।
תחת אשר עזבוני ויקטרו לאלהים אחרים למען הכעיסני בכל מעשה ידיהם ונצתה חמתי במקום הזה ולא תכבה׃ 17
किनकि तिनीहरूले मलाई त्यागे अनि अन्य देवताहरूलाई धूप बाले, यसरी तिनीहरूले गरेका सबै कामले तिनीहरूले मलाई रिस उठाए— यसकारण यस ठाउँको विरुद्धमा मेरो क्रोध दन्केको छ, र यो निभाइने छैन' ।”
ואל מלך יהודה השלח אתכם לדרש את יהוה כה תאמרו אליו כה אמר יהוה אלהי ישראל הדברים אשר שמעת׃ 18
तर परमप्रभुको इच्छा जान्‍न तिमीहरूलाई पठाउने यहूदाका राजालाई चाहिं तिमीहरूले यसो भन, 'तपाईंले सुन्‍नुभएको वचनको विषयमा इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः
יען רך לבבך ותכנע מפני יהוה בשמעך אשר דברתי על המקום הזה ועל ישביו להיות לשמה ולקללה ותקרע את בגדיך ותבכה לפני וגם אנכי שמעתי נאם יהוה׃ 19
तिनीहरू उजाड र श्रापित हुनेछन् भनी मैले यस ठाउँ र यसका बासिन्दाहरूको विरुद्धमा भनेको सुनेर तैँले आफ्‍नो ह्रदय कोमल बनाएको र तैँले परमप्रभुको सामु आफैलाई विनम्र तुल्याएको अनि तैँले आफ्ना लुगा च्यातेको र मेरो सामु रोएका हुनाले मैले तेरो कुरा पनि सुनेको छु—यो परमप्रभुको घोषणा हो ।
לכן הנני אספך על אבתיך ונאספת אל קברתיך בשלום ולא תראינה עיניך בכל הרעה אשר אני מביא על המקום הזה וישיבו את המלך דבר׃ 20
हेर्, म तँलाई तेरा पुर्खाहरूसित जम्मा गर्नेछु, र तँ शान्तिसित तेरो चिहानमा जानेछस् । मैले यस ठाउँमा ल्याउने सबै विपत्तिलाई तेरा आँखाले देख्‍नेछैनस् । यसरी मानिसहरूले राजाकहाँ यो सन्देश लिएर गए ।

< מלכים ב 22 >