< דברי הימים ב 6 >

אז אמר שלמה יהוה אמר לשכון בערפל׃ 1
तब सोलोमनले भने, “परमप्रभुले भन्‍नुभएको छ, उहाँ निष्‍पट्ट अँध्‍यारोमा वास गर्नुहुनेछ,
ואני בניתי בית זבל לך ומכון לשבתך עולמים׃ 2
तर यहाँ मैले तपाईंको निम्‍ति सदासर्वदा वास गर्न एउटा उच्‍च वासस्‍थान बनाएको छु ।”
ויסב המלך את פניו ויברך את כל קהל ישראל וכל קהל ישראל עומד׃ 3
त्यसपछि इस्राएलका सारा समुदाय खडा भइरहँदा, राजा तिनीहरूतिर फर्के र तिनीहरूलाई आशीर्वाद दिए ।
ויאמר ברוך יהוה אלהי ישראל אשר דבר בפיו את דויד אבי ובידיו מלא לאמר׃ 4
तिनले भने, “परमप्रभु इस्राएलका परमेश्‍वरलाई प्रशंसा होस्, जसले मेरा बुबा दाऊदसँग बोल्‍नुभयो र आफ्‍ना हातले यसो भन्दै प्रतिज्ञा पूरा गर्नुभएको छ,
מן היום אשר הוצאתי את עמי מארץ מצרים לא בחרתי בעיר מכל שבטי ישראל לבנות בית להיות שמי שם ולא בחרתי באיש להיות נגיד על עמי ישראל׃ 5
‘मेरो मानिसलाई मिश्रदेशबाट मैले निकालेर ल्‍याएको दिनदेखि यता इस्राएलका सबै कुलको कुनै पनि सहरलाई मेरो नाउँ कायम राख्‍नलाई एउटा मन्‍दिर बनाउन भनी मैले छानिनँ । न त मेरो मानिस इस्राएलमाथि शासन गर्न मैले कुनै मानिसलाई अगुवा हुनलाई चुनें ।
ואבחר בירושלם להיות שמי שם ואבחר בדויד להיות על עמי ישראל׃ 6
तापनि मैले यरूशलेमलाई छानेको छु, ताकि त्‍यहाँ मेरो नाउँ त्यहा रहोस्, र दाऊदलाई नै मेरो मानिस इस्राएलमाथि शासन गर्नलाई मैले चुनेको छु ।’
ויהי עם לבב דויד אבי לבנות בית לשם יהוה אלהי ישראל׃ 7
अब परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्ने इच्‍छा मेरा बुबा दाऊदको हृदयमा थियो ।
ויאמר יהוה אל דויד אבי יען אשר היה עם לבבך לבנות בית לשמי הטיבות כי היה עם לבבך׃ 8
तर परमप्रभुले मेरो बुबा दाऊदलाई भन्‍नुभयो, 'मेरो नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्ने कुरा तेरो हृदयमा थियो, यो तेरो हृदयमा राखेर तैंले असलै गरिस् ।
רק אתה לא תבנה הבית כי בנך היוצא מחלציך הוא יבנה הבית לשמי׃ 9
तापनि तैंले त्‍यो मन्‍दिर निर्माण गर्नेछैनस् । बरु, तँबाट जन्‍मने तेरो छोराले नै मेरो नाउँको निम्‍ति त्‍यो मन्‍दिर बनाउनेछ ।’
ויקם יהוה את דברו אשר דבר ואקום תחת דויד אבי ואשב על כסא ישראל כאשר דבר יהוה ואבנה הבית לשם יהוה אלהי ישראל׃ 10
परमप्रभुले भन्‍नुभएको कुरा पूरा गर्नुभएको छ, किनकि परमप्रभुले प्रतिज्ञा गर्नुभएबमोजिम मेरो बुबा दाऊदको सट्टामा म खडा भएको छु, र इस्राएलको सिंहासनमा म बसेको छु । परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँको निम्‍ति मैले यो मन्‍दिर बनाएको छु ।
ואשים שם את הארון אשר שם ברית יהוה אשר כרת עם בני ישראל׃ 11
परमप्रभुले इस्राएलका मानिससित गर्नुभएको उहाँको आफ्‍नो करारको सन्‍दूक मैले त्‍यहाँ राखेको छु ।”
ויעמד לפני מזבח יהוה נגד כל קהל ישראל ויפרש כפיו׃ 12
सोलोमनले परमप्रभुका वेदीको सामु इस्राएलका जम्‍मै समुदायको उपस्‍थितिमा खडा भए र आफ्‍ना हात फैलाए ।
כי עשה שלמה כיור נחשת ויתנהו בתוך העזרה חמש אמות ארכו וחמש אמות רחבו ואמות שלוש קומתו ויעמד עליו ויברך על ברכיו נגד כל קהל ישראל ויפרש כפיו השמימה׃ 13
किनकि तिनले पाँच हात लामो, पाँच हात चौडा र तीन हात अग्‍लो काँसाको एउटा मञ्‍च बनाएका थिए । तिनले त्यसलाई चोकको बीचमा राखेका थिए । तिनी त्‍यसमाथि खडा भए र इस्राएलका सारा समुदायको उपस्‍थितिमा घुँडा टेके, र तिनले आफ्‍ना हात स्‍वर्गतिर फैलाए ।
ויאמר יהוה אלהי ישראל אין כמוך אלהים בשמים ובארץ שמר הברית והחסד לעבדיך ההלכים לפניך בכל לבם׃ 14
तिनले भने, “हे परमप्रभु इस्राएलका परमेश्‍वर, स्वर्ग र पृथ्वीमा तपाईंजस्तो कुनै पनि परमेश्‍वर छैन, जसले आफ्‍नो सारा हृदयले तपाईंको मार्गमा जाग्‍ने आफ्‍ना सेवकहरूसँग आफ्‍नो अटुट प्रेमको करार बाँध्‍नुहुन्छ ।
אשר שמרת לעבדך דויד אבי את אשר דברת לו ותדבר בפיך ובידך מלאת כיום הזה׃ 15
तपाईंले आफ्‍ना दास मेरा बुबा दाऊदसित गर्नुभएको आफ्‍नो प्रतिज्ञा पूरा गर्नुभएको छ । हो, आफ्‍नै मुखले तपाईंले प्रतिज्ञा गर्नुभएको हो र आफ्‍नै हातले त्‍यो पूरा गर्नुभएको हो, जस्‍तो आज हुन आएको छ ।
ועתה יהוה אלהי ישראל שמר לעבדך דויד אבי את אשר דברת לו לאמר לא יכרת לך איש מלפני יושב על כסא ישראל רק אם ישמרו בניך את דרכם ללכת בתורתי כאשר הלכת לפני׃ 16
अब हे परमप्रभु इस्राएलका परमेश्‍वर, आफ्‍ना दास मेरा बुबा दाऊदसित गर्नुभएको यो प्रतिज्ञा पूरा गर्नुहोस्, जब तपाईंले भन्‍नुभयो, ‘तँ मेरो सामु हिंडेझैं तेरा सन्तानहरू मेरो व्‍यवस्‍था पालन गर्ने कुरामा होसियार भए भने, इस्राएलको सिंहासनमा बस्‍नलाई कहिलै पनि तेरो निम्‍ति मानिसको अभाव हुनेछैन ।’
ועתה יהוה אלהי ישראל יאמן דברך אשר דברת לעבדך לדויד׃ 17
अब हे परमप्रभु इस्राएलका परमेश्‍वर, तपाईंले आफ्‍नो सेवक दाऊदसित गर्नुभएको प्रतिज्ञा पूरा होस्‌ ।
כי האמנם ישב אלהים את האדם על הארץ הנה שמים ושמי השמים לא יכלכלוך אף כי הבית הזה אשר בניתי׃ 18
तर के परमेश्‍वर साँच्‍चै नै मानिससित पृथ्‍वीमा बस्‍नुहुन्‍छ र? हेर्नुहोस्, सारा संसार र स्वर्गमा पनि तपाईं अटाउनुहुन्‍न भने—मैले निर्माण गरेको यो मन्‍दिरमा त झन्‌ कति साँगुरो हुन्‍छ होला?
ופנית אל תפלת עבדך ואל תחנתו יהוה אלהי לשמע אל הרנה ואל התפלה אשר עבדך מתפלל לפניך׃ 19
तापनि हे परमप्रभु मेरा परमेश्‍वर, आफ्‍नो सेवकको यो प्रार्थना र पुकारालाई कदर गर्नुहोस् । तपाईंका सेवकले तपाईंको सामु गर्ने रोदन र प्रार्थना सुन्‍नुहोस् ।
להיות עיניך פתחות אל הבית הזה יומם ולילה אל המקום אשר אמרת לשום שמך שם לשמוע אל התפלה אשר יתפלל עבדך אל המקום הזה׃ 20
यस मन्‍दिर, अर्थात्, तपाईंले आफ्नो नाम राख्‍ने प्रतिज्ञा गर्नुभएको यस ठाउँमा तपाईंका आँखा दिनरात खुला रहोस् । तपाईंको सेवकले यस ठाउँतिर फर्केर गरेको प्रार्थना तपाईंले सुन्‍नुहोस्‌ ।
ושמעת אל תחנוני עבדך ועמך ישראל אשר יתפללו אל המקום הזה ואתה תשמע ממקום שבתך מן השמים ושמעת וסלחת׃ 21
यसैले आफ्ना सेवक र तपाईंका मानिस इस्राएलले यो ठाउँतिर फर्केर प्रार्थना गर्दा ती बिन्‍तीहरू सुन्‍नुहोस्‌ । हो, त्‍यो ठाउँबाट, तपाईं बस्‍नुहुने स्‍वर्गबाट सुन्‍नुहोस् । अनि तपाईंले सुन्‍नुहुँदा क्षमा गर्नुहोस्‌ ।
אם יחטא איש לרעהו ונשא בו אלה להאלתו ובא אלה לפני מזבחך בבית הזה׃ 22
कुनै मानिसले आफ्‍नो छिमेकीको विरुद्धमा पाप गर्छ र शपथ खान पर्‍यो भने, र त्‍यो शपथ यस मन्‍दिरभित्र तपाईंका वेदीको सामुन्‍ने खान्‍छ भने,
ואתה תשמע מן השמים ועשית ושפטת את עבדיך להשיב לרשע לתת דרכו בראשו ולהצדיק צדיק לתת לו כצדקתו׃ 23
स्‍वर्गबाट सुन्‍नुहोस् र काम गर्नुहोस्‌ । दोषी मानिसलाई दोषी ठहर्‍याएर र त्‍यसले गरेको कामको प्रतिफल त्‍यसलाई नै दिएर आफ्‍ना सेवकहरूका बीचमा न्‍याय गर्नुहोस्‌ । निर्दोषलाई दोषी नठहराउनुहोस् र त्‍यसको धार्मिकताबमोजिम त्यसलाई प्रतिफल दिनुहोस् ।
ואם ינגף עמך ישראל לפני אויב כי יחטאו לך ושבו והודו את שמך והתפללו והתחננו לפניך בבית הזה׃ 24
जब तपाईंका मानिस इस्राएलले तपाईंको विरुद्धमा पाप गरेका कारणले तिनीहरू आफ्‍ना शत्रुहरूद्वारा पराजित हुन्‍छन्, अनि तिनीहरूले तपाईंको नाउँ लिंदै यस मन्‍दिरमा तपाईंलाई प्रार्थना र नम्र-निवेदन गर्दै तपाईंतिर फर्कन्‍छन् भने—
ואתה תשמע מן השמים וסלחת לחטאת עמך ישראל והשיבותם אל האדמה אשר נתתה להם ולאבתיהם׃ 25
तब तपाईंले स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नुहोस्, र आफ्‍ना मानिस इस्राएलको पाप क्षमा गर्नुहोस् । तिनीहरू र तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्‍याउनुहोस्‌ ।
בהעצר השמים ולא יהיה מטר כי יחטאו לך והתפללו אל המקום הזה והודו את שמך מחטאתם ישובון כי תענם׃ 26
जब तपाईंका मानिसले तपाईंको विरुद्धमा पाप गरेको कारणले आकाश बन्‍द भएर पानी परेको छैन— अनि तिनीहरूले यस ठाउँतर्फ फर्केर तपाईंले तिनीहरूलाई दु: ख दिनुभएको कारणले तपाईंको नाउँ स्‍वीकार गर्छन् र आफ्‍ना पाप त्‍यागेर यस मन्दिरमा तपाईंको अगाडि प्रार्थना गर्छन् भने—
ואתה תשמע השמים וסלחת לחטאת עבדיך ועמך ישראל כי תורם אל הדרך הטובה אשר ילכו בה ונתתה מטר על ארצך אשר נתתה לעמך לנחלה׃ 27
तब तपाईंले तिनीहरू हिंड्‍नुपर्ने असल मार्गमा तिनीहरूलाई डोर्‍याउनुहुँदा, स्‍वर्गमा सुन्‍नुहोस्, र आफ्‍ना सेवकहरू र आफ्‍ना मानिस इस्राएलको पाप क्षमा गर्नुहोस्‌ । तपाईंका मानिसहरूलाई तपईंले उत्तराधिकारको रूपमा दिनुभएको देशमा झरी पठाउनुहोस् ।
רעב כי יהיה בארץ דבר כי יהיה שדפון וירקון ארבה וחסיל כי יהיה כי יצר לו אויביו בארץ שעריו כל נגע וכל מחלה׃ 28
देशमा अनिकाल परेको छ वा माहामारी फैलेको छ, वा लाही वा ढुसी लाग्‍छ, कि सलह र फटेङ्‌ग्राहरू आउँछन् भने, वा शत्रुहरूले तिनीहरूका सहरको मुल ढोकाहरूमा आक्रमण गर्छन् वा कनै पनि किसिमको विपति वा रोग फैलेको छ भने—
כל תפלה כל תחנה אשר יהיה לכל האדם ולכל עמך ישראל אשר ידעו איש נגעו ומכאבו ופרש כפיו אל הבית הזה׃ 29
अनि कुनै एक जना व्यक्ति वा सारा इस्राएलका मानिसहरूले विपत्ति वा दुःखलाई आफ्‍नो हृदयमा जानेर यस मन्‍दिरतिर आफ्‍ना हात फैलाउँछन् ।
ואתה תשמע מן השמים מכון שבתך וסלחת ונתתה לאיש ככל דרכיו אשר תדע את לבבו כי אתה לבדך ידעת את לבב בני האדם׃ 30
तब तपाईं बस्‍नुहुने स्‍वर्गबाट सुन्‍नुहोस्‌ । क्षमा गर्नुहोस्‌ र हरेक व्यक्तिलाई उसका सबै चाल अनुसार प्रतिफल दिनुहोस् । तपाईंलाई त्यसको हृदय थाहा हुन्‍छ, किनभने तपाईंले मात्र मानिसजातिका हृदयहरू जान्‍नुहुन्छ ।
למען ייראוך ללכת בדרכיך כל הימים אשר הם חיים על פני האדמה אשר נתתה לאבתינו׃ 31
यसो गर्नुहोस् ताकि तिनीहरूले तपाईंको डर मानून्‌ जसले गर्दा तपाईंले हाम्रा पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरू सारा समयभरि तपाईंका मार्गमा हिंड्‍न सकून् ।
וגם אל הנכרי אשר לא מעמך ישראל הוא ובא מארץ רחוקה למען שמך הגדול וידך החזקה וזרועך הנטויה ובאו והתפללו אל הבית הזה׃ 32
विदेशीहरू जो तपाईंका मानिस इस्राएलका तर तपाईंको महान्‌ नाउँ, तपाईंको शक्तिशाली बाहुली र तपाईंको फैलेको हातका कारणले—आउँछ र यस मन्‍दिरतिर फर्केर त्‍यसले प्रार्थना गर्छ भने,
ואתה תשמע מן השמים ממכון שבתך ועשית ככל אשר יקרא אליך הנכרי למען ידעו כל עמי הארץ את שמך וליראה אתך כעמך ישראל ולדעת כי שמך נקרא על הבית הזה אשר בניתי׃ 33
तब कृपया तपाईं बस्‍नुहुने स्‍वर्गबाट सुन्‍नुहोस् र त्‍यो विदेशीले मागेका सबै कुरा गरिदिनुहोस्, ताकि तपाईंको मानिस इस्राएलले गरेझैं पृथ्‍वीका सबै मानिसले तपाईंको नाउँलाई जानून् र तपाईंको भय मानून्, र मैले बनाएको यस मन्‍दिर तपाईंकै नाउँले बोलाइन्छ भनी तिनीहरूले जानून्‌ ।
כי יצא עמך למלחמה על אויביו בדרך אשר תשלחם והתפללו אליך דרך העיר הזאת אשר בחרת בה והבית אשר בניתי לשמך׃ 34
जब तपाईंले पठाउनुभएको ठाउँमा तपाईंका मानिसहरू आफ्‍ना कुनै शत्रुहरूसँग लडाइँ गर्न जान्‍छन् र तपाईंले चुन्‍नुभएको यस सहर र मैले तपाईंका नाउँको निम्‍ति बनाएको यस मन्‍दिरतिर फर्केर तिनीहरूले प्रार्थना गर्छन् ।
ושמעת מן השמים את תפלתם ואת תחנתם ועשית משפטם׃ 35
तब तपाईंले तिनीहरूको प्रार्थना र बिन्‍ती स्‍वर्गबाट सुन्‍नुहोस्, र तिनीहरूलाई मदत गरिदिनुहोस्‌ ।
כי יחטאו לך כי אין אדם אשר לא יחטא ואנפת בם ונתתם לפני אויב ושבום שוביהם אל ארץ רחוקה או קרובה׃ 36
जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन्‌— किनकि पाप नगर्ने एक जना पनि छैन— र तिनीहरूसँग तपाईं रिसाउनुहुन्‍छ र तिनीहरूलाई कुनै शत्रुको हातमा सुम्‍पिनुहुन्‍छ, ताकि शत्रुहरूले तिनीहरूलाई लान्‍छन् र तिनीहरूलाई आफ्‍नो देशमा, टाढा वा नजिक कैद गरेर लान्‍छन् ।
והשיבו אל לבבם בארץ אשר נשבו שם ושבו והתחננו אליך בארץ שבים לאמר חטאנו העוינו ורשענו׃ 37
तब तिनीहरू कैदमा परेको देशमा तिनीहरूले त्‍यो कुरा महसुस गर्छन् र तिनीहरूले पश्‍चात्ताप गर्छन् र आफ्‍नो कैदको देशमा तपाईंको कृपाको खोजी गर्छन् । तिनीहरूले यसो भन्‍छन्, ‘हामीले भ्रष्‍ट किसिमले काम गर्‍यौं र पाप गर्‍यौं । हामीले दुष्‍ट किसिमले व्‍यवहार गर्‍यौं ।’
ושבו אליך בכל לבם ובכל נפשם בארץ שבים אשר שבו אתם והתפללו דרך ארצם אשר נתתה לאבותם והעיר אשר בחרת ולבית אשר בניתי לשמך׃ 38
जब तिनीहरूलाई उनीहरूले कैद गरेर लगेको देशमा तिनीहरूले आफ्‍ना सारा हृदय र आफ्‍ना सारा प्राणले तपाईंतिर फर्किन्‍छन् र तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देशतिर र तपाईंले चुन्‍नुभएको यो सहरतिर र तपाईंका नाउँको निम्‍ति मैले बनाएको यस मन्‍दिरतिर फर्केर तिनीहरूले तपाईंमा प्रार्थना गर्छन् ।
ושמעת מן השמים ממכון שבתך את תפלתם ואת תחנתיהם ועשית משפטם וסלחת לעמך אשר חטאו לך׃ 39
तब तपाईं बस्‍नुहुने स्‍वर्गबाट तिनीहरूको प्रार्थना र तिनीहरूका बिन्‍ती सुन्‍नुहोस्, र तिनीहरूलाई मदत गरिदिनुहोस्‌ । तपाईंको विरुद्धमा पाप गरेका तपाईंका मानिसलाई क्षमा गरिदिनुहोस्‌ ।
עתה אלהי יהיו נא עיניך פתחות ואזניך קשבות לתפלת המקום הזה׃ 40
अब हे मेरा परमेश्‍वर, यस ठाउँमा चढाइएका प्रार्थनाहरूमा आफ्‍ना आँखा खोल्‍नुहोस्, र आफ्‍ना कान थाप्‍नुहोस् ।
ועתה קומה יהוה אלהים לנוחך אתה וארון עזך כהניך יהוה אלהים ילבשו תשועה וחסידיך ישמחו בטוב׃ 41
हे परमप्रभु परमेश्‍वर, अब आफ्‍नो विश्रामको ठाउँमा, तपाईं र तपाईंका शक्तिको सन्‍दूकमा उठ्‌नुहोस् । हे परमप्रभु परमेश्‍वर, तपाईंका पुजारीहरू उद्धारको वस्‍त्रले पहिराइऊन्, र तपाईंका सन्‍तहरू तपाईंको भलाइमा आनन्‍दित होऊन्‌ ।
יהוה אלהים אל תשב פני משיחיך זכרה לחסדי דויד עבדך׃ 42
हे परमप्रभु परमेश्‍वर, आफ्‍ना अभिषिक्त जनको मुहार तपाईंबाट नतर्काउनुहोस् । आफ्‍ना सेवक दाऊदसँग तपाईंले गर्नुभएको करार बफादारीतालाई सम्‍झनुहोस्‌ ।

< דברי הימים ב 6 >