< דברי הימים א 22 >

ויאמר דויד זה הוא בית יהוה האלהים וזה מזבח לעלה לישראל׃ 1
तब दाऊदले भने, “इस्राएलको निम्‍ति होमबलिको वेदी सहितको परमप्रभु परमेश्‍वरका मन्‍दिरको ठाउँ यहीं हुनेछ ।”
ויאמר דויד לכנוס את הגרים אשר בארץ ישראל ויעמד חצבים לחצוב אבני גזית לבנות בית האלהים׃ 2
यसैले दाऊदले आफ्ना सेवकहरूलाई इस्राएलमा बसोबास गर्ने परदेशीहरूलाई भेला गराउने हुकुम गरे । तिनले उनीहरूलाई परमेश्‍वरको मन्दिर बनाउन ढुङ्गा काटेर तयार गर्ने काममा खटाए ।
וברזל לרב למסמרים לדלתות השערים ולמחברות הכין דויד ונחשת לרב אין משקל׃ 3
तिनले ढोकाहरू र चौकोसहरूका लागि कीला बनाउनका निम्‍ति धेरै मात्रामा फलाम दिए । तिनले जोख्‍न सक्‍नेभन्‍दा धेरै काँसा,
ועצי ארזים לאין מספר כי הביאו הצידנים והצרים עצי ארזים לרב לדויד׃ 4
र गन्‍न सक्‍नेभन्‍दा धेरै देवदारुका काठ पनि दिए (सीदोनी र टुरोसका मानिसहरूले गन्‍नै नसक्‍ने गरी प्रशस्‍त मात्रामा देवदारु दाऊदकहाँ ल्‍याइदिए) ।
ויאמר דויד שלמה בני נער ורך והבית לבנות ליהוה להגדיל למעלה לשם ולתפארת לכל הארצות אכינה נא לו ויכן דויד לרב לפני מותו׃ 5
दाऊदले भने, “मेरो छोरो सोलोमन कलिलै र अनुभवहीन छ, र परमप्रभुको निम्‍ति निर्माण गरिने भवन विशेष रूपले भव्य हुनुपर्छ, ताकि यो अरू सबै देशमा प्रसिद्ध र महिमित हुनेछ । यसैले यसको भवन निर्माणको तयारी म नै गर्नेछु ।” यसैले दाऊदले आफ्‍नो मृत्‍यु हुनुअगि ठुलो तयारी गरे ।
ויקרא לשלמה בנו ויצוהו לבנות בית ליהוה אלהי ישראל׃ 6
तब तिनले आफ्‍नो छोरा सोलोमनलाई बोलाए र परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति एउटा मन्‍दिर बनाउने आज्ञा दिए ।
ויאמר דויד לשלמה בנו אני היה עם לבבי לבנות בית לשם יהוה אלהי׃ 7
दाऊदले सोलोमनलाई भने, “ए मेरो छोरो, परमप्रभु मेरा परमेश्‍वरका नाउँको निम्‍ति एउटा मन्‍दिर बनाउने मेरो इच्‍छा थियो ।
ויהי עלי דבר יהוה לאמר דם לרב שפכת ומלחמות גדלות עשית לא תבנה בית לשמי כי דמים רבים שפכת ארצה לפני׃ 8
तर परमप्रभुले मकहाँ आउनुभयो र भन्‍नुभयो, ‘तैंले धेरै रक्तपात गरेको र धेरै युद्ध गरेको छस्‌ । मेरो नाउँको निम्‍ति मन्‍दिर तैंले बनाउनेछैनन्, किनभने मेरो दृष्‍टिमा तैंले पृथ्‍वीमा धेरै रगत बगाएको छस्‌ ।
הנה בן נולד לך הוא יהיה איש מנוחה והנחותי לו מכל אויביו מסביב כי שלמה יהיה שמו ושלום ושקט אתן על ישראל בימיו׃ 9
तापनि, तेरो एउटा छोरो हुनेछ जो शान्तिप्रिय मानिस हुनेछ । उसका चारैतिरका शत्रुहरूबाट म उसलाई आराम दिनेछु । किनकि उसको नाउँ सोलोमन हुनेछ, र उसको समयमा म इस्राएललाई शान्‍ति र चैन दिनेछु ।
הוא יבנה בית לשמי והוא יהיה לי לבן ואני לו לאב והכינותי כסא מלכותו על ישראל עד עולם׃ 10
मेरो नाउँको निम्‍ति एउटा मन्दिर उसैले बनाउनेछ । ऊ मेरो छोरो हुनेछ, र म उसका पिता हुनेछु । म उसको राज्यको सिंहासन इस्राएलमा सदासर्वदाको स्थापित गर्नेछु ।’
עתה בני יהי יהוה עמך והצלחת ובנית בית יהוה אלהיך כאשר דבר עליך׃ 11
अब ए मेरो छोरो, परमप्रभु तँसँग रहनुभएको होस् र तँलाई सफलता दिनुभएको होस् । परमप्रभु तेरा परमेश्‍वरको मन्‍दिर तैंले नै बनाउनेछस् भनी उहाँले भन्‍नुभएझैं तैंले त्‍यो बनाउनेछस्।
אך יתן לך יהוה שכל ובינה ויצוך על ישראל ולשמור את תורת יהוה אלהיך׃ 12
परमप्रभुले नै तँलाई अन्तर्दृष्‍टि र समझ दिनुभएको होस्, ताकि उहाँले तँलाई इस्राएलमाथि अधिकार दिनुहुँदा तैंले परमप्रभु तेरा परमेश्‍वरको व्‍यवस्‍था पालन गर्नेछस् ।
אז תצליח אם תשמור לעשות את החקים ואת המשפטים אשר צוה יהוה את משה על ישראל חזק ואמץ אל תירא ואל תחת׃ 13
तब इस्राएलको निम्‍ति परमप्रभुले मोशालाई दिनुभएका विधि र नियमहरूलाई तैंले होशियारसाथ पालन गरिस् भने तँ सफल हुनेछस् । बलियो र साहसी हो । नडरा वा निरुत्‍साहित नहो ।
והנה בעניי הכינותי לבית יהוה זהב ככרים מאה אלף וכסף אלף אלפים ככרים ולנחשת ולברזל אין משקל כי לרב היה ועצים ואבנים הכינותי ועליהם תוסיף׃ 14
अब हेर्, ज्‍यादै प्रयत्‍नका साथ मैले परमप्रभुका मन्‍दिरको निम्‍ति एक लाख तोडा सुन, दश लाख तोडा चाँदी, धेरै मात्रामा काँसा र फलाम तयार गरेको छु । मैले काठपात र ढुङ्गा पनि तयार गरिराखेको छु । यी सबैमा तैंले अरू थप्‍नुपर्छ ।
ועמך לרב עשי מלאכה חצבים וחרשי אבן ועץ וכל חכם בכל מלאכה׃ 15
तँसित धेरै कामगर्ने मानिसहरू छन्: ढुङ्गा काट्‌नेहरू, डकर्मीहरू, सिकर्मीहरू, र हरेक किसिमका शिल्पकारहरू अनगिन्ती छन्,
לזהב לכסף ולנחשת ולברזל אין מספר קום ועשה ויהי יהוה עמך׃ 16
जसले सुन, चाँदी, काँसा र फलामका काम गर्न सक्छन् । उठ् र काम सुरु गर्, र परमप्रभु तँसित हुनुभएको होस् ।”
ויצו דויד לכל שרי ישראל לעזר לשלמה בנו׃ 17
दाऊदले इस्राएलका सबै अगुवाहरूलाई आफ्‍ना छोरा सोलोमनलाई सघाउन भनी यसो भनेर आदेश दिए,
הלא יהוה אלהיכם עמכם והניח לכם מסביב כי נתן בידי את ישבי הארץ ונכבשה הארץ לפני יהוה ולפני עמו׃ 18
“परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँग हुनुहुन्‍छ र उहाँले तिमीहरूलाई चारैतिरबाट शान्‍ति दिनुभएको छ । उहाँले यस क्षेत्रका बासिन्‍दाहरूलाई मेरो हातमा दिनुभएको छ । यो क्षेत्र परमप्रभु र उहाँका मानिसहरूका अधीनमा छन्‌ ।
עתה תנו לבבכם ונפשכם לדרוש ליהוה אלהיכם וקומו ובנו את מקדש יהוה האלהים להביא את ארון ברית יהוה וכלי קדש האלהים לבית הנבנה לשם יהוה׃ 19
अब आफ्‍नो सारा हृदय र आफ्‍नो प्राणले परमप्रभु आफ्‍ना परमेश्‍वरको खोजी गर । उठ र परमप्रभु परमेश्‍वरको पवित्रस्‍थान निर्माण गर । त्यसपछि तिमीहरूले परमप्रभुका करारको सन्‍दूक र परमेश्‍वरका पवित्र कुराहरू परमेश्‍वरको नाउँको निम्‍ति बनाइएको मन्‍दिरमा ल्‍याओ ।”

< דברי הימים א 22 >