< לוּקָס 17 >

”אין ספק שתיתקלו בפיתויים לחטוא ותועמדו בניסיון, “אמר ישוע לתלמידיו,”אבל אוי לאדם שדרכו אלה יבואו! 1
येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “पाप गर्न लगाउने कुराहरू निश्‍चय नै हुनेछन्, तर त्यस व्यक्‍तिलाई धिक्‍कार छ जसद्वारा यो आउँदछ ।
לאדם כזה מוטב יהיה אם יקשרו אבן כבדה לצווארו ויטביעו אותו בים, מאשר שישא בעונש החמור המצפה למכשילים את המאמינים הצעירים. 2
उसले यी सानाहरूमध्ये एक जनालाई ठेस लगाउनुभन्दा त उसको घाँटीमा ढुङ्गा झुन्डाएर उसलाई समुद्रमा फालिदिएको भए उसको लागि असल हुने थियो ।
היזהרו לכם.”אם חטא לך אחיך – הוכח אותו, ואם הוא מצטער ומבקש את סליחתך – סלח לו. 3
आफ्नो बारेमा होसियार रहो । तिम्रो भाइले पाप गर्छ भने उसलाई हप्काऊ र उसले क्षमा माग्छ भने उसलाई क्षमा गर ।
גם אם הוא חטא לך שבע פעמים ביום אחד, אבל ביקש את סליחתך בכל פעם, עליך לסלוח לו.“ 4
यदि उसले तिम्रो विरुद्धमा दिनमा सात पटकसम्म पाप गर्दछ भने र सातै पटक तिमीकहाँ फर्की आएर, ‘म पश्‍चात्ताप गर्छु’ भन्यो भने तिमीले उसलाई क्षमा गर्नुपर्छ ।
ביקשו השליחים מהאדון:”הגדל את אמונתנו!“ 5
प्रेरितहरूले प्रभुलाई भने “हाम्रो विश्‍वास बढाइदिनुहोस् ।”
”אפילו הייתה אמונתכם כגרגר צמח החרדל, “השיב ישוע,”הייתם אומרים לעץ הגדול הזה להיעקר ממקומו ולהתגלגל לים, והיה נשמע לכם! 6
प्रभुले भन्‍नुभयो “यदि तिमीसँग रायोको बिउजत्रो विश्‍वास छ भने नेभाराको रुखलाई ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्यौ भने त्यसले तिम्रो आज्ञा मान्‍नेछ ।
”נניח שיש לך עבד החורש בשדה או רועה את הצאן. בשובו הביתה מן השדה האם תאמר לו:’שב, נח ואכול את ארוחת־הערב שלך?‘ 7
तर तिमीहरूमध्ये को होला जसको नोकरले जोत्दै वा भेडा चराउँदै गर्दा उसले तिमीलाई भन्‍नेछ, तत्कालै आउनुहोस् र खाना खानलाई बसौँ ।”
ודאי שלא. הרי תאמר לו:’הכן לי את ארוחתי, אחר כך חגור סינר והיה מוכן להגיש לי את מה שאבקש. לאחר שאגמור לאכול תוכל ללכת לאכול את ארוחתך‘. 8
मेरो लागि खानको लागि खानेकुरा तयार पार, र कम्मरमा पटुका कस र मैले नसकुन्जेल मेरो सेवा गर भनेन भने, के तिमीले त्यसपछि केही कुरा खाने र पिउने गर्दछौ र?
העבד אינו מצפה לתודה, מפני שעשה את המוטל עליו. 9
उसले आफ्नो नोकरलाई स्याबासी दिनेछैन किनकि हामीले केही आज्ञा नगरी के उसले हाम्रो निम्ति गर्नेछ?
”כך התנהגו גם אתם – אל תצפו לשבחים כשאתם מקיימים את מצוותי, כי אתם רק ממלאים את חובתכם.“ 10
तिमीले अर्‍हाएको कुरा मात्र गर्दछौ भने तिमीले यसो पो भन्‍नुपर्ने हो, “हामी अयोग्य नोकरहरू हौँ, हामीले गर्नुपर्ने मात्र गरेका छौँ ।”
בדרכו לירושלים יצא ישוע מגבול הגליל ונכנס אל אזור השומרון. 11
यो भन्दै गर्दा तिनीहरू यरूशलेमको यात्रा गर्दै थिए । त्यस बेला उहाँ सामरिया र गालील हुँदै यात्रा गर्नुभयो ।
בבואו אל אחד הכפרים ראה עשרה מצורעים עומדים במרחק מה 12
एउटा गाउँमा पुगेपछि, उहाँले दस जना कुष्‍ठरोग लागेका मानिसलाई भेट्नुभयो । तिनीहरू उहाँभन्दा टाढा उभिए ।
וקוראים בתחינה:”ישוע רבנו, רחם עלינו!“ 13
र तिनीहरूले चर्को स्वरले भने, “येशू गुरुज्यू, हामीमाथि दया गर्नुहोस् ।”
ישוע הביט בהם ואמר:”לכו אל הכהן והראו לו שנרפאתם!“בהיותם בדרך הם נרפאו. 14
जब उहाँले तिनीहरूलाई देख्‍नुभयो र भन्‍नुभयो, “जाओ र आफैँलाई पुजारीकहाँ देखाओ । र तिनीहरू गए अनि निको भए ।”
אחד הנרפאים חזר אל ישוע וקרא בשמחה ובצהלה:”הללויה, אני בריא!“ 15
जब तीमध्ये एक जनाले आफू निको भएको महसुस गर्‍यो, ऊ चर्को स्वरले परमेश्‍वरको महिमा गर्दै फर्कियो ।”
האיש, שהיה שומרוני, נפל על פניו לרגלי ישוע והודה לו מעומק לבו על שריפא אותו. 16
उसले येशूको चरणमा पर्दै, उहाँलाई धन्यवाद चढायो । ऊ एउटा सामरी थियो ।
”האם לא ריפאתי עשרה אנשים?“שאל ישוע.”היכן תשעת האחרים? 17
येशूले उत्तर दिँदै भन्‍नुभयो, “के त्यहाँ दस जना निको भएका होइनन्? अरू नौ जना कहाँ गए?
האם רק השומרוני הזה חזר כדי להודות לאלוהים?“ 18
के यो परदेशीबाहेक निको भएकाहरू फर्केर परमेश्‍वरलाई महिमा दिनुपर्ने होइन र?
”קום ולך, אמונתך ריפאה אותך“, אמר ישוע לאיש. 19
उहाँले त्यसलाई भन्‍नुभयो, “उठ र आफ्नो बाटो जाऊ, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।”
יום אחד שאלו הפרושים את ישוע:”מתי תבוא מלכות האלוהים?“”מלכות האלוהים לא תבוא בצורה גלויה“, השיב ישוע. 20
फरिसीहरूले परमेश्‍वरको राज्य कहिले आउँछ भनी सोधे । येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “परमेश्‍वरको राज्य तिमीहरूले देखेको जस्तै होइन,
”לא תוכלו לומר:’מלכות האלוהים כאן‘, או’מלכות האלוהים שם‘. כי מלכות האלוהים היא בקרבכם.“ 21
न त तिनीहरूले भन्‍नेछन्, ‘यता हेर! वा उता हेर!’ किनभने परमेश्‍वरको राज्य तिमीहरूकै माझमा छ ।”
ישוע פנה אל תלמידיו ואמר:”יבוא הזמן שתשתוקקו כל־כך שאחזור אליכם, ולו גם ליום אחד בלבד, אך משאלתכם לא תתמלא. 22
येशूले चेलाहरूलाई भन्‍नुभयो, “त्यो दिन आउनेछ जब तिमीहरूले मानिसका पुत्रलाई हेर्ने इच्छा गरौला तर तिमीहरूले देख्‍नेछैनौ ।
”אם מישהו יאמר לכם:’ראיתי את המשיח במקום פלוני!‘אל תאמינו לו ואל תלכו לחפש אותי. 23
तिनीहरूले तिमीलाई भन्‍नेछन्, ‘यता हेर! उता हेर!’ तर तिमीहरूले नहेर, न त तिनीहरूलाई पछ्याओ ।
כי כשיבוא בן־האדם באמת, תדעו זאת ללא כל ספק; בואו ייראה לעין כברק המאיר את השמים מקצה לקצה. 24
आकाशमा एउटा कुनामा बिजुली चम्कदा अर्को कुनामा देखिएजस्तै मानिसका पुत्रको आगमनको दिनमा त्यस्तै हुनेछ ।
אבל לפני כן עליו לסבול הרבה ולהידחות על־ידי הדור הזה. 25
तर उहाँ पहिले विभिन्‍न थोकहरूबाट सताइनुहुनेछ र यो पुस्ताद्वारा अस्वीकार गरिनुहुनेछ ।
”בימי בן־האדם יתנהלו החיים כבימי נוח. 26
यस्ता घटनाहरू नोआको समयमा पनि भएको थिए र मानिसका पुत्रको समयमा पनि ती कुराहरू हुनेछन् ।
בני־האדם אכלו, שתו והתחתנו – הכול התנהל כרגיל עד היום שבו נכנס נוח לתיבה, ואז בא המבול והשמיד את כולם. 27
नोआ जहाजभित्र नपसुन्जेलसम्म तिनीहरू खाँदै, पिउँदै, र विवाहमा सहभागी भएका थिए । त्यसपछि बाढी आयो र सबै कुरालाई विनाश गर्‍यो ।
”גם בימיו של לוט היה המצב דומה: האנשים אכלו, שתו, קנו, מכרו, נטעו ובנו. 28
यस्तै घटनाहरू लोतको समयमा पनि घटेको थियो । त्यस समयमा तिनीहरूले खाँदै, पिउँदै, किन्दै, बेच्दै, र ती विभिन्‍न कुराहरूको निर्माण गर्दै थिए ।
אולם ביום שעזב לוט את סדום המטיר אלוהים אש וגפרית על העיר, והשמיד את כולם. 29
तर त्यो दिन जब लोत सदोम छोडेर गए, त्यसपछि आगो र गन्धक स्वर्गबाट बर्सियो र सबै कुरालाई नष्‍ट गर्‍यो ।
כך יהיה המצב ביום שובי. 30
अब मानिसका पुत्रको समयमा पनि यस्तै कुराहरू हुनेछन् ।
”אם תהיה מחוץ לבית ביום ההוא – אל תחזור לארוז את חפציך; אם תהיה בשדה – אל תחזור העירה. 31
त्यस दिनमा घरको माथिल्लो तल्‍लाबाट आफ्ना असल चिज लिनको लागि तल नआओ । र कोही खेतमा छ भने, नफर्क ।
זכרו מה קרה לאשת לוט! 32
लोतकी पत्‍नीलाई सम्झ ।
מי שמנסה להציל את חייו יאבד אותם; מי שיוותר על חייו יציל אותם. 33
जसले आफ्नो प्राण बचाउन खोज्ला उसले त्यो गुमाउनेछ, तर जसले गुमाउला, उसको बचाइनेछ ।
בלילה ההוא שני אנשים יישנו באותו חדר: האחד יילקח והשני יישאר. 34
म तिमीलाई भन्‍नेछु, रातको समयमा दुई जना एकै ठाउँमा सुत्‍नेछन् ।
שתי נשים יטחנו יחד: האחת תילקח וחברתה תישאר. 35
तिनीहरूमध्ये एक जना लगिनेछ, र अर्को छोडिनेछ ।
שני גברים יעבדו בשדה: האחד יילקח וחברו יישאר.“ 36
(खेतमा दुई जना हुनेछन् तिनीहरूमध्ये एक जना लगिनेछ र अर्को छोडिनेछ । )
”אדון, לאן הם יילקחו?“שאלו התלמידים.”במקום שבו נמצא הפגר, שם יתאספו הנשרים“, השיב ישוע. 37
तिनीहरूले उहाँलाई सोधे, “कहाँ प्रभु?” र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू जम्मा हुनेछन् ।”

< לוּקָס 17 >