< תְהִלִּים 150 >

הַ֥לְלוּ יָ֨הּ ׀ הַֽלְלוּ־אֵ֥ל בְּקָדְשֹׁ֑ו הֽ͏ַ֝לְל֗וּהוּ בִּרְקִ֥יעַ עֻזֹּֽו׃ 1
परमप्रभुको प्रशंसा गर । परमेश्‍वरको पवित्रस्थानमा उहाँको प्रशंसा गर । शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर ।
הַֽלְל֥וּהוּ בִגְבוּרֹתָ֑יו הֽ͏ַ֝לְל֗וּהוּ כְּרֹ֣ב גֻּדְלֹֽו׃ 2
उहाँका शक्तिशाली कामहरूका निम्ति उहाँको प्रशंसा गर । उहाँको आश्‍चर्यको महान्‌ताको निम्ति उहाँको प्रशंसा गर ।
הַֽ֭לְלוּהוּ בְּתֵ֣קַע שֹׁופָ֑ר הַֽ֝לְל֗וּהוּ בְּנֵ֣בֶל וְכִנֹּֽור׃ 3
सिङ बजाएर उहाँको प्रशंसा गर । वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर ।
הַֽ֭לְלוּהוּ בְתֹ֣ף וּמָחֹ֑ול הַֽ֝לְל֗וּהוּ בְּמִנִּ֥ים וְעוּגָֽב׃ 4
खैंजडी बजाउँदै र नाँच्दै उहाँको प्रशंसा गर । तार-वाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर ।
הַֽלְל֥וּהוּ בְצִלְצְלֵי־שָׁ֑מַע הַֽ֝לְל֗וּהוּ בְּֽצִלְצְלֵ֥י תְרוּעָֽה׃ 5
ठुलो सोरका झ्यालीहरूले उहाँको प्रशंसा गर । चर्को सोरका झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर ।
כֹּ֣ל הַ֭נְּשָׁמָה תְּהַלֵּ֥ל יָ֗הּ הַֽלְלוּ־יָֽהּ׃ 6
सास हुने हरेक कुराले परमप्रभुको प्रशंसा गरोस् । परमप्रभुको प्रशंसा गर ।

< תְהִלִּים 150 >