< אִיּוֹב 5 >

קְֽרָא־נָ֭א הֲיֵ֣שׁ עֹונֶ֑ךָּ וְאֶל־מִ֖י מִקְּדֹשִׁ֣ים תִּפְנֶֽה׃ 1
अहिले बोलाउनुहोस् । तपाईंलाई जवाफ दिने कुनै व्‍यक्‍ति छ? पवित्र मानिसहरूमध्‍ये कुनतिर तपाईं फर्कनुहुनेछ?
כִּֽי־לֶֽ֭אֱוִיל יַהֲרָג־כָּ֑עַשׂ וּ֝פֹתֶ֗ה תָּמִ֥ית קִנְאָֽה׃ 2
किनकि मूर्ख मानिसलाई रिसले मार्छ। सजिलै छलमा पर्नेलाई ईर्ष्याले मार्छ ।
אֲ‍ֽנִי־רָ֭אִיתִי אֱוִ֣יל מַשְׁרִ֑ישׁ וָאֶקֹּ֖וב נָוֵ֣הוּ פִתְאֹֽם׃ 3
मूर्ख व्यक्तिले जरा गाडेको मैले देखेको छु, तर मैले एक्‍कासि त्यसको घरलाई सराप दिएँ ।
יִרְחֲק֣וּ בָנָ֣יו מִיֶּ֑שַׁע וְיִֽדַּכְּא֥וּ בַ֝שַּׁ֗עַר וְאֵ֣ין מַצִּֽיל׃ 4
त्यसका छोराछोरी बिल्‍कुलै सुरक्षित छैनन् । तिनीहरू सहरको मूल ढोकामा कुल्चिमिल्ची पारिएका छन् । तिनीहरूलाई छुटकारा दिने कोही छैन ।
אֲשֶׁ֤ר קְצִירֹ֨ו ׀ רָ֘עֵ֤ב יֹאכֵ֗ל וְאֶֽל־מִצִּנִּ֥ים יִקָּחֵ֑הוּ וְשָׁאַ֖ף צַמִּ֣ים חֵילָֽם׃ 5
भोकाएकाहरूले आफ्नो फसल खान्छन् । तिनीहरूले त्‍यसलाई काँढाहरूका बिचबाट पनि बटुल्छन् । तिर्खाएकाहरूले आफ्‍नो धन-सम्पत्तिको तृष्णा गर्छन् ।
כִּ֤י ׀ לֹא־יֵצֵ֣א מֵעָפָ֣ר אָ֑וֶן וּ֝מֵאֲדָמָ֗ה לֹא־יִצְמַ֥ח עָמָֽל׃ 6
किनकि कठिनाइ माटोबाट आउँदैन । न त भुइँबाट समस्‍या उम्रन्छ ।
כִּֽי־אָ֭דָם לְעָמָ֣ל יוּלָּ֑ד וּבְנֵי־רֶ֝֗שֶׁף יַגְבִּ֥יהוּ עֽוּף׃ 7
बरु, मानव-जाति कष्‍टकै लागि जन्मन्छन्, जसरी आगोको झिल्काहरू माथि उड्छन् ।
אוּלָ֗ם אֲ֭נִי אֶדְרֹ֣שׁ אֶל־אֵ֑ל וְאֶל־אֱ֝לֹהִ֗ים אָשִׂ֥ים דִּבְרָתִֽי׃ 8
तर मेरो बारेमा, स्‍वयम् परमेश्‍वरकहाँ नै म फर्कन्छु । उहाँमा नै म आफ्‍नो गुनासो समर्पित गर्छु—
עֹשֶׂ֣ה גְ֭דֹלֹות וְאֵ֣ין חֵ֑קֶר נִ֝פְלָאֹ֗ות עַד־אֵ֥ין מִסְפָּֽר׃ 9
महान् अनि अगम्‍य कुराहरू गर्नुहुने, अनगिन्ती उदेकका कामहरू गर्नुहुने उहाँ नै हुनुहुन्छ ।
הַנֹּתֵ֣ן מָ֭טָר עַל־פְּנֵי־אָ֑רֶץ וְשֹׁ֥לֵֽחַ מַ֝יִם עַל־פְּנֵ֥י חוּצֹֽות׃ 10
उहाँले पृथ्वीमा वृष्‍टि दिनुहुन्छ, र खेतबारीमा पानी पठाउनुहुन्छ ।
לָשׂ֣וּם שְׁפָלִ֣ים לְמָרֹ֑ום וְ֝קֹדְרִ֗ים שָׂ֣גְבוּ יֶֽשַׁע׃ 11
नम्रहरूलाई उच्‍च स्‍थानमा राख्‍नलाई अनि शोक गर्नेहरूलाई सुरक्षित उचाल्‍नलाई उहाँले यसो गर्नुहुन्छ ।
מֵ֭פֵר מַחְשְׁבֹ֣ות עֲרוּמִ֑ים וְֽלֹא־תַעֲשֶׂ֥ינָה יְ֝דֵיהֶ֗ם תּוּשִׁיָּֽה׃ 12
धूर्त मानिसहरूका हातले सफलता नपाओस् भनेर, उहाँले तिनीहरूका योजनाहरूलाई विफल तुल्याउनुहुन्छ ।
לֹכֵ֣ד חֲכָמִ֣ים בְּעָרְמָ֑ם וַעֲצַ֖ת נִפְתָּלִ֣ים נִמְהָֽרָה׃ 13
उहाँले बुद्धिमान् मानिसहरूलाई तिनीहरूका आफ्नै धूर्त कामहरूमा पासोमा पार्नुहुन्छ । टेडा मानिसहरूका योजनाहरू अन्त्यको लागि हतारिन्छन् ।
יֹומָ֥ם יְפַגְּשׁוּ־חֹ֑שֶׁךְ וְ֝כַלַּ֗יְלָה יְֽמַשְׁשׁ֥וּ בַֽצָּהֳרָֽיִם׃ 14
तिनीहरूले दिउँसै अन्धकार भेट्टाउँछन्, अनि मध्यदिनमा पनि रातमा झैं छामेर हिंड्छन् ।
וַיֹּ֣שַׁע מֵ֭חֶרֶב מִפִּיהֶ֑ם וּמִיַּ֖ד חָזָ֣ק אֶבְיֹֽון׃ 15
तर उहाँले गरिबहरूलाई तिनीहरूको मुखमा भएको तरवारदेखि र खाँचोमा परेकालाई शक्तिशाली मानिसहरूको हातबाट बचाउनुहुन्छ ।
וַתְּהִ֣י לַדַּ֣ל תִּקְוָ֑ה וְ֝עֹלָ֗תָה קָ֣פְצָה פִּֽיהָ׃ 16
त्यसैले गरिब मानिसको आशा छ, र अन्यायले त्यसको आफ्नै मुख बन्द गर्छ ।
הִנֵּ֤ה אַשְׁרֵ֣י אֱ֭נֹושׁ יֹוכִחֶ֣נּֽוּ אֱלֹ֑והַּ וּמוּסַ֥ר שַׁ֝דַּ֗י אַל־תִּמְאָֽס׃ 17
हेर, त्यो मानिस धन्यको हो, जसलाई परमेश्‍वरले सुधार्नुहुन्छ । त्यसकारण सर्वशक्तिमान्‌को ताडनालाई इन्कार नगर ।
כִּ֤י ה֣וּא יַכְאִ֣יב וְיֶחְבָּ֑שׁ יִ֝מְחַ֗ץ וְיָדֹו (וְיָדָ֥יו) תִּרְפֶּֽינָה׃ 18
किनकि उहाँले चोट पुर्‍याउनुहुन्छ, र पट्टी बाँध्‍नुहुन्छ । उहाँले चोट पुर्‍याउनुहुन्छ र आफ्‍नै हातले निको पार्नुहुन्‍छ ।
בְּשֵׁ֣שׁ צָ֭רֹות יַצִּילֶ֑ךָּ וּבְשֶׁ֓בַע ׀ לֹא־יִגַּ֖ע בְּךָ֣ רָֽע׃ 19
उहाँले तपाईंलाई छवटा कष्‍टबाट छुटकारा दिनुहुनेछ । वास्तवमा सातौं कष्‍टमा पनि कुनै दुष्‍ट्याइँले तपाईंलाई छुँदैन ।
בְּ֭רָעָב פָּֽדְךָ֣ מִמָּ֑וֶת וּ֝בְמִלְחָמָ֗ה מִ֣ידֵי חָֽרֶב׃ 20
अनिकालको समयमा मृत्युबाट मोल तिरेर, र युद्धमा तरवारको हातबाट उहाँले तपाईंलाई छुटाउनुहुनेछ ।
בְּשֹׁ֣וט לָ֭שֹׁון תֵּחָבֵ֑א וְֽלֹא־תִירָ֥א מִ֝שֹּׁ֗ד כִּ֣י יָבֹֽוא׃ 21
झूट बोल्‍ने जिब्रोको कोर्राबाट तपाईंलाई लुकाइनेछ, र जब विनाश आउँछ, तब तपाईं त्‍यसबाट डराउनुहुनेछैन ।
לְשֹׁ֣ד וּלְכָפָ֣ן תִּשְׂחָ֑ק וּֽמֵחַיַּ֥ת הָ֝אָ֗רֶץ אַל־תִּירָֽא׃ 22
विनाश र अनिकाल देखेर तपाईं हास्‍नुहुनेछ, अनि पृथ्‍वीका जङ्गली जनावरहरूदेखि तपाईं डराउनुहुनेछैनौ ।
כִּ֤י עִם־אַבְנֵ֣י הַשָּׂדֶ֣ה בְרִיתֶ֑ךָ וְחַיַּ֥ת הַ֝שָּׂדֶ֗ה הָשְׁלְמָה־לָֽךְ׃ 23
किनकि तपाईंको खेतमा भएका ढुङ्गाहरूसित तपाईंले करार बाँध्‍नुहुनेछ, र वनका पशुहरू तपाईंसित मिलापमा रहनेछन् ।
וְֽ֭יָדַעְתָּ כִּי־שָׁלֹ֣ום אָהֳלֶ֑ךָ וּֽפָקַדְתָּ֥ נָ֝וְךָ וְלֹ֣א תֶחֱטָֽא׃ 24
तपाईंको पाल सुरक्षित छ भनी तपाईंले जान्‍नुहुनेछ । तपाईं आफ्नो भेडी-गोठ हेर्न जानुहुनेछ र एउटा पनि नहराएको तपाईंले पाउनुहुनेछैन ।
וְֽ֭יָדַעְתָּ כִּי־רַ֣ב זַרְעֶ֑ךָ וְ֝צֶאֱצָאֶ֗יךָ כְּעֵ֣שֶׂב הָאָֽרֶץ׃ 25
तपाईंले यो जान्‍नुहुनेछ, तपाईंको सन्तान महान् हुनेछ, तपाईंका छोराछोरी जमिनको घाँसझैं हुनेछन् ।
תָּבֹ֣וא בְכֶ֣לַח אֱלֵי־קָ֑בֶר כַּעֲלֹ֖ות גָּדִ֣ישׁ בְּעִתֹּֽו׃ 26
तपाईं आफ्‍नो चिहानमा पूरा बढो भएर आउनुहुनेछ । जसरी आफ्नो समयमा अन्‍नका मुट्ठाहरूको चाङ हुनेछ ।
הִנֵּה־זֹ֭את חֲקַרְנ֥וּהָ כֶּֽן־הִ֑יא שְׁ֝מָעֶ֗נָּה וְאַתָּ֥ה דַֽע־לָֽךְ׃ פ 27
हेर्नुहोस्, हामीले यस विषयलाई जाँच गरेका छौं । यो यस्‍तो छ । यसलाई सुन्‍नुहोस् र आफ्‍नै निम्‍ति यसलाई चिन्‍नुहोस् ।”

< אִיּוֹב 5 >