< תהילים 75 >

למנצח אל-תשחת מזמור לאסף שיר ב הודינו לך אלהים--הודינו וקרוב שמך ספרו נפלאותיך 1
हे परमेश्‍वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौं । हामी धन्यवाद दिन्छौं, किनकि तपाईंले आफ्नो उपस्थिति प्रकट गर्नुहुन्छ । मानिसहरूले तपाईंका अचम्‍मका कामहरूका बारेमा बताउँछन् ।
כי אקח מועד אני מישרים אשפט 2
तोकिएको समयमा म न्यायोचित रूपमा फैसला गर्नेछु ।
נמגים ארץ וכל-ישביה אנכי תכנתי עמודיה סלה 3
पृथ्वी र यसका सबै बासिन्दा डरले थरथर कामे पनि, पृथ्वीका खम्बाहरूलाई म दृढ बनाउछु । सेला
אמרתי להוללים אל-תהלו ולרשעים אל-תרימו קרן 4
मैले अहङ्कारीलाई भनें, “अहङ्कारी नहो,” र दुष्‍टहरूलाई भनें, “सिङ् ठाडो नपार् ।
אל-תרימו למרום קרנכם תדברו בצואר עתק 5
आफ्ना सिङहरूलाई माथि नउचाल् । हठपूर्ण घाँटी बनाएर नबोल् ।”
כי לא ממוצא וממערב ולא ממדבר הרים 6
उचाल्‍ने कुरा पूर्वबाट वा, पश्‍चिमबाट होइन र त्‍यो उजाडस्‍थानबाट आउने होइन ।
כי-אלהים שפט זה ישפיל וזה ירים 7
तर परमेश्‍वर नै न्यायकर्ता हुनुहुन्छ । उहाँले तल झार्नुहुन्छ र उहाँले माथि उठाउनुहुन्छ ।
כי כוס ביד-יהוה ויין חמר מלא מסך-- ויגר מזה אך-שמריה ימצו ישתו כל רשעי-ארץ 8
किनकि परमप्रभुले आफ्नो हातमा फिंज आइरहेको दाखमद्यको कचौरा समात्‍नुहुन्छ, जुन मसलासँग मिसाइएको छ र ‍यसलाई खन्याउनुहुन्‍छ । निश्‍चय नै पृथ्वीका सबै दुष्‍टहरूले यसको अन्तिम थोपासम्म पिउनेछन् ।
ואני אגיד לעלם אזמרה לאלהי יעקב 9
तर तपाईंले भन्‍नुभएको कुरा म निरन्तर रूपमा बताउनेछु । याकूबका परमेश्‍वरको स्तुति म गाउनेछु ।
וכל-קרני רשעים אגדע תרוממנה קרנות צדיק 10
उहाँ भन्‍नुहुन्छ, “दुष्‍टहरूका सबै सिङलाई म काट्‍नेछु, तर धर्मीहरूका सिङहरू माथि उचालिनेछन् ।”

< תהילים 75 >