< במדבר 5 >

וידבר יהוה אל משה לאמר 1
परमप्रभुले मोशालाई भन्‍नुभयो,
צו את בני ישראל וישלחו מן המחנה כל צרוע וכל זב וכל טמא לנפש 2
“छालाको सरुवा रोग भएका सबै, धातुको रोग भएका सबै, लास छोएर अशुद्ध भएका सबैलाई छाउनी बाहिर पठाउन इस्राएलका मानिसहरूलाई आज्ञा दे ।
מזכר עד נקבה תשלחו אל מחוץ למחנה תשלחום ולא יטמאו את מחניהם אשר אני שכן בתוכם 3
पुरुष होस् वा महिला, तैँले तिनीहरूलाई छाउनी बाहिर पठाउनुपर्छ । तिनीहरूले छाउनीलाई अशुद्ध तुल्याउनुहुँदैन, किनभने म यसमा बास गर्छु ।”
ויעשו כן בני ישראל וישלחו אותם אל מחוץ למחנה כאשר דבר יהוה אל משה כן עשו בני ישראל 4
इस्राएलका मानिसहरूले यसै गरे । परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएअनुसार तिनीहरूले तिनीहरूलाई छाउनी बाहिर पठाए । फेरि
וידבר יהוה אל משה לאמר 5
परमप्रभुले मोशालाई भन्‍नुभयो,
דבר אל בני ישראל איש או אשה כי יעשו מכל חטאת האדם למעל מעל ביהוה ואשמה הנפש ההוא 6
“इस्राएलका मानिसहरूलाई भन् । जब पुरुष वा महिलाले मानिसहरूले आपसमा गर्ने यस्ता कुनै पाप गर्छन् र मप्रति बेइमान हुन्छ, त्यो व्यक्‍ति दोषी हुन्छ ।
והתודו את חטאתם אשר עשו והשיב את אשמו בראשו וחמישתו יסף עליו ונתן לאשר אשם לו 7
त्यसपछि त्यसले आफूले गरेको पाप स्वीकार गर्नुपर्छ । त्यसले आफू चुकेको मूल्य चुक्‍ता गर्नुपर्छ र पाँचौँ हिस्सा थप्‍नुपर्छ । यो त्यसले आघात पुर्‍याएको व्यक्‍तिकहाँ ल्याउनुपर्छ ।
ואם אין לאיש גאל להשיב האשם אליו--האשם המושב ליהוה לכהן מלבד איל הכפרים אשר יכפר בו עליו 8
तर यदि अपमानमा परेको व्यक्‍तिको कुनै नजिकको नातेदार छैन भने, त्यसले आफ्नो प्रायश्‍चित्तको निम्ति एउटा थुमासँगै त्यसको दोषको निम्ति पुजारीद्वारा मूल्य मलाई तिर्नुपर्छ ।
וכל תרומה לכל קדשי בני ישראל אשר יקריבו לכהן--לו יהיה 9
इस्राएलका मानिहरूका सबै भेटी र इस्राएलका मानिसहरूले पुजारीलाई ल्याएका र अलग गरेका थोकहरू त्यसको हुनेछ ।
ואיש את קדשיו לו יהיו איש אשר יתן לכהן לו יהיה 10
हरेक व्यक्तिका भेटीहरू पुजारीको निम्ति हुनेछ; यदि कसैले पुजारीलाई कुनै थोक दिन्छ भने, यो त्यसको हुनेछ ।”
וידבר יהוה אל משה לאמר 11
फेरि, परमप्रभुले मोशालाई भन्‍नुभयो,
דבר אל בני ישראל ואמרת אלהם איש איש כי תשטה אשתו ומעלה בו מעל 12
“इस्राएलका मानिसहरूलाई भन् । 'कुनै मानिसकी पत्‍नी बहकिन्छे र आफ्नो पतिको विरुद्ध पाप गर्छे ।
ושכב איש אתה שכבת זרע ונעלם מעיני אישה ונסתרה והיא נטמאה ועד אין בה והוא לא נתפשה 13
त्यसपछि अर्को पुरुष त्यससँग सुत्छे । त्यस अवस्थामा त्यो अशुद्ध हुन्छे ।
ועבר עליו רוח קנאה וקנא את אשתו והוא נטמאה או עבר עליו רוח קנאה וקנא את אשתו והיא לא נטמאה 14
त्यसका पतिले यो नदेखे तापनि वा थाहा नै नपाए तापनि र त्यो कार्य गर्दा कसैले नपक्रे तापनि र त्यसको विरुद्ध कोही नभए तापनि, त्यसकी पत्‍नी अशुद्ध भएकी छे भन्‍ने डाहको आत्माले थाहा देला । तथापि पत्‍नी अशुद्ध नभएको हुँदा पनि डाहको गलत विचार आउन सक्ला ।
והביא האיש את אשתו אל הכהן והביא את קרבנה עליה עשירת האיפה קמח שערים לא יצק עליו שמן ולא יתן עליו לבנה--כי מנחת קנאת הוא מנחת זכרון מזכרת עון 15
यस अवस्थामा त्यो मानिसले आफ्नी पत्‍नीलाई पुजारीकहाँ ल्याउनुपर्छ । पतिले त्यसको तर्फबाट आवश्यक पर्ने बलिदान अर्थात् आधा पाथी जौको पिठो ल्याउनुपर्छ । उसले यसमा तेल हाल्नुहुँदैन र कुनै सुगन्धित मसला हाल्नुहुँदैन, किनभने यो डाहको अन्‍नबलि अर्थात् अपराध याद दिलाउनेको चढाइएको अन्‍नबलि हो ।
והקריב אתה הכהן והעמדה לפני יהוה 16
पुजारीले त्यस स्‍त्रीलाई नजिक ल्याउनुपर्छ र त्यसलाई परमप्रभुको सामु राख्‍नुपर्छ ।
ולקח הכהן מים קדשים בכלי חרש ומן העפר אשר יהיה בקרקע המשכן יקח הכהן ונתן אל המים 17
पुजारीले पवित्र पानीको भाँडो लिनुपर्छ र पवित्र वासस्थानको भुइँबाट धूलो लिनुपर्छ । त्यसले त्यो धूलोलाई त्यो पानीमा हाल्नुपर्छ ।
והעמיד הכהן את האשה לפני יהוה ופרע את ראש האשה ונתן על כפיה את מנחת הזכרון מנחת קנאת הוא וביד הכהן יהיו מי המרים המאררים 18
पुजारीले त्यो महिलालाई परमप्रभुको सामु खडा गर्नेछ र त्यसले त्यो महिलाका कपाल फुलाइदिनेछ । त्यसले त्यो सम्झनाको अन्‍नबलिलाई त्यसको हातमा राख्‍नेछ, जुन सन्देहको अन्‍नबलि हो ।
והשביע אתה הכהן ואמר אל האשה אם לא שכב איש אתך ואם לא שטית טמאה תחת אישך--הנקי ממי המרים המאררים האלה 19
पुजारीले श्राप ल्याउन सक्‍ने तितो पानीलाई त्यसको हातमा राख्‍नेछ । पुजारीले त्यस महिलालाई शपथ खान लगाओस् र त्यसलाई यसो भनोस्, 'यदि अरू कुनै पुरुषले तँसँग यौन सम्बन्ध राखेको छैन भने र यदि तँ बरालिएर गएको छैनस् र अपराध गरेको छैन भने, तँ श्राप ल्याउने यो तितो पानीबाट मुक्‍त हुनेछस् ।
ואת כי שטית תחת אישך--וכי נטמאת ויתן איש בך את שכבתו מבלעדי אישך 20
तर यदि पतिको अधीनमा भएकी तँ बरालिएकी छस्, यदि तँ अशुद्ध भएकी छस् र यदि अरू कुनै पुरुष तँसँग सुतेको छ भने,
והשביע הכהן את האשה בשבעת האלה ואמר הכהן לאשה יתן יהוה אותך לאלה ולשבעה בתוך עמך--בתת יהוה את ירכך נפלת ואת בטנך צבה 21
(पुजारीले त्यो महिलामाथि श्राप ल्याउन सक्‍ने शपथ खान लगाउनुपर्छ र त्यसले महिलालाई भनिरहोस्) 'परमप्रभुले तँलाई श्रापित तुल्याउनुभएको होस् जुन तेरा मानिसहरूलाई देखाइनेछ । यदि परप्रभुले तेरो जाँघ सुक्‍ने तुल्याउनुभयो र तेरो पेट सुनिने तुल्याउनुभयो भने, यसै होस् ।
ובאו המים המאררים האלה במעיך לצבות בטן ולנפל ירך ואמרה האשה אמן אמן 22
श्राप ल्याउने यो पानी तेरो पेटभित्र जानेछ र तेरो पेट सुनिनेछ र तेरो जाँघ सुक्‍ने छ । त्यो महिलाले 'हो, म दोषी छु भने यस्तै होस्' भनी जवाफ दिनुपर्छ ।
וכתב את האלת האלה הכהן--בספר ומחה אל מי המרים 23
पुजारीले यी श्रापहरूलाई मुट्ठोमा लेख्‍नुपर्छ, र ती लेखिएका श्रापहरूलाई त्यो तितो पानीमा धुनुपर्छ ।
והשקה את האשה את מי המרים המאררים ובאו בה המים המאררים למרים 24
पुजारीले श्राप ल्याउने त्यो तितो पानी त्यो महिलालाई पिउन लगाउनुपर्छ । त्यो पानी त्यसभित्र जाने छ र तितो तुल्याउनेछ ।
ולקח הכהן מיד האשה את מנחת הקנאת והניף את המנחה לפני יהוה והקריב אתה אל המזבח 25
पुजारीले महिलाको हातबाट डाहको अन्‍नबलि लिनुपर्छ । उसले परप्रभुको सामु अन्‍नबलिलाई डोलाउनुपर्छ र यसलाई वेदीमा ल्याउनुपर्छ ।
וקמץ הכהן מן המנחה את אזכרתה והקטיר המזבחה ואחר ישקה את האשה את המים 26
पुजारीले अन्‍नबलिबाट एक मुट्ठी लिएर यसलाई वेदीमा जलाउनुपर्छ । त्यसपछि त्यसले महिलालाई त्यो तितो पानी पिउन दिनुपर्छ ।
והשקה את המים והיתה אם נטמאה ותמעל מעל באישה--ובאו בה המים המאררים למרים וצבתה בטנה ונפלה ירכה והיתה האשה לאלה בקרב עמה 27
त्यसले त्यसलाई पानी पिउन दिँदा त्यसले आफ्नो पति विरुद्ध पाप गरेकोले यदि त्यो अशुद्ध भएकी छे भने, त्यो श्राप ल्याउने पानी त्यसभित्र जानेछ र तितो तुल्याउनेछ । त्यसको पेट फुलिनेछ र त्यसको जाँघ सुक्‍नेछ । त्यो महिला आफ्ना मानिसहरूबिच श्रापित हुनेछ ।
ואם לא נטמאה האשה וטהרה הוא--ונקתה ונזרעה זרע 28
तर यदि महिला अशुद्ध भएकी छैन भने र त्यो शुद्ध छे भने, त्यो स्वतन्त्र हुने छे । त्यसले बालक जन्माउन सक्‍ने छे ।
זאת תורת הקנאת אשר תשטה אשה תחת אישה ונטמאה 29
डाहको नियम यही हो । आफ्नो पतिबाट बरालिने र अशुद्ध हुने महिलाको नियम यही हो ।
או איש אשר תעבר עליו רוח קנאה--וקנא את אשתו והעמיד את האשה לפני יהוה ועשה לה הכהן את כל התורה הזאת 30
आफ्नी पत्‍नीप्रति डाही हुँदा डाहको आत्मा भएको पुरुषको निम्ति नियम यही हो । उसले महिलालाई परमप्रभुको सामु ल्याउनुपर्छ र पुजारी डाहको व्यवस्थाले वर्णन गरेका सबै थोक गर्नुपर्छ ।
ונקה האיש מעון והאשה ההוא תשא את עונה 31
पुरुष आफ्‍नी पत्‍नीलाई पुजारीकहाँ ल्याएको दोषबाट मुक्‍त हुनेछ । महिलाले त्यसको कुनै पनि दोष भोग्‍नुपर्छ ।”

< במדבר 5 >