< יהושע 21 >

ויגשו ראשי אבות הלוים אל אלעזר הכהן ואל יהושע בן נון ואל ראשי אבות המטות לבני ישראל 1
त्यसपछि लेवी कुलका कुलनायकहरू पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूभित्रका तिनीहरूका पुर्खाहरूको परिवारहरूका अगुवाहरूकहाँ आए ।
וידברו אליהם בשלה בארץ כנען לאמר יהוה צוה ביד משה לתת לנו ערים לשבת ומגרשיהן לבהמתנו 2
तिनीहरूले कनानको भूमिमा शीलोमा तिनीहरूलाई भने, “परमप्रभुले मोशाद्वारा हाम्रा गाईवस्तुहरूका निम्ति खर्कसहितका बसोबास गर्न हामीलाई सहरहरू दिन आज्ञा गर्नुभएको थियो ।”
ויתנו בני ישראל ללוים מנחלתם אל פי יהוה את הערים האלה ואת מגרשיהן 3
त्यसैले इस्राएलका मानिसहरूले परमप्रभुको आज्ञाद्वारा लेवीहरूलाई तिनीहरूका खर्कहरूसहित तिनीहरूको उत्तराधिकारबाट निम्‍न सहरहरू दिए ।
ויצא הגורל למשפחת הקהתי ויהי לבני אהרן הכהן מן הלוים ממטה יהודה וממטה השמעני וממטה בנימן בגורל--ערים שלש עשרה 4
कहातीहरूका निम्ति हालेको चिट्ठाको परिणाम यस्तो आयोः लेवीबाट जन्‍मेका हारूनका सन्तानहरू, पुजारीहरूले यहूदाको कुलबाट, शिमियोनका कुलबाट र बेन्यामीनको कुलबाट दिइएका तेह्रवटा सहर पाए ।
ולבני קהת הנותרים ממשפחת מטה אפרים וממטה דן ומחצי מטה מנשה בגורל--ערים עשר 5
बाँकी कहातीहरूलाई एफ्राइम, दान र मनश्शेको आधा कुलबाट दश सहर दिइयो ।
ולבני גרשון ממשפחות מטה יששכר וממטה אשר וממטה נפתלי ומחצי מטה מנשה בבשן בגורל--ערים שלש עשרה 6
त्यसपछि गेर्शोनबाट जन्मेका मानिसहरूलाई चिट्ठाद्वारा इस्साखार, आशेर, नप्‍तली र बाशानमा मनश्शेको आधा कुलबाट तेह्रवटा सहर दिइयो ।
לבני מררי למשפחתם ממטה ראובן וממטה גד וממטה זבולן--ערים שתים עשרה 7
मरारीका सन्तानहरूका कुल-कुलअनुसार रूबेन, गाद र जबूलूनको कुलबाट बाह्रवटा सहर पाए ।
ויתנו בני ישראל ללוים את הערים האלה ואת מגרשיהן כאשר צוה יהוה ביד משה בגורל 8
त्यसैले इस्राएलका मानिसहरूले परमप्रभुले मोशाद्वारा आज्ञा दिनुभएमुताबिक लेवीहरूलाई यी सहरहरू (तिनीहरूका खर्कहरूसहित) चिट्ठा हालेर दिए ।
ויתנו ממטה בני יהודה וממטה בני שמעון--את הערים האלה אשר יקרא אתהן בשם 9
यहूदा र शिमियोनका कुलहरूबाट तिनीहरूले यहाँ नाउँद्वारा सूची बनाएअनुसार दिए ।
ויהי לבני אהרן ממשפחות הקהתי מבני לוי כי להם היה הגורל ראישנה 10
यी सहरहरू हारूनका सन्तानहरूलाई दिइयो, जो कहाती कुलका थिए र लेवी वंशबाटका थिए । किनभने पहिले हालेको चिट्ठा तिनीहरूलाई पर्‍यो ।
ויתנו להם את קרית ארבע אבי הענוק היא חברון--בהר יהודה ואת מגרשה סביבתיה 11
इस्राएलीहरूलाई किर्यत-अर्बा (अर्बा अनाका पिता थिए) अर्थात् जुन हेब्रोन हो यहूदाको पहाडी देशमा यसका खर्कहरूसहित तिनीहरूलाई दिए ।
ואת שדה העיר ואת חצריה נתנו לכלב בן יפנה באחזתו 12
तर तिनीहरूका गाउँहरूसहित सहरका खेतहरू यपुन्‍नेका छोरा कालेबलाई पहिले नै तिनको अधिकारको रूपमा दिइएको थियो ।
ולבני אהרן הכהן נתנו את עיר מקלט הרצח--את חברון ואת מגרשה ואת לבנה ואת מגרשה 13
तिनीहरूले पुजारी हारूनका सन्तानहरूलाई यसका खर्कहरूसहित हेब्रोन, जुन अरूलाई अनजानमा मार्ने मानिसको निम्ति शरण-नगर थियो, र यसको खर्कसहित लिब्‍ना,
ואת יתר ואת מגרשה ואת אשתמע ואת מגרשה 14
यसको खर्कसहित यत्तीर, र यसको खर्कसहित एश्तमो दिए ।
ואת חלן ואת מגרשה ואת דבר ואת מגרשה 15
तिनीहरूले यसको खर्कसहित होलोन, यसको खर्कसहित दबीर,
ואת עין ואת מגרשה ואת יטה ואת מגרשה את בית שמש ואת מגרשה ערים תשע--מאת שני השבטים האלה 16
यसको खर्कसहित ऐन, यसको खर्कसहित युत्ता र यसको खर्कसहित बेथ-शेमेश दिए । यी दुई कुलबाट दिइएका नौवटा सहर थिए ।
וממטה בנימין את גבעון ואת מגרשה את גבע ואת מגרשה 17
बेन्यामीनको कुलबाट यसको खर्कसहित गिबोन, यसको खर्कसहित गेबा,
את ענתות ואת מגרשה ואת עלמון ואת מגרשה ערים ארבע 18
यसको खर्कसहित अनातोत, र यसको खर्कसहित चारवटा सहर दिइयो ।
כל ערי בני אהרן הכהנים--שלש עשרה ערים ומגרשיהן 19
हारूनका सन्तानहरू, पुजारीहरूलाई दिइएका सहरहरू तिनीहरूका खर्कहरूसहित तेह्रवटा थिए ।
ולמשפחות בני קהת הלוים הנותרים מבני קהת ויהי ערי גורלם ממטה אפרים 20
बाँकी कहातीहरू जो लेवी कुलको कहाती थिए, तिनीहरूले चिट्ठा हालेर एफ्राइमको कुलबाट तिनीहरूलाई दिएका थिए ।
ויתנו להם את עיר מקלט הרצח את שכם ואת מגרשה--בהר אפרים ואת גזר ואת מגרשה 21
तिनीहरू कसैलाई अनजानमा मानिस मार्ने व्यक्‍तिको निम्ति शरण-नगरको निम्ति एफ्राइमको पहाडी देशमा यसको खर्कसहित शकेम, गेजेर,
ואת קבצים ואת מגרשה ואת בית חורן ואת מגרשה ערים ארבע 22
यसको खर्कसहित किब्सैम र यसको खर्कसहित बेथ-होरोन गरी चाटवटा सहर दिइयो ।
וממטה דן--את אלתקא ואת מגרשה את גבתון ואת מגרשה 23
दानको कुलबाट कहातको कुललाई यसको खर्कसहित एल्तके, यसको खर्कसहित गिब्‍बतोन,
את אילון ואת מגרשה את גת רמון ואת מגרשה ערים ארבע 24
यसको खर्कसहित अय्यालोन र यसको खर्कसहित गात-रिम्मोन गरी चारवटा सहर दिइयो ।
וממחצית מטה מנשה--את תענך ואת מגרשה ואת גת רמון ואת מגרשה ערים שתים 25
मनश्शेको कुलबाट कहातको कुललाई यसको खर्कसहित तानाक र यसको खर्कसहित गात-रिम्‍मोन गरी दुईवटा सहर दिइयो ।
כל ערים עשר ומגרשיהן למשפחות בני קהת הנותרים 26
तिनीहरूका खर्कसहित बाँकी कहाती कुलका निम्ति दसवटा सहर थिए ।
ולבני גרשון ממשפחת הלוים--מחצי מטה מנשה את עיר מקלט הרצח את גלון (גולן) בבשן ואת מגרשה ואת בעשתרה ואת מגרשה ערים שתים 27
मनश्शेको आधा कुलबाट अन्य लेवी कुल अर्थात् गेर्शोनको कुललाई तिनीहरूले यसको खर्कसहित गोलान अनजानमा मानिसलाई मार्ने व्यक्‍तिको निम्ति शरण-नगर हुनलाई साथै यसको खर्कसहित बे-एश्तरा गरी दुईवटा दिए ।
וממטה יששכר את קשיון ואת מגרשה את דברת ואת מגרשה 28
गेर्सोनका कुललाई तिनीहरूले इस्साखारको कुलबाट यसको खर्कसहित किश्योन, यसको खर्कसहित दाबरत,
את ירמות ואת מגרשה את עין גנים ואת מגרשה ערים ארבע 29
यसको खर्कसहित यर्मूत र यसको खर्कसहित एन-गन्‍नीम गरी चारवटा सहर दिए ।
וממטה אשר את משאל ואת מגרשה את עבדון ואת מגרשה 30
आशेरको कुलबाट तिनीहरूले यसको खर्कसहित मिशाल, यसको खर्कसहित अब्दोन,
את חלקת ואת מגרשה ואת רחב ואת מגרשה ערים ארבע 31
यसको खर्कसहित हल्केत र यसको खर्कसहित रहोब गरी चाटवटा सहर दिए ।
וממטה נפתלי את עיר מקלט הרצח את קדש בגליל ואת מגרשה ואת חמת דאר ואת מגרשה ואת קרתן ואת מגרשה ערים שלש 32
नप्‍तलीको कुलबाट, तिनीहरूले गेर्शोनको कुललाई यसको खर्कसहित गालीलमा केदेश, कसैलाई अनजानमा मार्ने व्यक्‍तिको निम्ति शरण-नगरको रूपमा; यसको खर्कसहित हम्मोत-डोर र यसको खर्कसहित कर्तान गरी जम्मा तिनवटा सहर दिए ।
כל ערי הגרשני למשפחתם--שלש עשרה עיר ומגרשיהן 33
गेर्शोनको कुलबाट तिनीहरूका खर्कसहित जम्मा तेह्रवटा सहर थिए ।
ולמשפחות בני מררי הלוים הנותרים--מאת מטה זבולן את יקנעם ואת מגרשה את קרתה ואת מגרשה 34
बाँकी लेवीहरू माकीरको कुललाई जबूलूनको कुलबाट यी सहरहरू दिइयोः यसको खर्कसहित योक्‍नाम, यसको खर्कसहित कर्तह,
את דמנה ואת מגרשה את נהלל ואת מגרשה ערים ארבע 35
यसको खर्कसहित दिम्‍ना र यसको खर्कसहित नहलल गरी जम्मा चारवटा सहर दिइयो ।
וממטה גד את עיר מקלט הרצח את רמת בגלעד ואת מגרשה ואת מחנים ואת מגרשה 36
मरारीको कुललाई यी सहरहरू दिइयोः यसको खर्कसहित बेसेर,
את חשבון ואת מגרשה את יעזר ואת מגרשה כל ערים ארבע 37
यसको खर्कसहित यहसा, यसको खर्कसहित कदेमोत, र यसको खर्कसहित मेपात गरी चारवटा सहर ।
כל הערים לבני מררי למשפחתם הנותרים ממשפחות הלוים ויהי גורלם--ערים שתים עשרה 38
गादको कुलबाट तिनीहरूले यसको खर्कसहित गिलादमा रामोतलाई अरूलाई अनजानमा मार्ने व्यक्‍तिको निम्ति शरण-नगरको रूपमा, र यसको खर्कसहित महनोम दिए ।
כל ערי הלוים בתוך אחזת בני ישראל--ערים ארבעים ושמנה ומגרשיהן 39
मरारीका कुललाई यसको खर्कसहित हेश्बोन र यसको खर्कसहित याजेर पनि दिइयो । यी चारवटा सहर थिए ।
תהיינה הערים האלה--עיר עיר ומגרשיה סביבתיה כן לכל הערים האלה 40
यी सबै सहर मरारी कुलका थिए जो लेवी कुलबाटका थिए, तिनीहरूलाई चिट्ठा हालेर बाह्रवटा सहर दिइयो ।
ויתן יהוה לישראל את כל הארץ אשר נשבע לתת לאבותם וירשוה וישבו בה 41
लेवीका सहरहरू इस्राएलका मानिसहरूको अधीनमा रहेको भू-भागको बिचबाट लिइएका सहरहरू तिनीहरूका खर्कसहित अठचालिसवटा थिए ।
וינח יהוה להם מסביב ככל אשר נשבע לאבותם ולא עמד איש בפניהם מכל איביהם--את כל איביהם נתן יהוה בידם 42
यी हरेक सहरको आ-आफ्नै खर्कहरू थिए । सबै सहरको यस्तै नै थियो ।
לא נפל דבר--מכל הדבר הטוב אשר דבר יהוה אל בית ישראל הכל בא 43
यसरी परमप्रभुले इस्राएलका पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको सबै भू-भाग दिनुभयो । इस्राएलीहरूले यो कब्जा गरे र त्यहाँ बसोबास गरे ।
44
त्यसपछि परमप्रभु तिनीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएबमोजिम नै तिनीहरूलाई चारैतिर विश्राम दिनुभयो । तिनीहरूका एक जना शत्रुले पनि तिनीहरूलाई पराजित गर्न सकेन । परमप्रभुले तिनीहरूका सबै शत्रुलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो ।
45
परमप्रभुले इस्राएलको घरानालाई भन्‍नुभएका सबै असल प्रतिज्ञाहरूमध्ये एउटा पनि सत्य हुन आउनबाट चुकेन । ती सबै नै पुरा हुन आए ।

< יהושע 21 >