< איוב 7 >

הלא-צבא לאנוש על- (עלי-) ארץ וכימי שכיר ימיו 1
के मानिसले पृथ्वीमा कठिन परिश्रम गर्दैन र? के उसका दिन ज्यालादारी मानिसका दिनजस्तै हुँदैनन् र?
כעבד ישאף-צל וכשכיר יקוה פעלו 2
एउटा दासले उत्‍सुकतासाथ साँझको छायाको इच्छा गरेझैं, एक जना ज्यालादारीले आफ्नो ज्यालाको आशा गर्छ ।
כן הנחלתי לי ירחי-שוא ולילות עמל מנו-לי 3
यसरी मलाई दुःखका महिनाहरू सहन लगाइएको छ । मलाई कष्‍टले भरिएका रातहरू दिइएका छन् ।
אם-שכבתי-- ואמרתי מתי אקום ומדד-ערב ושבעתי נדדים עדי-נשף 4
म पल्टिदाँ म आफैलाई भन्छु, 'म कहिले ब्युँझनेछु, र रात कहिले बित्‍नेछ?' मिरमिरे उज्यालो नहुञ्जेल म यताउता छटपटाउँछु ।
לבש בשרי רמה וגיש (וגוש) עפר עורי רגע וימאס 5
मेरो शरीर किराहरू र धूलोको डल्‍लाहरूले ढाकिएको छ । मेरो जीउका खटिरा टन्‍किन्‍छन्, र फुट्‍छन् र पिप बग्‍छन् ।
ימי קלו מני-ארג ויכלו באפס תקוה 6
मेरा दिनहरू सिलाउनेको चक्‍काभन्दा चाँडो बित्छन् । ती आशाविनै बितेर जान्छन् ।
זכר כי-רוח חיי לא-תשוב עיני לראות טוב 7
हे परमेश्‍वर, मेरो जीवनलाई केवल एक सास सम्झनुहोस् । मेरो आँखाले फेरि असल देख्‍न पाउनेछैन ।
לא-תשורני עין ראי עיניך בי ואינני 8
मलाई हेर्ने परमेश्‍वरका आँखाले फेरि मलाई हेर्ने छैन । परमेश्‍वरका आँखा ममाथि हुनेछ, तर मेरो अस्‍तत्‍व हुनेछैन ।
כלה ענן וילך כן יורד שאול לא יעלה (Sheol h7585) 9
जसरी बादल फट्छ र हराएर जान्‍छ, त्यसरी नै चिहानमा जाने फेरि फर्केर आउनेछैन । (Sheol h7585)
לא-ישוב עוד לביתו ולא-יכירנו עוד מקמו 10
ऊ फेरि आफ्नो घरमा फर्कनेछैन, न त उसको ठाउँले फेरि उसलाई चिन्‍नेछ ।
גם-אני לא אחשך-פי אדברה בצר רוחי אשיחה במר נפשי 11
त्यसकारण म आफ्‍नो मुख बन्‍द गर्दिन । म आफ्‍नो आत्माको वेदनामा बोल्नेछु । म आफ्‍नो प्राणको तिक्ततामा गनगन गर्नेछु ।
הים-אני אם-תנין כי-תשים עלי משמר 12
तपाईंले ममाथि रक्षक राख्‍नलाई, के म समुद्र वा समुद्रको राक्षस हुँ र?
כי-אמרתי תנחמני ערשי ישא בשיחי משכבי 13
जब म भन्‍छु, 'मेरो ओछ्यानले मलाई सान्त्वना दिनेछ, र मेरो खाटले मेरो गुनासोलाई चैन दिन्छ,'
וחתתני בחלמות ומחזינות תבעתני 14
तब तपाईंले सपनाहरूले मलाई तर्साउनुहुन्छ र दर्शनहरूद्वारा मलाई आतङ्कित पार्नुहुन्छ,
ותבחר מחנק נפשי מות מעצמותי 15
जसले गर्दा मेरा यी हड्‍डीलाई जोगाउनुभन्दा, बरु घाँटी च्‍याप्‍ने कुरा र मृत्युलाई रोज्छु ।
מאסתי לא-לעלם אחיה חדל ממני כי-הבל ימי 16
म मेरो जीवनलाई घृणा गर्छु । म सधैँ जिउने इच्छा गर्दिनँ । मलाई एक्‍लै छोडिदिनुहोस्, किनकि मेरा दिनहरू व्‍यर्थ छन् ।
מה-אנוש כי תגדלנו וכי-תשית אליו לבך 17
मानिस के हो र तपाईंले उसको ख्याल राख्‍नुपर्ने, तपाईंले आफ्नो मनलाई उसमा लगाउनुपर्ने,
ותפקדנו לבקרים לרגעים תבחננו 18
हरेक बिहान तपाईंले उसको हेरचाह गर्नुपर्ने, हरेक क्षण उसको जाँच गर्नुपर्ने?
כמה לא-תשעה ממני לא-תרפני עד-בלעי רקי 19
तपाईंले आफ्‍ना आँखा मबाट कहिले हटाउनुहुन्‍छ, आफ्‍नो थुक निल्न मलाई तपाईंले कहिले एक्‍लै छोड्नुहुन्‍छ?
חטאתי מה אפעל לך-- נצר האדם למה שמתני למפגע לך ואהיה עלי למשא 20
मैले पाप नै गरेको भए पनि, हे मानिसलाई हेर्नुहुने, त्‍यसले तपाईंलाइ के हुन्‍छ त? तपाईंले मलाई किन निसाना बनाउनुभएको छ जसको कारण म तपाईंको लागि बोझ छु?
ומה לא-תשא פשעי-- ותעביר את-עוני כי-עתה לעפר אשכב ושחרתני ואינני 21
किन मेरो अपराध तपाईंले क्षमा गर्नुहुन्‍न र मेरो अधर्म हटाउनुहुन्‍न? अब म धूलोमा पल्टनेछु । तपाईंले मलाई ध्‍यानपूर्वक खोज्नुहुनेछ, तर मेरो अस्‍तित्‍व रहनेछैन ।”

< איוב 7 >