< ירמיה 51 >

כה אמר יהוה הנני מעיר על בבל ואל ישבי לב קמי--רוח משחית 1
“परमप्रभु यसो भन्‍नुहुन्छः ‘हेर्, बेबिलोनको विरुद्धमा र लेब-कमाइमा बस्‍नेहरूको विरुद्धमा समेत मैले विनाशको हुरीबतासलाई उत्तेजित पार्नै लागेको छु ।
ושלחתי לבבל זרים וזרוה ויבקקו את ארצה כי היו עליה מסביב ביום רעה 2
म बेबिलोनमा विदेशीहरू पठाउनेछु । तिनीहरूले त्‍यसलाई तितर-बितर पार्नेछन्, र त्यसको देशलाई सर्वनाश गर्नेछन्, किनकि विपत्तिको दिनमा तिनीहरू चारैतिरबाट त्यसको विरुद्धमा आउनेछन् ।
אל ידרך ידרך הדרך קשתו ואל יתעל בסרינו ואל תחמלו אל בחריה--החרימו כל צבאה 3
धनुर्धारीहरूलाई आफ्ना धनु तान्‍न नदेओ । तिनीहरूलाई कवच लगाउन नदेओ । त्यसका युवाहरूलाई नजोगाऊ । त्यसका सम्पूर्ण सेनालाई विनाशको लागि अलग गर ।
ונפלו חללים בארץ כשדים ומדקרים בחוצותיה 4
किनभने घाइते मानिसहरू कल्दीहरूको देशमा ढल्नेछन् । मारिएकाहरू त्यसका सडकहरूमा ढल्नेछन् ।
כי לא אלמן ישראל ויהודה מאלהיו--מיהוה צבאות כי ארצם מלאה אשם מקדוש ישראל 5
किनभने इस्राएल र यहूदाको देश इस्राएलका परमपवित्रको विरुद्धमा गरिएको अपराधले भरिएको भए तापनि सर्वशक्तिमान् परमप्रभु तिनीहरूका परमेश्‍वरले तिनीहरूलाई बिर्सनुभएको छैन ।
נסו מתוך בבל ומלטו איש נפשו--אל תדמו בעונה כי עת נקמה היא ליהוה--גמול הוא משלם לה 6
बेबिलोनको बिचबाट भाग । हरेक मानिसलाई आफ्नै ज्यान बचाउन देओ । त्यसको अधर्ममा नष्‍ट नहोओ । किनकि यो परमप्रभुको बदलको समय हो । त्यसका सबै कुराको बदला उहाँले लिनुहुनेछ ।
כוס זהב בבל ביד יהוה--משכרת כל הארץ מיינה שתו גוים על כן יתהללו גוים 7
परमप्रभुको हातमा बेबिलोन एउटा सुनको कचौरा थियो जसले सारा संसारलाई मत्त्‍याएको थियो । जातिहरूले त्यसको दाखमद्य पिए र बौलाहा भए ।
פתאם נפלה בבל ותשבר הילילו עליה קחו צרי למכאובה--אולי תרפא 8
बेबिलोन अकस्मात् ढल्‍नेछ, र नष्‍ट हुनेछ । त्यसको लागि विलाप गर । त्यसको पीडाको लागि औषधी देओ । सायद त्यो निको हुनेछ ।
רפאנו את בבל ולא נרפתה--עזבוה ונלך איש לארצו כי נגע אל השמים משפטה ונשא עד שחקים 9
'हामीले बेबिलोनलाई निको पार्न चाह्यौं, तर त्यो निको भएन । हामी सबैले त्यसलाई छोडौं र हाम्रो आफ्नै देशमा जाऔं । किनकि त्यसको दोष आकाशसम्मै पुगेको छ । यो बादलमा थुप्रिएको छ ।
הוציא יהוה את צדקתינו באו ונספרה בציון את מעשה יהוה אלהינו 10
परमप्रभुले हामीलाई निर्दोष घोषणा गर्नुभएको छ । आओ, सियोनमा परमप्रभु हाम्रा परमेश्‍वरका कामहरू बताऔं ।'
הברו החצים מלאו השלטים--העיר יהוה את רוח מלכי מדי כי על בבל מזמתו להשחיתה כי נקמת יהוה היא נקמת היכלו 11
काँडहरू तिखा बनाओ र ढालहरू उठाओ । बेबिलोनलाई नष्‍ट गर्ने योजनामा परमप्रभुले मादीका राजाको आत्मालाई उत्तेजित पार्दै हुनुहुन्छ । यो परमप्रभुको बदला हो, उहाँको मन्दिरको विनाशको लागि लिइने बदला हो ।
אל חומת בבל שאו נס החזיקו המשמר--הקימו שמרים הכינו הארבים כי גם זמם יהוה--גם עשה את אשר דבר אל ישבי בבל 12
बेबिलोनका पर्खालहरूमा झण्डा फहराओ । गार्डहरूलाई सजग बनाओ । पहरेदारहरू खडा गर । लुकेर हमला गर्ने ठाउँहरू तयार गर । किनभने बेबिलोनको विषयमा परमप्रभुले जे भन्‍नुभएको छ, त्यो उहाँले गर्नुहुनेछ ।
שכנתי (שכנת) על מים רבים רבת אוצרת בא קצך אמת בצעך 13
ए धेरै पानी भएको ठाउँनेर बस्‍ने मानिसहरू हो, ए धेरै धन-सम्पत्ति भएका मानिसहरू हो, तिमीहरूको अन्त्य आएको छ । तिमीहरूको जीवनको धागो अब काटेर छोटो पारिएको छ ।
נשבע יהוה צבאות בנפשו כי אם מלאתיך אדם כילק וענו עליך הידד 14
सर्वशक्तिमान् परमप्रभुले आफ्नै जीवनको शपथ खानुभएको छ, ‘सलहको हुलझैं म तिमीहरूका बिचमा मानिसहरूले भर्नेछु, र तिनीहरूले तिमीहरूको विरुद्धमा युद्धको सोर निकाल्ने छन् ।’
עשה ארץ בכחו מכין תבל בחכמתו ובתבונתו נטה שמים 15
उहाँले आफ्नै शक्तिले पृथ्वी बनाउनुभएको छ । उहाँले आफ्नै बुद्धिले संसारलाई त्‍यसको ठाउँमा राख्‍नुभयो । उहाँले आफ्नो समझशक्तिद्वारा उहाँले आकाशलाई तान्‍नुभयो ।
לקול תתו המון מים בשמים ויעל נשאים מקצה ארץ ברקים למטר עשה ויוצא רוח מאצרתיו 16
उहाँ गर्जनुहुँदा आकाशमा पानीको गड्याङगुडुङ हुन्छ, किनकि उहाँले पृथ्वीको छेउबाट तुवाँलो ल्याउनुहुन्छ । उहाँले वर्षाको लागि बिजुली चम्काउनुहुन्छ, र आफ्नो भण्डारहरूबाट बतास पठाउनुहुन्छ ।
נבער כל אדם מדעת הביש כל צרף מפסל כי שקר נסכו ולא רוח בם 17
हरेक मानिस ज्ञानविना अज्ञानी भएको छ । हरेक सुनार उसका मूर्तिहरूद्वारा लाजमा पारिएको छ । किनभने उसले ढालेर बनाएका प्रतिमूर्तिहरू झूटा हुन्, र तिनमा जीवन हुँदैन ।
הבל המה מעשה תעתעים בעת פקדתם יאבדו 18
ती बेकम्मा छन् । ती गिल्ला गर्नेहरूका काम हुन् । तिनीहरूको दण्डको समयमा ती नष्‍ट हुनेछन् ।
לא כאלה חלק יעקוב כי יוצר הכל הוא--ושבט נחלתו יהוה צבאות שמו 19
तर परमेश्‍वर जो याकूबको हिस्सा हुनुहुन्छ, उहाँ यीजस्ता हुनुहुन्‍न, किनकि उहाँले नै सबै थोक बनाउनुहुन्छ । इस्राएल उहाँको उत्तराधिकारको कुल हो । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।
מפץ אתה לי כלי מלחמה ונפצתי בך גוים והשחתי בך ממלכות 20
तँ मेरो युद्धको घन, युद्धको लागि मेरो हतियार हो । तँद्वारा नै म जातिहरूलाई टुक्रा-टुक्रा पार्नेछु, र राज्यहरूलाई नष्‍ट पार्नेछु ।
ונפצתי בך סוס ורכבו ונפצתי בך רכב ורכבו 21
तँद्वारा नै म घोडाहरू र तिनमा सवार हुनेहरूलाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म रथहरू र सारथीहरूलाई टुक्रा-टुक्रा पार्नेछु ।
ונפצתי בך איש ואשה ונפצתי בך זקן ונער ונפצתי בך בחור ובתולה 22
तँद्वारा नै म हरेक पुरुष र स्‍त्रीलाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म पाकाहरू र बालबालिकालाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म युवाहरू र कन्या केटीहरूलाई टुक्रा-टुक्रा पार्नेछु ।
ונפצתי בך רעה ועדרו ונפצתי בך אכר וצמדו ונפצתי בך פחות וסגנים 23
तँद्वारा नै म गोठालाहरू र तिनीहरूका बगालहरूलाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म जोत्‍ने मानिसहरू र तिनीहरूको समूहलाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म गभर्नरहरू र अधिकारीहरूलाई टुक्रा-टुक्रा पार्नेछु ।
ושלמתי לבבל ולכל יושבי כשדים את כל רעתם אשר עשו בציון--לעיניכם נאם יהוה 24
तैंले देख्‍ने गरी म बेबिलोन र कल्दीका सबै बासिन्दालाई बदला लिनेछु, किनकि तिनीहरूले सियोनमा सारा किसिमका दुष्‍ट काम गरेका छन्, यो परमप्रभुको घोषणा हो ।
הנני אליך הר המשחית נאם יהוה המשחית את כל הארץ ונטיתי את ידי עליך וגלגלתיך מן הסלעים ונתתיך להר שרפה 25
ए विनाशको पहाड, म तेरो विरुद्धमा छु जसले सारा पृथ्वीलाई नष्‍ट पार्छ, यो परमप्रभुको घोषणा हो । तेरो विरुद्धमा म आफ्‍नो हात पसार्नेछु, र तँलाई भिरबाट तल खसाल्‍नेछु, र तँलाई डढेलो लागेको पहाड तुल्याउनेछु ।
ולא יקחו ממך אבן לפנה ואבן למוסדות כי שממות עולם תהיה נאם יהוה 26
त्यसैले तिनीहरूले भवनको कुने-ढुङ्गो वा जग बसाल्न तँबाट कुनै कुनै ढुङ्गा लिनेछैनन् । किनकि तँ सदाको निम्ति सर्वानाश हुनेछस्, यो परमप्रभुको घोषणा हो ।
שאו נס בארץ תקעו שופר בגוים קדשו עליה גוים--השמיעו עליה ממלכות אררט מני ואשכנז פקדו עליה טפסר העלו סוס כילק סמר 27
पृथ्वीमा झण्ड फहराओ । जातिहरूका बिचमा तुरही फुक । त्यसलाई आक्रमण गर्न जातिहरू अर्थात् आरारात, मिन्‍नी र अशकनजलाई बोलाओ । त्यसलाई आक्रमण गर्न कमान्‍डर नियुक्त गर । सलहहरूको हुलझैं घोडाहरू ल्याओ ।
קדשו עליה גוים את מלכי מדי את פחותיה ואת כל סגניה ואת כל ארץ ממשלתו 28
त्यसलाई आक्रमण गर्न जातिहरूलाई तयार पार । मादीका राजाहरू, त्यसका गभर्नरहरू, त्यसका सबै अधिकारी र त्यसले शासन गरेका सबै देशलाई तयार पार ।
ותרעש הארץ ותחל כי קמה על בבל מחשבות יהוה לשום את ארץ בבל לשמה מאין יושב 29
किनकि देश हल्लिनेछ, र वेदनामा हुनेछ, किनकि कुनै बासिन्दा नबस्‍ने गरी बेबिलोनको देशलाई उजाड पार्ने परमप्रभुका योजनाहरू बेबिलोनका विरुद्धमा जारी छन् ।
חדלו גבורי בבל להלחם ישבו במצדות--נשתה גבורתם היו לנשים הציתו משכנתיה נשברו בריחיה 30
बेबिलोनका सिपाहीहरूले लडाइँ गर्न रोकेका छन् । तिनीहरू आ-आफ्ना किल्लाहरूमा बस्छन् । तिनीहरूको ताकत हराएर गएको छ । तिनीहरू स्‍त्रीझैं भएका छन् । त्यसका घरहरू आगो लगाइएका छन्, र त्यसका मूल ढोकाका गजबारहरू भाँचिएका छन् ।
רץ לקראת רץ ירוץ ומגיד לקראת מגיד--להגיד למלך בבל כי נלכדה עירו מקצה 31
बेबिलोनका राजाको सहरको एउटा छेउदेखि अर्को छेउसम्म कब्जा गरिएको छ भनी राजालाई सुनाउन एउटा समाचारवाहक अर्को समाचारवाहककहाँ दौडन्छ, र एउटा धावकले अर्को धावकलाई बताउँछ ।
והמעברות נתפשו ואת האגמים שרפו באש ואנשי המלחמה נבהלו 32
नदीका जँघारहरू कब्जा गरिएका छन् । शत्रुले सिमसारहरूमा आगो लगाउँदैछ, र बेबिलोनका योद्धाहरू अलमलमा पारिएका छन् ।”
כי כה אמר יהוה צבאות אלהי ישראל בת בבל כגרן עת הדריכה עוד מעט ובאה עת הקציר לה 33
किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः बेबिलोनकी छोरी खलाजस्तै छे । यो त्यसलाई कुल्चने समय हो । केही क्षणमा नै त्यसको कटनीको समय आउनेछ ।
אכלנו (אכלני) הממנו (הממני) נבוכדראצר מלך בבל הציגנו (הציגני) כלי ריק בלענו (בלעני) כתנין מלא כרשו מעדני הדיחנו (הדיחני) 34
'बेबिलोनका राजा नबूकदनेसरले मलाई खाएको छ, उसले मलाई अलमलमा पारेको छ, र मलाई रित्तो भाँडो बनाएको छ । राक्षसले झैं त्यसले मलाई निलेको छ । मेरा स्वादिष्‍ट खानाले त्यसले आफ्‍नो पेट भरेको छ, र त्यसले मलाई बान्ता गरेर फालेको छ ।'
חמסי ושארי על בבל תאמר ישבת ציון ודמי אל ישבי כשדים תאמר ירושלם 35
सियोनमा बस्‍नेले भन्छ, 'म र मेरो विरुद्धमा गरिएको हिंसा बेबिलोनमाथि नै परोस् ।' यरूशलेमले भन्‍नेछ, 'मेरो रगत कल्दीका बासिन्दाहरूमाथि परोस्' ।”
לכן כה אמר יהוה הנני רב את ריבך ונקמתי את נקמתך והחרבתי את ימה והבשתי את מקורה 36
त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, मैले तेरो पक्ष लिन र तेरो लागि बदला लिन लागेको छु । किनकि म बेबिलोनको नदी सुकानेछु, र त्यसका पानीका मुहानहरू सुक्खा तुल्यानेछु ।
והיתה בבל לגלים מעון תנים שמה ושרקה מאין יושב 37
बेबिलोन भग्‍नावशेषको थुप्रो, स्यालहरू ओडार, त्रास र गिल्लाको पात्र हुनेछ, जहाँ कोही बासिन्‍दा छैन ।
יחדו ככפרים ישאגו נערו כגורי אריות 38
बेबिलोनीहरू जवान सिंहहरूजस्तै गर्जन्छन् । तिनीहरू सिंहका बच्‍चाहरूजस्तै कराउँछन् ।
בחמם אשית את משתיהם והשכרתים למען יעלזו וישנו שנת עולם ולא יקיצו--נאם יהוה 39
तिनीहरू लोभले रिसाउँदा म तिनीहरूका निम्ति भोज तयार पार्नेछु । म तिनीहरूलाई मत्त्याउनेछु, यसैले कि तिनीहरू खुसी हुनेछन्, र तिनीहरू चिर निद्रामा सुत्‍नेछन्, अनि बिउँझने छैनन्, यो परमप्रभुको घोषणा हो—
אורידם ככרים לטבוח--כאילים עם עתודים 40
म तिनीहरूलाई मारिनलाई लगिएका थुमाहरू, बोकाहरूसँगै भेडाहरूझैं तल पठाउनेछु ।
איך נלכדה ששך ותתפש תהלת כל הארץ איך היתה לשמה בבל בגוים 41
कसरी बेबिलोनलाई कब्जा गरिएको छ! सारा पृथ्वीको प्रशंसा पक्राउमा परेको छ । कसरी बेबिलोन जातिहरूका बिचमा भग्‍नावशेषको ठाउँ भएको छ!
עלה על בבל הים בהמון גליו נכסתה 42
बेबिलोनको माथि समुद्र आएको छ । यसका उर्लंदा छालहरूले त्यो ढाकिएको छ ।
היו עריה לשמה ארץ ציה וערבה ארץ לא ישב בהן כל איש ולא יעבר בהן בן אדם 43
त्यसका सहरहरू उजाड, सुक्खा भूमि र मरुभूमि भएका छन्, जहाँ कोही बस्दैन, र कुनै मानिस त्यताबाट जाँदैन ।
ופקדתי על בל בבבל והצאתי את בלעו מפיו ולא ינהרו אליו עוד גוים גם חומת בבל נפלה 44
त्यसैले म बेबिलोनमा नै बेललाई दण्ड दिनेछु । त्यसले आफ्नो मुखमा जे निलेको थियो, त्यो म बाहिर निकाल्नेछु, र जातिहरूले आ-आफ्ना उपहारहरू लिएर फेरि त्यसकहाँ ओइरिने छैनन् । बेबिलोनका पर्खालहरू ढल्नेछन् ।
צאו מתוכה עמי ומלטו איש את נפשו--מחרון אף יהוה 45
ए मेरा मानिसहरू हो, त्यसको बिचबाट बाहिर जाओ । मेरो क्रोधको ज्वालाबाट तिमीहरू हरेले आफ्नो प्राण बचाओ ।
ופן ירך לבבכם ותיראו בשמועה הנשמעת בארץ ובא בשנה השמועה ואחריו בשנה השמועה וחמס בארץ ומשל על משל 46
देशमा सुनिएको खबरले तिमीहरूको हृदयमा डर वा भय नहोस्, किनकि खबर एक वर्षसम्म आउनेछ । यसपछि अर्को वर्ष देशमा खबर र हिंसा हुनेछ । शासक शासकको विरुद्धमा हुनेछ ।
לכן הנה ימים באים ופקדתי על פסילי בבל וכל ארצה תבוש וכל חלליה יפלו בתוכה 47
त्यसकारण, हेर, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म बेबिलोनका खोपेर बनाइएका मूर्तिहरूलाई दण्ड दिनेछु । त्यसका सारा देश लाजमा पर्नेछन्, र त्यसका मारिएकाहरू सबै त्यसकै बिचमा ढल्नेछन् ।
ורננו על בבל שמים וארץ וכל אשר בהם כי מצפון יבוא לה השודדים נאם יהוה 48
त्यसपछि स्वर्ग र पृथ्वी अनि तिनमा भएका सबै कुराले बेबिलोनमाथि रमाहट गर्नेछन् । किनकि त्यसका विनाशकहरू उत्तरबाट आउनेछन्— यो परमप्रभुको घोषणा हो ।
גם בבל לנפל חללי ישראל גם לבבל נפלו חללי כל הארץ 49
जसरी बेबिलोनले इस्राएलका मारिएकाहरूलाई ढालेको छ, त्यसरी नै त्यस देशका मारिएकाहरू बेबिलोनमा ढल्‍नेछन् ।
פלטים מחרב הלכו אל תעמדו זכרו מרחוק את יהוה וירושלם תעלה על לבבכם 50
तरवारबाट बाँचेकाहरू हो, जाओ । अझै नबस । टाढा-टाढाबाट मनले परमप्रभुलाई पुकार । यरूशलेमको सम्झना गरियोस् ।
בשנו כי שמענו חרפה כסתה כלמה פנינו כי באו זרים על מקדשי בית יהוה 51
हामी लज्‍जित छौं, किनकि हामीले अपमान सुनेका छौं । निन्दाले हाम्रा मुहार ढाकेको छ, किनकि विदेशीहरू परमप्रभुको मन्दिरको पवित्रस्थानमा छिरेका छन् ।
לכן הנה ימים באים נאם יהוה ופקדתי על פסיליה ובכל ארצה יאנק חלל 52
त्यसकारण, हेर्, यो परमप्रभुको घोषणा हो, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म त्यसका खोपेर बनाइएका मूर्तिहरूलाई दण्ड दिनेछु, र त्यस देशका चारैतिर घाइते मानिसहरू पीडामा कराउनेछन् ।
כי תעלה בבל השמים וכי תבצר מרום עזה מאתי יבאו שדדים לה--נאם יהוה 53
किनकि बेबिलोन स्वर्गसम्मै उक्ले वा त्यसका अग्ला-अग्ला किल्लाहरूलाई मजबुत बनाए तापनि, मबाट त्यसकहाँ विनाशकहरू आउनेछन्— यो परमप्रभुको घोषणा हो ।
קול זעקה מבבל ושבר גדול מארץ כשדים 54
बेबिलोनबाट निराशाको चित्‍कार, कल्दीहरूको देशबाट ठुलो विनाश आयो ।
כי שדד יהוה את בבל ואבד ממנה קול גדול והמו גליהם כמים רבים נתן שאון קולם 55
किनकि परप्रभुले बेबिलोनलाई नाश पार्दै हुनुहुन्छ । उहाँले त्यसको ठुलो सोरलाई नष्‍ट पार्दै हुनुहुन्छ । तिनीहरूका शत्रुहरू धेरै पानीको छालझैं गर्जन्छन् । तिनीहरूको हल्ला अत्यन्तै बलियो हुन्छ ।
כי בא עליה על בבל שודד ונלכדו גבוריה חתתה קשתותם כי אל גמלות יהוה שלם ישלם 56
किनकि विनाशकहरू बेबिलोनको विरुद्धमा आएका छन्, र त्यसका योद्धाहरू कब्जामा परेका छन् । तिनीहरूका धनुहरू भाँचिएका छन्, किनकि परमप्रभु बदलाको परमेश्‍वर हुनुहुन्छ । उहाँले निश्‍चय नै यो बदला लिनु नै हुनेछ ।
והשכרתי שריה וחכמיה פחותיה וסגניה וגבוריה וישנו שנת עולם ולא יקיצו נאם המלך--יהוה צבאות שמו 57
किनकि म त्यसका राजकुमारहरू, बुद्धिमान् मानिसहरू, अधिकारीहरू र सिपाहीहरूलाई मत्त्याउनेछु, र तिनीहरू चिर निद्रामा सुत्‍नेछन् अनि कहिलै बिउँझने छैनन्—द यो महाराजाको घोषणा होः उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो ।
כה אמר יהוה צבאות חמות בבל הרחבה ערער תתערער ושעריה הגבהים באש יצתו ויגעו עמים בדי ריק ולאמים בדי אש ויעפו 58
सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः बेबिलोनका चौडा पर्खालहरू पूर्ण रूपमा भत्काइनेछन्, र त्यसका अग्ला-अग्ला मूल ढोकाहरू जलाइनेछन् । तब त्यसलाई सहयोग गर्न आउने मानिसहरूले व्यर्थैमा परिश्रम गर्नेछन् । जातिहरूले त्यसको लागि गर्न खोज्ने हरेक कुरो जलाइनेछ ।”
הדבר אשר צוה ירמיהו הנביא את שריה בן נריה בן מחסיה בלכתו את צדקיהו מלך יהודה בבל בשנת הרבעית למלכו ושריה שר מנוחה 59
यहूदाका राजा सिदकियाहले राज्‍य सुरु गरेको चौथो वर्षमा तिनी बेबिलोनमा जाँदा यर्मिया अगमवक्ताले महसेयाहका नाति, नेरियाहका छोरा सरायाहलाई आज्ञा दिएका वचन यही हो । यति बेला सरायाह मुख्य अधिकारी थिए ।
ויכתב ירמיהו את כל הרעה אשר תבוא אל בבל--אל ספר אחד את כל הדברים האלה הכתבים אל בבל 60
बेबिलोनमाथि आउन लागेका सबै विपत्तिको विषयमा यर्मियाले एउटा मुट्ठोमा लेखेका थिए । यी सबै वचन बेबिलोनको विषयमा लेखिएका थिए ।
ויאמר ירמיהו אל שריה כבאך בבל--וראית וקראת את כל הדברים האלה 61
यर्मियाले सरायाहलाई भने, “तपाईं बेबिलोन जानुहुँदा तपाईंले यी वचन हेर्नुहुनेछ, र तपाईंले यी वचन चर्को सोरमा पढ्नुहुनेछ ।
ואמרת יהוה אתה דברת אל המקום הזה להכריתו לבלתי היות בו יושב למאדם ועד בהמה כי שממות עולם תהיה 62
तब तपाईंले भन्‍नुहुनेछ, 'हे परमप्रभु, यस ठाउँलाई नष्‍ट गर्नेछु, र कुनै मानिस वा पशु यस ठाउँमा बस्‍नेछैन, र यो सदाको लागि उजाड हुनेछ भनी तपाईं आफैले घोषणा गर्नुभएको छ ।'
והיה ככלתך לקרא את הספר הזה תקשר עליו אבן והשלכתו אל תוך פרת 63
तब तपाईंले यस मुट्ठाको वचनलाई पढेर सिद्ध्याउनुहुन्‍छ, तब यसमा एउटा ढुङ्गा बाँध्‍नुहोस् र यसलाई यूफ्रेटिस नदीको बिचमा फाल्‍नुहोस् ।
ואמרת ככה תשקע בבל ולא תקום מפני הרעה אשר אנכי מביא עליה--ויעפו עד הנה דברי ירמיהו 64
यसो भन्‍नुहोस्, 'बेबिलोन यसरी नै डुब्नेछ । मैले यसको विरुद्धमा ल्याइरहेको विपत्तिको कारण यो उठनेछैन, र यसको पतन हुनेछ' ।” यर्मियाका वचनहरू यहाँ समाप्‍त हुन्‍छन् ।

< ירמיה 51 >