< ירמיה 3 >

לאמר הן ישלח איש את אשתו והלכה מאתו והיתה לאיש אחר הישוב אליה עוד--הלוא חנוף תחנף הארץ ההיא ואת זנית רעים רבים--ושוב אלי נאם יהוה 1
“कुनै पुरुषले आफ्नी पत्‍नीसित सम्बन्ध-विच्छेद गर्‍यो, र उसको जीवनबाट त्यो गई अनि अर्को पुरुषकी पत्‍नी भई भने, ऊ फेरि फर्केर त्योकहाँ जान्छ र? के त्यो देश औधी दुषित हुँदैन र? तँ धेरै प्रेमी भएकी वेश्याजस्तै भएर बसेको छेस् । के तँ मकहाँ फर्कन्छेस्? यो परमप्रभुको घोषणा हो ।
שאי עיניך על שפים וראי איפה לא שגלת (שכבת)--על דרכים ישבת להם כערבי במדבר ותחניפי ארץ בזנותיך וברעתך 2
नाङ्गा डाँडाहरूतर्फ आफ्ना आँखा उठा र हेर् । के कुनै त्‍यस्तो ठाउँ छ, जहाँ तेरो अवैध यौनधन्‍दा छैन? एक जना अरबी उजाड-स्थानमा बसेझैं तँ आफ्ना प्रेमीहरूको प्रतीक्षा गर्दै बाटोका किनारहरूमा बस्छेस् । तेरो वेश्यावृत्ति र दुष्‍टताले तैंले देशलाई दुषित पारेको छेस् ।
וימנעו רבבים ומלקוש לוא היה ומצח אשה זונה היה לך מאנת הכלם 3
त्यसैले वर्षा थामिएको छ, र वसन्त ऋतुको पानी परेको छैन । तरै पनि तँसित वेश्याको निधार छ । तँ लज्‍जित हुन इन्कार गर्छेस् ।
הלוא מעתה קראתי (קראת) לי אבי אלוף נערי אתה 4
के भर्खरै मात्र तैंले मलाई पुकारिनस्, “हे मेरा पिता, मेरो युवावस्थादेखिको मेरो घनिष्ठ मित्र ।
הינטר לעולם אם ישמר לנצח הנה דברת ותעשי הרעות ותוכל 5
के उहाँ सधैं रिसाउनुहुन्छ र? के उहाँले आफ्‍नो क्रोधलाई सधैं अन्त्यसम्म राख्‍नुहन्‍छ र?' हेर्! तैंले यसरी भनेको छेस्, तर तैंले त सके जति दुष्‍ट काम गर्छेस् ।”
ויאמר יהוה אלי בימי יאשיהו המלך הראית אשר עשתה משבה ישראל הלכה היא על כל הר גבה ואל תחת כל עץ רענן--ותזני שם 6
तब राजा योशियाहको शासनकालमा परमप्रभुले मलाई भन्‍नुभयो, “विश्‍वासहीन इस्राएलले के गरेको छ, तँ देख्छस्? त्यो हरेक अग्लो डाँडा र हरेक झ्याम्म परेको रुखमुनि गएकी छ, र त्यहाँ त्यसले वेश्याले झैं काम गरेकी छ ।
ואמר אחרי עשותה את כל אלה אלי תשוב--ולא שבה ותראה (ותרא) בגודה אחותה יהודה 7
मैले भनें, “यी सबै कुरा गरेपछि त्यो म कहाँ फर्कन्छे', तर त्यो फर्किन । तब त्यसकी विश्‍वासहीन बहिनी यहूदाले यी सबै देखी ।
וארא כי על כל אדות אשר נאפה משבה ישראל שלחתיה ואתן את ספר כריתתיה אליה ולא יראה בגדה יהודה אחותה--ותלך ותזן גם היא 8
त्‍यसैले मैले देखेँ, त्यसरी नै त्यस विश्‍वासहीन इस्राएलले व्यभिचार गरेकी छे, र मैले त्यसलाई निकालेको छु, र त्यसको विरुद्धमा त्यागपत्र दिएको छु । त्यसकी विश्‍वासहीन बहिनी यहूदा डराइन । त्यो पनि गई र वेश्याले झैं काम गरी ।
והיה מקל זנותה ותחנף את הארץ ותנאף את האבן ואת העץ 9
त्यसको वेश्यावृत्ति त्यसको लागि केहीजस्तो भएन । त्यसले देशलाई दुषित पारी, र त्यसले ढुङ्गा र रुखहरूसित व्यभिचार गरी ।
וגם בכל זאת לא שבה אלי בגודה אחותה יהודה--בכל לבה כי אם בשקר נאם יהוה 10
यी सबै कुरापछि त्यसकी विश्‍वासहीन बहिनी यहूदा सारा हृदयले होइन तर झूट लिएर मकहाँ फर्की, यो परमप्रभुको घोषणा हो ।”
ויאמר יהוה אלי צדקה נפשה משבה ישראל מבגדה יהודה 11
तब परमप्रभुले मलाई भन्‍नुभयो, “विश्‍वासहीन इस्राएल विश्‍वासहीन यहूदाभन्दा बढी धर्मी भएको छ ।
הלך וקראת את הדברים האלה צפונה ואמרת שובה משבה ישראל נאם יהוה--לוא אפיל פני בכם כי חסיד אני נאם יהוה לא אטור לעולם 12
जा र उत्तरलाई यी वचन घोषणा गर्, “'हे विश्‍वासहीन इस्राएल, फर्की' यो परमप्रभु घोषणा हो, 'म तँसित सधैं रिसाउनेछैनँ ।' परमप्रभु घोषणा गर्नुहुन्छ, 'म विश्‍वासयोग्य भएको हुनाले म सदासर्वदा रिसाउनेछैन ।'
אך דעי עונך כי ביהוה אלהיך פשעת ותפזרי את דרכיך לזרים תחת כל עץ רענן ובקולי לא שמעתם נאם יהוה 13
तेरो अधर्मलाई स्वीकार गर्, किनकि परमप्रभु तेरा परमेश्‍वरको विरुद्धमा तैंले अपराध गरेको छस्, हरेक झ्याम्म परेको रुखमुनि तैंले परदेशीहरूसित तेरा मार्गहरू बाँडेको छस् । किनकि तैंले मेरो कुरा सुनेको छैनस्, यो परमप्रभुको घोषणा हो ।
שובו בנים שובבים נאם יהוה כי אנכי בעלתי בכם ולקחתי אתכם אחד מעיר ושנים ממשפחה והבאתי אתכם ציון 14
'ए विश्‍वासहीन जाति, फर्की' यो परमप्रभुको घोषणा हो, 'म तेरा पति हुँ ।' सहरबाट एक जना र एउटा परिवारबाट दुई जना गरी म तँलाई लिनेछु र म तँलाई सियोनमा ल्याउनेछु ।
ונתתי לכם רעים כלבי ורעו אתכם דעה והשכיל 15
मेरै जस्‍तो हृदय भएका गोठालाहरू म तँलाई दिनेछु, र ज्ञान र अन्तर्दृष्‍टिले तिनीहरूले तेरो हेरचाह गर्नेछन् ।
והיה כי תרבו ופריתם בארץ בימים ההמה נאם יהוה--לא יאמרו עוד ארון ברית יהוה ולא יעלה על לב ולא יזכרו בו ולא יפקדו ולא יעשה עוד 16
तब ती दिनमा देशमा तेरो वृद्धि हुनेछ, र तैले फल फलाउनेछस् भनी परमप्रभु घोषणा गर्नुहुन्‍छ । तिनीहरूले फेरि यसो भन्‍नेछैनन्, 'परमप्रभुको करारको सन्दुक' । फेरि यो विषय तिनीहरूका हृदयमा आउनेछैन, वा सम्झना हुनेछैन । यो गुम्‍नेछैन र अर्को बनाइनेछैन ।’
בעת ההיא יקראו לירושלם כסא יהוה ונקוו אליה כל הגוים לשם יהוה לירושלם ולא ילכו עוד--אחרי שררות לבם הרע 17
त्यस बेला तिनीहरूले यरूशलेमको बारेमा घोषणा गर्ने छन्, 'यो परमप्रभुको सिंहासन हो ।' अनि अरू सबै जाति परमप्रभुको नाउँमा यरूशलेममा जम्मा हुनेछन् । अब उसो तिनीहरू तिनीहरूका दुष्‍ट हृदयको हठमा हिंड्नेछैनन् ।
בימים ההמה ילכו בית יהודה על בית ישראל ויבאו יחדו מארץ צפון על הארץ אשר הנחלתי את אבותיכם 18
ती दिनमा यहूदाको घराना इस्राएलको घरानासँगै हिंड्नेछ । तिनीहरू उत्तरको देशबाट मैले तिनीहरूका पुर्खाहरूलाई पैतृक-सम्पत्तिको रूपमा दिएको देशमा सँगसँगै आउनेछन् ।
ואנכי אמרתי איך אשיתך בבנים ואתן לך ארץ חמדה נחלת צבי צבאות גוים ואמר אבי תקראו (תקראי) לי ומאחרי לא תשובו (תשובי) 19
मेरो बारेमा मैले भनें, 'मेरो छोरोको रूपमा म तिमीहरूलाई व्यवहार गर्न र तिमीहरूलाई मनमोहक देश दिन चाहन्छु । यो पैतृक-सम्पत्ति अन्य कुनै पनि जातिसित भएको भन्दा सुन्दर छ । मैले भन्‍ने थिएँ, ‘तिमीहरूले मलाई बोलाउनेछौ, 'हे मेरा पिता' । तिमीहरू मलाई पछ्याउनदेखि तर्कनेथिएनौ भनी मैले भन्‍ने थिएँ ।
אכן בגדה אשה מרעה כן בגדתם בי בית ישראל נאם יהוה 20
तर आफ्नो पतिको लागि विश्‍वासहीन भएकी स्‍त्रीझैं, ए इस्राएलका घराना हो, तैंले मलाई धोका दिएको छस्, यो परमप्रभुको घोषणा हो ।
קול על שפיים נשמע בכי תחנוני בני ישראל כי העוו את דרכם שכחו את יהוה אלהיהם 21
मैदानहरूमा इस्राएलका मानिसहरूको रुवाइ र चिच्‍च्याइको एउटा आवाज सुनिन्छ । किनकि तिनीहरूले आफ्ना मार्ग बद्लेका छन् । तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्सेका छन् ।
שובו בנים שובבים ארפה משובתיכם הננו אתנו לך כי אתה יהוה אלהינו 22
“हे विश्‍वासहीन मानिस हो, फर्क । तिमीहरूको विश्‍वासघातलाई म निको पार्नेछु ।” “हेर्नुहोस्! हामी तपाईंकहाँ फर्कनेछौं किनकि तपाईं परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्छ ।
אכן לשקר מגבעות המון הרים אכן ביהוה אלהינו תשועת ישראל 23
निश्‍चय नै डाँडाहरूबाट झूट आउँछ र पर्वतहरूबाट अलमल पार्ने आवाज आउँछ । निश्‍चय नै परमप्रभु हाम्रा परमेश्‍वर इस्राएलको उद्धार हुनुहुन्छ ।
והבשת אכלה את יגיע אבותינו--מנעורינו את צאנם ואת בקרם את בניהם ואת בנותיהם 24
तरै पनि लाजलाग्दा मूर्तिहरूले हाम्रा पुर्खाहरूले परिश्रम गरेका तिनीहरूका बगाल, बथान, तिनीहरूका छोराछोरीलाई भस्म पारेका छन् ।
נשכבה בבשתנו ותכסנו כלמתנו--כי ליהוה אלהינו חטאנו אנחנו ואבותינו מנעורינו ועד היום הזה ולא שמענו בקול יהוה אלהינו 25
हामी लाजमा पल्टौं । हाम्रो लाजले हामीलाई ढाकोस्, किनकि हामीले परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा पाप गरेका छौं । हाम्रो युवावस्थादेखि आजको दिनसम्म हामी र हाम्रा पुर्खाहरूले परमप्रभु हाम्रा परमेश्‍वरको आवाजलाई सुनेका छैनौं ।”

< ירמיה 3 >