< דברי הימים ב 20 >

ויהי אחרי כן באו בני מואב ובני עמון ועמהם מהעמונים על יהושפט--למלחמה 1
यसपछि यस्‍तो हुन आयो, मोआब र अम्‍मोनका मानिसहरू र तिनीहरूसँग केही मोनीहरू यहोशापातको विरुद्धमा युद्ध गर्न आए ।
ויבאו ויגידו ליהושפט לאמר בא עליך המון רב מעבר לים מארם והנם בחצצון תמר היא עין גדי 2
त्यसपछि केही यहोशापातकहाँ यसो भन्‍दै आए, “मृत-सागर पारि एदोमदेखि एउटा ठुलो भिड तपाईंको विरुद्धमा आइरहेछ । हेर्नहोस्, तिनीहरू हासेसोन-तामार, अर्थात्‌ एन-गदीमा छन् ।”
וירא ויתן יהושפט את פניו לדרוש ליהוה ויקרא צום על כל יהודה 3
यहोशापात डराए र परमप्रभुको खोजी गर्न अलग्‍गै गए । यहूदाभरि तिनले उपवासको घोषणा गरे ।
ויקבצו יהודה לבקש מיהוה גם מכל ערי יהודה באו לבקש את יהוה 4
परमप्रभुको खोजी गर्न यहूदाका मानिसहरू एकसाथ भेला भए । यहूदाका सबै सहरबाट तिनीहरू परमप्रभुको खोजी गर्न आए ।
ויעמד יהושפט בקהל יהודה וירושלם--בבית יהוה לפני החצר החדשה 5
यहूदा र यरूशलेमका सभाको सामु परमप्रभुका मन्‍दिरको नयाँ चोकको अगि यहोशापात खडा भए ।
ויאמר יהוה אלהי אבתינו הלא אתה הוא אלהים בשמים ואתה מושל בכל ממלכות הגוים ובידך כח וגבורה ואין עמך להתיצב 6
तिनले भने, “हे परमप्रभु, हाम्रा पुर्खाहरूका परमेश्‍वर, के तपाईं स्‍वर्गका परमेश्‍वर हुनुहुन्‍न र? के तपाईं जातिहरूका सबै राज्‍यका शासक हुनुहुन्‍न र? शक्ति र बल तपाईंका हातमा छन्‌ । यसैले कसैले पनि तपाईंको विरोध गर्न सक्दैन ।
הלא אתה אלהינו הורשת את ישבי הארץ הזאת מלפני עמך ישראל ותתנה לזרע אברהם אהבך--לעולם 7
हे हाम्रा परमेश्‍वर, के तपाईंले नै आफ्‍नो मानिस इस्राएलका सामुबाट यस देशका बासिन्‍दाहरूलाई धपाउनुभएको र यसलाई सदासर्वदाको निम्ति अब्राहामका सन्‍तानलाई दिनुभएको होइन र?
וישבו בה ויבנו לך בה מקדש לשמך לאמר 8
तिनीहरू यसमा बसे र यसमा यसो भनेर एउटा पवित्र स्थान बनाए,
אם תבוא עלינו רעה חרב שפוט ודבר ורעב נעמדה לפני הבית הזה ולפניך כי שמך בבית הזה ונזעק אליך מצרתנו ותשמע ותושיע 9
‘हामीमाथि विपत्ति—तरवार, न्याय, वा रोग, वा अनिकाल आउँछ भने— हामी यस मन्‍दिरको अगि र तपाईंको अगि खडा हुने छौं (किनकी तपाईंको नाउँ यस मन्दिरमा छ), र हाम्रो कष्‍टमा हामी तपाईंसित पुकारा गर्ने छौं, र तपाईंले हाम्रा बिन्‍ती सुन्‍नुहुने छ र हामीलाई बचाउनुहुने छ ।'
ועתה הנה בני עמון ומואב והר שעיר אשר לא נתתה לישראל לבוא בהם בבאם מארץ מצרים כי סרו מעליהם ולא השמידום 10
अब हेर्नुहोस्, यहाँ अम्मोन, मोआब, र सेइर पर्वतका मानिसहरू छन्, जसलाई तपाईंले मिश्रदेशबाट आउँदा इस्राएललाई आक्रमण गर्न दिनुभएन । बरु, इस्राएल तिनीहरूबाट तर्केर गए र तिनीहरूलाई नष्‍ट गरेनन् ।
והנה הם--גמלים עלינו לבוא לגרשנו מירשתך אשר הורשתנו 11
हेर्नुहोस्, यिनीहरूले हामीलाई कस्तो प्रतिफल दिइरहेका छन् । तपाईंले हामीलाई अधिकार गर्न दिनुभएको ठाउँदेखि हामीलाई धपाउन तिनीहरू आउँदै छन्‌ ।
אלהינו הלא תשפט בם כי אין בנו כח לפני ההמון הרב הזה הבא עלינו ואנחנו לא נדע מה נעשה--כי עליך עינינו 12
हे हाम्रा परमेश्‍वर, के तपाईं उनीहरूको न्‍याय गर्नुहुन्‍न र? किनकि हाम्रो विरूद्ध आइरहेको यो ठुलो फौज को सामना गर्ने शक्ति हामीसँग छैन । हामीले के गर्नुपर्ने हो सो हामी जान्‍दैनौं, तर हाम्रा दृष्‍टि तपाईंमा छन् ।”
וכל יהודה--עמדים לפני יהוה גם טפם נשיהם ובניהם 13
सारा यहूदा आफ्ना सासाना बालबालिका, पत्‍नीहरू र छोराछोरीसमेत परमप्रभुको अगि खडा भए ।
ויחזיאל בן זכריהו בן בניה בן יעיאל בן מתניה הלוי--מן בני אסף היתה עליו רוח יהוה בתוך הקהל 14
तब सभाको बिचमा आसापका छोरामध्येका मत्तन्‍याहका जनाति, यहीएलका पनाति, बनायाहका नाति र जकरियाका छोरा एक जना लेवी यहासेलमाथि परमप्रभुका आत्‍मा आउनुभयो ।
ויאמר הקשיבו כל יהודה וישבי ירושלם והמלך יהושפט כה אמר יהוה לכם אתם אל תיראו ואל תחתו מפני ההמון הרב הזה--כי לא לכם המלחמה כי לאלהים 15
यहासेलले भने, “हे सारा यहूदा र यरूशलेमका सबै बासिन्‍दा र राजा यहोशापात, सुन्‍नुहोस् । परमप्रभु तपाईंहरूलाई यही भन्‍नुहुन्‍छ, ‘नडराओ, यस ठूलो फौजका कारणले हतास नहोओ, किनकि लडाइँ तपाईंहरूको होइन, तर परमप्रभुको हो ।
מחר רדו עליהם הנם עלים במעלה הציץ ומצאתם אתם בסוף הנחל פני מדבר ירואל 16
तिमीहरू भोलि उनीहरूका विरुद्धमा जानुपर्छ । हेर, उनीहरू जीजको बाटो भएर आउँदैछन् । तिमीहरूले उनीहरूलाई बेसीको पल्लो छेउमा यरूएलको उजाड-स्‍थान अगि भेट्‌ने छौ ।
לא לכם להלחם בזאת התיצבו עמדו וראו את ישועת יהוה עמכם יהודה וירושלם אל תיראו ואל תחתו--מחר צאו לפניהם ויהוה עמכם 17
यो लडाइँ तिमीहरूले लड्‌नुपर्ने छैन । ए यहूदा र यरूशलेम, आफ्नो पंक्तिमा खडा होओ, स्थिर खडा होओ, र परमप्रभुले तिमीहरूलाई बचाउनुभएको कामलाई हेर । नडराओ, न त हतास होओ । तिनीहरूको विरुद्ध भोलि निस्‍केर जाओ, किनकि परमप्रभु तिमीहरूसँग हुनुहुन्छ ।’”
ויקד יהושפט אפים ארצה וכל יהודה וישבי ירושלם נפלו לפני יהוה להשתחות ליהוה 18
यहोशापातले आफ्‍नो शिरलाई भूइँमा घोप्‍टो पारे । यहूदा र यरूशलेमका सबै बासिन्‍दा परमप्रभुको आराधना गर्दै उहाँको सामुन्‍ने घोप्‍टो परे ।
ויקמו הלוים מן בני הקהתים ומן בני הקרחים--להלל ליהוה אלהי ישראל בקול גדול למעלה 19
कहाती र कोरहका वंशका कोही लेवीहरू चर्को सोरमा परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा गर्न खडा भए ।
וישכימו בבקר ויצאו למדבר תקוע ובצאתם עמד יהושפט ויאמר שמעוני יהודה וישבי ירושלם--האמינו ביהוה אלהיכם ותאמנו האמינו בנביאיו והצליחו 20
तिनीहरू बिहान सबेरै उठे र निस्‍केर तकोको उजाड-स्‍थानमा गए । जब तिनीहरू निस्‍केर गए, तब यहोशापात खडा भए र भने, “हे यहूदा र यरूशलेमका बासिन्‍दा हो, मेरो कुरा सुन । परमप्रभु आफ्‍ना परमेश्‍वरमा भरोसा राख र तिमीहरूलाई सहायता मिल्ने छ । उहँका अगमवक्तामाथि भरोसा गर, र तिमीहरू सफल हुने छौ ।”
ויועץ אל העם ויעמד משררים ליהוה ומהללים להדרת קדש--בצאת לפני החלוץ ואמרים הודו ליהוה כי לעולם חסדו 21
मानिसहरूसित सल्‍लाह लिएपछि, परमप्रभुको निम्ति गाउने र उहाँको प्रशंसा गर्नेहरूलाई तिनीहरू हिंड्‍दै गर्दा, उहाँको महान् वैभवताको प्रशंसा गरेर यसो भन्दै गाउनलाई केहीलाई तिनले नियुक्त गरे, “परमप्रभुलाई धन्‍यवाद देओ, किन उहाँको करारको विश्‍वस्‍तात सदासर्वदा रहन्छ ।”
ובעת החלו ברנה ותהלה נתן יהוה מארבים על בני עמון מואב והר שעיר הבאים ליהודה--וינגפו 22
जब तिनीहरूले गाउन र प्रशंसा गर्न सुरु गरे, तब परमप्रभुले यहूदासँग युद्ध गर्न आइरहेका अम्‍मोनी, मोआबी र सेइर पर्वतका मानिसहरूको विरूद्ध ढुकेर आक्रमण गर्ने मानिसहरू खडा गर्नुभयो । उनीहरू परास्‍त भए ।
ויעמדו בני עמון ומואב על ישבי הר שעיר--להחרים ולהשמיד וככלותם ביושבי שעיר עזרו איש ברעהו למשחית 23
किनकि सेइर पर्वतका मानिसहरूलाई पूर्ण रूपले मारेर सिद्ध्‍याउन र तिनीहरूलाई नाश गर्न भनेर अम्‍मोनी र मोआबीहरू तिनीहरूका विरुद्धमा उठे । जब तिनीहरूले सेइरका बासिन्‍दाहरूलाई नाश गरेर सिद्ध्‍याए, तब तिनीहरू सबैले एक-अर्कालाई नाश गर्न मदत गरे ।
ויהודה בא על המצפה למדבר ויפנו אל ההמון והנם פגרים נפלים ארצה ואין פליטה 24
जब यहूदाका मानिसहरू उजाड-स्‍थान देखिने अल्‍गो ठाउँमा आइपुगे, तब तिनीहरूले फौजलाई हेरे । हेर, तिनीहरू मरेर भूइँमा ढलेका थिए । एक जना पनि बाँचेको थिएन ।
ויבא יהושפט ועמו לבז את שללם וימצאו בהם לרב ורכוש ופגרים וכלי חמדות וינצלו להם לאין משא ויהיו ימים שלושה בזזים את השלל--כי רב הוא 25
जब यहोशापात र तिनका मानिसहरू उनीहरूका लूटका माल जम्‍मा गर्न आउँदा, तिनीहरूले उनीहरूका बिचमा प्रशस्त सामानहरू, लुगाफाटा र बहुमूल्‍य थोकहरू भेटाए, जसलाई तिनीहरूले बोक्‍न सक्‍नेभन्‍दा धेरै आफूसँग लगे । लूटका माल ओसार्न तिनीहरूलाई तीन दिन लाग्यो । त्‍यो सह्रै धेरै थियो ।
וביום הרבעי נקהלו לעמק ברכה--כי שם ברכו את יהוה על כן קראו את שם המקום ההוא עמק ברכה--עד היום 26
चौथो दिन तिनीहरू बराकाहको बेसीमा भेला भए । तिनीहरूले त्‍यहाँ परमप्रभुको प्रशंसा गरे। यसैले त्‍यस ठाउँको नाउँ आजको दिनसम्‍म पनि, ‘बराकाको बेसी’ रहेको छ ।
וישבו כל איש יהודה וירושלם ויהושפט בראשם לשוב אל ירושלם בשמחה כי שמחם יהוה מאויביהם 27
त्‍यसपछि यहूदा र यरूशलेमका हरेक मानिस यहोशापातलाई अगि लगाएर विजयको साथ यरूशलेम जानलाई फर्के, किनकि परमप्रभुले तिनीहरूका शत्रुमाथि तिनीहरूलाई आनन्‍दित तुल्‍याउनुभएको थियो ।
ויבאו ירושלם בנבלים ובכנרות ובחצצרות--אל בית יהוה 28
तिनीहरू वीणा, सितार र तुरही बजाउँदै यरूशलेममा र परमप्रभुको मन्‍दिरमा आए ।
ויהי פחד אלהים על כל ממלכות הארצות בשמעם--כי נלחם יהוה עם אויבי ישראל 29
परमप्रभुले इस्राएलका शत्रुहरूका विरुद्धमा युद्ध गर्नुभएको कुरा सुनेर सबै देशका राज्‍यहरूमा परमेश्‍वरको भय फैलियो ।
ותשקט מלכות יהושפט וינח לו אלהיו מסביב 30
यसरी यहोशापातको राज्‍यमा शान्‍ति भयो, किनकि तिनका परमेश्‍वरले तिनका चारैतिरबाट तिनलाई शान्ति दिनुभयो ।
וימלך יהושפט על יהודה--בן שלשים וחמש שנה במלכו ועשרים וחמש שנה מלך בירושלם ושם אמו עזובה בת שלחי 31
यहोशापातले यहूदामाथि राज्‍य गरेः तिनले राज्य गर्न सुरु गर्दा तिनी पैंतिस वर्षका थिए, र तिनले यरूशलेममा पच्‍चिस वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ अजूबा थियो, र तिनी शिल्‍हीकी छोरी थिइन्‌ ।
וילך בדרך אביו אסא--ולא סר ממנה לעשות הישר בעיני יהוה 32
तिनी आफ्‍ना बुबा आसाका चालमा हिंडे । तीबाट तिनी तर्केर गएनन्‌ । परमप्रभुको दृष्‍टिमा जे असल थियो सो तिनले गरे ।
אך הבמות לא סרו ועוד העם לא הכינו לבבם לאלהי אבתיהם 33
तापनि तिनले डाँडाका थानहरू तिनले हटाएनन् । मानिसहरूले अझैसम्‍म पनि आफ्‍ना पुर्खाहरूका परमेश्‍वरमाथि आफ्‍नो हृदय लाएनन्‌ ।
ויתר דברי יהושפט הראשנים והאחרנים--הנם כתובים בדברי יהוא בן חנני אשר העלה על ספר מלכי ישראל 34
यहोशापातको राजकालका अरू घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍म नै हनानीका छोरा येहूको इतिहासमा लेखिएका छन्‌, जुन इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छन्‌ ।
ואחרי כן אתחבר יהושפט מלך יהודה עם אחזיה מלך ישראל הוא הרשיע לעשות 35
त्यसपछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्‍याहसँग मित्रता गरे, जसले धेरै दुष्‍ट काम गरे ।
ויחברהו עמו לעשות אניות ללכת תרשיש ויעשו אניות בעציון גבר 36
तर्शीशमा जाने जहाजहरू बनाउनको निम्ति तिनले उनीसँग मित्रता गरे । तिनीहरूले एस्‍योन-गेबेरमा जहाजहरू बनाए ।
ויתנבא אליעזר בן דדוהו ממרשה על יהושפט לאמר כהתחברך עם אחזיהו פרץ יהוה את מעשיך וישברו אניות ולא עצרו ללכת אל תרשיש 37
तब मारेशाका दोदाबाहुका छोरा एलीएजरले यहोशापातको विरुद्धमा अगमवाणी बोले । तिनले भने, “तपाईंले अहज्‍याहसँग मित्रता गर्नुभएको हुनाले, परमप्रभुले तपाईंका योजनाहरू नष्‍ट पार्नुभएको छ ।” ती जहाजहरू नष्‍ट भए ताकि ती तैरन सकेनन् ।'

< דברי הימים ב 20 >