< Filippiläisille 4 >

1 Sentähden, rakkaat ja ikävöidyt veljeni, te minun iloni ja kruununi, seisokaa näin Herrassa lujina, rakkaat!
यसकारण मेरा प्रिय भाइहरू हो, जसको म चाहना गर्दछु, मेरो आनन्द र मुकुट, मेरा प्रिय साथीहरू, यस्तै गरी प्रभुमा स्थिर रहो ।
2 Euodiaa minä kehoitan ja Syntykeä minä kehoitan olemaan yksimielisiä Herrassa.
म इयोदिया र सुन्तुखेलाई प्रभुमा एउटै मनको हुन निवेदन गर्दछु ।
3 Myös sinua, sinä minun oikea Synsygukseni, minä pyydän: ole näille vaimoille avullinen, sillä he ovat taistelleet minun kanssani evankeliumin hyväksi, yhdessä sekä Klemensin että muiden työtoverieni kanssa, joiden nimet ovat elämän kirjassa.
वास्तवमा, एउटै जुवामा भएको मेरो साँचो सहकर्मी, म तिमीलाई यो पनि बिन्ती गर्छु, कि यी महिलाहरूलाई सहायता गर । किनभने तिनीहरूले म, क्लेमेन्ट र मेरा बाँकी सहकर्मीहरूसँग सुसमाचार प्रचार गर्न परिश्रम गरेका छन्, जसका नामहरू जीवनको पुस्तकमा छन् ।
4 Iloitkaa aina Herrassa! Vieläkin minä sanon: iloitkaa!
प्रभुमा सधैँ आनन्द गर । म फेरि पनि भन्दछु, आनन्द गर ।
5 Tulkoon teidän lempeytenne kaikkien ihmisten tietoon. Herra on lähellä.
तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस् । प्रभु नजिकै हुनुहुन्छ ।
6 Älkää mistään murehtiko, vaan kaikessa saattakaa pyyntönne rukouksella ja anomisella kiitoksen kanssa Jumalalle tiettäväksi,
कुनै कुरामा चिन्तित नहोओ । बरु, हरेक कुरामा प्रार्थना र नम्र निवेदनद्वारा, र धन्यवादसाथ तिमीहरूका निवेदन परमेश्‍वरमा जाहेर होऊन् ।
7 ja Jumalan rauha, joka on kaikkea ymmärrystä ylempi, on varjeleva teidän sydämenne ja ajatuksenne Kristuksessa Jeesuksessa.
र हाम्रा सबै समझभन्दा उच्‍च परमेश्‍वरको शान्तिले ख्रीष्‍ट येशूमा तिमीहरूका हृदय र विचारहरूलाई रक्षा गर्नेछ ।
8 Ja vielä, veljet, kaikki, mikä on totta, mikä kunnioitettavaa, mikä oikeaa, mikä puhdasta, mikä rakastettavaa, mikä hyvältä kuuluvaa, jos on jokin avu ja jos on jotakin kiitettävää, sitä ajatelkaa;
अन्तमा भाइहरू हो, जे कुराहरू सत्य छन्, जे कुराहरू आदरणीय छन्, जे कुराहरू न्यायसङ्गत छन्, जे कुराहरू शुद्ध छन्, जे कुराहरू प्रेमयोग्य छन्, जे कुराहरू असल नामका छन्, यदि केही श्रेष्‍ठता छ र प्रशंसा गरिनुपर्ने केही कुराहरू छन् भने, यी नै कुराहरूका बारेमा विचार गर ।
9 mitä myös olette oppineet ja saaneet ja minulta kuulleet ja minussa nähneet, sitä tehkää, niin rauhan Jumala on oleva teidän kanssanne.
जुन कुराहरू तिमीहरूले मबाट सिक्यौ र प्राप्‍त गर्‍यौ र मबाट सुन्यौ र ममा देख्यौ, ती कुराहरू गर । र शान्तिका परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ ।
10 Minä ihastuin suuresti Herrassa, että te jo vihdoinkin olitte elpyneet pitämään minusta huolta, johon teillä ennenkin oli ollut halua, vaikka ei tilaisuutta.
म प्रभुमा अत्यन्तै आनन्दित छु किनकि अहिले अन्तमा तिमीहरूले म प्रतिको आफ्नो वास्तालाई नयाँ गरेका छौ । तिमीहरूले वास्तवमा पहिला पनि मेरो निम्ति वास्ता गरेका थियौ, तर त्यस समय तिमीहरूसँग मलाई सहायता गर्ने अवसर थिएन ।
11 Ei niin, että minä puutteen vuoksi tätä sanon; sillä minä olen oppinut oloihini tyytymään.
म अहिले आवश्यकतामा परेकोले मैले यो भनिरहेको होइनँ । मैले सबै परिस्थितिहरूमा सन्तुष्‍ट हुन सिकेको छु ।
12 Osaan elää niukkuudessa, osaan myös elää runsaudessa; kaikkeen ja kaikenlaisiin oloihin minä olen tottunut; sekä olemaan ravittuna että näkemään nälkää, elämään sekä runsaudessa että puutteessa.
मलाई गरिबी के हो भन्‍ने कुरा थाहा छ, र मलाई प्रशस्त हुनु भनेको के हो पनि थाहा छ । सबै किसिमले र सबै कुराहरूमा कसरी परिपूर्ण हुनु वा भोकप्यासमा रहनु, र कसरी प्रशस्तता प्राप्‍त गर्नु वा आवश्यकतामा हुनु भन्‍ने कुरा मैले सिकेको छु ।
13 Kaikki minä voin hänessä, joka minua vahvistaa.
जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारा नै म सबै कुराहरू गर्न सक्दछु ।
14 Kuitenkin teitte hyvin, kun otitte osaa minun ahdinkooni.
तथापि, तिमीहरूले मेरा कठिन परिस्थितिहरूमा सहभागी भएर असल गर्‍यौ ।
15 Tiedättehän tekin, filippiläiset, että evankeliumin alkuaikoina, kun lähdin Makedoniasta, ei mikään muu seurakunta kuin te yksin käynyt minun kanssani tiliyhteyteen annetusta ja vastaanotetusta.
तिमी फिलिप्पीहरू यो जान्दछौ, कि सुसमाचारको सुरुआतमा जब म माकेडोनियाबाट निस्केँ, तिमीहरूबाहेक कुनै मण्डलीले दिने र लिने विषयमा मलाई सहायता गरेनन् ।
16 Sillä Tessalonikaankin te minulle kerran, jopa kahdesti, lähetitte, mitä tarvitsin.
म थेसलोनिकेमा हुँदा पनि मेरा आवश्यकताहरूका निम्ति तिमीहरूले एक पटकभन्दा धरै सहायता पठायौ ।
17 Ei niin, että haluaisin lahjaa, vaan minä haluan teidän hyväksenne karttuvaa hedelmää.
मैले उपहार खोजेको भने होइनँ । बरु, म तिमीहरूको हिसाबमा बढ्दै जाने फल खोज्दछु ।
18 Olen nyt saanut kaikkea, jopa ylenpalttisesti; minulla on yllinkyllin, saatuani Epafroditukselta teidän lähetyksenne, joka on "suloinen tuoksu", otollinen, Jumalalle mieluinen uhri.
मैले सबै कुराहरू प्राप्‍त गरेको छु, र मसँग ती प्रशस्त छन् । म पूर्ण रूपमा भरिएको छु । तिमीहरूले इपाफ्रोडिटससँग पठाएका सामानहरू मैले पाएँ । ती सुगन्धित वासना आउने ग्रहणयोग्य बलिदान हुन् जसले परमेश्‍वरलाई प्रसन्‍न पार्दछ ।
19 Mutta minun Jumalani on rikkautensa mukaisesti täyttävä kaikki teidän tarpeenne kirkkaudessa, Kristuksessa Jeesuksessa.
र मेरा परमेश्‍वरले ख्रीष्‍ट येशूमा उहाँको महिमाको प्रशस्तताअनुसार तिमीहरूका सबै आवश्यकताहरू पुरा गरिदिनुहुनेछ ।
20 Mutta meidän Jumalallemme ja Isällemme kunnia aina ja iankaikkisesti! Amen. (aiōn g165)
अब हाम्रा परमेश्‍वर र पितालाई सदासर्वदा महिमा होस् । आमेन । (aiōn g165)
21 Tervehdys jokaiselle pyhälle Kristuksessa Jeesuksessa. Tervehdyksen lähettävät teille minun kanssani olevat veljet.
ख्रीष्‍ट येशूमा भएका हरेक विश्‍वासीलाई अभिवादन गर । मसँग भएका भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
22 Tervehdyksen lähettävät teille kaikki pyhät, mutta varsinkin ne, jotka ovat keisarin huoneväkeä.
यहाँ भएका सबै विश्‍वासीहरू, र विशेष गरेर कैसरका घरानाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
23 Herran Jeesuksen Kristuksen armo olkoon teidän henkenne kanssa.
प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस् । आमेन ।

< Filippiläisille 4 >