< Psalms 122 >

1 A Song of Ascents. By David. I was glad when they said to me, “Let’s go to the LORD’s house!”
तिनीहरूले मलाई, “हामी परमप्रभुको मन्‍दिरमा जाऔं” भन्दा म खुसी हुन्थें ।
2 Our feet are standing within your gates, Jerusalem!
ए यरूशलेम, हाम्रा खुट्टाहरू तेरा ढोकाहरूभित्र खडा छन् ।
3 Jerusalem is built as a city that is compact together,
ए यरूशलेम, होसियार भएर योजना गरी बनाइएको सहर हो ।
4 where the tribes go up, even the LORD’s tribes, according to an ordinance for Israel, to give thanks to the LORD’s name.
कुलहरू, परमप्रभुका कुलहरू, इस्राएलको साक्षीको रूपमा परमप्रभुको नाउँमा धन्यवाद दिनलाई यरूशलेममा जान्छन् ।
5 For there are set thrones for judgement, the thrones of David’s house.
त्यहाँ न्यायका सिंहासनहरू, दाऊदको घरानाको सिंहासनहरू खडा गरिएका थिए ।
6 Pray for the peace of Jerusalem. Those who love you will prosper.
यरूशलेमको शन्तिको निम्ति प्रार्थना गर । “तँलाई प्रेम गर्नेहरूलाई शान्ति मिलोस् ।
7 Peace be within your walls, and prosperity within your palaces.
तेरो रक्षा गर्ने पर्खालहरूभित्र शान्ति रहोस् र तिनीहरूले तेरा किल्लाहरूभित्र शान्ति पाऊन् ।”
8 For my brothers’ and companions’ sakes, I will now say, “Peace be within you.”
मेरा दाजुभाइ र मित्रहरूका खातिर, म भन्‍नेछु, “तँभित्र शान्ति होस् ।”
9 For the sake of the house of the LORD our God, I will seek your good.
परमप्रभु हाम्रा परमेश्‍वरको मन्‍दिरको खातिर, म तेरो भलाइ खोज्‍नेछु ।

< Psalms 122 >