< 1 Timothy 5 >

1 Don’t rebuke an older man, but exhort him as a father; the younger men as brothers;
वृद्धमानिसलाई नहाप्काऊ । बरू आफ्नै बाबुलाई झैँ सम्‍झाऊ । जवानहरूलाई आफ्नै भाइझैँ सम्‍झाऊ ।
2 the elder women as mothers; the younger as sisters, in all purity.
वृद्ध स्‍त्रीहरूलाई आमालाई झैँ र जवान स्‍त्रीहरूलाई सारा शुद्धतामा दिदीबहिनीलाई झैँ सम्‍झाऊ ।
3 Honour widows who are widows indeed.
जो साँचो विधवाहरू हुन् तिनीहरूको आदर गर ।
4 But if any widow has children or grandchildren, let them learn first to show piety towards their own family and to repay their parents, for this is acceptable in the sight of God.
तर यदि कुनै विधवाको छोराछोरी वा नातिनातिनीहरू छन् भने तिनीहरूको घरानामा नै पहिला आदर देखाउन सिकून । तिनीहरूले आफ्ना आमाबाबुहरूको ऋण चुकाऊन्, किनभने यो चाहिँ परमेश्‍वरलाई खुसी तुल्‍याउने कुरा हो ।
5 Now she who is a widow indeed and desolate, has her hope set on God and continues in petitions and prayers night and day.
तर वास्तविक विधवा एक्लै छोडिन्‍छन् । तिनको आत्‍मा भरोसा परमेश्‍वरमा नै हुन्छ । तिेनी रातदिन बिन्ती र प्रार्थनामा रहन्‍छिन् ।
6 But she who gives herself to pleasure is dead while she lives.
तैपनि मोजमस्तीको लागि जिउने स्‍त्री जीउदै मरेकी जस्‍तै हुन्‍छिन ।
7 Also command these things, that they may be without reproach.
र यी कुराहरूको प्रचार गर ताकि तिनीहरू निन्दारहित होऊन् ।
8 But if anyone doesn’t provide for his own, and especially his own household, he has denied the faith and is worse than an unbeliever.
तर यदि कसैले आफ्ना नातेदारहरू विशेषगरी आफ्नै घरानाहरूको लागि जुटाउदैन भने उसले विश्‍वासलाई इन्कार गरेको हुन्छ र एउटा विश्‍वास नगर्ने भन्दा पनि खराब हुन्छ ।
9 Let no one be enrolled as a widow under sixty years old, having been the wife of one man,
साठी वर्ष भन्दा कम उमेर नभएका एउटै पतिको पत्‍नी भएर बसेकी स्‍त्रीलाई मात्र विधवाको सूचीमा राख्‍नु ।
10 being approved by good works, if she has brought up children, if she has been hospitable to strangers, if she has washed the holy ones’ feet, if she has relieved the afflicted, and if she has diligently followed every good work.
तिनी असल कामहरूले चिनिएको हुनुपर्छ चाहे तिनले छोराछोरीहरूको वास्ता गरेकी हुन् वा परदेशीहरूको सत्कार गरेकी हुन्, वा विश्‍वासीहरूका खुट्टा धोएकी हुन् वा जुनसुकै काममा समर्पित भएकी हुन् ।
11 But refuse younger widows, for when they have grown wanton against Messiah, they desire to marry,
तर जवान बिधवाहरुलाई सूचीमा लेख्‍न इन्कार गर । किनभने जब तिनीहरूलाई ख्रीष्‍ट विरूद्ध शारीरिक अभिलाषाको अघि हार खान्‍छन्, तिनीहरूले विवाह गर्ने इच्छा गर्छन् ।
12 having condemnation, because they have rejected their first pledge.
यसरी तिनीहरूले पहिलेको प्रतिबद्धता तोडेर दोषको वशमा पर्छन् ।
13 Besides, they also learn to be idle, going about from house to house. Not only idle, but also gossips and busybodies, saying things which they ought not.
तिनीहरू अल्छी गर्ने पनि हुन्छन् । तिनीहरू अल्छी गर्ने मात्र होइन तर कुरौटे र अर्काको काममा हस्‍तक्षेप गर्ने पनि बन्‍छन् । तिनीहरूल भन्‍न नहुने कुरा भन्छन् ।
14 I desire therefore that the younger widows marry, bear children, rule the household, and give no occasion to the adversary for insulting.
यसकारण म चाहन्छु जवान स्‍त्रीहरूले हाम्रा विरोधीहरूलाई हामीले खराबी गरेकोमा दोष लगाउने मौका नदिनको लागि विवाह गरून्, बालबच्‍चा जन्माउन, घरवार चलाऊन् ।
15 For already some have turned away after Satan.
किनभने कोही त अघि नै शैतानको पछि लागिसकेका छन् ।
16 If any man or woman who believes has widows, let them relieve them, and don’t let the assembly be burdened, that it might relieve those who are widows indeed.
यदि कोही विश्‍वासी स्‍त्रीसँग बिधवाहरू छन् भने तिनले तिनीहरूलाई सहायता गरून्, ताकि मण्डलीलाई बोझ नहोस्, ताकि यसले वास्तविक बिधुवाहरूको सहायता गर्न सकोस् ।
17 Let the elders who rule well be counted worthy of double honour, especially those who labour in the word and in teaching.
असल तरिकाले प्रशासन चलाउने एल्डरहरू दोब्बर आदरकायोग्य ठानिऊन् ।
18 For the Scripture says, “You shall not muzzle the ox when it treads out the grain.” And, “The labourer is worthy of his wages.”
किनभने पवित्रशास्‍त्र भन्छ, “तिमीहरूले दाँइ गर्दै गरेको गोरुको मुखमा मोहोलो नलगाऔ” र “कामदार उसको ज्यालाको योग्य हुन्छ ।”
19 Don’t receive an accusation against an elder except at the word of two or three witnesses.
दुई वा तीन जना साक्षीहरू बिना एउटा एल्डरको विरूद्ध लगाइएको आरोप स्वीकार नगर ।
20 Those who sin, reprove in the sight of all, that the rest also may be in fear.
पापीहरूलाई सबैको सामु सुधार गर ताकि बाकी रहेकाहरू पनि डराऊन् ।
21 I command you in the sight of God, and the Lord Yeshua the Messiah, and the chosen angels, that you observe these things without prejudice, doing nothing by partiality.
परमेश्‍वरको, ख्रीष्‍ट येशूको र चुनिएको स्वर्गदूतहरूको सामु म तिमीलाई निष्‍ठापूर्वक आज्ञा दिन्छु कि यी नियमहरू बिना भेदभाव पालना गर र तिमीले कुनै पनि कुरामा पक्षपात नगर ।
22 Lay hands hastily on no one. Don’t be a participant in other people’s sins. Keep yourself pure.
कसैमाथि पनि हात राख्‍न हतार नगर । अरूको पापमा सहभागी नहोऊ । तिमीले आफैँलाई पवित्र राख्‍नु पर्छ ।
23 Be no longer a drinker of water only, but use a little wine for your stomach’s sake and your frequent infirmities.
तिमीले पानी मात्र नपिउनू बरू त्‍यसको सट्टा पेट र तिम्रो घरिघरि हुने बिमारको निम्ति थोरै दाखमद्य खाने गर ।
24 Some men’s sins are evident, preceding them to judgement, and some also follow later.
केही मानिसहरूका पापहरू स्पष्‍ट देखिने हुन्छन् र ती पापहरू तिनीहरू अघि नै न्यायमा जान्छन् । तर केही पापहरू पछि मात्र जान्छन् ।
25 In the same way also there are good works that are obvious, and those that are otherwise can’t be hidden.
त्यसैगरी केही असल कामहरू स्पष्‍ट हुन्छन्, तर अरूहरू पनि लुकाउन सकिन्‍नन् ।

< 1 Timothy 5 >