< Psalms 41 >

1 For the Chief Musician. A Psalm by David. Blessed is he who considers the poor. Yahweh will deliver him in the day of evil.
कमजोरहरूलाई वास्‍ता गर्ने मानिस धन्यको हो । कष्‍टको दिनमा परमप्रभुले त्यसलाई बचाउनुहुनेछ ।
2 Yahweh will preserve him, and keep him alive. He shall be blessed on the earth, and he will not surrender him to the will of his enemies.
परमप्रभुले त्यसलाई सुरक्षित राख्‍नुहुनेछ र त्यसलाई जीवित राख्‍नुहुनेछ, र त्यो पृथ्वीमा आशिषित् हुनेछ । परमप्रभुले त्यसका शत्रुहरूका हातमा त्यसलाई दिनुहुनेछैन ।
3 Yahweh will sustain him on his sickbed, and restore him from his bed of illness.
कष्‍टको शैय्यामा परमप्रभुले त्यसलाई सहायता गर्नुहुनेछ । तपाईंले त्यसको बिरामीको शैय्यालाई आरोग्यताको शैय्या बनाउनुहुनेछ ।
4 I said, “Yahweh, have mercy on me! Heal me, for I have sinned against you.”
मैले भनें, “हे परमप्रभु, ममाथि दया गर्नुहोस् । मलाई निको पार्नुहोस् किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु ।”
5 My enemies speak evil against me: “When will he die, and his name perish?”
मेरा शत्रुहरूले मेरो विरुद्धमा यसो भनेर खराबी बोल्छन्,”त्यो कहिले मर्ला र त्यसको नाउँ नष्‍ट होला?”
6 If he comes to see me, he speaks falsehood. His heart gathers iniquity to itself. When he goes abroad, he tells it.
मेरो शत्रु मलाई हेर्न आउँछ भने, त्यसले व्‍यर्थ कुराहरू गर्छ । त्यसको हृदयले आफ्‍नो निम्‍ति मेरो विपत्ति बटुल्छ । त्यो मबाट टाढा जाँदा, यसबारे त्यसले अरूलाई भन्‍छ ।
7 All who hate me whisper together against me. They imagine the worst for me.
मलाई घृणा गर्नेहरू सबै एकसाथ मिलेर मेरो विरुद्धमा कानेखुसी गर्छन् । मेरो विरुद्ध तिनीहरूले मलाई चोट पुर्‍याउने आसा गर्छन् ।
8 “An evil disease”, they say, “has afflicted him. Now that he lies he shall rise up no more.”
तिनीहरू भन्छन्, “खराब रोगले त्यसलाई सिकिस्‍त पारेको छ । त्यो ओछ्यान थला परेको छ । त्यो फेरि उठ्नेछैन ।”
9 Yes, my own familiar friend, in whom I trusted, who ate bread with me, has lifted up his heel against me.
वास्तवमा, मेरो रोटी खाएको मेरो आफ्नो घनिष्ठ मित्र जसमा मैले भरोसा गरें, त्यसैले मेरो विरुद्धमा आफ्‍नो लात उठाएको छ ।
10 But you, Yahweh, have mercy on me, and raise me up, that I may repay them.
तर हे परमप्रभु, तपाईंले ममाथि दया गर्नुहोस् र मलाई उठाउनुहोस् ताकि मैले तिनीहरूलाई बदला लिन सकूँ ।
11 By this I know that you delight in me, because my enemy doesn’t triumph over me.
तपाईं मसँग खुसी हुनुहुन्‍छ भनी यसैद्वारा म जान्‍नेछु, किनकि मेरो शत्रुले मलाई जित्‍दैन ।
12 As for me, you uphold me in my integrity, and set me in your presence forever.
मेरो बारेमा, मेरो इमान्‍दारीतामा तपाईंले मलाई सहायता गर्नुहुनेछ र मलाई सधैंभरि तपाईंकै सामु राख्‍नुहुनेछ ।
13 Blessed be Yahweh, the God of Israel, from everlasting and to everlasting! Amen and amen.
अनन्‍तदेखि अनन्‍तसम्‍म नै परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा होस् । आमेन र आमेन ।

< Psalms 41 >