< 1 Chronicles 3 >

1 Now these were the sons of David, who were born to him in Hebron; the firstborn Amnon, of Ahinoam the Jezreelitess; the second Daniel, of Abigail the Carmelitess:
हेब्रोनमा जन्‍मेका दाऊदका छोराहरू यी नै हुन्‌: यिजरेलकी अहीनोमबाट जेठा छोरा अमनोन, कर्मेलकी अबीगेलबाट माहिला दानिएल भए ।
2 The third, Absalom the son of Maachah the daughter of Talmai king of Geshur: the fourth, Adonijah the son of Haggith:
साहिंला अब्‍शालोम, जसकी आमा गशूरका राजा तल्‍मैकी छोरी माका थिइन्, काहिंला अदोनियाह, जो हग्‍गीतका छोरा थिए ।
3 The fifth, Shephatiah of Abital: the sixth, Ithream by Eglah his wife.
अबीतलबाट ठाहिंला शपत्‍याह थिए, र तिनकी पत्‍नी एग्‍लाबाट कान्‍छा यित्राम भए ।
4 These six were born to him in Hebron; and there he reigned seven years and six months: and in Jerusalem he reigned thirty and three years.
यी छ जनाचाहिं दाऊदको लागि हेब्रोनमा जन्‍मेका थिए, जहाँ दाऊदले सात वर्ष छ महिना राज्‍य गरे । त्यसपछि तिनले यरूशलेममा तेत्तिस वर्ष राज्‍य गरे ।
5 And these were born to him in Jerusalem; Shimea, and Shobab, and Nathan, and Solomon, four, of Bathshua the daughter of Ammiel:
शम्‍मूअ, शोबाब, नातान र सोलोमन चार जना अम्‍मीएलकी छोरी बतशेबाबाट येरूशलेममा जन्‍मेका थिए ।
6 Ibhar also, and Elishama, and Eliphelet,
दाऊदमा अरू नौ जनाचाहिं यिभार, एलीशूअ, एलीपेलेत,
7 And Nogah, and Nepheg, and Japhia,
नोगह, नेपेग, यापी,
8 And Elishama, and Eliada, and Eliphelet, nine.
एलीशामा, एल्‍यादा र एलीपेलेत थिए ।
9 These were all the sons of David, besides the sons of the concubines, and Tamar their sister.
दाऊदका छोराहरू यिनै थिए, जसमा उपपत्‍नीहरूका छोराहरू समावेश छैनन् । तामार तिनीहरूकी बहिनी थिइन्‌ ।
10 And Solomon’s son was Rehoboam, Abia his son, Asa his son, Jehoshaphat his son,
सोलोमनका छोरा रहबाम थिए । रहबामका छोरा अबिया थिए । अबियाका छोरा आसा थिए । आसाका छोरा यहोशापात थिए ।
11 Joram his son, Ahaziah his son, Joash his son,
यहोशापातका छोरा यहोराम थिए । यहोरामका छोरा अहज्‍याह थिए । अहज्याहका छोरा योआश थिए ।
12 Amaziah his son, Azariah his son, Jotham his son,
योआश का छोरा अमस्‍याह थिए । अमस्‍याहका छोरा अजर्याह थिए । अजर्याह का छोरा योताम थिए ।
13 Ahaz his son, Hezekiah his son, Manasseh his son,
योतामका छोरा आहाज थिए । आहाजका छोरा हिजकिया थिए । हिजकियाका छोरा मनश्‍शे थिए ।
14 Amon his son, Josiah his son.
मनश्शेका छोरा अमोन थिए । अमोनका छोरा योशियाह थिए ।
15 And the sons of Josiah were, the firstborn Johanan, the second Jehoiakim, the third Zedekiah, the fourth Shallum.
योशियाहका जेठा छोरा योहानान, माहिला यहोयाकीम, साहिंला सिदकियाह, र कान्‍छा शल्‍लूम थिए ।
16 And the sons of Jehoiakim: Jeconiah his son, Zedekiah his son.
यहोयाकीमका छोराहरू यहोयाकीन र सिदकियाह थिए ।
17 And the sons of Jeconiah; Assir, Salathiel his son,
कैदमा लगिएका यहोयाकीनका छोराहरू शालतिएल,
18 Malchiram also, and Pedaiah, and Shenazar, Jecamiah, Hoshama, and Nedabiah.
मल्‍कीराम, पदायाह, शेनस्‍सर, यकम्‍याह, होशामा र नदब्‍याह थिए।
19 And the sons of Pedaiah were, Zerubbabel, and Shimei: and the sons of Zerubbabel; Meshullam, and Hananiah, and Shelomith their sister:
पदायाहका छोराहरू यरुबाबेल र शिमी थिए । यरुबाबेलका छोराहरू मशुल्‍लाम र हनन्‍याह थिए । तिनीहरूकी बहिनी शलोमीत थिइन्‌ ।
20 And Hashubah, and Ohel, and Berechiah, and Hasadiah, and Jushabhesed, five.
तिनका अरू पाँच जना छोराहरू हशूबा, ओहेल, बेरेक्‍याह, हसदयाह र यूशप-हेसेद थिए ।
21 And the sons of Hananiah; Pelatiah, and Jesaiah: the sons of Rephaiah, the sons of Arnan, the sons of Obadiah, the sons of Shechaniah.
हनन्‍याहका छोराहरू पलत्‍याह र यशयाह थिए । तिनको छोरा रपायाह थिए र अन्य सन्तानहरू अर्नान, ओबदिया र शकन्‍याह थिए ।
22 And the sons of Shechaniah; Shemaiah: and the sons of Shemaiah; Hattush, and Igeal, and Bariah, and Neariah, and Shaphat, six.
शकन्‍याहका छोरा शमायाह थिए । शमायाहका छोराहरू हत्तूश, यिगाल, बारीह, नार्याह र शाफात थिए ।
23 And the sons of Neariah; Elioenai, and Hezekiah, and Azrikam, three.
नार्याहका छोराहरू एल्‍योएनै, हिस्‍कियाह र अज्रीकाम थिए ।
24 And the sons of Elioenai were, Hodaiah, and Eliashib, and Pelaiah, and Akkub, and Johanan, and Delaiah, and Anani, seven.
एल्‍यहोएनैका छोराहरू होदबिया, एल्‍यासीब, पलयाह, अक्‍कूब, योहानान, दलायाह र अनानी गरी सात जना थिए ।

< 1 Chronicles 3 >