< 1 Chronicles 6 >

1 The sons of Levi: Gershon, Kohath, and Merari.
लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए ।
2 The sons of Kohath: Amram, Izhar, and Hebron, and Uzziel.
कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए ।
3 The children of Amram: Aaron, and Moses, and Miriam. The sons of Aaron: Nadab, and Abihu, Eleazar, and Ithamar.
अम्रामका छोराछोरी हारून, मोशा र मिरियम थिए । हारूनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामार थिए ।
4 Eleazar became the father of Phinehas, Phinehas became the father of Abishua,
एलाजार पीनहासका पिता भए, र पीनहास अबीशूका पिता भए ।
5 and Abishua became the father of Bukki, and Bukki became the father of Uzzi,
अबीशू बुक्‍कीका पिता भए, बुक्‍की उज्‍जीका पिता भए ।
6 and Uzzi became the father of Zerahiah, and Zerahiah became the father of Meraioth,
उज्‍जी जरयाहका पिता भए, जरयाह मरायोतका पिता भए ।
7 Meraioth became the father of Amariah, and Amariah became the father of Ahitub,
मरायोत अमर्याहका पिता भए, र अमर्याह अहीतूबका पिता भए ।
8 and Ahitub became the father of Zadok, and Zadok became the father of Ahimaaz,
अहीतूब सादोकका पिता भए, र सादोक अहीमासका पिता भए ।
9 and Ahimaaz became the father of Azariah, and Azariah became the father of Johanan,
अहीमास अजर्याहका पिता भए, र अजर्याह योहानानका पिता भए ।
10 and Johanan became the father of Azariah, (he it is who executed the priest's office in the house that Solomon built in Jerusalem),
योहानान अजर्याहका पिता भए, जसले यरूशलेममा सोलोमनले बनाएको परमप्रभुको मन्‍दिरमा सेवा गरे ।
11 and Azariah became the father of Amariah, and Amariah became the father of Ahitub,
अजर्याह अमर्याहका पिता भए, र अमर्याह अहीतूबका पिता भए ।
12 and Ahitub became the father of Zadok, and Zadok became the father of Shallum,
अहीतूब सादोकका पिता भए, र सादोक शल्‍लूमका पिता भए ।
13 and Shallum became the father of Hilkiah, and Hilkiah became the father of Azariah,
शल्‍लूम हिल्‍कियाहका पिता भए, र हिल्‍कियाह अजर्याहका पिता भए ।
14 and Azariah became the father of Seraiah, and Seraiah became the father of Jehozadak;
अजर्याह सरायाहका पिता भए, र सरायाह यहोसादाकका पिता भए ।
15 Jehozadak went into captivity, when YHWH carried away Judah and Jerusalem by the hand of Nebuchadnezzar.
परमप्रभुले यहूदा र यरूशलेमलाई नबूकदनेसरको हातबाट निर्वासनमा लैजाँदा यहोसादाक पनि कैदमा लगिए ।
16 The sons of Levi: Gershom, Kohath, and Merari.
लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए ।
17 These are the names of the sons of Gershom: Libni and Shimei.
गेर्शोनका छोराहरू लिब्‍नी र शिमी थिए ।
18 The sons of Kohath were Amram, and Izhar, and Hebron, and Uzziel.
कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए ।
19 The sons of Merari: Mahli and Mushi. These are the families of the Levites according to their fathers' houses.
मरारीका छोराहरू महली र मूशी थिए । आ-आफ्‍ना पुर्खाअनुसार लेखिएका लेवीका वंशहरू यी नै हुन्‌ ।
20 Of Gershom: Libni his son, Jahath his son, Zimmah his son,
गेर्शोनका सन्‍तानहरू: तिनका छोरा लिब्‍नी थिए । लिब्‍नीका छोरा येहाथ तिए । तिनका छोरा जिम्‍माह थिए ।
21 Joah his son, Iddo his son, Zerah his son, Jeatherai his son.
तिनका छोरा योआ थिए । तिनका छोरा इद्दो थिए । तिनका छोरा जेरह तिए । तिनका छोरा यातरै थिए ।
22 The descendants of Kohath: Amminadab his son, Korah his son, Assir his son,
कहातका सन्‍तानहरूः तिनका छोरा अम्‍मीनादाब थिए । तिनका छोरा कोरह थिए । तिनका छोरा अस्‍सीर थिए ।
23 Elkanah his son, and Abiasaph his son, and Assir his son,
तिनका छोरा एल्‍काना थिए । तिनका छोरा एब्‍यासाप थिए । तिनका छोरा अस्‍सीर थिए ।
24 Tahath his son, Uriel his son, Uzziah his son, and Shaul his son.
तिनका छोरा तहत थिए । तिनका छोरा उरीएल थिए । तिनका छोरा उज्‍जियाह थिए । तिनका छोरा शौल थिए ।
25 The sons of Elkanah: Amasai, and Ahimoth.
एल्‍कानाका छोराहरू अमासै, अहीमोत,
26 Elkanah his son, Zuphai his son, and Nahath his son,
अनि एल्‍काना नाउँको एक जना छोरा, तिनका छोरा सोफै, तिनका छोरा नहत,
27 Eliab his son, Jeroham his son, Elkanah his son, Samuel his son.
तिनका छोरा एलीआब, तिनका छोरा यरोहाम, तिनका छोरा एल्‍काना थिए ।
28 The sons of Samuel: the firstborn Joel, and the second Abijah.
शमूएलका छोराहरू जेठा योएल र कान्‍छा अबिया थिए ।
29 The descendants of Merari: Mahli his son, Libni his son, Shimei his son, Uzzah his son,
मरारीका छोरा महली थिए । तिनका छोरा लिब्‍नी थिए । तिनका छोरा शिमी थिए । तिनका छोरा उज्‍जाह थिए ।
30 Shimea his son, Haggiah his son, Asaiah his son.
तिनका छोरा शिमेअ थिए । तिनका छोरा हग्‍गियाह थिए । तिनका छोरा असायाह थिए ।
31 These are they whom David set over the service of song in the house of YHWH, after that the ark had rest.
सन्‍दूक परमप्रभुको मन्‍दिरमा राखेपछि सङ्गीतको जिम्‍मा लिनलाई दाऊदले नियुक्त गरेका मानिसहरू यी नै हुन्‌ ।
32 They ministered with song before the tabernacle of the Tent of Meeting, until Solomon had built the house of YHWH in Jerusalem: and they waited on their office according to their order.
सोलोमनले यरूशलेममा परमप्रभुको मन्‍दिर नबनाएसम्‍म पवित्र वासस्‍थान, अर्थात्‌ भेट हुने पालको सामु तिनीहरूले सङ्गीत गाएर सेवा गरे । तिनीहरूलाई दिइएको निर्देशनहरू अनुसार तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरे ।
33 These are those who waited, and their sons. Of the descendants of the Kohathites: Heman the singer, the son of Joel, the son of Samuel,
आ-आफ्‍ना छोराहरूसँग सेवा गर्नेहरू यी नै थिए । कहातीहरूबाट सङ्गीतकार हेमान आए । तिनका पुर्खा यी नै थिएः हेमान योएलका छोरा थिए । योएल शमूएलका छोरा थिए ।
34 the son of Elkanah, the son of Jeroham, the son of Eliel, the son of Toah,
शमूएल एल्‍कानाका छोरा थिए । एल्काना यरोहामका छोरा थिए । यरोहाम एलीएलका छोरा थिए । एलीएल तोहका छोरा थिए ।
35 the son of Zuph, the son of Elkanah, the son of Mahath, the son of Amasai,
तोह सूपका छोरा थिए । सूप एल्‍कानाका छोरा थिए । एल्काना महतका छोरा थिए । महत अमासैका छोरा थिए । अमासै एल्‍कानाका छोरा थिए ।
36 the son of Elkanah, the son of Joel, the son of Azariah, the son of Zephaniah,
एल्काना योएलका छोरा थिए । योएल अजर्याहका छोरा थिए । अजर्याह सपन्‍याहका छोरा थिए ।
37 the son of Tahath, the son of Assir, the son of Abiasaph, the son of Korah,
समपन्याह तहतका छोरा थिए । तहत अस्‍सीरका छोरा थिए । अस्सीर एब्‍यासापका छोरा थिए । एब्‍यासाप कोरहका छोरा थिए ।
38 the son of Izhar, the son of Kohath, the son of Levi, the son of Israel.
कोरह यिसहारका छोरा थिए । यिसहार कहातका छोरा थिए । कहात लेवीका छोरा थिए । लेवी इस्राएलका छोरा थिए ।
39 His brother Asaph, who stood on his right hand, even Asaph the son of Berechiah, the son of Shimea,
हेमानका सहयोगी आसाप थिए, जो तिनको दायाँतर्फ खडा रहन्‍थे । आसाप बेरेक्‍याहका छोरा थिए । बेरेक्याह शिमेअका छोरा थिए ।
40 the son of Michael, the son of Maaseiah, the son of Malchijah,
शिमेअ मिखाएलका छोरा थिए । मिखाएल बासेयाहका छोरा थिए । बासेयाह मल्‍कियाहका छोरा थिए ।
41 the son of Ethni, the son of Zerah, the son of Adaiah,
मल्कियाह एत्‍नीका छोरा थिए । एत्‍नी जेरहका छोरा थिए । जेरह अदायाहका छोरा थिए ।
42 the son of Ethan, the son of Zimmah, the son of Shimei,
अदायाह एतानका छोरा थिए । एतान जिम्‍माहका छोरा थिए । जिम्माह शिमीका छोरा थिए ।
43 the son of Jahath, the son of Gershom, the son of Levi.
शिमी यहतका छोरा थिए । यहत गेर्शोनका छोरा थिए । गेर्शोन लेवीका छोरा थिए ।
44 On the left hand their brothers the descendants of Merari: Ethan the son of Kishi, the son of Abdi, the son of Malluch,
हेमानका बायाँतर्फ तिनका सहयोगीहरू मरारीका छोराहरू थिए । तिनीहरूमा कीशीका छोरा एतान थिए । कीशी अब्‍दीका छोरा थिए । अब्दी मल्‍लूकका छोरा थिए ।
45 the son of Hashabiah, the son of Amaziah, the son of Hilkiah,
मल्लूक हशब्‍याहका छोरा थिए । हशब्याह अमस्‍याहका छोरा थिए । अमस्याह हिल्‍कियाहका छोरा थिए ।
46 the son of Amzi, the son of Bani, the son of Shemer,
हिल्कियाह अम्सीका छोरा थिए । अम्सी बानीका छोरा थिए । बानी शेमेरका छोरा थिए ।
47 the son of Mahli, the son of Mushi, the son of Merari, the son of Levi.
शेमेर महलीका छोरा थिए । महली मूशीका छोरा थिए । मूशी मरारीका छोरा थिए । मरारी लेवीका छोरा थिए ।
48 Their brothers the Levites were appointed for all the service of the tabernacle of the house of God.
तिनीहरूका सहयोगी लेवीहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएको पवित्र वासस्‍थानका सबै कामको जिम्मा दिइयो ।
49 But Aaron and his sons offered on the altar of burnt offering, and on the altar of incense, for all the work of the most holy place, and to make atonement for Israel, according to all that Moses the servant of God had commanded.
हारून र तिनका सन्‍तानहरूले वेदीमा होमबलिहरू, अनि महापवित्र स्थानमा हुने सबै कार्यको निम्ति धूप वेदीमा भेटीहरू चढाए । यी भेटीहरू इस्राएलका पापका लागि प्रायश्‍चित गर्नलाई परमेश्‍वरका दास मोशाका आज्ञाअनुसार यी सबै भेटीहरू चढाइए ।
50 These are the descendants of Aaron: Eleazar his son, Phinehas his son, Abishua his son,
हारूनका सन्‍तान निम्‍नानुसार चिनिन्थेः हारूनका छोरा एलाजार थिए । एलाजारका छोरा पीनहास थिए । पीनहासका छोरा अबीशू थिए ।
51 Bukki his son, Uzzi his son, Zerahiah his son,
अबीशूका छोरा बुक्‍की थिए । बुक्‍कीका छोरा उज्‍जी थिए । उज्‍जीका छोरा जरयाह थिए ।
52 Meraioth his son, Amariah his son, Ahitub his son,
जरयाहका छोरा मरायोत थिए । मरायोतका छोरा अमर्याह थिए । अमर्याहका छोरा अहीतूब थिए ।
53 Zadok his son, Ahimaaz his son.
अहीतूबका छोरा सादोक थिए । सादोकका छोरा अहीमास थिए ।
54 Now these are their dwelling places according to their encampments in their borders: to the descendants of Aaron, of the families of the Kohathites (for theirs was the first lot),
हारूनका सन्‍तानको कहाती वंशलाई तोकेर दिएको इलाकामा तिनीहरूका स्थानहरू यी नै हुन्‌ (किनभने पहिलो चिट्ठा कहातीहरूलाई नै परेको थियो) ।
55 to them they gave Hebron in the land of Judah, and its suburbs around it;
उनीहरूले तिनीहरूलाई यहूदाको देशमा भएको हेब्रोन र त्‍यसका खर्कहरू दिए,
56 but the fields of the city, and its villages, they gave to Caleb the son of Jephunneh.
तर त्‍यस सहरका खेतबारी र त्‍यसका गाउँहरूचाहिं तिनीहरूले यपुन्‍नेका छोरा कालेबलाई दिए ।
57 To the descendants of Aaron they gave the cities of refuge, Hebron; Libnah also with its suburbs, and Jattir, and Eshtemoa with its suburbs,
हारूनका सन्‍तानहरूलाई तिनीहरूले हेब्रोन (शरणस्‍थानको सहर) र लिब्‍ना, यत्तीर, र एश्‍तमोका खर्कहरूसहित,
58 and Hilen with its suburbs, Debir with its suburbs,
खर्कहरूसहित हीलन र खर्कहरूसहित दबीर पनि दिए ।
59 and Ashan with its suburbs, and Juttah with its suburbs, and Beth Shemesh with its suburbs;
अनि तिनीहरूले हारूनका सन्तानलाई खर्कहरूसहित आशानका साथै खर्कहरूसहित युत्ता र बेथ-शमेश दिए ।
60 and out of the tribe of Benjamin, Gibeon with its suburbs, Geba with its suburbs, and Allemeth with its suburbs, and Anathoth with its suburbs. All their cities throughout their families were thirteen cities.
अनि बेन्‍यामीनको कुलबाट तिनीहरूले खर्कहरूसहित गेबा, खर्कहरूसहित आलेमेत, खर्कहरूसहित अनातोत दिए । तिनीहरूका सहरहरू जम्‍मा तेह्र वटा थिए । यी सहरहरू कहातीका तेह्र वंशहरू माझमा बाँडियो ।
61 To the rest of the descendants of Kohath were given by lot, out of the family of the tribe, out of the half-tribe, the half of Manasseh, ten cities.
कहातका बाँकी सन्‍तानहरूलाई मनश्‍शेको आधा कुलबाट दश वटा सहरहरू बाँडियो ।
62 To the descendants of Gershom, according to their families, out of the tribe of Issachar, and out of the tribe of Asher, and out of the tribe of Naphtali, and out of the tribe of Manasseh in Bashan, thirteen cities.
गेर्शोनका सन्‍तानहरूलाई तिनीहरूका वंशहरूमा इस्‍साखार, आशेर, नप्‍ताली र बाशानमा भएको मनश्‍शेका कुलबाट तेह्र वटा सहरहरू दिइयो ।
63 To the descendants of Merari were given by lot, according to their families, out of the tribe of Reuben, and out of the tribe of Gad, and out of the tribe of Zebulun, twelve cities.
मरारीका सन्‍तानहरूलाई तिनीहरूका वंशअनुसार रूबेन, गाद र जबूलूनका कुलबाट बाह्र सहरहरू दिइए ।
64 The children of Israel gave to the Levites the cities with their suburbs.
यसरी इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू तिनका खर्कहरूसहित दिए ।
65 They gave by lot out of the tribe of the descendants of Judah, and out of the tribe of the people of Simeon, and out of the tribe of the people of Benjamin, these cities which are mentioned by name.
माथि उल्लेख गरिएका सहरहरू यहूदा, शिमियोन र बेन्‍यामीनका कुलहरूबाट चिठ्ठाको माध्यमबाट तिनीहरूलाई दिइयो ।
66 Some of the families of the descendants of Kohath, of the Levites, even the rest of the descendants of Kohath, had cities of their borders out of the tribe of Ephraim.
कहातीका केही वंशहरूलाई एफ्राइमको कुलबाट सहरहरू दिइए ।
67 They gave to them the cities of refuge, Shechem in the hill country of Ephraim with its suburbs; Gezer also with its suburbs,
तिनीहरूलाई एफ्राइमको पहाडी देशमा शकेमका खर्कहरूसहित (शरणस्‍थानको सहर) गेजेरका खर्कहरूसहित,
68 and Jokmeam with its suburbs, and Beth Horon with its suburbs,
खर्कहरूसहित योक्‍माम र खर्कहरूसहित बेथ-होरोन,
69 and Aijalon with its suburbs, and Gath Rimmon with its suburbs;
खर्कहरूसहित अय्‍यालोन र खर्कहरूसहित गात-रिम्‍मोन दिइयो ।
70 and out of the half-tribe of Manasseh, Taanach with its suburbs, and Ibleam with its suburbs, for the rest of the family of the descendants of Kohath.
मनश्‍शेको आधा कुलले खर्कहरूसहित आनेर र खर्कहरूसहित बिलाम कहातीका बाँकी वंशहरूलाई दिए । यी जमिनहरू बाँकी कोहाती वंशका सम्पत्ति बने ।
71 To the descendants of Gershom were given, out of the family of the half-tribe of Manasseh, Golan in Bashan with its suburbs, and Ashtaroth with its suburbs;
गेर्शोनीहरूलाई मनश्‍शेका आधा कुलबाट खर्कहरूसहित बाशानमा भएको गोलान र खर्कहरूसहित अस्‍तारोत दिए ।
72 and out of the tribe of Issachar, Kedesh with its suburbs, Daberath with its suburbs,
इस्‍साखारको कुलले खर्कहरूसहित केदेश, खर्कहरूसहित दाबरत,
73 and Ramoth with its suburbs, and Anem with its suburbs;
खर्कहरूसहित रामोत र खर्कहरूसहित अनेम दिए ।
74 and out of the tribe of Asher, Mashal with its suburbs, and Abdon with its suburbs,
इस्साखारले आशेरको कुलबाट खर्कहरूसहित माशाल, खर्कहरूसहित अब्‍दोन,
75 and Hukok with its suburbs, and Rehob with its suburbs;
खर्कहरूसहित हूकोक र खर्कहरूसहित रहोब प्राप्‍त गरे ।
76 and out of the tribe of Naphtali, Kedesh in Galilee with its suburbs, and Hammon with its suburbs, and Kiriathaim with its suburbs.
तिनीहरूले नप्‍तालीको कुलबाट खर्कहरूसहित गालीलको केदेश, खर्कहरूसहित हम्‍मोन र खर्कहरूसहित किर्यातैम, प्राप्‍त गरे ।
77 To the rest of the Levites, the descendants of Merari, were given, out of the tribe of Zebulun, Jokneam with its suburbs, Rimmon with its suburbs, and Tabor with its suburbs, and Nahalal with its suburbs.
मरारीका बाँकी सन्‍तानहरूले जबूलूनको कुलबाट खर्कहरूसहित योक्‍माम, कर्तह, रिम्‍मोनो र खर्कहरूसहित तबोर प्राप्‍त गरे,
78 And beyond the Jordan at Jericho, on the east side of the Jordan, were given them, out of the tribe of Reuben, Bezer in the wilderness with its suburbs, and Jahzah with its suburbs,
अनि यर्दन पारि यरीहोको पूर्वपट्टि रूबेनको कुलबाट मरुभूमिमा भएको बेसेर, यहसाह,
79 and Kedemoth with its suburbs, and Mephaath with its suburbs;
खर्कहरूसहित कदेमोत र खर्कहरूसहित मेपात,
80 and out of the tribe of Gad, Ramoth in Gilead with its suburbs, and Mahanaim with its suburbs,
लेवीहरूले गादको कुलबाट खर्कहरूसहित गिलादमा भएको रामोत, खर्कहरूसहित महनोम,
81 and Heshbon with its suburbs, and Jazer with its suburbs.
खर्कहरूसहित हेश्‍बोन र खर्कहरूसहित याजेर प्राप्‍त गरे ।

< 1 Chronicles 6 >