< Matthew 23 >

1 Then Jesus spoke to the crowds and to his disciples,
त्यसपछि येशू भिडहरू र आफ्ना चेलाहरूसँग बोल्नुभयो ।
2 saying, The scribes and the Pharisees have set themselves down in Moses' seat:
उहाँले भन्‍नुभयो, “शास्‍त्रीहरू र फरिसीहरू मोशाको आसनमा बस्छन् ।”
3 all things therefore, whatever they may tell you, do and keep. But do not after their works, for they say and do not,
यसकारण, तिनीहरूले तिमीहरूलाई जे गर भनी आज्ञा गर्दछन्, ती कुरा गर र तिनीहरूलाई पालन गर । तर तिनीहरूका कामहरूको अनुसरण नगर, किनकि तिनीहरू कुराहरूचाहिँ गर्दछन्, तर पछि आफैँले ती गर्दैनन् ।
4 but bind burdens heavy and hard to bear, and lay them on the shoulders of men, but will not move them with their finger.
हो, तिनीहरूले बोक्‍न कठिन हुने गह्रौँ भारीहरू बाँधिदिन्छन्, अनि तिनीहरूले ती मानिसहरूका काँधहरूमा राखिदिन्छन् । तर तिनीहरू आफैँले भने ती बोक्‍नलाई एउटा औँला पनि चलाउँदैनन् ।
5 And all their works they do to be seen of men: for they make broad their phylacteries and enlarge the borders [of their garments],
तिनीहरूले सबै काम मानिसहरूले देखून् भनेर गर्छन् । किनकि तिनीहरूले आफ्ना निधारमा र नाडीमा राखिने व्यवस्था-पत्रीहरू ठुलो बनाउँछन्, र तिनीहरूले आफ्ना वस्‍त्रका झुम्काहरू लामो पार्दछन् ।
6 and love the chief place in feasts and the first seats in the synagogues,
तिनीहरूले भोजमा मुख्य स्थानहरू र सभाघरहरूमा प्रमुख आसनहरू मन पराउँछन्,
7 and salutations in the market-places, and to be called of men, Rabbi, Rabbi.
अनि बजारहरूमा विशेष अभिवादन गरिएको र मानिसहरूद्वारा ‘रब्बी’ भनी सम्बोधन गरिएको चाहन्छन् ।
8 But ye, be not ye called Rabbi; for one is your instructor, and all ye are brethren.
तर तिमीहरूलाई ‘रब्बी’ भनी सम्बोधन गरिनुहुँदैन, किनकि तिमीहरूका एउटै मात्र गुरु हुनुहुन्छ, र तिमीहरू सबै दाजुभाइहरू हौ ।
9 And call not [any one] your father upon the earth; for one is your Father, he who is in the heavens.
अनि पृथ्वीमा कुनै पनि मानिसलाई पिता भनी नपुकार, किनकि तिमीहरूका एक मात्र पिता हुनुहुन्छ, र उहाँ स्वर्गमा हुनुहुन्छ ।
10 Neither be called instructors, for one is your instructor, the Christ.
न त ‘गुरुज्यू’ भनी कसैले तिमीहरूलाई बोलाऊन्, किनकि ख्रीष्‍ट तिमीहरूका एक मात्र गुरु हुनुहुन्छ ।
11 But the greatest of you shall be your servant.
तर जो तिमीहरूका माझमा सबैभन्दा महान् छ, ऊ तिमीहरूका दास हुनेछ ।
12 And whoever shall exalt himself shall be humbled, and whoever shall humble himself shall be exalted.
जसले आफूलाई उच्‍च पार्दछ, त्यसलाई होच्याइनेछ । अनि जसले आफूलाई होच्याउँछ, त्यसलाई उच्‍च पारिनेछ ।
13 But woe unto you, scribes and Pharisees, hypocrites, for ye shut up the kingdom of the heavens before men; for ye do not enter, nor do ye suffer those that are entering to go in.
तर धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! तिमीहरू मानिसहरूका सामुन्‍ने स्वर्गको राज्यलाई बन्द गर्दछौ । किनकि तिमीहरू यसमा आफैँ प्रवेश गर्दनौ, अनि न त प्रवेश गर्न लागेकाहरूलाई त्यसो गर्न दिन्छौ ।
धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! किनकि तिमीहरू विधवाहरूका घरहरू नष्‍ट गर्दछौ, जब कि लामो-लामो प्रार्थना गरी देखाउँदछौ । यसकारण, तिमीहरूले अझ बढी दण्ड पाउनेछौ ।
15 Woe to you, scribes and Pharisees, hypocrites, for ye compass the sea and the dry [land] to make one proselyte, and when he is become [such], ye make him twofold more [the] son of hell than yourselves. (Geenna g1067)
धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! किनकि एक जनालाई आफ्नो मतमा ल्याउनलाई तिमीहरू समुद्र र जमिन चहार्दछौ । जब त्यो तिमीहरूको मतमा आउँछ, त्यसलाई आफूभन्दा दोब्बर नरकको पुत्र बनाउँछौ । (Geenna g1067)
16 Woe to you, blind guides, who say, Whosoever shall swear by the temple, it is nothing; but whosoever shall swear by the gold of the temple, he is a debtor.
धिक्‍कार तिमीहरूलाई, ए अन्धा अगुवाहरू हो, तिमीहरू जसले भन्दछौ, ‘कसैले मन्दिरको शपथ खान्छ भने, केही पनि हुँदैन । तर जसले मन्दिरको सुनको शपथ खान्छ, ऊ आफ्नो शपथद्वारा बाँधिन्छ ।’
17 Fools and blind, for which is greater, the gold, or the temple which sanctifies the gold?
ए दृष्‍टिविहीन मूर्खहरू हो! कुनचाहिँ ठुलो हो– सुन कि त्यस सुनलाई परमेश्‍वरकहाँ अर्पण गर्ने मन्दिर?
18 And, Whosoever shall swear by the altar, it is nothing; but whosoever shall swear by the gift that is upon it is a debtor.
अनि, ‘कसैले वेदीको शपथ खान्छ भने, केही पनि हुँदैन । तर कसैले त्यसमाथि राखिएको भेटीको शपथ खान्छ भने, ऊ आफ्नो शपथद्वारा बाँधिन्छ ।’
19 [Fools and] blind ones, for which is greater, the gift, or the altar which sanctifies the gift?
ए अन्धा मानिसहरू हो, कुनचाहिँ ठुलो हो– भेटी कि त्यस भेटीलाई परमेश्‍वरकहाँ अर्पण गर्ने वेदी?
20 He therefore that swears by the altar swears by it and by all things that are upon it.
अनि जसले वेदीको शपथ खान्छ, उसले त्यस वेदी र त्यसमाथि भएका सबै थोकको शपथ खान्छ ।
21 And he that swears by the temple swears by it and by him that dwells in it.
अनि जसले मन्दिरको शपथ खान्छ, उसले त्यस मन्दिर र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ ।
22 And he that swears by heaven swears by the throne of God and by him that sits upon it.
अनि जसले स्वर्गको शपथ खान्छ, उसले परमेश्‍वरको सिंहासन र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ ।
23 Woe to you, scribes and Pharisees, hypocrites, for ye pay tithes of mint and anise and cummin, and ye have left aside the weightier matters of the law, judgment and mercy and faith: these ye ought to have done and not have left those aside.
धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! किनकि तिमीहरू पुदिना, सुप र जिराका दशांश दिन्छौ, तर व्यवस्थाका गहन कुराहरू अर्थात् न्याय, कृपा र विश्‍वासलाई बेवास्ता गरेका छौ । तर यी कुराहरू तिमीहरूले गर्नुपर्ने थियो र यी अरू कामहरूलाई अवहेलना नगर्नुपर्ने थियो ।
24 Blind guides, who strain out the gnat, but drink down the camel.
ए अन्धा अगुवाहरू हो, तिमीहरू जो भुसुनालाई चाल्दछौ, तर उँटलाई चाहिँ निल्दछौ!
25 Woe to you, scribes and Pharisees, hypocrites, for ye make clean the outside of the cup and of the dish, but within they are full of rapine and intemperance.
धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! तिमीहरू कचौराहरू र थालहरूको बाहिरपट्टि धुन्छौ, तर भित्रपट्टि तिनीहरू अन्यायपूर्ण माग र लोभले भरिएका छन् ।
26 Blind Pharisee, make clean first the inside of the cup and of the dish, that their outside also may become clean.
ए अन्धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा गर, ताकि त्यसको बाहिरपट्टि पनि सफा होस् ।
27 Woe to you, scribes and Pharisees, hypocrites, for ye are like whited sepulchres, which appear beautiful outwardly, but within are full of dead men's bones and all uncleanness.
धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! किनकि तिमीहरू चुनले पोतेका चिहानहरूजस्ता छौ, जुन बाहिरपट्टि सुन्दर देखा पर्दछन्, तर भित्रपट्टि चाहिँ मरेका मानिसहरूका हाडहरू र सबै अशुद्धताले भरिएका छन् ।
28 Thus also ye, outwardly ye appear righteous to men, but within are full of hypocrisy and lawlessness.
यसै गरी, तिमीहरू पनि बाहिर मानिसहरूका सामुन्‍ने धर्मी देखा पर्दछौ, तर भित्रपट्टि तिमीहरू कपट र दुष्‍टताले भरिएका छौ ।
29 Woe to you, scribes and Pharisees, hypocrites, for ye build the sepulchres of the prophets and adorn the tombs of the just,
धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! किनकि तिमीहरू अगमवक्‍ताहरूका चिहानहरू बनाउँदछौ र धर्मीहरूका चिहानहरूलाई सिङ्गार्दछौ ।
30 and ye say, If we had been in the days of our fathers we would not have been partakers with them in the blood of the prophets.
तिमीहरू भन्छौ, ‘यदि हामीहरू हाम्रा पुर्खाहरूको समयमा जिएका भए, अगमवक्‍ताहरूको रगत बगाउने काममा तिनीहरूसँग सहभागी हुने थिएनौँ ।’
31 So that ye bear witness of yourselves that ye are sons of those who slew the prophets:
यसकारण, तिमीहरू आफैँले तिमीहरू तिनीहरूका सन्तान हौ भनी गवाही दिन्छौ जसले अगमवक्‍ताहरूको हत्या गरे ।
32 and ye, fill ye up the measure of your fathers.
तिमीहरूले आफ्ना पुर्खाहरूको कामलाई पनि पुरा गर्छौ ।
33 Serpents, offspring of vipers, how should ye escape the judgment of hell? (Geenna g1067)
ए सर्पहरू हो, साँपका सन्तानहरू, तिमीहरू नरकको दण्डबाट कसरी उम्कनेछौ? (Geenna g1067)
34 Therefore, behold, I send unto you prophets, and wise men, and scribes; and [some] of them ye will kill and crucify, and [some] of them ye will scourge in your synagogues, and will persecute from city to city;
त्यसकारण, हेर, म तिमीहरूकहाँ अगमवक्‍ताहरू, बुद्धिमान् मानिसहरू र शास्‍त्रीहरू पठाउँछु । तिनीहरूमध्ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा टाँग्‍नेछौ । अनि तिनीहरूमध्ये केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ र सहर हुँदो धपाउनेछौ ।
35 so that all righteous blood shed upon the earth should come upon you, from the blood of righteous Abel to the blood of Zacharias son of Barachias, whom ye slew between the temple and the altar.
यसको परिणाम यस्तो हुनेछ, कि पृथ्वीमा बगाइएका सबै धर्मी जनको रगत तिमीहरूमाथि आइपर्नेछ– धर्मी हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्र-स्थान र वेदीको माझमा हत्या गर्‍यौ ।
36 Verily I say unto you, All these things shall come upon this generation.
साँच्‍चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन् ।
37 Jerusalem, Jerusalem, [the city] that kills the prophets and stones those that are sent unto her, how often would I have gathered thy children as a hen gathers her chickens under her wings, and ye would not!
ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्‍ताहरूलाई मार्छस् र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्! कति पटक मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरेँ, जसरी एउटा कुखुरीले आफ्ना चल्लाहरूलाई त्यसको पखेटामुनि बटुल्छ, तर तैँले इच्छा गरिनस् ।
38 Behold, your house is left unto you desolate;
हेर, तिमीहरूका घर तिमीहरूका सामु उजाड पारिएका छन् ।
39 for I say unto you, Ye shall in no wise see me henceforth until ye say, Blessed [be] he that comes in the name of [the] Lord.
किनकि म तिमीहरूलाई भन्दछु, ‘परमप्रभुको नाउँमा आउने धन्यका हुन्’ भनी तिमीहरूले नभनेसम्म, अबदेखि तिमीहरूले मलाई देख्‍नेछैनौ ।”

< Matthew 23 >