< 3 John 1 >

1 The elder to the beloved Gaius, whom I love in truth.
प्रिय एल्डर गायसलाई, जसलाई म सत्यतामा प्रेम गर्छु ।
2 Beloved, I desire that in all things thou shouldest prosper and be in health, even as thy soul prospers.
प्रिय, म प्रार्थना गर्छु, कि जसरी तिम्रो प्राणको उन्‍नति हुन्छ त्यसरी नै तिमीले सबै कुराहरूमा उन्‍नति गर र स्वस्थ्य होओ ।
3 For I rejoiced exceedingly when [the] brethren came and bore testimony to thy [holding fast the] truth, even as thou walkest in truth.
किनकी जसरी तिमी सत्यमा हिँड्छौ त्यस्तै जब भाइहरू आएर तिम्रो सत्यताप्रति गवाही दिए म अति आनन्दित भएँ ।
4 I have no greater joy than these things that I hear of my children walking in the truth.
योभन्दा अर्थात् मेरा छोराछोरीहरू सत्यतामा हिँड्छन् भनी सुन्‍नुभन्दा अरू कुनै ठूलो आनन्द मसँग हुँदैन ।
5 Beloved, thou doest faithfully [in] whatever thou mayest have wrought towards the brethren and that strangers,
प्रिय, भाइहरू र परदेशीहरूको निम्ति काम गर्दा तिमी विश्‍वासयोग्यताको अभ्यास गर्छौ,
6 (who have witnessed of thy love before [the] assembly, ) in setting forward whom on their journey worthily of God, thou wilt do well;
जसले मण्डलीको सामु तिम्रो प्रेमको गवाही दिन्छन् । तिमीहरूले तिनीहरूलाई तिनीहरूका यात्रामा परमेश्‍वरको योग्य हुने तरिकाले पठाउन असल गर्छौ,
7 for for the name have they gone forth, taking nothing of those of the nations.
किनकि अन्यजातिहरूबाट केही नलिइ नाउँको खातिर तिनीहरू गए ।
8 We therefore ought to receive such, that we may be fellow-workers with the truth.
त्‍यसकारण यस्ताहरूलाई हामीले स्वागत गर्नुपर्छ, ताकि हामी सत्यताको लागि सहकर्मीहरू बन्‍न सकौँ ।
9 I wrote something to the assembly; but Diotrephes, who loves to have the first place among them, receives us not.
मैले मण्डलीको निम्ति केही लेखेँ, तर डियोत्रिफस जसले तिनीहरूमा पहिलो हुन रुचाउछन् तिनले हामीलाई स्वीकार गर्दैन ।
10 For this reason, if I come, I will bring to remembrance his works which he does, babbling against us with wicked words; and not content with these, neither does he himself receive the brethren; and those who would he prevents, and casts [them] out of the assembly.
यसकारण यदि म आएँ भने त्यसले गर्ने कामहरू अर्थात् त्यसले कुवाक्यहरूसहित हाम्रो विरुद्ध कसरी हाँस्यास्पद कुराहरू भन्छ म सम्झनेछु । यी कुराहरूले मात्र सन्तुष्‍ट नभएर, त्यो आफैँले भाइहरूलाई स्वीकार गर्दैन । यसो गर्न इच्छा गर्नेहरूलाई पनि त्यसले निषेध गर्छ र तिनीहरूलाई मण्डलीबाट निकाली दिन्छ ।
11 Beloved, do not imitate what is evil, but what is good. He that does good is of God. He that does evil has not seen God.
प्रिय, जे खराब छ त्यसको अनुकरण नगर, तर जे असल छ त्यसको अनुरण गर । जसले असल गर्दछ त्यो परमेश्‍वरको हो; जसले दुष्‍ट कर्म गर्छ त्यसले परमेश्‍वरलाई देखेको छैन ।
12 Demetrius has witness borne to him by all, and by the truth itself; and we also bear witness, and thou knowest that our witness is true.
डेमेत्रियसको बारेमा सबैद्वारा र सत्यता आफैँद्वारा पनि गवाही दिइन्छ । हामी पनि गवाही दिन्छौँ, र तिमी जान्दछौ, कि हाम्रो गवाही सत्य छ ।
13 I had many things to write to thee, but I will not with ink and pen write to thee;
मैले तिमीलाई लेख्‍नु धेरै कुराहरू छन्, तर मैले तिनीहरूलाई कागज र मसीले लेख्‍ने इच्छा गर्दिनँ ।
14 but I hope soon to see thee, and we will speak mouth to mouth. Peace [be] to thee. The friends greet thee. Greet the friends by name.
तर तिमीलाई छिट्टै भेट्ने आशा गर्छु, र हामी आमने सामने कुरा गर्नेछौँ । तिमीलाई शान्ति होस् । मित्रहरूले तिमीलाई अभिवादन गर्छन् । मित्रहरूलाई नाउँद्वारा अभिवादन गर ।

< 3 John 1 >