< 2 Corinthians 2 >

1 But I have judged this with myself, not to come back to you in grief.
तिमीहरूको दुःखपूर्ण अवस्थामा म फेरि तिमीहरूकहाँ नआउने निर्णय मैले गरेँ ।
2 For if I grieve you, who also [is] it that gladdens me, if not he that is grieved through me?
यदि मैले तिमीहरूलाई दुःखित तुल्याएँ भने, मैले जसलाई दुःखित तुल्याएँ उसले बाहेक अरू कसले मलाई खुसी तुल्याउन सक्छ र?
3 And I have written this very [letter] [to you], that coming I may not have grief from those from whom I ought to have joy; trusting in you all that my joy is [that] of you all.
मैले जे लेखेँ, त्यो यसकारण लेखेँ कि म तिमीहरूकहाँ आउँदा जुन व्यक्‍तिहरूद्वारा मैले आनन्द पाउनुपर्ने थियो तिनीहरूद्वारा म दुःखित नहोऊँ । मेरो आनन्द तिमीहरू सबैमा भएको जस्तै छ भन्‍ने कुरामा म निश्‍चित छु ।
4 For out of much tribulation and distress of heart I wrote to you, with many tears; not that ye may be grieved, but that ye may know the love which I have very abundantly towards you.
किनकि मैले ठुलो कष्‍ट, हृदयको पीडा र धेरै आँशुका साथमा तिमीहरूलाई लेखेँ । म तिमीहरूलाई कष्‍ट दिन चाहन्‍न थिएँ । बरु, तिमीहरूप्रति भएको मेरो प्रेमको गहिराइ तिमीहरूले थाहा पाओ भन्‍ने म चाहन्थेँ ।
5 But if any one has grieved, he has grieved, not me, but in part (that I may not overcharge [you]) all of you.
यदि कसैले दुःख दिएको छ भने, त्यसले मलाई मात्र छैन, तर केही हदसम्म (यसलाई कडा गरी नभन्‍ने हो भने) तिमीहरू सबैलाई पनि दुःखित तुल्याएको छ ।
6 Sufficient to such a one [is] this rebuke which [has been inflicted] by the many;
त्यो व्यक्‍तिलाई बहुमतद्वारा दिइएको सजाय पर्याप्‍त छ ।
7 so that on the contrary ye should rather shew grace and encourage, lest perhaps such a one should be swallowed up with excessive grief.
त्यसैले, अब सजायको साटो उसलाई क्षमा र सान्त्वना देओ । उसले धेरै दुःखबाट हरेस नखाओस् भनेर यसो गर ।
8 Wherefore I exhort you to assure him of [your] love.
उसको निम्ति गरेको तिमीहरूको प्रेम सार्वजनिक रूपमा प्रकट गर ।
9 For to this end also I have written, that I might know, by putting you to the test, if as to everything ye are obedient.
तिमीहरूलाई जाँच गर्न सकूँ र तिमीहरू सबै कुरामा आज्ञाकारी छौ कि छैनौ भनी मैले बुझ्‍न सकूँ भनेर मैले तिमीहरूलाई लेखेँ ।
10 But to whom ye forgive anything, I also; for I also, what I have forgiven, if I have forgiven anything, [it is] for your sakes in [the] person of Christ;
यदि तिमीहरूले कसैलाई क्षमा दियौ भने, म पनि त्यस व्यक्‍तिलाई क्षमा दिनेछु । यदि मैले केही क्षमा दिएको छु भने, यो येशूको उपस्थितिमा तिमीहरूका निम्ति हो ।
11 that we might not have Satan get an advantage against us, for we are not ignorant of his thoughts.
यसैले, शैतानले हामीलाई छक्याउने छैन । किनकि हामी त्यसका योजनाहरूको विषयमा अजान छैनौँ ।
12 Now when I came to Troas for the [publication of the] glad tidings of the Christ, a door also being opened to me in [the] Lord,
जब म ख्रीष्‍टको सुसमाचार प्रचार गर्न त्रोआस सहर आएँ, त्यहाँ मेरो लागि प्रभुले ढोका खोलिदिनुभएको थियो ।
13 I had no rest in my spirit at not finding Titus my brother; but bidding them adieu, I came away to Macedonia.
तापनि, मलाई मनमा शान्ति मिलेन, किनकि मैले मेरा भाइ तीतसलाई त्यहाँ भेटिनँ । त्यसैले, उनीहरूलाई छोडेर म माकेडोनिया फर्कें ।
14 But thanks [be] to God, who always leads us in triumph in the Christ, and makes manifest the odour of his knowledge through us in every place.
तर परमेश्‍वरलाई धेरै धन्यवाद होस्, जसले हामीलाई सधैँ विजयमा अगुवाइ गर्नुहुन्छ । हामीद्वारा उहाँले सबैतिर ज्ञानको मिठो सुबास्‍ना छर्नुहुन्छ ।
15 For we are a sweet odour of Christ to God, in the saved and in those that perish:
किनकि हामी परमेश्‍वरको निम्ति उद्धार पाएकाहरू र नष्‍ट भइरहेकाहरूका निम्ति ख्रीष्‍टका सुबास्‍ना हौँ ।
16 to the one an odour from death unto death, but to the others an odour from life unto life; and who [is] sufficient for these things?
नष्‍ट भइरहेका मानिसहरूका लागि यो मृत्युदेखि मृत्युसम्मको सुबास्‍ना हो । अनि बचाइएकाहरूको लागि हामी जीवनदेखि जीवनसम्मको सुबास्‍ना हो । यी कुराहरूका लागि को योग्यको छ?
17 For we do not, as the many, make a trade of the word of God; but as of sincerity, but as of God, before God, we speak in Christ.
हामी नाफाको लागि परमेश्‍वरको वचन बेच्‍ने धेरै मानिसहरूजस्ता होइनौँ । बरु, हामी ख्रीष्‍टमा शुद्ध अभिप्रायले परमेश्‍वरको दृष्‍टिमा उहाँले पठाउनुभएको जस्तै गरी बोल्दछौँ ।

< 2 Corinthians 2 >