< Psalms 6 >

1 In parts according to verses. A Psalm of David. For the octave. O Lord, do not rebuke me in your fury, nor chastise me in your anger.
हे परमप्रभु, तपाईंको रिसमा मलाई नहप्‍काउनुहोस् वा तपाईंको क्रोधमा मलाई ताडना नदिनुहोस् ।
2 Have mercy on me, Lord, for I am weak. Heal me, Lord, for my bones have become disturbed,
हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कमजोर छु । हे परमप्रभु, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरू काम्दैछन् ।
3 and my soul has been very troubled. But as for you, Lord, when?
मेरो प्राण पनि धेरै दुःखमा परेको छ । तर हे परमप्रभु, यो कहिलेसम्म निरन्‍तर रहन्‍छ?
4 Turn to me, Lord, and rescue my soul. Save me because of your mercy.
हे परमप्रभु फर्कनुहोस्, मलाई बचाउनुहोस् । तपाईंको करारको विश्‍वस्‍तताको कारणले मलाई बचाउनुहोस् ।
5 For there is no one in death who would be mindful of you. And who will confess to you in Hell? (Sheol h7585)
किनकि मृत्युमा तपाईंको कुनै सम्झना हुँदैन । चिहानमा तपाईंलाई कसले धन्यवाद दिनेछ? (Sheol h7585)
6 I have labored in my groaning. Every night, with my tears, I will wash my bed and drench my blanket.
मेरो सुस्‍केराले म थकित छु । सारा रात आँशुले म आफ्‍नो ओछ्यान भिजाउँछु । म आफ्‍नो पलङ्ग मेरो आँशुले धुन्छु ।
7 My eye has been troubled by rage. I have grown old among all my enemies.
मेरा आँखाहरू शोकले धमिला हुन्छन् । मेरा सारा वैरीहरूका कारणले ती कमजोर हुन्छन् ।
8 Scatter before me, all you who work iniquity, for the Lord has heard the voice of my weeping.
ए अधर्म गर्नेहरू, तिमीहरू सबै जना मबाट हटिजाओ । किनकि परमप्रभुले मेरो रुवाइको सोर सुन्‍नुभएको छ ।
9 The Lord has heard my supplication. The Lord has accepted my prayer.
दयाको निम्ति मैले गरेको निवेदन परमप्रभुले सुन्‍नुभएको छ । परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्नुभएको छ ।
10 Let all my enemies be ashamed and together be greatly troubled. May they be converted and become ashamed very quickly.
मेरा सबै वैरीहरू लाजमा पर्नेछन् र सह्रै कष्‍टमा पर्नेछन् । तिनीहरू पछि हट्नेछन् र अचानक अपमानित हुनेछन् ।

< Psalms 6 >