< Salme 83 >

1 (En Sang. En Salme af Asaf.) Und dig, o Gud, ikke Ro, vær ej tavs, vær ej stille, o Gud!
हे परमेश्‍वर, चूपचाप नबस्‍नुहोस्! हे परमेश्‍वर, हामीलाई बेवास्‍ता नगर्नुहोस् र कठोर नहुनुहोस् ।
2 Thi se, dine Fjender larmer, dine Avindsmænd løfter Hovedet,
हेर्नुहोस्, तपाईंका शत्रुहरूले हल्ला गर्दैछन् र तपाईंलाई घृणा गर्नेहरूले आफ्‍ना शिरहरू उठाएका छन् ।
3 oplægger lumske Råd mod dit Folk, holder Råd imod dem, du værner:
तिनीहरू तपाईंका मानिसहरूका विरद्धमा षड्यन्त्र रच्छन् र तपाईंका सुरक्षित जनहरूको विरुद्ध मिलेर योजना गर्छन् ।
4 "Kom, lad os slette dem ud af Folkenes Tal, ej mer skal man ihukomme Israels Navn!"
तिनीहरूले भनेका छन्, “आओ, तिनीहरूलाई जातिको रूपमा हामी नष्‍ट पारौं । तब इस्राएलको नाउँ कदापि सम्‍झना हुनेछैन ।”
5 Ja, de rådslår i Fællig og slutter Pagt imod dig,
तिनीहरूले एउटै रणनीतले योजना बनाएका छन् । तपाईंको विरुद्धमा तिनीहरूले मित्रता गरेका छन् ।
6 Edoms Telte og Ismaeliterne, Moab sammen med Hagriterne,
यसमा एदोम र इश्‍माएलका पालहरू, र मोआबका मानिसहरू र हग्री पर्छन्,
7 Gebal, Ammon, Amalek, Filister land med Tyrus's Borgere;
जसले गबाल, अम्‍मोन, अमालेकसँग मिलेर षड्यन्त्र रच्छन् । यसमा पलिश्‍त र टुरोसका बासिन्दाहरू पनि पर्छन् ।
8 også Assur har sluttet sig til dem, Lots Sønner blev de en Arm. (Sela)
तिनीहरूसँग अश्‍शूर पनि मिलेको छ । तिनीहरूले लोतका सन्तानहरूलाई सहायता गर्दैछन् । सेला
9 Gør med dem som med Midjan, som med Sisera og Jabin ved Kisjons Bæk,
तिनीहरूलाई पनि तपाईंले मिद्यनलाई गरेझैं, सीसरालाई गरेझैं र कीशोन खोलामा याबीनलाई गरेझैं गर्नुहोस् ।
10 der gik til Grunde ved En-Dor og blev til Gødning på Marken!
तिनीहरू एन्दोरमा नष्‍ट भए र पृथ्वीको निम्ति मलजस्तै भए ।
11 Deres Høvdinger gå det som Oreb og Ze'eb, alle deres Fyrster som Zeba og Zalmunna,
तिनीहरूका भारदारहरूलाई ओरेब र जएबझैं, र तिनीहरूका सबै शासकहरूलाई जेबह र सल्मुन्‍नझैं बनाउनुहोस् ।
12 fordi de siger: "Guds Vange tager vi til os som Eje."
तिनीहरूले भने, “हामीले आफ्नो निम्ति परमेश्‍वरको खर्क लिऊँ ।”
13 Min Gud, lad dem blive som hvirvlende Løv som Strå, der flyver for Vinden.
हे मेरो परमेश्‍वर, तिनीहरूलाई मडारिंदै उडेको धूलोझैं, हावाले उडाइको भुसैझैं बनाउनुहोस् ।
14 Ligesom Ild fortærer Krat og Luen afsvider Bjerge,
वन डढाउने आगोझैं र पहाडको आगोको ज्‍वालाझैं बनाउनुहोस् ।
15 så forfølge du dem med din Storm, forfærde du dem med din Hvirvelvind;
तपाईंको शक्तिसाली हावाले तिनीहरूलाई लखेट्नुहोस् र तपाईंको हुरीबतासले तिनीहरूलाई त्रसित पार्नुहोस् ।
16 fyld deres Åsyn med Skam, så de søger dit Navn, o HERRE;
हे परमप्रभु, तिनीहरूको मुहार लाजले भर्नुहोस् ताकि तिनीहरूले तपाईंको नाउँ खोजी गरून् ।
17 lad dem blues, forfærdes for stedse, beskæmmes og gå til Grunde
तिनीहरू लज्‍जित होऊन् र सधैं त्रसित होऊन् । तिनीहरू अपमानमा नष्‍ट होऊन् ।
18 Og kende, at du, hvis Navn er HERREN, er ene den Højeste over al Jorden!
तब हे परमप्रभु, तपाईं मात्र सारा पृथ्वीमाथि सर्वोच्‍च हुनुहुन्छ भनी तिनीहरूले जान्‍नेछन् ।

< Salme 83 >