< Matthæus 9 >

1 Og han gik om Bord i et Skib og for over og kom til sin egen By.
येशू एउटा डुङ्गाभित्र प्रवेश गर्नुभयो, पारिपट्टि जानुभयो, र आफ्नो सहरमा आइपुग्‍नुभयो ।
2 Og se, de bare til ham en værkbruden, som lå på en Seng; og da Jesus så deres Tro, sagde han til den værkbrudne: "Søn! vær frimodig, dine Synder forlades dig."
हेर, तिनीहरूले उहाँकहाँ ओछ्यानमा सुतिरहेको एउटा पक्षाघातीलाई ल्याए । तिनीहरूको विश्‍वास देखेर येशूले त्यो पक्षाघात भएको व्यक्‍तिलाई भन्‍नुभयो, “छोरा आनन्दित होऊ । तिम्रा पाप क्षमा भएका छन् ।”
3 Og se, nogle af de skriftkloge sagde ved sig selv: "Denne taler bespotteligt."
हेर, त्यहाँका केही शास्‍त्रीहरूले तिनीहरूका माझमा यसो भने, “यो मानिसले ईश्‍वर-निन्दा गरिरहेको छ ।”
4 Og da Jesus så deres Tanker, sagde han: "Hvorfor tænke I ondt i eders Hjerter?
येशूले तिनीहरूको विचारलाई थाहा पाउनुभयो र भन्‍नुभयो, “किन तिमीहरू आफ्ना हृदयमा दुष्‍ट विचार गरिरहेका छौ?
5 Thi hvilket er lettest at sige: Dine Synder forlades dig, eller at sige: Stå op og gå?
कुन कुराचाहिँ भन्‍न सजिलो छ, ‘तिम्रा पाप क्षमा भएका छन् भन्‍न कि उठ र हिँड भन्‍न?’
6 Men for at I skulle vide, at Menneskesønnen har Magt på Jorden til at forlade Synder," da siger han til den værkbrudne: "Stå op, og tag din Seng, og gå til dit Hus!"
तर मानिसका पुत्रलाई पृथ्‍वीमा पाप क्षमा गर्ने अधिकार छ भन्‍ने कुरा तिमीहरूले जान्‍न सक ।” उहाँले त्यस पक्षाघातीलाई भन्‍नुभयो, “उठ, आफ्नो ओछ्यान उठाऊ र आफ्नो घर जाऊ ।”
7 Og han stod op og gik bort til sit Hus.
त्यसपछि त्यो मानिस उठ्यो र आफ्नो घरतर्फ गयो ।
8 Men da Skarerne så det, frygtede de og priste Gud, som havde givet Menneskene en sådan Magt.
जब भिडले यो देख्यो, तिनीहरू छक्‍क परेर मानिसहरूलाई यस्तो अधिकार दिनुभएको परमेश्‍वरको प्रशंसा गरे ।
9 Og da Jesus gik videre derfra, så han en Mand, som hed Matthæus, sidde ved Toldboden; og han siger til ham: "Følg mig!" Og han stod op og fulgte ham.
येशू त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँले मत्ती नाउँ गरेको व्यक्‍तिलाई देख्‍नुभयो, जो कर उठाउने ठाउँमा बसिरहेका थिए । उहाँले तिनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।” तिनी उठे र उहाँको पछि लागे ।
10 Og det skete, da han sad til Bords i Huset, se, da kom der mange Toldere og Syndere og sade til Bords med Jesus og hans Disciple.
जब येशू खाना खान घरमा बस्‍नुभयो, हेर, धेरै कर उठाउने र पापी मानिसहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाए ।
11 Og da Farisæerne så det, sagde de til hans Disciple: "Hvorfor spiser eders Mester med Toldere og Syndere?"
जब फरिसीहरूले यो देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्छन्?”
12 Men da Jesus hørte det, sagde han: "De raske trænge ikke til Læge, men de syge.
जब येशूले यो सुन्‍नुभयो, उहाँले भन्‍नुभयो, “शरीरमा बलियो भएकाहरूलाई वैद्यको खाँचो पर्दैन, केवल तिनीहरूलाई मात्र खाँचो हुन्छ जो बिरामी छन् ।”
13 Men går hen og lærer, hvad det vil sige: Jeg har Lyst til Barmhjertighed og ikke til Offer; thi jeg er ikke kommen for at kalde retfærdige, men Syndere,"
जाओ र यसको अर्थ के हो सिक, ‘म दया चाहन्छु, तर बलिदान होइन ।’ किनकि म, धर्मीहरूलाई पश्‍चात्ताप गर्नलाई बोलाउन आएको होइनँ, तर पापीहरूका लागि आएको हुँ ।
14 Da komme Johannes's Disciple til ham og sige: "Hvorfor faste vi og Farisæerne meget, men dine Disciple faste ikke?"
त्यसपछि बप्‍तिस्मा-दिने यूहन्‍नाका चेलाहरू उहाँकहाँ आए, र भने, “किन हामी र फरिसीहरू प्रायः उपवास बस्तछौँ, तर तपाईंका चेलाहरू उपवास बस्दैनन्?”
15 Og Jesus sagde til dem: "Kunne Brudesvendene sørge, så længe Brudgommen er hos dem? Men der skal komme Dage, da Brudgommen bliver tagen fra dem, og da skulle de faste.
येशूले तिनीहरूलाई भन्‍नुभयो, “के विवाहमा आएकाहरू, दुलहा तिनीहरूका साथमा हुँदा-हुँदै दुःखी हुन्छन् र? तर ती दिन आउनेछन्, जब दुलहा तिनीहरूबाट टाढा लगिनेछ, र तिनीहरू उपवास बस्‍नेछन् ।
16 Men ingen sætter en Lap af uvalket Klæde på et gammelt Klædebon; thi Lappen river Klædebonnet itu, og der bliver et værre Hul.
कसैले पनि पुरानो वस्‍त्रमा नयाँ कपडाको टुक्रा जोड्दैन, किनकि त्यो टुक्रा वस्‍त्रबाट च्यातिनेछ, र त्यहाँ झन् नराम्रो दुलो हुनेछ ।
17 Man kommer heller ikke ung Vin på gamle Læderflasker, ellers sprænges Læderflaskerne, og Vinen spildes, og Læderflaskerne ødelægges; men man kommer ung Vin på nye Læderflasker, så blive begge Dele bevarede."
न त कसैले पुरानो मद्यको मशकमा नयाँ दाखमद्य राख्दछ । तिनीहरूले त्यसो गरे भने, त्यो मशक फुट्नेछ र सबै दाखमद्य पोखिनेछ, र मद्यको मशक नष्‍ट हुनेछ । त्यसको सट्टामा, तिनीहरूले नयाँ दाखमद्यलाई नयाँ मद्यको मशकमा रख्दछन्, र दुवै सुरक्षित रहन्‍छन् ।”
18 Medens han talte dette til dem, se, da kom der en Forstander og faldt ned for ham og sagde: "Min Datter er lige nu død; men kom og læg din Hånd på hende, så bliver hun levende."
जब येशूले तिनीहरूलाई यो कुरा भनिरहनुभएको थियो, हेर, एउटा अधिकारी आए र येशूलाई दण्डवत् गरे । तिनले भने, “मेरी छोरी भर्खरै मरेकी छन्, तर आएर तपाईंले तिनको शिरमाथि हात राखिदिनुहोस् र तिनी फेरि जीवित हुनेछिन् ।”
19 Og Jesus stod op og fulgte ham med sine Disciple.
त्यसपछि येशू उठ्नुभयो र तिनको पछि लाग्‍नुभयो र उहाँका चेलाहरू पनि पछि लागे ।
20 Og se, en Kvinde, som havde haft Blodflod i tolv År, trådte hen bagfra og rørte ved Fligen af hans Klædebon;
हेर, बाह्र वर्षदेखि धेरै रगत बग्‍ने एक जना स्‍त्री येशूको पछाडि आइन्, र उहाँको वस्‍त्रको छेउ छोइन् ।
21 thi hun sagde ved sig selv: "Dersom jeg blot rører ved hans Klædebon, bliver jeg frelst."
किनकि तिनले आफैँलाई यसो भनेकी थिइन्, “मैले उहाँको वस्‍त्र मात्र छोएँ भने पनि, म निको पारिनेछु ।”
22 Men Jesus vendte sig om, og da han så hende, sagde han: "Datter! vær frimodig, din Tro har frelst dig." Og Kvinden blev frelst fra den samme Time.
तर येशू पछाडि फर्कनुभयो र तिनलाई देख्‍नुभयो, र भन्‍नुभयो “छोरी, साहस गर । तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।” अनि ती स्‍त्री तुरुन्तै निको भइन् ।
23 Og da Jesus kom til Forstanderens Hus og så Fløjtespillerne og Hoben, som larmede, sagde han:
जब येशू त्यस अधिकारीको घरमा आउनुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भिडले ठुलो हल्ला गरिरहेका देख्‍नुभयो ।
24 "Gå bort, thi Pigen er ikke død, men hun sover." Og de lo ad ham.
उहाँले भन्‍नुभयो, “पर जाओ, किनकि यी युवती मरेकी छैनन्, तर यिनी निदाएकी छन् ।” तर तिनीहरू उहाँको गिल्ला गरेर हाँसे ।
25 Men da Hoben var dreven ud, gik han ind og tog hende ved Hånden; og Pigen stod op.
जब भिडलाई बाहिर पठाइएको थियो, उहाँ कोठाभित्र जानुभयो र उहाँले तिनका हात समात्‍नुभयो, र ती युवती उठिन् ।
26 Og Rygtet herom kom ud i hele den Egn.
यो खबर त्यस क्षेत्रको चारैतिर फैलियो ।
27 Og da Jesus gik bort derfra, fulgte der ham to blinde, som råbte og sagde: "Forbarm dig over os, du Davids Søn!"
जब येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्थ्यो, दुई जना दृष्‍टिविहीनले उहाँलाई पछ्याए । तिनीहरू ठुलो स्वरले कराइरहे र यसो भनिरहे, “दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस् ।”
28 Men da han kom ind i Huset, gik de blinde til ham; og Jesus siger til dem: "Tro I, at jeg kan gøre dette?"De siger til ham:"Ja, Herre!"
जब येशू घरभित्र आउनुभयो, ती दृष्‍टिविहीनहरू उहाँकहाँ आए । येशूले तिनीहरूलाई भन्‍नुभयो, “म यो गर्न सक्छु भनी के तिमीहरू विश्‍वास गर्छौ?” तिनीहरूले उहाँलाई भने “ज्यू, प्रभु ।”
29 Da rørte han ved deres Øjne og sagde: "Det ske eder efter eders Tro!"
त्यसपछि येशूले तिनीहरूका आँखा छोएर भन्‍नुभयो, “तिमीहरूले विश्‍वास गरेअनुसार तिमीहरूका निम्ति यो गरियोस् ।”
30 Og deres Øjne bleve åbnede. Og Jesus bød dem strengt og sagde: "Ser til, lad ingen få det at vide."
अनि तिनीहरूका आँखा खोलिए । त्यसपछि येशूले तिनीहरूलाई कडासाथ आज्ञा गर्नुभयो र भन्‍नुभयो, “ख्याल गर, कि यो कुराबारे कसैलाई पनि थाहा नहोस् ।”
31 Men de gik ud og udbredte Rygtet om ham i hele den Egn.
तर ती दुई जना मानिस बाहिर निस्के र यो खबर त्यो क्षेत्रभरि नै फैलाए ।
32 Men da disse gik ud, se, da førte de til ham et stumt Menneske, som var besat.
जब ती दुई जना मानिस जाँदै थिए, हेर, एक जना भूतात्मा लागेको बोल्न नसक्‍ने व्यक्‍तिलाई येशूकहाँ ल्याइयो ।
33 Og da den onde Ånd var uddreven, talte den stumme. Og Skarerne forundrede sig og sagde: "Aldrig er sådant set i Israel."
जब त्यो भूतात्मा धपाइयो, तब त्‍यो व्यक्‍ति बोल्यो । भिडहरू छक्‍क परे र भने, “इस्राएलमा यस्तो कहिल्‍यै देखिएको थिएन!”
34 Men Farisæerne sagde: "Ved de onde Ånders Fyrste uddriver han de onde Ånder."
तर फरिसीहरूले यसो भनिरहेका थिए, “यसले भूतहरूको मालिकद्वारा भूतहरू निकाल्दछ ।”
35 Og Jesus gik omkring i alle Byerne og Landsbyerne, lærte i deres Synagoger og prædikede Rigets Evangelium og helbredte enhver Sygdom og enhver Skrøbelighed.
येशू सारा सहरमा र गाउँहरूमा जानुभयो । उहाँले राज्‍यको सुसमाचार प्रचार गर्दै र सबै किसिमका रोग र बिमारीहरूलाई निको पार्दै तिनीहरूका सभाघरहरूमा सिकाइरहनुभयो ।
36 Men da han så Skarerne, ynkedes han inderligt over dem; thi de vare vanrøgtede og forkomne som Får, der ikke have Hyrde.
जब उहाँले भिडलाई देख्‍नुभयो, उहाँ तिनीहरूका निम्ति दयाले भरिनुभयो, किनभने तिनीहरू विचलित र निराश थिए । तिनीहरू गोठालाविनाका भेडाहरूजस्‍तै थिए ।
37 Da siger han til sine Disciple: "Høsten er stor, men Arbejderne ere få;
उहाँले चेलाहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्‍त छन्, तर खेतालाहरू थोरै छन् ।
38 beder derfor Høstens Herre om, at han vil sende Arbejdere ud til sin Høst."
यसकारण फसलका प्रभुलाई चाँडै प्रार्थना गर, ताकि उहाँले आफ्‍नो फसलका निम्ति खेतालाहरू पठाइदिनुभएको होस् ।”

< Matthæus 9 >