< Lukas 2 >

1 Men det skete i de dage, at en Befaling udgik fra Kejser Augustus, at al Verden skulde skrives i Mandtal.
ती दिनहरूमा रोमी साम्राज्यभित्र बस्‍ने सबै जनाको जनगणना गर्नू भनी कैसर अगस्टसले उर्दी जारी गरे ।
2 (Denne første Indskrivning skete, da Kvirinius var Landshøvding i Syrien, )
कुरेनियस सिरियाका हाकिम हुँदाको यो पहिलो जनगणना थियो ।
3 Og alle gik for at lade sig indskrive, hver til sin By.
त्यसैले, सबै जना आ-आफ्ना गाउँमा जनगणनाका लागि नाउँ दर्ता गर्न गए ।
4 Og også Josef gik op fra Galilæa, fra Byen Nazareth til Judæa til Davids By, som kaldes Bethlehem, fordi han var af Davids Hus og Slægt,
योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेममा गए, जुन ठाउँ दाऊदको सहरको नामले चिनिन्‍थ्‍यो, किनभने उनी दाऊदको वंशका थिए ।
5 for at lade sig indskrive tillige med Maria, sin trolovede, som var frugtsommelig.
उनी मरियमसँगै दर्ता गर्न त्‍यहाँ गएका थिए, जससँग उनको मगनी भएको थियो र तिनले एउटा बालकको आशा गरेका थिए ।
6 Men det skete, medens de vare der, blev Tiden fuldkommet til, at hun skulde føde.
तिनीहरू त्यहीँ छँदा मरियमको बालक जन्माउने समय आयो ।
7 Og hun fødte sin Søn, den førstefødte, og svøbte ham og lagde ham i en Krybbe; thi der var ikke Rum for dem i Herberget.
उनले आफ्नो पहिलो छोरा जन्माइन्, र कपडाले बेह्रिन् अनि जनावरहरूले खाने ठाउँमा राखिन् । किनभने तिनीहरूका निम्ति धर्मशालामा कुनै ठाउँ थिएन ।
8 Og der var Hyrder i den samme Egn, som lå ude på Marken og holdt Nattevagt over deres Hjord.
त्यस इलाकाको चौरमा राती आ-आफ्ना भेडाका रखवाली गर्दै गोठालाहरू बसिरहेका थिए ।
9 Og se, en Herrens Engel stod for dem, og Herrens Herlighed skinnede om dem, og de frygtede såre
एक्‍कासि, तिनीहरूकहाँ परमप्रभुका एउटा दूत देखा परे, र तिनीहरूका वरिपरि परमप्रभुको महिमा चम्किरहेको थियो, र तिनीहरू साह्रै भयभीत भए ।
10 Og Engelen sagde til dem: "Frygter ikke; thi se, jeg forkynder eder en stor Glæde, som skal være for hele Folket.
तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराऊ, किनभने आज म तिमीहरूलाई बडो आनन्दको सुसमाचार घोषणा गर्छु, जसले सबै मानिसहरूलाई ठुलो आनन्द दिनेछ ।
11 Thi eder er i dag en Frelser født, som er den Herre Kristus i Davids By.
आज तिमीहरूका निम्ति दाऊदको सहरमा एउटा मुक्‍तिदाताको जन्म भएको छ । उहाँ ख्रीष्‍ट प्रभु हुनुहुन्छ ।
12 Og dette skulle I have til Tegn: I skulle finde et Barn svøbt, liggende i en Krybbe."
तिमीहरूलाई चिह्नचाहिँ यो दिइएको छ, कि तिमीहरूले बालकलाई कपडाले बेह्रेरेर जनावरहरूलाई खुवाउने डुँडमा सुताइरहेको भेट्टाउनेछौ ।”
13 Og straks var der med Engelen en himmelsk Hærskares Mangfoldighed, som lovede Gud og sagde:
एक्‍कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा ठुलो दल देखा पर्‍यो र तिनीहरूले यसो भन्‍दै परमेश्‍वरको प्रंशसा गरे ।
14 "Ære være Gud i det højeste! og Fred på Jorden! i Mennesker Velbehag!
“सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्छ, तिनीहरूलाई शान्ति ।”
15 Og det skete, da Englene vare farne fra dem til Himmelen, sagde Hyrderne til hverandre: "Lader os dog gå til Bethlehem og se dette, som er sket, hvilket Herren har kundgjort os."
जब परमप्रभुका स्वर्गदूतहरू स्वर्ग फर्के, तब गोठालाहरूले एक-अर्कालाई भने, “परमप्रभुबाट हामीलाई प्रकट गरिएको र घटेको यस घटनालाई बताउन बेथलेहेममा जाऊँ र हेरौँ ।”
16 Og de skyndte sig og kom og fandt både Maria og Josef, og Barnet liggende i Krybben.
तब तिनीहरू हतार-हतार गर्दै त्यहाँ गए, अनि योसेफ र मरियमलाई भेटे । तिनीहरूले बालकलाई दाना खुवाउने डुँडमा सुताइरहेको देखे ।
17 Men da de så det, kundgjorde de, hvad der var talt til dem om dette Barn.
तिनीहरूले यसलाई देखे पछि, बालकको बारेमा बताइएका सबै कुरा मानिसहरूलाई बताए ।
18 Og alle de, som hørte det, undrede sig over det, der blev talt til dem af Hyrderne.
गोठालाहरूद्वारा भनिएका कुरा सुन्‍नेहरू जति सबै जना आश्‍चर्य चकित भए ।
19 Men Maria gemte alle disse Ord og overvejede dem i sit Hjerte.
तर मरियमले सुनेका सबै कुराहरूको बारेमा सोच्दै गरिन् र उनले आफ्नो मनमै राखिन् ।
20 Og Hyrderne vendte tilbage, idet de priste og lovede Gud for alt, hvad de havde hørt og set, således som der var talt til dem.
तिनीहरूलाई भनेअनुसार सुनेका र देखेका हरेक कुराका निम्ति परमेश्‍वरलाई महिमा दिँदै र प्रशंसा गर्दै फर्के ।
21 Og da otte Dage vare fuldkommede, så han skulde omskæres, da blev hans Navn kaldt Jesus, som det var kaldt af Engelen, før han blev undfangen i Moders Liv.
जब आठौँ दिन भयो, तब बालकको खतना गर्ने समय भयो । तिनीहरूले उहाँको नाउँ येशू राखे, जुन नाउँ स्वर्गदूतद्वारा उहाँ गर्भधारण हुनुभन्दा अगि दिइएको थियो ।
22 Og da deres Renselsesdage efter Mose Lov vare fuldkommede, bragte de ham op til Jerusalem for at fremstille ham for Herren,
मोशाको व्यवस्थाअनुसार तोकिएका शुद्धिकरणका दिनहरू सकिएपछि, योसेफ र मरियमले सानो बालकलाई परमप्रभुको उपस्थितिमा यरूशलेममा ल्याए ।
23 som der er skrevet i Herrens Lov, at alt Mandkøn, som åbner Moders Liv, skal kaldes helligt for Herren,
परमप्रभुको व्यवस्थामा लेखिएझैँ “पहिलो जन्मेको प्रत्येक पुरुष परमप्रभुमा अर्पण गर्नुपर्थ्यो ।”
24 og for at bringe Offer efter det, som er sagt i Herrens Lov, et Par Turtelduer eller to unge Duer.
तिनीहरूले परमप्रभुको व्यवस्थामा भनेअनुसार “एक जोडी ढुकुर र दुईवटा परेवा बलिदान चढाउन लिएर आए ।”
25 Og se, der var en Mand i Jerusalem ved Navn Simeon, og denne Mand var retfærdig og gudfrygtig og forventede Israels Trøst, og den Helligånd var over ham.
हेर, यरूशलेममा एक जना सिमियोन नाउँ गरेका व्यक्‍ति थिए । उनी धर्मी र ईश्‍वरभक्‍त मानिस थिए । उनले इस्राएलका सान्त्वना दाताको प्रतीक्षा गरिराखेका थिए र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्‍यो ।
26 Og det var varslet ham af den Helligånd, at han ikke skulde se Døden, førend han havde set Herrens Salvede.
पवित्र आत्माद्वारा उनलाई यो प्रकट गराइएको थियो कि परमप्रभुका ख्रीष्‍टलाई नदेखेसम्म उनको मृत्यु हुनेछैन ।
27 Og han kom af Åndens Drift til Helligdommen; og idet Forældrene bragte Barnet Jesus ind for at gøre med ham efter Lovens Skik,
एक दिन तिनी मन्दिरमा पवित्र आत्माको अगुवाइमा आए । व्यवस्थाले जे माग गरेको थियो, त्यो पुरा गर्न आमाबुबाद्वारा बालक येशूलाई मन्दिरमा ल्याइयो ।
28 da tog han det på sine Arme og priste Gud og sagde:
त्यसपछि शिमियोनले बालक येशूलाई काखमा लिएर परमेश्‍वरको प्रशंसा गर्दै भने,
29 "Herre! nu lader du din Tjener fare i Fred, efter dit Ord.
“तपाईंको वचनअनुसार, अब हे परमप्रभु, आफ्ना दासलाई शान्‍तिसँग बिदा दिनुहोस् ।
30 Thi mine Øjne have set din Frelse,
किनभने मेरा आँखाले तपाईंको उद्धारलाई देखेका छन्,
31 som du beredte for alle Folkeslagenes Åsyn,
जुन तपाईंले सबै मानिसहरूको दृष्‍टिमा तयार गर्नुभएको छ ।
32 et Lys til at oplyse Hedningerne og en Herlighed for dit Folk Israel."
तपाईंका जन इस्राएलीहरूका महिमा र अन्यजातिहरूलाई प्रकाश दिने ज्योति हुनुहुन्छ ।”
33 Og hans Fader og hans Moder undrede sig over de Ting, som bleve sagte om ham.
बालकका बुबाआमा बालकका विषयमा भनिएका कुरामा अचम्मित भए ।
34 Og Simeon velsignede dem og sagde til hans Moder Maria: "Se, denne er sat mange i Israel til Fald og Oprejsning og til et Tegn, som imodsiges,
त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए र उहाँकी आमा मरियमलाई भने, “होसियारीसँग सुन, यो बालक इस्राएलमा धेरैको उत्थान र पतनका निम्ति र धेरैको विरुद्धमा बोलिने चिह्नको निम्ति नियुक्‍त गरिएको छ ।
35 ja, også din egen Sjæl skal et Sværd gennemtrænge! for at mange Hjerters Tanker skulle åbenbares."
साथै तरवारले तिम्रो आफ्नै प्राण छेड्नेछ, ताकि धेरैका हृदयका विचारहरू प्रकट होऊन् ।”
36 Og der var en Profetinde Anna, Fanuels Datter, af Asers Stamme; hun var meget fremrykket i Alder, havde levet syv År med sin Mand efter sin Jomfrustand
एक जना हन्‍ना नामकी अगमवादिनी पनि त्यहाँ थिइन् । उनी आशेर कुलकी फनुएलकी छोरी थिइन् । उनी धेरै वृद्ध भइसकेकी थिइन् । विवाहपछि उनी जम्मा सात वर्ष आफ्ना पतिसँग बसेकी थिइन् ।
37 og var nu en Enke ved fire og firsindstyve År, og hun veg ikke fra Helligdommen, tjenende Gud med Faste og Bønner Nat og Dag.
त्यसपछि उनी चौरासी वर्ष विधवा नै रहिन् । उनले मन्दिर कहिल्यै नछोडी निरन्तर दिनरात प्रार्थना र उपवास गर्दै परमेश्‍वरको आराधना गर्दै रहिन् ।
38 Og hun trådte til i den samme Stund og priste Gud og talte om ham til alle, som forventede Jerusalems Forløsning.
त्यही समयमा उनी त्यहाँ आइन् र परमेश्‍वरलाई धन्यवाद चढाउन थालिन् । यरूशलेमको उद्धार पर्खिरहेका हरेकलाई उनले बालकको बारेमा बताइन् ।
39 Og da de havde fuldbyrdet alle Ting efter Herrens Lov, vendte de tilbage til Galilæa til deres egen By Nazareth.
परमप्रभुको व्यवस्थाले बताएबमोजिम जब तिनीहरूले सबै काम सिद्धयाए, उनीहरू आफ्नै सहर गालीलको नासरतमा फर्के ।
40 Men Barnet voksede og blev stærkt og blev fuldt af Visdom: og Guds Nåde var over det.
बालक बुद्धिमा र कदमा बढ्दै जानुभयो, र परमप्रभुको अनुग्रह उहाँमाथि थियो ।
41 Og hans Forældre droge hvert År op til Jerusalem på Påskehøjtiden.
उहाँका आमाबुबा निस्तार-चाड मनाउनका निम्ति हरेक वर्ष यरूशलेममा जान्थे ।
42 Og da han var bleven tolv År gammel, og de gik op efter Højtidens Sædvane
जब उहाँ बाह्र वर्षको हुनुहुन्‍थ्‍यो, तिनीहरू सधैँझैँ चाड मनाउनका निम्ति फेरि गए ।
43 og havde tilendebragt de Dage, blev Barnet Jesus i Jerusalem, medens de droge hjem, og hans Forældre mærkede det ikke.
चाडका पुरा दिनहरू त्यहाँ बिताएपछि तिनीहरू आफ्ना घर फर्किन थाले, तर बालक येशू यरूशलेममा नै रहनुभयो जुन कुरा उहाँका बुबाआमालाई थाहा थिएन ।
44 Men da de mente, at han var i Rejsefølget, kom de en Dags Rejse frem, og de ledte efter ham iblandt deres Slægtninge og Kyndinge.
तर तिनीहरूले बालक येशू यात्रीहरूकै दलमा हुनुहुन्छ भनी विचार गरे र एक दिनको यात्रा गरी सिद्धायाए । त्यसपछि उनीहरूले उहाँलाई नातेदार र साथीहरूको बिचमा खोज्‍न थाले ।
45 Og da de ikke fandt ham, vendte de tilbage til Jerusalem og ledte efter ham.
जब उनीहरूले उहाँलाई भेट्टाएनन्, यरूशलेममा फर्केर उहाँलाई खोज्‍न थाले ।
46 Og det skete efter tre Dage, da fandt de ham i Helligdommen, hvor han sad midt iblandt Lærerne og både hørte på dem og adspurgte dem.
तिन दिनपछि, उनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूको बिचमा सुन्दै र तिनीहरूलाई प्रश्‍न गर्दै गरेको भेट्टाए ।
47 Men alle, som hørte ham, undrede sig såre over hans Forstand og Svar.
जतिले उहाँका कुरा सुन्थे, उहाँको समझशक्‍ति र जवाफमा आश्‍चर्य चकित हुन्थे ।
48 Og da de så ham, bleve de forfærdede; og hans Moder sagde til ham:"Barn! hvorfor gjorde du således imod os? Se, din Fader og jeg have ledt efter dig med Smerte."
जब उनीहरूले उहाँलाई देखे, तब अचम्मित भए । उहाँकी आमा मरियमले उहाँलाई भनिन् “छोरा, किन तिमीले हामीसँग यस्तो व्यवहार गर्‍यौ? सुन! तिम्रा बुबा र मैले कति चिन्तित हुँदै तिमीलाई खोजिरहेका थियौँ ।”
49 Og han sagde til dem: "Hvorfor ledte I efter mig? Vidste I ikke, at jeg bør være i min Faders Gerning?"
उहाँले उनीहरूलाई भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनुभएको? म मेरा पिताको घरमा हुनुपर्छ भनेर के तपाईंहरूलाई थाहा छैन?”
50 Og de forstode ikke det Ord, som han talte til dem.
तर उहाँले उनीहरूलाई के भन्‍नुभएको थियो भनी उनीहरूले बुझ्‍न सकेनन् ।
51 Og han drog ned med dem og kom til Nazareth og var dem lydig og hans Moder gemte alle de Ord i sit Hjerte.
त्यसपछि उहाँ तिनीहरूसँग आफ्नो घर नासरत फर्कनुभयो र आज्ञाकारी भई रहनुभयो । उहाँकी आमाले यी सबै कुरा मनमै राखिन् ।
52 Og Jesus forfremmedes i Visdom og Alder og yndest hos Gud og Mennesker.
तर येशू बुद्धिमा, कदमा र परमेश्‍वर अनि मानिसको निगाहमा निरन्तर बढ्दै जानुभयो ।

< Lukas 2 >