< Esajas 62 >

1 For Zions Skyld vil jeg ej tie, for Jerusalems skyld ej hvile før dets Ret rinder op som Lys, som en luende Fakkel dets Frelse.
किनकि सियोनको खातिर चूप लाग्‍नेछैन र यरूशलेमको खातिर म मौन रहनेछैन, जबसम्‍म त्यसको धार्मिकता चहकिलो रूपमा बढ्‍दैन र त्यसको उद्धार दन्केको एउटा राँकोझैं हुँदैन ।
2 Din Ret skal Folkene skue og alle Konger din Ære. Et nyt Navn giver man dig, som HERRENs Mund skal nævne.
जातिहरूले तेरो धार्मिकता र राजाहरूले तेरो महिमा देख्‍नेछन् । परमप्रभुले चुन्‍नुहुने नयाँ नाउँले तँलाई बोलाइनेछ ।
3 Og du bliver en dejlig Krone i HERRENs Hånd, et kongeligt Hovedbind i Hånden på din Gud.
परमप्रभुको हातमा तँ एउटा सुन्दरताको मुकुट र आफ्‍नो परमेश्‍वरको हातमा राजकीय मुकुट हुनेछस् ।
4 Du kaldes ej mer "den forladte", dit Land "den ensomme"; nej, "Velbehag" kaldes du selv, og dit Land kaldes "Hustru". Thi HERREN har Velbehag i dig, dit Land skal ægtes.
तेरो बारेमा कदापि “त्यागिएकी” भनिनेछैनस् । न त तेरो देशलाई फेरि कहिलै “उजाडिएको” भनिनेछ । तँलाई साँच्‍चै, “त्‍योसँग म खुसी छु” र तेरो देशलाई “विवाहित” भनिनेछ, किनकि परमप्रभु तँमा खुसी हुनुहुन्छ र तेरो देश विवाहित हुनेछ ।
5 Som Ynglingen ægter en Jomfru, så din Bygmester dig, som Brudgom glædes ved Brud, så din Gud ved dig.
साँच्‍चै एक जना जवान मानिसले जवान स्‍त्रीलाई विवाह गरेझैं, तेरा छोराहरूले तँलाई विवाह गर्नेछन् । अनि एक जना दुलहा आफ्‍नी दुलहीसँग आनन्‍दित भएझैं तेरा परमेश्‍वर तँसित आनन्‍दित हुनुहुनेछ ।
6 Jeg sætter Vægtere på dine Mure, Jerusalem; ingen Sinde bag eller Nat skal de tie. I, som minder HERREN, und jer ej Ro
ए यरूशलेम, मैले तेरा पर्खालहरूमा रक्षकहरू राखेको छु । तिनीहरू दिनरात चुप बस्दैनन् । तिमीहरू जो परमप्रभुलाई पुकार्छौ, विश्राम नलेओ ।
7 og lad ham ikke i Ro, før han bygger Jerusalem, før han får gjort Jerusalem til Pris på Jorden.
उहाँले यरूशलेमलाई पुनःस्थापना गरेर र पृथ्वीमा यसलाई प्रशंसा नबनाएसम्म उहाँलाई विश्राम गर्न नदेओ ।
8 HERREN svor ved sin højre, sin vældige Arm: Jeg giver ej mer dine Fjender dit Korn til Føde; Mosten, du sled for, skal Udlandets Sønner ej drikke;
परमप्रभुले आफ्नो दाहिने बाहुली र आफ्नो सामर्थ्यद्वारा शपथ खानुभएको छ, “निश्‍चय नै तेरो अन्‍न तेरो शत्रुहरूलाई म फेरि दिनेछैन । विदेशीहरूले तेरो नयाँ दाखमद्य पिउनेछैनन्, जसको निम्ति तैंले काम गरेको छस् ।
9 nej, de, der høster, skal spise prisende HERREN; de, der sanker, skal drikke i min hellige Forgård.
कटनी गर्नेहरूले त्‍यो खानेछन् र पमरप्रभुको प्रशंसा गर्नेछन् । अनि दाख टिप्‍नेहरूले मेरो पवित्रस्थानको चोकमा दाखमद्य पिउनेछन् ।”
10 Drag ud gennem Portene, drag ud, ban Folket Vej, byg Vej, byg Vej, sank alle Stenene af, rejs Banner over Folkeslagene!
ढोकाबाट आओ, ढोकाबाट आओ! मानिसहरूको निम्ति बाटो तयार पार! यसलाई निर्माण गर, मुल बाटो बनाओ! ढुङ्गाहरू बटुल! जातिहरूको निम्ति संकेतको झन्डा उठाओ ।
11 Se, HERREN lader det høres til Jordens Ende: Sig til Zions Datter: "Se, din Frelse kommer, se, hans Løn er med ham, hans Vinding foran ham!"
हेर, परमप्रभुले पृथ्वीको अन्तिम छेउसम्म घोषणा गर्नुहुन्छ, “सियोनकी छोरीलाई भनः हेर्, तेरो मुक्‍तिदाता आउँदैहुनुहुन्छ । हेर्, उहाँको इनाम उहाँसँगै छ र उहाँको प्रतिफल उहाँको अघि जाँदैछ ।”
12 De skal kaldes: det hellige Folk, HERRENs genløste, og du: den søgte, en By, som ej er forladt.
तिनीहरूले तँलाई यसो भन्‍नेछन्, “पवित्र मानिसहरू । परमप्रभुले उद्धार गर्नुभएकाहरू,” अनि तँलाई “खोजिएको । नत्यागिएको सहर” भनिनेछ ।

< Esajas 62 >