< Galaterne 4 >

1 Men jeg siger: Så længe Arvingen er umyndig, er der ingen Forskel imellem ham og en Træl, skønt han er Herre over alt Godset;
मैले यो भनिरहेको छु, कि उत्तराधिकारी बालकै भएसम्म ऊ सारा सम्पत्तिको मालिक भए तापनि ऊ कमारो भन्दा फरक हुँदैन ।
2 men han står under Formyndere og Husholdere indtil den af Faderen bestemte Tid.
बरु, उसको बुबाले निर्धारण गरेको समयसम्म ऊ अभिभावकहरू र संरक्षकहरूको मुनि हुन्छ ।
3 Således stode også vi, dengang vi vare umyndige, som Trælle under Verdens Børnelærdom.
यसरी नै, हामीहरू पनि जब बालक थियौँ, यस जगत्‌का आधारभूत सिद्धान्तहरूको बन्धनमा थियौँ ।
4 Men da Tidens Fylde kom, udsendte Gud sin Søn, født af en Kvinde, født under Loven,
तर जब ठिक समय आयो, तब परमेश्‍वरले व्यवस्थाअनुसार स्‍त्रीबाट जन्मनुभएका उहाँका पुत्रलाई पठाउनुभयो ।
5 for at han skulde løskøbe dem, som vare under Loven, for at vi skulde få Sønneudkårelsen.
हामी धर्मपुत्रको रूपमा स्वीकारिऔँ भनेर उहाँले व्यवस्थामुनि भएकाहरूलाई छुटकारा दिनको निम्ति यसो गर्नुभयो ।
6 Men fordi I ere Sønner, har Gud udsendt i vore Hjerter sin Søns Ånd, som råber: Abba, Fader!
तिमीहरू पुत्रहरू भएका हुनाले परमेश्‍वरले उहाँका पुत्रको आत्मालाई हाम्रा हृदयहरूमा पठाउनुभयो, त्यो आत्मा जसले, “अब्बा, पिता” भनेर पुकार्नुहुन्छ ।
7 Altså er du ikke længer Træl, men Søn; men er du Søn, da er du også Arving ved Gud.
यसैकारणले गर्दा, अब तिमी दास होइनौ, तर पुत्र हौ । यदि तिमी पुत्र हौ भने, तिमी परमेश्‍वरको एक उत्तराधिकारी पनि हौ ।
8 Dengang derimod, da I ikke kendte Gud, trællede I for de Guder, som af Natur ikke ere det.
तर पहिले जब तिमीहरूले परमेश्‍वरलाई चिन्दैन थियौ, तिमीहरू तिनीहरूका दास थियौ जो स्वभावैले ईश्‍वरहरू होइनन् ।
9 Men nu, da I have lært Gud at kende, ja, meget mere ere blevne kendte af Gud, hvor kunne I da atter vende tilbage til den svage og fattige Børnelærdom, som I atter forfra ville trælle under?
तर अहिले तिमीहरूले परमेश्‍वरलाई चिन्दछौ वा निश्‍चय नै तिमीहरू परमेश्‍वरद्वारा चिनिएका छौ भने, किन तिमीहरू फेरि कमजोर र मूल्यहीन आधारभूत सिद्धान्तहरूतर्फ फर्किरहेका छौ? के तिमीहरू फेरि दास हुने चाहना गर्छौ?
10 I tage Vare på Dage og Måneder og Tider og År.
तिमीहरूले ध्यानपूर्वक विशेष दिनहरू, औँसी, ऋतुहरू र वर्षहरूलाई मान्दछौ ।
11 Jeg frygter for, at jeg måske har arbejdet forgæves på eder.
म तिमीहरूका लागि चिन्ता गर्दछु । म यो चिन्ता गर्दछु, कि मैले तिमीहरूमाथि व्यर्थमा मेहनत गरेँ ।
12 Vorder ligesom jeg, thi også jeg er bleven som I, Brødre! jeg beder eder. I have ikke gjort mig nogen Uret.
भाइहरू हो, म यो बिन्ती गर्दछु, कि म जस्तो छु तिमीहरू पनि त्यस्तै होओ, किनकि म पनि तिमीहरूजस्तै भएको छु । तिमीहरूले मप्रति कुनै खराबी गरेका छैनौ ।
13 Men I vide, at det var på Grund af en Kødets Svaghed, at jeg første Gang forkyndte Evangeliet for eder;
तर तिमीहरू यो कुरा जान्दछौ, कि मेरो शारीरिक बिमारीको कारण मैले तिमीहरूलाई पहिलो पटक सुसमाचार घोषणा गरेँ ।
14 og det, som i mit Kød var eder til Fristelse, ringeagtede I ikke og afskyede I ikke, men I modtoge mig som en Guds Engel, som Kristus Jesus.
मेरो शारीरिक अवस्थाले तिमीहरूलाई परीक्षा ल्याए तापनि तिमीहरूले मेरो उपेक्षा गरेनौ वा मलाई इन्कार गरेनौ । त्यसको सट्टामा, तिमीहरूले म नै ख्रीष्‍ट येशू भएझैँ गरी मलाई परमेश्‍वरका स्वर्गदूतको रूपमा स्वीकार गर्‍यौ ।
15 Hvor er da nu eders Saligprisning? Thi jeg giver eder det Vidnesbyrd, at, om det havde været muligt, havde I udrevet eders Øjne og givet mig dem.
त्यसकारण, अब तिमीहरूको आनन्द कहाँ छ? किनकि तिमीहरूको विषयमा म यो गवाही दिन्छु, कि सम्भव भए त तिमीहरूले मलाई आफ्नो आँखा निकालेर दिने थियौ ।
16 Så er jeg vel bleven eders Fjende ved at tale Sandhed til eder?
मैले तिमीहरूलाई सत्यता बताएको कारण, के म अब तिमीहरूको शत्रु भएँ त?
17 De ere nidkære for eder, dog ikke for det gode; men de ville udelukke eder, for at I skulle være nidkære for dem.
तिनीहरूले तिमीहरूलाई उत्कट इच्छाले खोज्दछन्, तर कुनै भलाइको लागि होइन । तिमीहरूले तिनीहरूलाई पछ्याउनेछौ भनेर तिनीहरूले मबाट तिमीहरूलाई अलग गर्न चाहन्छन् ।
18 Men det er godt at vise sig nidkær i det gode til enhver Tid, og ikke alene, når jeg er nærværende hos eder.
म तिमीहरूको उपस्थितिमा रहँदा मात्र नभएर सधैँ नै असल अभिप्रायको निम्ति उत्कट इच्छा राख्‍नु असल हुन्छ ।
19 Mine Børn, som jeg atter føder med Smerte, indtil Kristus har vundet Skikkelse i eder!
मेरा साना बालकहरू हो, तिमीहरूभित्र ख्रीष्‍ट नबनिनुभएसम्म मैले फेरि तिमीहरूका निम्ति प्रसव वेदनाको पीडा भोगिरहेको छु ।
20 - ja, jeg vilde ønske, at jeg nu var til Stede hos eder og kunde omskifte min Røst; thi jeg er rådvild over for eder.
म अब तिमीहरूकहाँ उपस्थिति हुन चाहन्छु र मेरो बोलीलाई परिवर्तन गर्न चाहन्छु, किनकि म तिमीहरूको विषयमा अन्योलमा परेको छु ।
21 Siger mig, I, som ville være under Loven, høre I ikke Loven?
तिमीहरू जो व्यवस्थाको अधीनमा रहने इच्छा गर्दछौ, मलाई यो बताओ, कि व्यवस्थाले के भन्दछ भन्‍ने कुरा के तिमीहरूले सुन्दैनौ?
22 Der er jo skrevet, at Abraham havde to Sønner, en med Tjenestekvinden og en med den frie Kvinde.
किनकि यस्तो लेखिएको छ, कि अब्राहामका दुई जना छोरा थिए, एक जना दासी स्‍त्रीबाट र अर्कोचाहिँ स्वतन्‍त्र स्‍त्रीबाट ।
23 Men Tjenestekvindens Søn er avlet efter Kødet, den frie Kvindes ved Forjættelsen.
तथापि, दासीबाटको चाहिँ केवल शरीरद्वारा जन्मिएको थियो, तर स्वतन्‍त्र स्‍त्रीबाटको चाहिँ प्रतिज्ञाद्वारा जन्मिएको थियो ।
24 Dette har en billedlig Betydning. Thi disse Kvinder ere tvende Pagter, den ene fra Sinai Bjerg, som føder til Trældom: denne er Hagar.
यी कुराहरूलाई एउटा रूपक दृष्‍टान्तद्वारा वर्णन गर्न सकिन्छ, किनकि यी दुई स्‍त्री दुईवटा प्रतिज्ञाझैँ हुन् । तिनीहरूमध्ये एक जनाचाहिँ सीनै पर्वतबाट हो । तिनले यस्ता छोराछोरीहरू जन्माउँछिन्, जो दासहरू हुन् । तिनी हागार हुन् ।
25 Thi "Hagar" er Sinai Bjerg i Arabien, men svarer til det nuværende Jerusalem; thi det er i Trældom med sine Børn.
अहिले हागारचाहिँ अरबको सीनै पर्वत हो । तिनले वर्तमान यरूशलेमको सङ्केत गर्छिन्, किनकि तिनी तिनका छोराछोरीहरूसँगै दासत्वमा छिन् ।
26 Men Jerusalem heroventil er frit, og hun er vor Moder.
तर माथि रहेको यरूशलेम स्वतन्‍त्र छ, जोचाहिँ हाम्री आमा हुन् ।
27 Thi der er skrevet: "Fryd dig, du ufrugtbare, du, som ikke føder! bryd ud og råb, du, som ikke har Fødselsveer! thi mange ere den enliges Børn fremfor hendes, som har Manden."
किनकि यस्तो लेखिएको छ, “ए बाँझी स्‍त्री, जसले जन्म दिन सक्दिनन्, आनन्द मनाओ । तिमी जसले बालक जन्माउने अनुभव पाएकी छैनौ, मन खोल र आनन्दले कराऊ । किनकि त्यस बाँझीका पति भएकाहरूका भन्दा पनि धेरै छोराछोरीहरू छन् ।”
28 Men vi, Brødre! ere Forjættelsens Børn i Lighed med Isak.
भाइहरू हो, अब तिमीहरू पनि इसहाकजस्तै प्रतिज्ञाका छोराछोरीहरू हौ ।
29 Men ligesom dengang han, som var avlet efter Kødet, forfulgte ham, som var avlet efter Ånden, således også nu.
त्यो समयमा शरीरअनुसार जन्मेकोले आत्माअनुसार जन्मेकोलाई सतायो । अहिले पनि यस्तै नै छ ।
30 Men hvad siger Skriften?"Uddriv Tjenestekvinden og hendes Søn; thi Tjenestekvindens Søn skal ingenlunde arve med den frie Kvindes Søn."
धर्मशास्‍त्रले के भन्दछ? “दासी स्‍त्री र तिनको पुत्रलाई निकालिदेओ । किनकि दासी स्‍त्रीको पुत्रले स्वतन्‍त्र स्‍त्रीको पुत्रसँगै समान उत्तराधिकार प्राप्‍त गर्नेछैन ।”
31 Derfor, Brødre! ere vi ikke Tjenestekvindens Børn, men den frie Kvindes.
त्यसकारण, भाइहरू हो, हामी दासी स्‍त्रीका छोराछोरीहरू होइनौँ, तर स्वतन्‍त्र स्‍त्रीका छोराछोरीहरू हौँ ।

< Galaterne 4 >