< Efeserne 5 >

1 Vorder derfor Guds Efterlignere som elskede Børn,
त्यसकारण परमेश्‍वरका प्रिय छोरा-छोरीहरू झैँ उहाँको अनुकरण गर्ने होओ ।
2 og vandrer i Kærlighed, ligesom også Kristus elskede os og gav sig selv hen for os som en Gave og et Slagtoffer, Gud til en velbehagelig Lugt.
र ख्रीष्‍टले हामीलाई प्रेम गर्नुभएर आफैँलाई हाम्रो निम्ति दिनुभए झैँ तिमीहरू प्रेममा हिँड । परमेश्‍वरको निम्ति सुगन्धित सुवास्‍ना हुनको निम्ति उहाँ एक भेटी र बलिदान हुनुहुन्थ्यो ।
3 Men Utugt og al Urenhed eller Havesyge bør end ikke nævnes iblandt eder, som det sømmer sig for hellige,
जस्तो विश्‍वासीहरूका लागि उपयुक्त हुन्छ, तिमीहरूको बिचमा कामुक अनैतिकता वा कुनै अशुद्धता वा कामवासनाको लालसाको बारेमा चर्चा नहोस् ।
4 ej heller ublu Væsen eller dårlig Snak eller letfærdig Skæmt, hvilket er utilbørligt, men hellere Taksigelse.
नकि अश्‍लिलता, मूर्ख बोली वा अपमानजनक ठट्यौलीहरू होस् जुनचाहिँ अनुचित छन् । बरु धन्यवाद दिने काम होस् ।
5 Thi dette vide og erkende I, at ingen utugtig eller uren eller havesyg, hvilket er en Afgudsdyrker, har Arv i Kristi og Guds Rige.
तिमीहरूले यो निश्‍चय गर, कि कुनै कामुक रूपमा अनैतिक, अशुद्ध, वा लालसित व्यक्तिले ख्रीष्‍ट र परमेश्‍वरको राज्यमा कुनै उत्तराधिकार पाउँदैन, किनकि त्यो मूर्तिपूजक हो ।
6 Ingen bedrage eder med tomme Ord; thi for disse Ting kommer Guds Vrede over Genstridighedens Børn.
तिमीहरूलाई कसैले पनि फोस्रा कुराहरूले धोखा नदिओस् । यी कुराहरूको कारण अनाज्ञाकारिताका पुत्रहरूमा परमेश्‍वरको क्रोध आउनेछ ।
7 Derfor, bliver ikke meddelagtige med dem!
यसैले गर्दा तिनीहरूसँग सहभागी नहोओ ।
8 Thi I vare forhen Mørke, men nu ere I Lys i Herren; vandrer som Lysets Børn;
किनकि तिमीहरू एकचोटी अन्धकार थियौ, तर अब तिमीहरू परमप्रभुमा ज्योति भएका छौ । यसैले ज्योतिका सन्तान जस्तै गरी हिँड ।
9 (Lysets Frugt viser sig jo i al Godhed og Retfærdighed og Sandhed, )
किनकि ज्योतिको फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ ।
10 så I prøve, hvad der er velbehageligt for Herren.
परमप्रभुलाई खुशी तुल्याउने कुराहरू पत्ता लगाऊ ।
11 Og haver ikke Samfund med Mørkets ufrugtbare Gerninger. Men revser dem hellere;
अन्धकारका फलहिन कार्यहरूमा सहभागी नहोओ । बरु, तिनीहरूलाई प्रकट गर ।
12 thi hvad der lønligt bedrives af dem, er skammeligt endog at sige;
किनकि तिनीहरूद्वारा गोप्यमा गरिएका कार्यहरू वर्णन गर्न पनि लाजमर्दो छ ।
13 men alt dette bliver åbenbaret, når det revses af Lyset. Thi alt det, som bliver åbenbaret, er Lys.
सबै थोक जब ज्योतिमा आउँछन्, तब ती प्रकट हुन्छन्,
14 Derfor hedder det: "Vågn op, du, som sover, og stå op fra de døde, og Kristus skal lyse for dig!"
किनकि प्रकट भएका सबै कुरा ज्योतिमा प्रकाशमान हुन्छन् । त्यसकारण यस्तो भनिएको छ कि, “सुताहा हो जाग, र मरेकाहरूबाट उठ, र ख्रीष्‍ट तिमीमा चम्कनुहुनेछ ।”
15 Ser derfor nøje til, hvorledes I vandre, ikke som uvise, men som vise,
त्यसकारण तिमी कसरी हिँड्छौ भन्‍ने कुरामा होसियार होओ, मूर्ख जस्तो होइन तर बुद्धिमानजस्तो ।
16 så I købe den belejlige Tid, efterdi Dagene ere onde.
समयलाई बचाओ, किनकि दिनहरू खराब छन् ।
17 Derfor bliver ikke uforstandige, men skønner, hvad Herrens Villie er.
मूर्ख नबन । बरु, प्रभुको इच्छा के हो, सो बुझ ।
18 Og drikker eder ikke drukne i Vin, i hvilket der er Ryggesløshed, men lader eder fylde med Ånden,
र दाखमद्यले नमात्तीओ, किनकि त्यसले विनाशतर्फ डोर्‍याउँछ । तर त्यसको सट्टामा, पवित्र आत्माले भरिओ ।
19 så I tale hverandre til med Salmer og Lovsange og åndelige Viser og synge og spille i eders Hjerte for Herren
एक-अर्कामा भजनहरूमा र आत्मिक गीतहरूमा बोल । परमप्रभुको निम्ति तिमीहरूका हृदयमा गीतहरू गाउँदै प्रशंसा गर ।
20 og altid sige Gud og Faderen Tak for alle Ting i vor Herres Jesu Kristi Navn
येशू ख्रीष्‍टको नाउँमा, सधैँ सबै कुराहरूको निम्ति पिता परमेश्‍वरलाई धन्यवाद चढाओ ।
21 og underordne eder under hverandre i Kristi Frygt;
ख्रीष्‍टको आदरको लागि एकअर्काको अधिनमा रहो ।
22 Hustruerne skulle underordne sig under deres egne Mænd, som under Herren;
पत्‍नीहरू हो, प्रभुको अधीनमा रहे जस्तो आफ्ना पतिहरूको अधीनमा बस ।
23 thi en Mand er sin Hustrus Hoved, ligesom også Kristus er Menighedens Hoved. Han er sit Legemes Frelser.
किनकि पति पत्‍नीको शिर हो, जसरी ख्रीष्‍ट पनि मण्डलीको शिर हुनुहुन्छ । उहाँ शरीरको उद्धारकर्ता हुनुहुन्छ ।
24 Dog, ligesom Menigheden underordner sig under Kristus, således skulle også Hustruerne underordne sig under deres Mænd i alle Ting.
तर जसरी मण्डली ख्रीष्‍टप्रति समर्पित छ, त्यसरी नै पत्‍नीहरूलेपनि आफ्ना पतिहरूप्रति सबैथोकमा त्यसै गर्नुपर्दछ ।
25 I Mænd! elsker eders Hustruer, ligesom også Kristus elskede Menigheden og hengav sig selv for den,
पतिहरू हो, जसरी ख्रीष्‍टले मण्डलीलाई प्रेम गर्नुभयो र आफैँलाई तिनको निम्ति समर्पित गर्नुभयो, त्यसरी नै आफ्ना पत्‍नीहरूलाई प्रेम गर ।
26 for at han kunde hellige den, idet han rensede den ved Vandbadet med et Ord,
उहाँले तिनलाई पवित्र गर्न यसो गर्नुभयो । उहाँले तिनलाई वचनमा पानीले धोएर शुद्ध पार्नुभयो ।
27 for at han selv kunde fremstille Menigheden for sig som herlig, uden Plet eller Rynke eller noget deslige, men for at den måtte være hellig og ulastelig.
दागरहित वा चाउरी नभएको वा अन्य यस्ता कुनै थोक नभएको, तर पवित्र र दोषरहित, महिमित मण्डली आफ्नै निम्ति प्रस्तुत गर्नको निम्ति उहाँले यस्तो गर्नुभयो ।
28 Således ere Mændene skyldige at elske deres egne Hustruer som deres egne Legemer; den, som elsker sin egen Hustru, elsker sig selv.
यस्तै प्रकारले पतिहरूले तिनीहरूका आफ्ना पत्‍नीहरूलाई आफ्ना शरीरलाई जस्तै प्रेम गर्नुपर्छ । आफ्नो पत्‍नीलाई प्रेम गर्नेले आफैँलाई प्रेम गर्छ ।
29 Ingen har jo nogen Sinde hadet sit eget Kød, men han nærer og plejer det, ligesom også Kristus Menigheden.
कहिल्यै पनि कसैले आफ्नो शरीरलाई घृणा गरेको छैन । बरु, उसले यसलाई पालन-पोषण गरेर प्रेम गर्दछ, जसरी ख्रीष्‍टले पनि मण्डलीलाई प्रेम गर्नुहुन्छ ।
30 Thi vi ere Lemmer på hans Legeme.
किनकि हामी उहाँका शरीरका सदस्यहरू हौँ ।
31 Derfor skal et Menneske forlade sin Fader og Moder og holde fast ved sin Hustru, og de to skulle være eet Kød.
“यसैकारणले गर्दा एकजना मानिसले उसको बुबा र आमालाई छोड्नेछ र उसको पत्‍नीसँग मिल्नेछ, र ती दुई एउटै शरीर हुनेछन् ।”
32 Denne Hemmelighed er stor - jeg sigter nemlig til Kristus og til Menigheden.
यो एउटा महान् गुप्‍त सत्यता हो, तर मैले ख्रीष्‍ट र उहाँको मण्डलीको बारेमा बताइरहेको छु ।
33 Dog, også I skulle elske hver især sin egen Hustru som sig selv; men Hustruen have Ærefrygt for Manden!
तथापि, तिमीहरू प्रत्येकले आफ्ना पत्‍नीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ, र पत्‍नीले पतिलाई सम्मान गर्नुपर्छ ।

< Efeserne 5 >