< 5 Mosebog 8 >

1 Alle de Bud, jeg i Dag pålægger dig, skal I omhyggeligt handle efter, for at I må blive i Live og blive mangfoldige og komme ind og tage det Land i Besiddelse, som HERREN tilsvor eders Fædre.
आज मैले तिमीहरूलाई दिने सबै आज्ञा मान्‍नू ताकि तिमीहरू बाँच्न सक र वृद्धि हुन सक अनि परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा गएर त्यसलाई अधिकार गर्न सक ।
2 Og du skal komme i Hu, hvorledes HERREN din Gud i disse fyrretyve År har ført dig i Ørkenen for at ydmyge dig og sætte dig på Prøve og for at se, hvad der boede i dit Hjerte, om du vilde holde hans Bud eller ej.
तिमीहरूलाई विनम्र पार्न र तिमीहरूले उहाँका आज्ञाहरू मान्छौ कि मान्दैनौ भनेर तिमीहरूका ह्रदयमा भएको कुरा जाँच गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरले यी चालिस वर्षसम्म तिनीहरूलाई उजाड-स्थानमा डोर्‍याउनुभएका उहाँका सबै मार्गलाई सम्झनू ।
3 Han ydmygede dig og lod dig sulte og gav dig så Manna at spise, en Føde, som hverken du eller dine Fædre før kendte til, for at lade dig vide, at Mennesket ikke lever af Brød alene; men ved alt, hvad der udgår af HERRENs Mund, lever Mennesket.
उहाँले तिमीहरूलाई विनम्र तुल्याउनुभयो; भोकले पीडित तुल्याउनुभयो र मन्‍न खुवाउनुभयो जसलाई तिमीहरूले चिनेका थिएनौ न त तिमीहरूका पिता-पुर्खाहरले चिनेका थिए । मानिस रोटीले मात्र नभई परमप्रभुको मुखबाट निस्केको हरेक कुराले बाँच्दछ भनी तिमीहरूलाई बुझाउन उहाँले यसो गर्नुभयो ।
4 Dine klæder blev ikke slidt af Kroppen på dig, og dine Fødder hovnede ikke i disse fyrretyve År:
ती चालिस वर्षसम्म तिमीहरूका लुगा च्यातिएर झरेन न त तिमीहरूको गोडा सुन्‍नियो ।
5 Så vid da og tag dig til Hjerte, at HERREN optugter dig, som en Mand optugter sin Søn.
बुबाले आफ्नो छोरोलाई अनुशासनमा राखेझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अनुशासनमा राख्‍नुहुन्छ भनी तिमीहरूले आफ्नो ह्रदयमा ख्याल राख्‍नू ।
6 Og hold HERREN din Guds Bud, så du vandrer på hans Veje og frygter ham.
उहाँका मार्गहरूमा हिँडी उहाँलाई आदर गर्न सकून् भनेर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञा मान्‍नू ।
7 Thi HERREN din Gud vil føre dig ind i et herligt Land, et Land med Vandbække, Kilder og Strømme, der vælder frem på Bjerg og Dal,
किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बेसीँ र पर्वतहरू हुँदै खोलानाला र मुल भएको असल देशमा ल्याउँदै हुनुहुन्छ ।
8 et Land med Hvede og Byg, med Vinstokke, Figentræer og Granatæbletræer, et Land med Oliventræer og Honning,
यो गहुँ र जौ अनि दाख र जैतून अनि अनार र जैतून रुखहरूसाथै मह पाउने देश हो ।
9 et Land, hvor du ikke skal tære Fattigmands Brød, hvor du intet skal mangle, et Land, hvis Sten giver Jern, og i hvis Bjerge du kan hugge Kobber.
यो त्यही देश हो जहाँ तिमीहरूलाई अन्‍नको अभाव हुने छैन र त्यहाँ कुनै थोकको कमी हुने छैन । यस देशका ढुङ्गाहरू फलामका छन् र त्यहाँका पहाडहरूबाट तिमीहरूले तामा निकाल्ने छौ ।
10 Men når du så spiser dig mæt, skal du love HERREN din Gud for det herlige Land, han gav dig.
तिमीहरू खाएर अघाउने छौ, अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको असल देशको लागि तिमीहरूले उहाँलाई धन्यको भन्‍ने छौ ।
11 Vogt dig for at glemme HERREN din Gud, så du ikke holder hans Bud, Lovbud og Anordninger, som jeg i Dag pålægger dig.
आज मैले तिमीहरूलाई दिएका उहाँका आज्ञाहरू, उहाँका विधिविधानहरूलाई बेवास्ता नगर्न र परमप्रभु तिमीहरूका परमेश्‍वरलाई नभुल्न होसियार होओ ।
12 Når du da spiser dig mæt og bygger gode Huse og bor i dem,
नत्रता तिमीहरूले अघाउञ्‍जेल खाँदा र तिमीहरूले घरहरू बनाई तिनमा बस्दा तिमीहरूको हृदय घमण्डले फुल्ने छ ।
13 og dit Hornkvæg og Småkvæg øges, og dit Sølv og Guld øges, og alt, hvad du ejer, øges,
तिमीहरूका गाईवस्तु र भेडा-बाख्राहरू गुणात्मक रूपमा वृद्धि हुँदा र तिमीहरूका सुन र चाँदीको वृद्धि हुँदा र तिमीहरूसित भएका सबै थोकको वृद्धि हुँदा
14 lad så ikke dit Hjerte blive hovmodigt, så du glemmer HERREN din Gud, som førte dig ud af Ægypten, af Trællehuset,
तिमीहरूको ह्रदय घमण्डले फुली मिश्र देश अर्थात् दासत्वको देशबाट तिमीहरूलाई ल्याउनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले नभुल्नलाई होसियार बस ।
15 ham, som ledte dig i den store, grufulde Ørken med dens Giftslanger og Skorpioner og vandløse Ødemarker, ham, som lod Vand vælde frem til dig af den flinthårde Klippe,
उहाँलाई नबिर्स जसले तिमीहरूलाई विषालु सर्प र बिच्छीहरू भएको पानी नपाइने विशाल र डरलाग्दो उजाड-स्थानबाट ल्याउनुभयो, जसले तिमीहरूका निम्ति चट्टानबाट पानी निकाल्नुभयो ।
16 ham, som i Ørkenen gav dig Manna at spise, som dine Fædre ikke kendte til, dig til Ydmygelse og Prøvelse, for i de kommende Dage at kunne gøre vel imod dig!
तिमीहरूलाई नम्र बनाउन र तिमीहरूको जाँच गरी अन्त्यमा तिमीहरूको भलाइ गर्न उहाँले तिमीहरूलाई उजाड-स्थानमा तिमीहरूका पिता-पुर्खाहरूले कहिल्यै नजानेका मन्‍न खुवाउनुभयो ।
17 Og sig ikke ved dig selv: "Det er min egen Kraft og min egen Hånds Styrke, der har skaffet mig den Rigdom."
तर तिमीले ह्रदयमा सोचौला, 'मेरो शक्ति र मेरो शक्तिशाली हातले मैले यी सबै सम्पत्ति थुपारेको हुँ ।'
18 Men kom HERREN din Gud i Hu; thi ham er det, der giver dig Kraft til at vinde dig Rigdom for at stadfæste den Pagt, han tilsvor dine Fædre, således som det nu er sket.
तर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई याद गर्नू किनकि उहाँले नै तिमीहरूलाई सम्पत्ति थुपार्ने शक्ति दिनुहुन्छ । उहाँले नै तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्‍नुभएको करार स्थापित गर्नुहुन्छ जुन आजको दिनसम्म छ ।
19 Men hvis du glemmer HERREN din Gud og holder dig til andre Guder og dyrker og tilbeder dem, så vidner jeg for eder i Dag, at I skal gå til Grunde.
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई बिर्सी अन्य देवी-देवताहरूको पछि लागेर तिनीहरूको पुजा गर्‍यौ र तिनीहरूको आराधना गर्‍यौ भने तिमीहरू निश्‍चय नै मर्ने छौ भनी म आज तिमीहरूको विरुद्धमा गवाही दिन्छु ।
20 Som de Folk, HERREN lader gå til Grunde for eder, skal I gå til Grunde, til Straf for at I ikke vilde adlyde HERREN eders Gud!
परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाजलाई ध्यान दिएनौ भने तिमीहरूकै सामु परमप्रभुले नष्‍ट गर्नुभएका जातिहरूजस्तै तिमीहरू नष्‍ट हुने छौ ।

< 5 Mosebog 8 >