< Apostelenes gerninger 16 >

1 Og han kom til Derbe og Lystra, og se, der var der en Discipel ved Navn Timotheus, Søn af en troende Jødinde og en græsk Fader.
पावल डर्बी र लुस्‍त्रामा पनि आए, त्यहाँ तिमोथी नाउँ गरेका एक जना चेला पनि थिए । उनी एउटी विश्‍वासी यहूदी स्‍त्रीका छोरा थिए भने उनका बाबुचाहिँ ग्रीक थिए ।
2 Han havde godt Vidnesbyrd af Brødrene i Lystra og Ikonium.
लुस्‍त्रा र आइकोनियमका भाइहरूले तिमोथीका बारेमा असल कुरा भन्थे ।
3 Ham vilde Paulus have til at drage med sig, og han tog og omskar ham for Jødernes Skyld, som vare på disse Steder; thi de vidste alle, at hans Fader var en Græker.
पावलले तिमोथीलाई आफूसँगै यात्रामा लान चाहन्थे, यसकारण उनले तिमोथीलाई आफूसँगै लगे र तिनको खतना गरे किनभने ती इलाकाहरूमा यहूदीहरू पनि थिए र उनका बाबु ग्रीक हुन् भनेर तिनीहरू सबैलाई थाहा थियो ।
4 Men alt som de droge igennem Byerne, overgave de dem de Bestemmelser at holde, som vare vedtagne af Apostlene og de Ældste i Jerusalem,
ती सहरहरूको यात्रा गर्दैजाँदा उनीहरूले मण्डलीहरूमा पालन गर्नुपर्ने निर्देशनहरू दिए जुन निर्देशनहरू प्रेरितहरूले र अगुवाहरूले यरूशलेममा लेखेर दिएका थिए ।
5 Så styrkedes Menighederne i Troen og voksede i Antal hver Dag.
यसरी मण्डलीहरू विश्‍वासमा बलियो हुँदै र दिन प्रतिदिन संख्यामा वृद्धि हुँदै गइरहे ।
6 Men de droge igennem Frygien og det galatiske Land, da de af den Helligånd vare blevne forhindrede i at tale Ordet i Asien.
एसियामा वचन प्रचार गर्न उनीहरूलाई पवित्र आत्माले मनाही गर्नुभएको हुँदा, पावल र उनका साथीहरू फ्रिगिया र गलातियाका क्षेत्रहरू हुँदै अगि बढे ।
7 Da de nu kom hen imod Mysien, forsøgte de at drage til Bithynien; og Jesu Ånd tilstedte dem det ikke.
जब उनीहरू माइसियाको नजिक आइपुगे उनीहरूले बिथिनिया जान प्रयास गरे, तर येशूका आत्माले उनीहरूलाई रोक्‍नुभयो ।
8 De droge da Mysien forbi og kom ned til Troas.
त्यसैले माइसियाहुँदै अगाडि बढ्दै जाँदा, उनीहरू त्रोआस सहरमा झरे ।
9 Og et Syn viste sig om Natten for Paulus: En makedonisk Mand stod der og bad ham og sagde: "Kom over til Makedonien og hjælp os!"
रातको समयमा पावलले एउटा दर्शन देखे जसमा माकेडोनियाका एकजना व्यक्ति उभिएर उनलाई यसो भनिरहेका थिए, “माकेडोनिया आउनुहोस् र हामीलाई सहायता गर्नुहोस् ।”
10 Men da han havde set dette Syn, ønskede vi straks at drage over til Makedonien; thi vi sluttede, at Gud havde kaldt os derhen til at forkynde Evangeliet for dem.
पावलले त्यो दर्शन देखेपछि, परमेश्‍वरले हामीलाई तिनीहरूलाई सुसमाचार प्रचार गर्न बोलाउनुभएको हो भन्‍ने निष्कर्ष निकालेर हामीहरू तुरुन्तै माकेडोनियाको बाटोतर्फ लाग्यौँ ।
11 Vi sejlede da ud fra Troas og styrede lige til Samothrake og den næste Dag til Neapolis
त्यसकारण हामी त्रोआसबाट जहाजमा चढेर सोझै सामोथ्रेकको बाटो लाग्यौँ र अर्को दिन हामी नियापोलिस पुग्यौँ,
12 og derfra til Filippi, hvilken er den første By i den Del af Makedonien, en Koloni. I denne By opholdt vi os nogle Dage.
त्यहाँबाट रोमी उपनिवेशको एकदमै महत्त्वपूर्ण जिल्लाको फिलिप्पी गयौँ जुनचाहिँ माकेडोनियाको एउटा सहर हो । हामी त्यस सहरमा धेरै दिनसम्म बस्यौँ ।
13 Og på Sabbatsdagen gik vi uden for Porten ved en Flod, hvor vi mente, at der var et Bedested", og vi satte os og talte til de Kvinder, som kom sammen.
सबाथ-दिनमा हामी सहरको ढोकाबाट बाहिर नदी किनारमा पुग्यौँ जहाँ प्रार्थना गर्ने ठाउँ होला भन्‍ने हामीले ठान्यौँ । हामी बस्यौँ र जम्मा भएका स्‍त्रीहरूसँग कुरा गर्‍यौँ ।
14 Og en Kvinde ved Navn Lydia, en Purpurkræmmerske fra Byen Thyatira, en Kvinde, som frygtede Gud, hørte til, og hendes Hjerte oplod Herren til at give Agt på det, som blev talt af Paulus.
त्यहाँ थिआटिरा सहरमा बसोबास गर्ने लिडिया नाउँ गरेकी एउटी स्‍त्री थिइन् जो वैजनी रङको वस्‍त्रको व्यापारी थिइन् । जसले परमेश्‍वरको आराधना गर्थिन् र हाम्रो कुरालाई ध्यान दिएर सुनिन् । पावलले भनेका कुरा तिनले ध्यानपूर्वक सुनून् भनेर परमप्रभुले तिनको हृदय खोलिदिनुभयो ।
15 Men da hun og hendes Hus var blevet døbt, bad hun og sagde: "Dersom I agte mig for at være Herren tro, da kommer ind i mit Hus og bliver der!" Og hun nødte os.
तिनी र तिनका परिवार सबैजनालाई बप्‍तिस्‍मा दिएपछि तिनले हामीलाई यसो भन्दै आग्रह गरिन्, “यदि तपाईंहरूले मलाई प्रभुप्रति विश्‍वासयोग्य ठान्‍नुहुन्छ भने मेरो घरमा आएर बस्‍नुहोस् ।” भनी हामीलाई मनाइन् ।
16 Men det skete, da vi gik til Bedestedet, at en Pige mødte os, som havde en Spådomsånd og skaffede sine Herrer megen Vinding ved at spå.
हामीहरू प्रार्थना गर्ने स्थानतर्फ जाँदै गर्दा, जोखना हेर्ने एउटी जवान स्‍त्रीसँग हाम्रो सामना भयो । त्यसले जोखना हेरेर आफ्ना मालिकहरूका निम्ति धेरै धन कमाइदिन्थी ।
17 Hun fulgte efter Paulus og os, råbte og sagde: "Disse Mennesker ere den højeste Guds Tjenere, som forkynde eder Frelsens Vej."
त्यो स्‍त्री यसो भन्दै पावल र हाम्रो पछि लागी, “यी मानिसहरू सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हुन् । यिनीहरूले तपाईंहरूलाई मुक्तिको बाटो घोषणा गर्छन् ।”
18 Og dette gjorde hun i mange Dage. Men Paulus blev fortrydelig derover, og han vendte sig og sagde til Ånden: "Jeg byder dig i Jesu Kristi Navn at fare ud af hende." Og den for ud i den samme Stund.
त्यसले धेरै दिनसम्म त्यसो गरिरही । तर त्यसबाट धेरै झिजो मानेर पावलले पछाडितिर फर्केर त्यो आत्मालाई भने, “येशू ख्रीष्‍टको नाउँमा म तँलाई यसबाट निस्केर जाने आज्ञा दिन्छु ।” र त्यो तुरुन्तै निस्केर गयो ।
19 Men da hendes Herrer så, at deres Håb om Vinding var forsvundet, grebe de Paulus og Silas og slæbte dem hen på Torvet for Øvrigheden.
जब त्यस स्‍त्रीका मालिकहरूले आफ्नो कमाइको आशा गुम्‍नेभयो भन्‍ने थाहा पाए, तिनीहरूले पावल र सिलासलाई समातेर घिसार्दै बजारमा अधिकारीहरूका अगि लगे ।
20 Og de førte dem til Høvedsmændene og sagde: "Disse Mennesker, som ere Jøder, forvirre aldeles vor By.
तिनीहरूले पावल र सिलासलाई न्यायाधीशहरूकहाँ ल्याएर भने, “यिनीहरू यहूदीहरू हुन् र हाम्रो सहरमा एकदमै समस्या खडा गरिरहेका छन् ।
21 og de forkynde Skikke, som det ikke er tilladt os, der ere Romere, at antage eller øve."
यिनीहरूले कानुन विपरित शिक्षाहरू सिकाइरहेका छन्, जुन हामी रोमीहरूका लागि ग्रहण गर्न वा पालन गर्न योग्यका छैनन् ।”
22 Og Mængden rejste sig imod dem, og Høvedsmændene lode Klæderne rive af dem og befalede at piske dem.
त्यसपछि मानिसहरूको भिड पावल र सिलास माथि खनिए; अनि न्यायाधीशहरूले उनीहरूको कपडा च्यातिदिए र उनीहरूलाई लहुराले हिर्काउने आदेश दिए ।
23 Og da de havde givet dem mange Slag, kastede de dem i Fængsel og befalede Fangevogteren at holde dem sikkert bevogtede.
तिनीहरूले उनीहरूलाई धेरै पिटेपछि तिनीहरूले पावल र सिलासलाई झ्यालखानामा हालिदिए र उनीहरूमाथि कडा निगरानी राख्‍न झ्यालखानाका हाकिमलाई आदेश दिए ।
24 Da han havde fået sådan Befaling, kastede han dem i det inderste Fængsel og sluttede deres Fødder i Blokken.
आदेश पाउने बित्तिकै झ्यालखानाका हाकिमले उनीहरूलाई भित्री कोठामा थुने र उनीहरूका खुट्टाहरू ठिँगुरामा हालेर बाँधे ।
25 Men ved Midnat bade Paulus og Silas og sang Lovsange til Gud; og Fangerne lyttede på dem.
मध्यरातमा पावल र सिलास परमेश्‍वरसँग प्रार्थना गर्दै र भजन गाउँदै थिए र अरू कैदीहरूले पनि त्यो कुराहरू सुनिरहेका थिए ।
26 Men pludseligt kom der et stort Jordskælv, så at Fængselets Grundvolde rystede, og straks åbnedes alle Dørene, og alles Lænker løstes.
अचानक त्यहाँ एउटा ठुलो भूकम्प गयो जसले गर्दा झ्यालखानाका जगहरू हल्लिए । तुरन्तै झ्यालखानाका सबै ढोकाहरू खोलिए अनि सबैका साङ्लाहरू आफैँ खोलिए ।
27 Men Fangevogteren for op at Søvne, og da han så Fængselets Døre åbne, drog han et Sværd og vilde dræbe sig selv, da han mente, at Fangerne vare flygtede.
झ्यालखानाका हाकिम आफ्नो निद्राबाट ब्युँझिए र झ्यालखानाका सबै ढोकाहरू खुल्ला देखे । तब सबै कैदीहरू भागिसके भन्‍ने ठानेर उनले आफ्नो तरवार निकालेर आफूलाई मार्नै लागेका थिए ।
28 Men Paulus råbte med høj Røst og sagde: "Gør ikke dig selv noget ondt; thi vi ere her alle."
तर पावलले चर्को सोरले कराएर भने, “आफूलाई हानि नगर्नुहोस् किनकि हामी सबैजना यहीँ छौँ ।”
29 Men han forlangte Lys og sprang ind og faldt skælvende ned for Paulus og Silas.
झ्यालखानाका हाकिमले बत्ती बाल्न लगाए र दौडेर भित्र पसे अनि डराउँदै पावल र सिलासको सामु भुइँमा लम्पसार परे ।
30 Og han førte dem udenfor og sagde: "Herrer! hvad skal jeg gøre, for at jeg kan blive frelst?"
अनि उनीहरूलाई बाहिर निकाले र भने, “हजुर, उद्धार पाउनका निम्ति मैले के गर्नुपर्छ?”
31 Men de sagde: "Tro på den Herre Jesus Kristus, så skal du blive frelst, du og dit Hus."
उनीहरूले भने, “प्रभु येशूमा विश्‍वास गर्नुहोस् अनि तपाईंले उद्धार पाउनुहुने छ, तपाईं र तपाईंको परिवारले ।”
32 Og de talte Herrens Ord til ham og til alle dem, som vare i hans Hus.
उनीहरूले प्रभुको वचन तिनलाई र तिनका घर-परिवारका सबैलाई सुनाए ।
33 Og han tog dem til sig i den samme Stund om Natten og aftoede deres Sår; og han selv og alle hans blev straks døbte.
तब रातको त्यही घडी झ्यालखानाका हाकिमले उनीहरूलाई निकालेर लगे अनि उनीहरूका घाउचोटहरू सफा गरिदिए र झ्यालखानाका हाकिम र उनका सबै घरानालाई तुरुन्तै बप्‍तिस्‍मा दिइयो ।
34 Og han førte dem op i sit Hus og satte et Bord for dem og frydede sig over, at han med hele sit Hus var kommen til Troen på Gud.
उनले पावल र सिलासलाई आफ्नो घरमा लिएर गए र तिनीहरूलाई खाना खुवाए । उनी उनका सबै घराना निकै रमाए किनभने उनीहरू सबैले परमेश्‍वरमा विश्‍वास गरेका थिए ।
35 Men da det var blevet Dag, sendte Høvedsmændene Bysvendene hen og sagde: "Løslad de Mænd!"
भोलिपल्ट बिहान न्यायाधीशहरूले झ्यालखानाका सिपाहीहरूलाई यसो भन्दै सन्देश पठाए, “ती मानिसहरूलाई छाडिदेओ ।”
36 Men Fangevogteren meldte Paulus disse Ord: "Høvedsmændene have sendt Bud, at I skulle løslades; så drager nu ud og går bort med Fred!"
यसकारण झ्यालखानाका हाकिमले पावललाई भने, “न्यायाधीशहरूले तपाईंहरूलाई छाडिदिनू भनेर आदेश दिएका छन्, त्यसैले तपाईंहरू बाहिर आउनुहोस् र शान्तिसँग जानुहोस् ।”
37 Men Paulus sagde til dem: "De have ladet os piske offentligt og uden Dom, os, som dog ere romerske Mænd, og kastet os i Fængsel, og nu jage de os hemmeligt bort! Nej, lad dem selv komme og føre os ud!"
तर पावलले तिनीहरूलाई भने, “हामी निर्दोष रोमी नागरिक भए तापनि तिनीहरूले हामीलाई सार्वजनिक स्थलमा पिटेका छन् र हामीलाई झ्यालखानामा हालेका छन्; र अहिले हामीलाई सुटुक्‍क पठाउन खोज्दैछन्? वास्तवमा त्यसो होइन, तिनीहरू आफैँ आएर र हामीलाई छुटाएर लैजाउन् ।”
38 Men Bysvendene meldte disse Ord til Høvedsmændene; og de bleve bange, da de hørte, at de vare Romere.
तब झ्यालखानाका सिपाहीहरूले गएर न्यायाधीशहरूलाई यी कुरा सुनाए; अनि तिनीहरूले पावल र सिलास रोमी हुन् भन्‍ने थाहा पाएपछि न्यायाधीशहरू डराए ।
39 Og de kom og gave dem gode Ord, og de førte dem ud og bade dem at drage bort fra Byen.
न्यायाधीशहरू आफैँ आएर बिन्ति गरे र पावल र सिलासलाई झ्यालखानाबाट बाहिर निकाले अनि सहर छाडेर जान आग्रह गरे ।
40 Og de gik ud af Fængselet og gik ind til Lydia; og da de havde set Brødrene. formanede de dem og droge bort.
अनि पावल र सिलास झ्यालखानाबाट निस्केर लिडियाको घरमा गए । जब पावल र सिलासले दाजुभाइहरूलाई देखे, उनीहरूले तिनीहरूलाई प्रोत्साहन दिए र त्यस सहरबाट आफ्नो बाटो लागे ।

< Apostelenes gerninger 16 >