< 2 Timoteus 3 >

1 Men vid dette, at i de sidste Dage skulle vanskelige Tider indtræde.
तर यो जान कि अन्तिम दिनहरूमा खतरापूर्ण समय आउनेछ ।
2 Thi Menneskene skulle være egenkærlige, pengegridske, praleriske, hovmodige, spottelystne, ulydige imod Forældre, utaknemmelige, ryggesløse,
किनकि मानिसहरू आफैलाई प्रेम गर्नेहरू, धनका प्रेमी, घमण्डी, हठी, अरूको निन्दा गर्ने, आमा बुबाले भनेको नमान्‍ने, कृतघ्‍न, अपवित्र,
3 ukærlige, uforligelige, bagtaleriske, uafholdne, rå, uden Kærlighed til det gode,
स्वाभाविक प्रेमरहित, कठोर, निन्दा गर्नेहरू, आत्म-नियन्त्रण गर्न नसक्‍ने, विद्रोही, असल नरुचाउने,
4 forræderske, fremfusende, opblæste, Mennesker, som mere elske Vellyst, end de elske Gud,
ठगाहा, जिद्धिवाल, घमण्डी, परमेश्‍वरको प्रेमको साटो सुखविलास रुचाउने हुनेछन् ।
5 som have Gudfrygtigheds Skin, men have fornægtet dens Kraft. Og fra disse skal du vende dig bort!
तिनीहरू भक्‍तिमय देखिनेछन्, तर यसको शक्‍तिलाई भने इन्कार गर्नेछन् । यस्ता मानिसहरूबाट अलग बस ।
6 Thi til dem høre de, som snige sig ind i Husene og fange Kvindfolk, der ere belæssede med Synder og drives af mange Hånde Begæringer
यी मानिसहरूमध्ये केही मानिसहरू घर-घरमा पसेर मूर्खताले भरिएका विभिन्‍न पाप-स्वभावले थिचिएका र धेरै अभिलाषाले प्रभावित स्‍त्रीहरूलाई अधीनमा पार्छन ।
7 og altid lære og aldrig kunne komme til Sandheds Erkendelse.
यी स्‍त्रीहरू सधैँ नयाँ कुरा सिक्‍न प्रयास गरिरहेका हुन्छन्, तर कहिल्यै सत्यको ज्ञानमा आउन सक्दैनन् ।
8 Men ligesom Jannes og Jambres stode Moses imod, således modstå også disse Sandheden: Mennesker, fordærvede i Sindet, forkastelige i Troen.
जसरी यान्‍नेस र याम्ब्रेस मोशाको विरुद्धमा खडा भए, त्यसरी नै यी झुटा शिक्षकहरू सत्यको विरुद्धमा खडा हुन्छन् । तिनीहरूको मन भ्रष्‍ट भएको छ, र तिनीहरूले विश्‍वासलाई इन्कार गरेका छन् ।
9 Dog, de skulle ikke få Fremgang ydermere; thi deres Afsind skal blive åbenbart for alle, ligesom også hines blev.
यी मानिसहरू धेरै अगाडि जान सक्दैनन्, किनकि तिनीहरूको मूर्खता यी दुई मानिसको जस्तै सबै मानिसहरूलाई थाहा हुनेछ ।
10 Du derimod har efterfulgt mig i Lære, i Vandel, i Forsæt, Tro, Langmodighed, Kærlighed, Udholdenhed,
तर तिमीहरूले मेरो शिक्षा, आचरण, उद्देश्य, विश्‍वास, धैर्य धारण, प्रेम, सहनशक्‍ति,
11 i Forfølgelser, i Lidelser, sådanne, som ere komne over mig i Antiokia, i Ikonium, i Lystra, sådanne Forfølgelser, som jeg har udstået, og Herren har friet mig ud af dem alle.
सतावट, दुःखभोग अनि एन्टिओखिया, आइकोनियन र लुस्‍त्रामा ममाथि आइपरेका कुराको अनुकरण गर्‍यौ । मैले त्यस्ता सतावटहरू सहेँ र प्रभुले मलाई ती सबैबाट छुटकारा दिनुभयो ।
12 Ja, også alle de, som ville leve gudfrygtigt i Kristus Jesus, skulle forfølges.
ख्रीष्‍ट येशूको भक्‍तिमा जिउन चाहने मान्छे सधैँ सतावटमा पर्छ ।
13 Men onde Mennesker og Bedragere ville gå frem til det værre; de forføre og forføres.
दुष्‍ट मानिस र ठगाहाहरू अझ खराब हुनेछन्, तिनीहरूले अरूलाई पथभ्रष्‍ट बनाउँछन्, र आफू पनि अरूद्वारा पथभ्रष्‍ट पारिन्छन् ।
14 Du derimod, bliv i det, som du har lært, og som du er bleven forvisset om, efterdi du ved, af hvem du har lært det,
तर तिमीचाहिँ सिकेका र बलियोसँग विश्‍वास गरेको कुरामा लागि राख, यो जानेर कि ती कुराहरू तिमीले कसबाट सिकेका हौ ।
15 og efterdi du fra Barn af kender de hellige Skrifter, som kunne gøre dig viis til Frelse ved Troen på Kristus Jesus.
तिमीलाई थाहा छ, कि तिमीले सानैदेखि पवित्रशास्‍त्र जानेका छौ, जसले तिमीलाई ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्‍तिमा तिमीलाई बुद्धिमान् तुल्याउन सक्छ ।
16 Hvert Skrift er indåndet af Gud og nyttig til Belæring, til Irettesættelse, til Forbedring, til Optugtelse i Retfærdighed,
सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरबाट भएको हो र यो सिद्धान्तको लागि, दोष देखाउनको लागि, सच्‍याउनको लागि, धार्मिकतामा तालिम दिनको लागि लाभदायक छ,
17 for at Guds-Mennesket må vorde fuldkomment, dygtiggjort til al god Gerning.
ताकि परमेश्‍वरका मानिस सक्षम भएर हरेक असल काममा सुसज्जित हुन सकून् ।

< 2 Timoteus 3 >