< 2 Johannes 1 >

1 Den Ældste til den udvalgte Frue og hendes Børn, som jeg elsker i Sandhed, og ikke jeg alene, men også alle, som have erkendt Sandheden,
एल्डरबाट चुनिएकी महिला र तिनका छोराछोरीहरूलाई, जसलाई म सत्यतामा प्रेम गर्दछु- र मैले मात्र होइन तिनीहरू सबैले पनि प्रेम गर्छन् जसले सत्यता जानेका छन्-
2 for den Sandheds Skyld, som bliver i os og skal være med os til evig Tid. (aiōn g165)
हामीभित्र जुन सत्यता छ र हामीसँग सदासर्वदा रहनेछ त्यही सत्यताले गर्दा प्रेम गर्छौं । (aiōn g165)
3 Nåde, Barmhjertighed og Fred være med os fra Gud Fader og fra Jesus Kristus, Faderens Søn, i Sandhed og Kærlighed!
परमेश्‍वर पिता र येशू ख्रीष्‍ट अर्थात् पिताको पुत्रबाट हामीमा अनुग्रह, दया र शान्ति सत्यता र प्रेममा रहोस् ।
4 Jeg har glædet mig meget over, at jeg har fundet Børn af dig, som vandre i Sandhed, efter det Bud, vi fik af Faderen.
जसरी हामीले यो आज्ञा पिताबाट प्राप्‍त गर्‍यौँ त्यसरी नै तिम्रा केही छोराछोरीहरू सत्यतामा हिडेको मैँले भेट्टाएर म अति आनन्दित छु ।
5 Og nu beder jeg dig, Frue! ikke som om jeg skrev til dig et nyt
अब हे महिला, म तिमीलाई बिन्ती गर्दछु- मैले तिमीलाई नयाँ आज्ञा लेखिरहेको जस्तो होइन, तर हामीसँग सुरुदेखि भएको नै हो- कि हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ ।
6 Og dette er Kærligheden, at vi vandre efter hans Bud. Dette er Budet, således som I have hørt fra Begyndelsen, at I skulle vandre deri.
र प्रेम यो हो, कि हामी उहाँको आज्ञाहरूअनुसार हिड्नुपर्छ । तिमीले सुरुदेखि नै सुनेजस्तै आज्ञा यही हो कि तिमी यसमा हिड्नुपर्छ ।
7 Thi mange Forførere ere udgåede i Verden, som ikke bekende Jesus som Kristus kommen i Kød. En sådan er Forføreren og Antikrist.
किनकि धेरै छलीहरू संसारमा गएका छन्, जसले येशू शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन् । यो नै छली र ख्रीष्‍ट विरोधी हो ।
8 Giver Agt på eder selv, at I ikke skulle tabe, hvad vi have arbejdet, men at I må få fuld Løn.
आफैँलाई हेर, कि तिमीले ती कुराहरू नगुमाऊ जसको लागि हामी सबैले परिश्रम गरेका छौँ, तर तिमीले पूरा इनाम पाउन सक ।
9 Hver den, som viger ud og ikke bliver i Kristi Lære, har ikke Gud. Den, som bliver i Læren, han har både Faderen og Sønnen.
जो अगाडि बढिरहन्छ र ख्रीष्‍टको शिक्षामा रहँदैन त्यससँग परमेश्‍वर हुनुहुन्‍न । जो शिक्षामा रहन्छ योसँग पिता र पुत्र दुवै हुनुहुन्छ ।
10 Dersom nogen kommer til eder og ikke fører denne Lære, ham skulle I ikke tage til Huse og ikke byde velkommen.
यदि कोही तिमीकहाँ आउँछ र यो शिक्षा ल्याउँदैन भने त्यसलाई तिम्रो घरमा स्वागत नगर र त्यसलाई अभिवादन पनि नगर ।
11 Thi den, som byder ham velkommen, bliver delagtig i hans onde Gerninger.
किनकि जसले त्यसलाई अभिवादन गर्छ त्यो त्यसको दुष्‍ट कामहरूमा सहभागी हुन्छ ।
12 Endskønt jeg havde meget at skrive til eder, har jeg ikke villet det med Papir og Blæk; men jeg håber at komme til eder og tale mundtligt med eder, for at vor Glæde må være fuldkommen.
मैले तिमीलाई धेरै कुराहरू लेख्‍नु छ, तर मैले ती कुराहरू कागज र मसीले लेख्‍ने इच्छा गरिन । तर पनि म तिमीकहाँ आउने आशा गर्छु, ताकि हाम्रो आनन्द पूर्ण होस् ।
13 Din Søsters, den udvalgtes, Børn hilse dig.
तिम्री चुनिएकी बहिनीका छोराछोरीहरूले तिमीलाई अभिवादन गर्छन् ।

< 2 Johannes 1 >