< Zaharija 4 >

1 Anđeo koji je govorio sa mnom vrati se tad i probudi me kao čovjeka koji se oda sna budi.
त्यसपछि मसँग कुरा गरिरहेका स्वर्गदूत फर्के र मलाई निन्द्राबाट जगाइएको मानिसझैँ जगाए ।
2 “Što vidiš?” - upita. Ja odgovorih: “Vidim, evo, svijećnjak, sav od zlata, s posudom za ulje vrh njega; i sedam je žižaka na svijećnjaku, sa sedam lijevaka za sedam žižaka što su na njemu.
तिनले मलाई भने, “तिमीले के देख्दैछौ?” मैले भनें, “मैले पूर्ण रूपमा सुनले बनेको एउटा सामदान देख्दैछु, र त्यसको टुप्पोमा एउटा बटुको रहेको छ । त्यसमा सातओटा बत्ती छन् र हरेक बत्तीको टुप्पोमा सातओटा नली छन् ।
3 Dvije su masline kraj njega, jedna njemu zdesna, druga slijeva.”
बटुकोको दाहिनेपट्टि एउटा जैतूनको रूख र देब्रेपट्टि अर्को जैतूनको रूख रहेका छन् ।”
4 Obratih se anđelu koji je govorio sa mnom i upitah ga: “Što je to, gospodaru?”
अनि मसँग कुरा गरिरहेका स्वर्गदूतसँग मैले फेरि भनें, “मेरा मालिक, यी कुराहरूको अर्थ के हो?”
5 Anđeo koji je govorio sa mnom odgovori mi: “Zar ne znaš što je to?” Ja rekoh: “Ne, gospodaru.”
मसँग कुरा गरिरहेका स्वर्गदूतले मलाई जवाफ दिए, “के तिमीलाई यी कुराहरूको अर्थ थाहा छ?” मैले भनें, “अँहँ, मेरा मालिक ।”
6 [6a] On mi tad odgovori ovako: [6b]Evo riječi Jahvine Zerubabelu: “Ne silom niti snagom, već duhom mojim!” - riječ je Jahve nad Vojskama.
यसैले तिनले मलाई भने, “यो यरुबाबेलको निम्ति परमप्रभुको वचन हो: न त बलले, न शक्तिले, तर मेरो आत्माले, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
7 Što si ti, goro velika? Pred Zreubabelom postaješ ravnica! On će izvući krunišni kamen uz poklike: “Hvala! Hvala za njega!”
महान् पर्वत, तँ के होस्? यरुबाबेलको अगि तँ समतल जमिन हुनेछस्, र उहाँले टुप्पोको ढुङ्गोलाई ‘अनुग्रह! त्यसलाई अनुग्रह’ भन्‍ने सोरहरूको बिचमा ल्याउनुहुनेछ ।”
8 Dođe mi potom riječ Jahvina:
परमप्रभुको यस्तो वचन मकहाँ आयो,
9 Zerubabelove su ruke ovaj Dom utemeljile, njegove će ga ruke završiti. I vi ćete znati da me k vama poslao Jahve nad Vojskama.
“यरुबाबेलका हातले यस भवनको जग बसाल्यो, र त्यसकै हातले यो पूर्ण गर्नेछ ।” अनि सेनाहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्‍ने कुरा तिमीहरूले थाहा गर्नेछौ ।
10 [10a] Jer, tko je prezreo dan skromnih početaka? Radovat će se kad vide olovni visak u ruci Zerubabelovoj. [10b] “Ovih sedam oči su Jahvine što strijeljaju po svoj zemlji.”
साना कुराहरूका दिनलाई कसले तुच्छ ठानेको छ? यी मानिसहरूले रमाहट गर्नेछन् र यरुबाबेलको हातमा तिनीहरूले साहुल देख्‍नेछन् । (यी सात बत्तीहरू परमप्रभुका आँखा हुन् जुन सारा पृथ्वीभरि घुमिरहन्छन् ।)
11 Tad progovorih i zapitah ga: “Što su one dvije masline desno i lijevo od svijećnjaka?”
त्यसपछि मैले स्वर्गदूतलाई सोधें, “सामदानको दाहिने र देब्रेपट्टि रहेका जैतूनका यी दुइ रूखहरू के हुन्?”
12 Progovorih opet i upitah ga: “Što su one dvije maslinove grančice koje kroz dvije zlatne cijevi dolijevaju ulje?”
मैले फेरि तिनलाई सोधें, “सुनको तेल बगरहने यी दुइ सुनका नलीहरूका छेउमा भएका जैतूनका यी दुइ हाँगाहरू के हुन्?”
13 On mi odgovori: “Zar ne znaš što je to?” Odvratih: “Ne, gospodaru!”
अनि तिनले मलाई भने, “के तिमीलाई यी कुराहरू के हुन् भन्‍ने थाहा छ?” मैले भनें, “अँहँ, मेरा मालिक ।”
14 On reče: “To su dva Pomazanika koji stoje pred Gospodarem sve zemlje.”
अनि तिनले भने, “यी दुइ नयाँ जैतूनकोतेलका छोराहरू हुन् जो सारा पृथ्वीका परमप्रभुको अगि खडा हुन्छन् ।”

< Zaharija 4 >