< Ezekiel 34 >

1 I dođe mi riječ Jahvina:
तब परमप्रभुको वचन यसो भेनर मकहाँ आयो,
2 “Sine čovječji, prorokuj protiv Izraelovih pastira, prorokuj im i reci: 'Ovako govori Jahve Gospod: Jao pastirima Izraelovim koji napasaju sami sebe! Ne moraju li pastiri napasati stado?
“ए मानिसको छोरा, इस्राएलका गोठालाहरूका विरुद्धमा अगमवाणी गर् । अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर गोठालाहरूलाई यसो भन्‍नुहुन्छ: इस्राएलका गोठालाहरूलाई धिक्‍कार जसले आफ्नै गोठालो गर्छन् । के गोठालाहरूले त बगालको सुरक्षा गर्नुपर्दैन र?
3 Mlijekom se hranite, vunom odijevate, ovnove tovne koljete, a stada ne pasete.
तिमीहरू बोसे भागहरू खान्छौ र तिमीहरू ऊनको वस्‍त्र लगाउँछौ । तिमीहरू बगालको मोटा-मोटा पशुलाई मार्छौ । तिमीहरूले गोठालाको काम गर्दै गर्दैनौ ।
4 Nemoćnih ne krijepite, bolesnih ne liječite, ranjenih ne povijate, zalutalih natrag ne dovodite, izgubljenih ne tražite, nego nasilno i okrutno njima gospodarite.
रोगीहरूलाई तिमीहरूले बलियो पारेका छैनौ, न त बिरामीहरूलाई तिमीहरूले निको पारेका छौ । भाँचिएकाहरूलाई तिमीहरूले पट्टी बाँधेका छैनौ, र निर्वासितहरूलाई पुनर्स्थापित गरेका छैनौ वा हराएकालाई खोजेका छैनौ । त्‍यसको साटोमा, तिमीहरू तिनीहरूमाथि बल र हिंसामा शासन गर्छौ ।
5 I tako se ovce raspršiše nemajuć' pastira, i raspršene postadoše plijen zvijerima.
तब तिनीहरू गोठालाबिना छरपष्‍ट भएका थिए, र तिनीहरू मैदानका जीवित पशुहरूका निम्ति आहारा बने ।
6 Ovce lutaju po svim gorama i visokim bregovima; po svoj su zemlji raspršene ovce moje i nitko za njih ne pita, nikoga nema da ih traži.'
मेरो बगाल सारा पर्वतहरू र सबै अग्ला पहाडहरूमा भट्किन्छन्, र तिनीहरू पृथ्वी सारा सतहभरि नै छरिएका छन् । तापनि कसैले तिनीहरूको खोजी गर्दैन ।
7 Zato, pastiri, čujte riječ Jahvinu:
यसकारण, ए गोठालाहरू हो, परमप्रभुको वचन सुनः
8 'Tako mi života, riječ je Jahve Gospoda: zato što ovce moje postadoše plijen i hrana zvijerima, nemajuć' pastira, dok pastiri moji ovaca mojih ne traže nego sami sebe pasu, a ne pasu stada mojega -
यो परमप्रभु परमेश्‍वरको घोषणा हो, जस्‍तो म जीवित छु, किनभने मेरो बागल लुटिएका र मैदानका सबै पशुका आहारा बनेका छन्, किनभने त्यहाँ कोही गोठाला थिएनन् र मेरा गोठालामध्‍ये कसैले पनि मेरो बगालको खोजी गरेनन्, तर ती गोठालाहरूले आफ्नै सुरक्षा गरे र मेरो बगालको सुरक्षा गरेनन् ।
9 zato, pastiri, čujte riječ Jahvinu:
यसकारण, ए गोठालाहरू हो, परमप्रभुको वचन सुनः
10 Ovako govori Jahve Gospod: 'Evo me na pastire! Ovce svoje tražit ću iz ruku njihovih i neću im dati da mi više stado pasu ni da sami sebe pasu: istrgnut ću ovce iz usta njihovih, neće im više biti hrana.'
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, म गोठालाहरूका विरुद्धमा छु, र म तिनीहरूका हातबाट आफ्नो बगाललाई लिनेछु । त्यसपछि तिनीहरूलाई बगालको सुरक्षा गर्ने कामबाट म हटाउनेछु । ती गोठालाहरूले अब उसो आफ्नै घोठालो पनि गर्नेछैनन् किनभने मैले मेरो बगाललाई म तिनीहरूका मुखबाट खोस्‍नेछु, ताकि मेरो बगाल तिनीहरूका निम्ति फेरि कहिल्यै आहारा हुनेछैनन् ।
11 Jer ovako govori Jahve Gospod: 'Evo me, sam ću potražiti ovce svoje i sam ću ih pasti!
किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, मेरो बगालको खोजी म आफैं गर्नेछु र तिनीहरूको रेखदेख गर्नेछु,
12 Kao što se pastir brine za ovce svoje kad se nađe uza stado raspršeno, i ja ću se pobrinuti za svoje ovce i skupit' ih iz svih mjesta u koje se raspršiše u dan oblaka i mraka.
जसरी गोठाला आफ्नो छरपष्‍ट भएको बगालको बिचमा भएको दिनमा उसले आफ्‍नो बगलाको खोजी गर्छ । त्‍यसरी नै म आफ्‍नो बगालको खोजी गर्नेछु, अनि बादल र अन्धकारको दिनमा तिनीहरू छरपष्‍ट भएका सबै ठाउँबाट म तिनीहरूलाई बचाउनेछु ।
13 Izvest ću ih iz naroda, skupit ću ih iz zemalja i dovesti ih u zemlju njihovu da ih pasem na gorama izraelskim, po svim dolinama i travnjacima.
तब तिनीहरूलाई मानिसहरूका बिचबाट म बाहिर ल्याउनेछु । तिनीहरूलाई देशहरूबाट भेला गराउनेछु र तिनीहरूलाई आफ्‍नै देशमा ल्‍याउनेछु । तिनीहरूलाई इस्राएलको पर्वतहरूमा भएका खर्कहरूमा, खोलाहरूका छेउमा, र देशका हरेक वस्तीहरूमा म राख्‍नेछु ।
14 Past ću ih na izvrsnim pašama, ovčinjaci će im biti na visokim gorama izraelskim; ondje će počivati u dobrim ovčinjacima i past će na sočnim pašama, po gorama izraelskim.
तिनीहरूलाई असल खर्कमा म राख्‍नेछु । इस्राएलका अग्ला पर्वतहरू तिनीहरू चर्ने ठाउँहरू हुनेछन् । तिनीहरू असल ठाउँहरूमा र प्रशस्त खर्कहरूमा चर्नको निम्ति बस्‍नेछन्, र तिनीहरू इस्राएलका पहाडहरूमा चर्नेछन् ।
15 Sam ću pasti ovce svoje i sam ću im dati počinka - riječ je Jahve Gospoda.
मेरो बगालको गोठालो म आफैंले गर्नेछु र तिनीहरूलाई म आफैंले बसाल्‍नेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो,
16 Potražit ću izgubljenu, dovesti natrag zalutalu, povit ću ranjenu i okrijepiti nemoćnu, bdjeti nad pretilom i jakom - past ću ih pravedno.'
म हराएकाहरूलाई खोज्नेछु र निर्वासितहरूलाई पुनर्स्थापित गर्नेछु । भाँचिएका भेडालाई पट्टी बाँध्‍नेछु र बिरामी भेडालाई निको पार्नेछु तर मोटा र बलियालाई म नष्‍ट गर्नेछु । म न्यायको साथमा गोठालोको काम गर्नेछु ।
17 A vama, ovce moje, ovako govori Jahve Gospod: 'Evo me da sudim između ovce i ovce, između ovnova i jaraca!
यसैले, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, अब ए मेरा बगाल, हेर, भेडा-भेडाको बिचमा, र भेडा र बोकाको बिचमा म एक जना न्यायकर्ता हुनेछु ।
18 Zar vam je malo pasti na dobroj paši te ostatak paše nogama gazite? Malo vam je piti bistru vodu te ostatak nogama mutite?
के असल खर्कमा चर्नु पर्याप्‍त छैन र तिमीहरू खर्कमा बाँकी रहेको कुरालाई कुल्चन्छौ, अनि स्वच्छ पानीबाट पिउनु पर्याप्‍त छैन र नदीहरूलाई आफ्ना खुट्टाहरूले तिमीहरू धमिलो बनाउँछौ?
19 A moje ovce moraju pasti što vi nogama izgaziste, piti što vi nogama zamutiste.'
के तिमीहरूले आफ्ना खुट्टाहरूले कुल्चेको कुराबाट मेरा भेडाहरूले खानु, र तिमीहरूका खुट्टाहरूले धमिलो पारेको पानी पिउनुपर्छ?
20 Stoga ovako govori Jahve Gospod: 'Evo me da sudim između ovce pretile i mršave!
यसकारण, परमप्रभु परमेश्‍वर तिनीहरूलाई यसो भन्‍नुहुन्छ: हेर, मोटा र दुब्‍ला भेडाहरूका बिचमा म आफैंले न्याय गर्नेछु,
21 Jer bokovima i plećima, bodući rogovima, slabe ovce guraste dok ih ne izguraste.
किनकि तिमीहरूले तिनीहरूलाई आफ्ना कुइना र कुमले धकेल्छौ, अनि सबै कमजोरहरू देशबाट छरपष्‍ट नभएसम्म तिमीहरूले तिनीहरूलाई आफ्ना सिङ्ले हान्‍छौ ।
22 Ja ću izbaviti ovce svoje da više ne budu plijenom i sudit ću između ovce i ovce.
म आफ्‍नो बगाललाई बचाउनेछु, र तिनीहरू फेरि लुटिनेछैनन् अनि एउटा भेडा र अर्कोको बिचमा म न्याय गर्नेछु!
23 Postavit ću im jednoga pastira koji će ih pasti, slugu svoga Davida: on će ih sam pasti i bit će im pastir,
मेरो दास दाऊदलाई तिनीहरूमाथि म एक जना गोठालो नियुक्त गर्नेछु । त्यसले तिनीहरूको गोठालो गर्नेछ, त्‍यसले तिनीहरूलाई खुवाउनेछ, र त्यो नै तिनीहरूका गोठालो हुनेछ ।
24 a ja, Jahve, bit ću njihov Bog, i moj sluga David bit će im knez. Ja, Jahve, rekoh!
किनकि म परमप्रभु नै तिनीहरूका परमेश्‍वर हुनेछु, र मेरो दास दाऊद तिनीहरूका बिचमा एउटा शासक हुनेछ । म, परमप्रभुले यो घोषणा गरेको छु ।
25 I sklopit ću s njima Savez mira i uklonit ću iz zemlje sve divlje zvijeri, i živjet će mirno u pustinji i spavati po šumama.
त्‍यसपछि म तिनीहरूसँग शान्तिको करार गर्नेछु र देशबाट दुष्‍ट जङ्गली पशुहरूलाई हटाउनेछु, ताकि तिनीहरू उजाड-स्‍थान सुरक्षित बस्‍नेछन् र जङ्गलहरूमा सुरक्षित सुत्‍नेछन् ।
26 Njih i sve oko brda svojega učinit ću blagoslovom i dat ću im na vrijeme kišu, i bit će to kiša blagoslova.
तिनीहरूमाथि र मेरो पहाडको वरिपरिका ठाउँहरूमा म आफ्‍नो आशिष् ल्याउनेछु, किनकि म ठिक ऋतुमा झरी पठाउनेछु । यी आशिष्‌का झरी हुनेछन् ।
27 I drveće će poljsko donositi plodove, a zemlja će dati rod svoj. I oni će mirno živjeti u svojoj zemlji i znat će da sam ja Jahve kad slomim palice jarma njihova i kad ih izbavim iz ruku onih što ih podjarmiše.
तब मैदानका रूखहरूले आफ्ना फल उब्‍जाउनेछन् र पृथ्वीले आफ्नो उब्जनी दिनेछ । मेरा भेडाहरू आफ्नै देशमा सुरक्षित हुनेछन् । जब तिनीहरूका जुवाको काठ म भाँचिदिन्‍छु र जब तिनीहरूलाई दास बनाउनेको हातबाट तिनीहरूलाई म बचाउँछु, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।
28 I neće više biti plijenom narodima, i zvijeri ih više neće žderati, nego će mirno živjeti i nitko ih neće plašiti.
तिनीहरू फेरि जातिहरूका निम्‍ति लुट हुनेछैनन्, र पृथ्वीका जङ्गली पशुहरूले तिनीहरूलाई खानेछैनन् । किनकि तिनीहरू सुरक्षित बस्‍नेछन्, र तिनीहरूलाई कसैले पनि त्रासमा पार्नेछैन ।
29 I učinit ću da im probuja slavni nasad, i glad ih više neće zatirati, u zemlji više neće podnositi rug narodÄa.
किनकि प्रशस्त अन्‍न उब्जनी हुने देश म तिनीहरूलाई दिनेछु । यसरी तिनीहरू फेरि देशमा अनिकालको शिकार हुनेछैनन्, र तिनीहरूले जातिहरूको गिल्ला सहनुपर्नेछैन ।
30 I znat će da sam ja, Jahve, Bog njihov, s njima i da su oni, dom Izraelov, narod moj - riječ je Jahve Gospoda.
तब तिनीहरूले म परमप्रभु तिनीहरूका परमेश्‍वर तिनीहरूसँग छु भनी जान्‍नेछन् । इस्राएलको घराना मेरा मानिसहरू हुन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
31 Vi, ovce moje, vi ste stado paše moje, a ja sam Bog vaš' - riječ je Jahve Gospoda.”
किनकि तिमीहरू मेरा भेडा हौ, मेरो खर्कका बगाल, र मेरा मानिस हौ, र म तिमीहरूका परमेश्‍वर हुँ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’”

< Ezekiel 34 >