< 1 Samuelova 2 >

1 Nato se Ana pomoli ovako: “Kliče srce moje u Jahvi, raste snaga moja po Bogu mom. Šire mi se usta na dušmane moje, jer se radujem pomoći tvojoj.
हन्‍नाहले प्रार्थना गरिन् र यसो भनिन्, “परमप्रभुमा मेरो हृदय आनन्‍दित हुन्‍छ । परमप्रभुमा मेरो सीङ उच्‍च पारिन्छ । मेरो मुखले मेरा शत्रुहरूमाथि गर्भ गर्छ, किनभने म तपाईंको मुक्‍तिमा आनन्दित हुन्छु ।
2 Nitko nije svet kao što je Jahve (jer nema nikoga osim tebe), i nema hridi kao što Bog je naš.
परमप्रभुझैं पवित्र कोही छैन, किनकि तपाईंबाहेक कोही पनि छैन । हाम्रो परमेश्‍वरजस्तो कुनै चट्टान छैन ।
3 Ne govorite mnogo hvastavih riječi, neka ne izlazi drskost iz usta vaših, jer Jahve je sveznajući Bog, pravo on prosuđuje djela.
यति धैरै घमण्ड गरेर अहंकारी नहो । तेरो मुखबाट अहंकारका कुनै कुरा ननिस्‍कोस् । किनकि परमप्रभु ज्ञानका परमेश्‍वर हुनुहुन्छ । उहाँद्वारा नै कामहरू जोखिन्‍छन् ।
4 Lomi se luk junacima, nemoćni se snagom opasuju.
शक्तिशाली मानिसहरूका धनुहरू भाँचिएका छन्, तर ठेस खाएकाहरूले शक्तिलाई कम्मर-पेटीझैं लगाउँछन् ।
5 Nekoć siti sad se za kruh muče, nekoć gladni ne gladuju više. Nerotkinja rađa sedam puta, majka brojne djece svježinu izgubi.
भरिपूर्ण हुनेहरूले आफैलाई ज्यालामा लगाएका छन् । भोकाएकाहरू भोकाउन हुन छोडेका छन् । बाँझीले समेत सात जना सन्तानहरू जन्माउँछिन्, तर धेरै सन्तान हुने स्‍त्री शिथिल हुन्छिन् ।
6 Jahve daje smrt i život, ruši u Šeol i odande diže. (Sheol h7585)
परमप्रभुले मार्नुहुन्छ र जीवन दिनुहुन्छ । उहाँले चिहानमा पुर्‍याउनुहुन्छ र उठाउनुहुन्छ । (Sheol h7585)
7 Jahve čini uboga i bogata, obara čovjeka i uzvisuje.
परमप्रभुले केही मानिसलाई गरीब र केहीलाई धनी बनाउनुहुन्छ । उहाँले नम्र तुल्याउनुहुन्छ, तर उहाँले पनि उचाल्नुहुन्छ ।
8 Diže slabića iz prašine, iz bunjišta izvlači uboga, da ih posadi s knezovima i da im odredi počasna mjesta. Jer Jahvini su stupovi zemlje, na njih je stavio ovaj svijet.
उहाँले गरीबलाई धूलोबाट उठाउनुहुन्छ । खाँचोमा परेकाहरूलाई शासकहरूसँग बसाल्न र इज्‍जको ओहदा पाउने बनाउन उहाँले तिनीहरूलाई खरानीको थुप्रोबाट उठाउनुहुन्छ । किनकि पृथ्वीका जगहरू परमप्रभुका हुन् र उहाँले संसारलाई तिमाथि बसाल्नुभएको छ ।
9 Korake čuva svojih vjernika, zlikovce stiže propast u mraku (svojom snagom čovjek ne stječe pobjede).
उहाँले आफ्‍ना विश्‍वासयोग्य मानिसहरूका पाउहरूको रक्षा गर्नुहुन्छ, दुष्‍टहरूलाई अन्धकारको शुन्यतामा राखिनेछ, किनकि बलद्वारा कसैले जित्‍न सक्‍नेछैन ।
10 Koji se protive Jahvi, padaju, Svevišnji grmi s nebesa. Jahve sudi međama zemlje, daje silu svojemu kralju, uzdiže snagu pomazanika svoga.”
परमप्रभुको विरोध गर्नेहरू टुक्रा-टुक्रा हुने छन् । तिनीहरूका विरुद्धमा उहाँ स्वर्गबाट गर्जनुहुनेछ । परमप्रभुले पृथ्वीको अन्‍तसम्म नै न्याय गर्नुहुनेछ । उहाँले आफ्नो राजालाई बल दिनुहुनेछ र आफ्नो अभिषिक्‍तको सीङ उच्‍च पार्नुहुनेछ ।
11 Potom se Ana vrati u Ramu, a dječak ostade da služi Jahvi pod okom svećenika Elija.
त्यसपछि एल्काना आफ्नो घर रामामा गए । त्यो बालकले पुजारी एलीको सामु परमप्रभुको सेवा गर्‍यो ।
12 A Elijevi sinovi bijahu nevaljali ljudi jer nisu marili za Jahvu
यति बेलासम्‍म एलीका छोराहरू अयोग्य मानिहरू भएका थिए । तिनीहरूले परमप्रभुलाई चिनेनन् ।
13 ni za prava svećenika nasuprot narodu: kad bi tko prinosio žrtvu, došao bi sluga svećenikov, dok se meso još kuhalo, s trorogom vilicom u ruci
मानिसहरूसँग पुजारीहरूको चलन यस्तो थियो, जब कुनै मानिसले बलिदान चढाउँथ्यो, तब पुजारीका सेवक मासु उमाल्दै गर्दा नै आफ्नो हातमा त्रिशूलसहित आउँथ्यो ।
14 i zabadao njom u kotlić ili u lonac, u tavu ili u zdjelu, i što god bi se nabolo na vilicu, uzimao je svećenik sebi. Tako su činili svim Izraelcima što su dolazili onamo, u Šilo.
उसले ताप्‍के वा कराही वा तसला वा भाँडोमा नै घोच्थ्यो । त्यो त्रिशूलमा आउने सबै पुजारीले आफ्‍नो निम्ति लान्थ्यो । तिनीहरूले शीलोमा आउने सबै इस्राएलीहरूसँग यसै गर्थे ।
15 Tako i prije nego bi se spalilo salo, došao bi sluga svećenikov i rekao čovjeku koji je prinosio žrtvu: “Daj mi mesa da ispečem svećeniku! On neće od tebe kuhana mesa nego samo sirovo.”
अझ नराम्रो त, तिनीहरूले बोसो जलाउनअगि नै पुजारीको सेवक आउँथ्यो र बलिदान गरिरहेका मानिसलाई भन्थ्यो, “पुजारीको निम्ति पोल्नलाई मासु देऊ, किनकि तिमीबाट उनले उमालेको मासु स्वीकार गर्नुहुन्‍न, तर काँचो मात्र लिनुहुन्‍छ ।”
16 Ako bi mu čovjek tada rekao: “Neka se najprije spali salo, a onda uzmi što ti duša želi”, on bi odgovorio: “Ne, nego daj odmah! Ako ne daš, uzet ću silom.”
त्यो मानिसले यसो भन्यो भने, “तिनीहरूले पहिले बोसो जलाउनुपर्छ, र तब तपाईंले इच्‍छा गरेजति लानुहोस् ।” तब उसले भन्थ्यो, “हुँदैन, तिमीले यो मलाई अहिले नै देऊ । होइन भने, मैले जबरजस्‍ती गरेर लानेछु ।”
17 Grijeh je mladića bio vrlo velik pred Jahvom, jer su ljudi prezirali žrtvu koja se prinosila Jahvi.
यी जवानहरूको पाप परमप्रभुको सामु निकै ठुलो थियो, किनकि तिनीहरूले परमप्रभुको बलिदानलाई तुच्‍छ ठाने ।
18 A Samuel služaše pred Jahvom, još dijete u oplećku lanenom.
तर शामूएलले बालकको रूपमा मलमलको एपोद लगाएर परमप्रभुको सेवा गरे ।
19 Mati bi mu njegova napravila dolamicu i donosila mu je svake godine kad bi dolazila s mužem svojim da prinese godišnju žrtvu.
तिनको आमाले आफ्नो पतिको साथमा वार्षिक बलिदान चढाउन आउँदा वर्षैपिच्छे तिनको निम्‍ति एउटा सानो लुगा बनाउँथिन् र तिनलाई ल्याइदिन्थिन् ।
20 A Eli bi blagoslovio Elkanu i njegovu ženu govoreći: “Neka ti Jahve dade poroda od te žene na uzdarje za dar što ga je dala Jahvi.” Nato bi se vraćali svojoj kući.
एलीले एल्काना र तिनकी पत्‍नीलाई यसरी आशिष् दिएर भन्‍थे, “यी स्‍त्रीले परमप्रभुसँग बिन्ती गरेकी कारणले परमप्रभुले यी स्‍त्रीद्वारा तिमीहरूलाई धेरै सन्तानहरू देऊन् ।” त्यसपछि तिनीहरू आफ्नो घरमा नै फर्कन्थे ।
21 Jahve pohodi Anu i ona zatrudnje i rodi još tri sina i dvije kćeri. A mladi je Samuel rastao pred Jahvom.
परमप्रभुले हन्‍नाहलाई फेरि सहायता गर्नुभयो र तिनी फेरि गर्भवति भइन् । तिनले तिन छोराहरू र दुई छोरीहरू जन्माइन् । यसैबिच, बालक शमूएल परमप्रभुको सामु बढ्दै गए ।
22 Eli je bio već vrlo star, ali je ipak čuo sve što su njegovi sinovi činili svemu Izraelu.
यति बेला एली निकै वृद्ध भए । तिनले आफ्ना छोराहरूले सबै इस्राएलसँग गरेका सबै कुरा र तिनीहरू भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्ने स्‍त्रीहरूसँग कसरी सुते भन्‍ने कुरा सुने ।
23 I on im reče: “Zašto radite takvo što da o tome moram slušati od svega ovog naroda?
तिनले उनीहरूलाई भने, “तिमीहरूले किन यस्‍ता कुराहरू गर्छौ? किनकि मैले तिमीहरूको दुष्‍ट कामहरू यी सबै मानिसहरूबाट सुन्‍दैछु ।”
24 Nemojte tako, sinovi moji! Nisu dobri glasovi što ih čujem ... Sablažnjujete narod Jahvin.
हुँदैन, ए मेरा छोराहरू हो । किनकि मैले सुनेको कुरा असल खबर होइन । तिमीहरूले परमप्रभुका मानिसहरूलाई अनाज्ञाकारी बनाउँछौ ।
25 Ako čovjek zgriješi čovjeku, Bog će prosuditi. Ali ako čovjek zgriješi Jahvi, tko će se zauzeti za njega?” Ali sinovi ne poslušaše glasa oca svojega, jer je Jahve odlučio da ih pogubi.
“एक जना मानिसले अर्काको विरुद्ध पाप गर्‍यो भने, परमेश्‍वरले उसको न्याय गर्नुहुन्‍छ, तर मानिसले परमप्रभुको विरुद्ध पाप गर्छ भने, उसको निम्ति कसले बोलिदिन्छ?” तर तिनीहरूले आफ्‍ना बुबाको कुरा सुनेनन्, किनभने परमप्रभुले तिनीहरूलाई मार्ने इच्छा गर्नुभयो ।
26 A mladi je Samuel sve više rastao u dobi i mudrosti i pred Jahvom i pred ljudima.
बालक शमूएल बढ्‍दै गए, र परमप्रभु र मानिसहरूको निगाहमा हुर्किए ।
27 Uto dođe jedan Božji čovjek k Eliju i reče mu: “Ovako govori Jahve: 'Nisam li se jasno objavio domu oca tvojega kad su bili u Egiptu, robovi u kući faraonovoj?
यति बेला परमेश्‍वरका एक जना मानिस एलीकहाँ आए र तिनलाई भने, “परमप्रभु भन्‍नुहुन्छ, 'तेरा पुर्खाहरू मिश्रदेशमा फारोको घरमा दासत्वमा हुँदा, के मैले तिनीहरूकहाँ आफूलाई प्रकट गरिन र?
28 Odabrao sam ih između svih plemena Izraelovih da mi budu svećenici, da se uspinju na moj žrtvenik, da prinose žrtve paljenice i da nose oplećak preda mnom: i dao sam domu oca tvojega sve paljene žrtve sinova Izraelovih.
मेरो पुजारी हुन, मेरो वेदीमा जान, र धूप बाल्न र मेरो सामु एपोद लगाउनलाई मैले इस्राएलको सारा कुलहरूबाट उसलाई चुनें । मैले इस्राएलका मानिसहरूले आगोद्वारा चढाएका सबै बलिदानहरू तेरो पुर्खाको घरानालाई दिएँ ।
29 Zašto gledaš zavidnim okom žrtvu i prinos što sam ih odredio za svoj Dom? I zašto paziš sinove svoje više nego mene, toveći ih najboljim dijelovima svih žrtvenih prinosa naroda moga Izraela?
तब किन मेरो बासस्‍थानमा मलाई आवश्यक मेरा बलिदानहरू र भेटीहरूलाई तैंले किन तुच्‍छ ठान्छस्? इस्राएलका मेरा मानिसहरूको हरेक बलिदानको उत्तम थोकद्वारा आफैलाई मोटो बनाएर तैंले आफ्ना छोराहरूलाई किन मलाई भन्दा बढी आदर गर्छस्?'
30 Zato sam - riječ je Jahve, Boga Izraelova - rekao doduše da će dom tvoj i dom oca tvojega stupati preda mnom dovijeka, ali sada - riječ je Jahvina - neka je to daleko od mene! Jer ja častim one koji mene časte, a koji mene preziru, bit će osramoćeni.
किनकि परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, 'तेरो घराना र तेरो पुर्खाको घराना सदाको निम्ति मेरो सामु हिंड्नुपर्छ भनी मैले प्रतिज्ञा गरें ।' तर अब परमप्रभु भन्‍नुहुन्छ, 'यसो गर्ने कुरा मबाट टाढै रहोस्, किनकि मलाई आदर गर्नेलाई म आदर गर्छु, तर जसले मलाई तुच्‍छ ठान्छ उसको आदर घट्नेछ ।
31 Gle, dolaze dani kad ću odsjeći mišicu tvoju i mišicu doma oca tvojega, tako da više neće biti starca u tvom domu.
हेर्, मैले तेरो बल र तेरो पिताको घरानाको बल नाश पार्ने समय आउँदैछ, ताकि तेरो घरानामा कोही वृद्ध मानिस हुनेछैन ।
32 Ti ćeš kivnim okom gledati na sve dobro kojim ću obasuti Izraela, i nikada više neće biti starca u tvom domu.
मरो बासस्‍थानमा नै तैले संकष्‍ट देख्‍नेछस् । इस्राएललाई असल कुरा दिइए तापनि, तेरो घरानामा कोही वृद्ध मानिस हुनेछैन ।
33 Zadržat ću ipak nekoga od tvojih kod oltara svoga, samo zato da mu sahnu oči i vene duša njegova, ali sve mnoštvo doma tvoga poginut će od ljudskoga mača.
आफ्‍नो वेदीबाट मैले वञ्‍चित तेरा कुनै पनि व्‍यक्‍तिका आँखा धमिलिनेछन् र तेरो जीवनको निम्ति म कष्‍ट ल्याउनेछु । तेरो परिवारमा जन्मका सबै मानिसहरू मर्नेछन् ।
34 Znak će ti biti ono što će stići oba tvoja sina, Hofnija i Pinhasa: obojica će poginuti istoga dana.
तेरा दुई छोराहरू होप्‍नी र पीनहासमाथि आईपर्ने चिन्ह यो हुनेछः तिनीहरू दुवै एकै दिनमा मर्नेछन् ।
35 Ja ću sebi podići vjerna svećenika koji će raditi po mom srcu i po mojoj želji i njemu ću sazdati trajan dom, i on će svagda stupati pred pomazanikom mojim.
म आफ्‍नो निम्ति एक जना विश्‍वासयोग्य पुजारी नियक्‍त गर्नेछु जसले मेरो हृदय र मेरो प्राणमा जे छ सो गर्नेछ । उसको घराना निर्माण गर्नेछु, अनि ऊ नै मेरो अभिषिक्‍त राजाको सामु सधैं हिंड्‍नेछ ।
36 A koji god ostane od tvoga doma, dolazit će da mu se pokloni i da izmoli srebrn novčić ili hljeb kruha i kazat će: 'Molim te, primi me u kakvu god službu svećeničku, da imam zalogaj kruha.'”
तेरो घरानामा बाँकी रहेका हरेक मानिस चाँदीको एक टुक्रा र रोटीको एक टुक्रा माग्‍न उसकहाँ आउनेछन् र घोप्टो पर्नेछन् र यसो भन्‍नेछन्, “कृपया, मलाई पनि पुजारीको कुनै काम दिनुहोस्, ताकि म पनि एक टुक्रा खान पाउनेछु ।”

< 1 Samuelova 2 >