< 路加福音 1 >

1 提阿非羅大人哪,有好些人提筆作書,述說在我們中間所成就的事,是照傳道的人從起初親眼看見又傳給我們的。
धेरैले हाम्रा बिचमा घटेका र पुरा भएका यी घटनाहरूको विवरण लेख्‍ने प्रयास गरेका छन् ।
2
तिनीहरूले यी कुरा हामीलाई भर्खरै सुम्‍पिदिए, जो सुरुदेखि नै प्रत्यक्षदर्शी र वचनका सेवकहरू भएका छन् ।
3 這些事我既從起頭都詳細考察了,就定意要按着次序寫給你,
सम्मानित थियोफिलस, त्यसैले मलाई पनि यी सबै कुराहरूलाई अनुसन्धान गरी ठिकसित क्रमबद्ध रूपमा सुरुदेखि घटेका घटनाहरूलाई लेख्‍न असल लाग्यो ।
4 使你知道所學之道都是確實的。
त्यसैले, तपाईंलाई सिकाइएको सत्‍यताबारे यी कुराहरू तपाईंलाई थाहा होस् ।
5 當猶太王希律的時候,亞比雅班裏有一個祭司,名叫撒迦利亞;他妻子是亞倫的後人,名叫伊利莎白。
यहूदाका राजा हेरोदको समयमा, त्यहाँ जकरिया नाउँ गरेका एक जना पुजारी थिए जो अबियाको कुलका थिए । उनकी पत्‍नी हारुन कुलकी छोरी थिइन् जसको नाउँ एलीशिबा थियो ।
6 他們二人在上帝面前都是義人,遵行主的一切誡命禮儀,沒有可指摘的,
परमेश्‍वरको दृष्‍टिमा तिनीहरू दुवै धर्मी थिए । तिनीहरूले परमेश्‍वरका सबै आज्ञाहरू पालना गर्दथे र निर्दोष जीवन जिउँथे ।
7 只是沒有孩子;因為伊利莎白不生育,兩個人又年紀老邁了。
तर तिनीहरूको कुनै सन्तान थिएन, किनकि एलीशिबा बाँझी थिइन् र तिनीहरू दुवै जना वृद्ध भइसकेका थिए ।
8 撒迦利亞按班次在上帝面前供祭司的職分,
एक दिन आफ्नो कुलको पालोअनुसार जकरिया पुजारी सेवा गर्न परमेश्‍वरको उपस्थितिमा थिए ।
9 照祭司的規矩掣籤,得進主殿燒香。
त्यहाँको परम्पराअनुसार चिट्ठाद्वारा पुजारीहरू आफ्नो सेवा गर्ने पालोअनुसार परमप्रभुको मन्दिरभित्र धूप बाल्नलाई छानिन्थे । त्यसैले, उनको नाउँ पर्‍यो ।
10 燒香的時候,眾百姓在外面禱告。
जब तिनी धूप बाल्दै थिए, बाहिर त्यही समयमा मानिसको पुरै भिडले प्रार्थना गरिरहेको थियो ।
11 有主的使者站在香壇的右邊,向他顯現。
ठिक त्यसै बेला परमप्रभुका एउटा दूत उनीकहाँ देखा परे र धूप बाल्ने वेदीको दाहिनेपट्टि उभिए ।
12 撒迦利亞看見,就驚慌害怕。
जब जकरियाले स्वर्गदूतलाई देखे, तब उनी साह्रै डराए र आत्तिए ।
13 天使對他說:「撒迦利亞,不要害怕,因為你的祈禱已經被聽見了。你的妻子伊利莎白要給你生一個兒子,你要給他起名叫約翰。
तर स्वर्गदूतले उनलाई भने, “जकरिया नडराऊ, किनकि तिम्रो प्रार्थनाको सुनाइ भएको छ । तिम्री पत्‍नी एलीशिबाले तिम्रो लागि एउटा छोरा जन्माउनेछिन् र तिमीले उनको नाउँ यूहन्‍ना राख्‍नेछौ ।
14 你必歡喜快樂;有許多人因他出世,也必喜樂。
तिमीमा खुसी र आनन्द हुनेछ र उनको जन्ममा धेरै मानिसहरू आनिन्दित हुनेछन् ।
15 他在主面前將要為大,淡酒濃酒都不喝,從母腹裏就被聖靈充滿了。
परमप्रभुको दृष्‍टिमा उनी महान् हुनेछन् र उनले दाखमद्य पिउनेछैनन् । उनी आमाको गर्भमा नै पवित्र आत्माले भरिनेछन् ।
16 他要使許多以色列人回轉,歸於主-他們的上帝。
अनि उनले इस्राएलका धेरै मानिसहरूलाई परमप्रभु तिनीहरूका परमेश्‍वरतर्फ फर्काउनेछन् ।
17 他必有以利亞的心志能力,行在主的前面,叫為父的心轉向兒女,叫悖逆的人轉從義人的智慧,又為主預備合用的百姓。」
उनी एलियाको आत्माको शक्‍तिमा परमप्रभुको अगि-अगि जानेछन् । उनले बुबाहरूको हृदय आफ्ना छोराछोरीतिर फर्काउनेछन् र अनाज्ञाकारीहरूलाई बुद्धि र धार्मिकतामा हिँडाउनेछन् । उनले मानिसहरूलाई परमप्रभुको निम्ति तयार गर्नका लागि त्यसो गर्नेछन् ।”
18 撒迦利亞對天使說:「我憑着甚麼可知道這事呢?我已經老了,我的妻子也年紀老邁了。」
जकरियाले स्वर्गदूतलाई भने, “यो कुरा पुरा हुनेछ भनी मैले कसरी थाहा पाउने?” किनकि म बुढो भइसकेँ र मेरी पत्‍नी पनि बुढी भइसकिन् ।”
19 天使回答說:「我是站在上帝面前的加百列,奉差而來對你說話,將這好信息報給你。
तब स्वर्गदूतले जवाफ दिए र उनलाई भने, म गब्रिएल हुँ, जो परमेश्‍वरको उपस्थितिमा उभिन्‍छु । तिम्रो निम्ति बोल्न र शुभ खबर दिन मलाई पठाइएको हो ।”
20 到了時候,這話必然應驗;只因你不信,你必啞巴,不能說話,直到這事成就的日子。」
हेर, ती कुरा हुने समयसम्म तिमी शान्त रहनेछौ र बोल्न सक्‍ने छैनौ, किनकि तिमीले मेरो वचनमा विश्‍वास गरेनौ, जुन ठिक समयमा पुरा हुनेछ ।”
21 百姓等候撒迦利亞,詫異他許久在殿裏。
अनि जकरियाले लामो समयसम्म मन्दिरमा समय बिताइरहेकाले मानिसहरू अचम्म मान्दै पर्खिरहेका थिए ।
22 及至他出來,不能和他們說話,他們就知道他在殿裏見了異象;因為他直向他們打手式,竟成了啞巴。
तर, जब तिनी बाहिर आए, तब उनी तिनीहरूसँग बोल्न सकेनन् र उनले मन्दिरभित्र एउटा दर्शन देखे भनी तिनीहरूले महसुस गरे । उनले तिनीहरूलाई इसारा मात्र गरे, तर बोल्न सकेनन् ।
23 他供職的日子已滿,就回家去了。
जब तिनको सेवाको समय समाप्‍त भयो, तब तिनी आफ्नो घरमा फर्किए ।
24 這些日子以後,他的妻子伊利莎白懷了孕,就隱藏了五個月,
ती दिनहरूपछि, तिनकी पत्‍नी एलीशिबा गर्भवती भइन् । पाँच महिनासम्म उनले यसो भन्दै आफूलाई लुकाइन् ।
25 說:「主在眷顧我的日子,這樣看待我,要把我在人間的羞恥除掉。」
“परमप्रभु परमेश्‍वरले मेरो लागि यो गर्नुभएको छ, उहाँले ममाथि निगाह गर्नुभयो र मानिसहरूका बिचबाट मेरो निन्दा हटाउनुभयो ।
26 到了第六個月,天使加百列奉上帝的差遣往加利利的一座城去(這城名叫拿撒勒),
एलीशिबा गर्भवती भएको छैठौँ महिनामा, परमेश्‍वरले गालीलको सहर नासरतमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो ।
27 到一個童女那裏,是已經許配大衛家的一個人,名叫約瑟。童女的名字叫馬利亞;
परमेश्‍वरले तिनलाई एउटा कन्याकहाँ पठाउनुभयो जसको योसेफ भन्‍ने मानिससँग मगनी भएको थियो । तिनी दाऊदका वंशका थिए र कन्याको नाउँ मरियम थियो ।
28 天使進去,對她說:「蒙大恩的女子,我問你安,主和你同在了!」
उनी तिनीकहाँ आए र भने, “तिमीलाई अभिवादन! तिमीले परमेश्‍वरबाट धेरै निगाह पाएकी छ्यौ ।”
29 馬利亞因這話就很驚慌,又反覆思想這樣問安是甚麼意思。
तर उनको वचन सुनेर तिनले यो कस्तो प्रकारको अभिवादन हो भनी तिनी विचलित भइन् र चकित परिन् ।
30 天使對她說:「馬利亞,不要怕!你在上帝面前已經蒙恩了。
तब स्वर्गदूतले उनलाई भने, “मरियम, तिमी नडराऊ । किनकि तिमीले परमेश्‍वरबाट निगाह प्राप्‍त गरेकी छ्यौ ।
31 你要懷孕生子,可以給他起名叫耶穌。
हेर, तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्माउनेछ्यौ । तिमीले उहाँको नाउँ येशू राख्‍नेछ्यौ ।
32 他要為大,稱為至高者的兒子;主上帝要把他祖大衛的位給他。
उहाँ महान हुनुहुनेछ र उहाँ सर्बोच्च परमेश्‍वरको पुत्र भनेर चिनिनु हुनेछ । परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँको पिता दाऊदको सिंहासन दिनुहुनेछ ।
33 他要作雅各家的王,直到永遠;他的國也沒有窮盡。」 (aiōn g165)
उहाँ महान् हुनुहुनेछ र उहाँ सर्वोच्‍च परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ । परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ । (aiōn g165)
34 馬利亞對天使說:「我沒有出嫁,怎麼有這事呢?」
तब मरियमले स्वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्छ जब कि अहिलेसम्म म कुनै मानिससँग सुतेकै छैन?”
35 天使回答說:「聖靈要臨到你身上,至高者的能力要蔭庇你,因此所要生的聖者必稱為上帝的兒子 。
अनि स्वर्गदूतले जवाफ दिए, र उनलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ र सर्वोच्‍चका परमेश्‍वरको शक्‍तिले तिमीलाई ढाक्‍नेछ । त्यसैले, जो पवित्र जन्मनुहुनेछ उहाँलाई परमेश्‍वरका पुत्र भनेर बोलाइनेछ ।
36 況且你的親戚伊利莎白,在年老的時候也懷了男胎,就是那素來稱為不生育的,現在有孕六個月了。
अनि हेर, तिम्री नातेदार एलीशिबाले पनि उनको वृद्धावस्थामा एउटा छोरा जन्माउन गर्भवती भएकी छन् । उनलाई बाँझी भनिए तापनि उनी अहिले ६ महिनाको गर्भवती अवस्थामा छिन् ।
37 因為,出於上帝的話,沒有一句不帶能力的。」
परमेश्‍वरको लागि कुनै पनि कुरा असम्भव हुनेछैन ।”
38 馬利亞說:「我是主的使女,情願照你的話成就在我身上。」天使就離開她去了。
मरियमले भनिन्, “हेर, म परमप्रभुकी दासी एक स्‍त्री हुँ । तपाईंको सन्देशअनुसार नै मेरो निम्ति होस् ।” त्यसपछि स्वर्गदूत उनीबाट बिदा भए ।
39 那時候,馬利亞起身,急忙往山地裏去,來到猶大的一座城;
त्यसपछि मरियम ती दिनहरूमा हतारिँदै यहूदाको पहाडी देशको एउटा सहरमा गइन् ।
40 進了撒迦利亞的家,問伊利莎白安。
जहाँ उनी जकरियाको घरमा गइन् र एलीशिबालाई अभिवादन गरिन् ।
41 伊利莎白一聽馬利亞問安,所懷的胎就在腹裏跳動。伊利莎白且被聖靈充滿,
जब एलीशिबाले मरियमको अभिवादन सुनिन्, उनको गर्भमा भएको बालक उफ्रियो र एलीशिबा पवित्र आत्माले भरिइन् ।
42 高聲喊着說:「你在婦女中是有福的!你所懷的胎也是有福的!
तिनले ठुलो आवाजले उनलाई यसो भनिन्, “स्‍त्रीहरूमा तिमी धन्यकी हौ र तिम्रो गर्भको फल धन्यको होस् ।”
43 我主的母到我這裏來,這是從哪裏得的呢?
तब यो कसरी हुन कि सक्छ मेरा प्रभुकी आमा मकहाँ आउनुभयो?
44 因為你問安的聲音一入我耳,我腹裏的胎就歡喜跳動。
तब हेर, जब तिम्रो अभिवादनको आवाज मेरो कानमा आयो, मेरो गर्भमा भएको बालक आनन्दले उफ्रियो ।
45 這相信的女子是有福的!因為主對她所說的話都要應驗。」
अनी जसले विश्‍वास गरेकी छिन्, धन्यकी हुन् किनकि जुन कुराहरू उनलाई परमप्रभुबाट भनिएको थियो ती पुरा हुनेछन् ।”
46 馬利亞說: 我心尊主為大;
मरियमले भनिन्, “मेरो प्राण परमभुमा आनन्दित छ ।
47 我靈以上帝我的救主為樂;
र मेरो आत्मा परमप्रभु मेरो उद्धारकमा आनन्दित हुँदछ ।
48 因為他顧念他使女的卑微; 從今以後, 萬代要稱我有福。
किनकि उहाँले आफ्नी दासी स्‍त्रीको नीच अवस्थामा ध्यान दिनुभएको छ । अब हेर, अहिलेबाट सबै पुस्ताहरूले मलाई धन्यकी भन्‍नेछन् ।
49 那有權能的,為我成就了大事; 他的名為聖。
किनकि सर्वशक्‍तिमान्‌ले मेरो लागि महान् कार्य गर्नुभएको छ, र उहाँको नाउँ पवित्र छ ।
50 他憐憫敬畏他的人, 直到世世代代。
जसले उहाँलाई आदर गर्छ, एउटा पुस्तादेखि एर्को पुस्तसम्म उहाँको दया रहिरहन्‍छ ।
51 他用膀臂施展大能; 那狂傲的人正心裏妄想就被他趕散了。
उहाँका बाहुलीले शक्‍तिशाली कामहरू गरेका छन् । आफ्नो हृदयमा घमण्ड विचार भएकाहरूलाई उहाँले तितर-बितर पार्नुभएको छ ।
52 他叫有權柄的失位, 叫卑賤的升高;
उहाँले राजकुमारहरूलाई तिनीहरूका सिंहासनबाट खसाल्नुभएको छ । अनि तल्लो अवस्थाकाहरूलाई उठाउनुभएको छ ।
53 叫飢餓的得飽美食, 叫富足的空手回去。
उहाँले भोकाहरूलाई असल थोकहरूले भरिदिनुहुन्छ, तर धनीहरूलाई रित्तै हात पठाउनुहुन्छ ।
54 他扶助了他的僕人以色列,
त्यसकारण, आफ्नो दयालाई सम्झना गरेर, उहाँले आफ्नो दास इस्राएललाई सहायता दिनुभएको छ ।
55 為要記念亞伯拉罕和他的後裔, 施憐憫直到永遠, 正如從前對我們列祖所說的話。 (aiōn g165)
जसरी उहाँले हाम्रा पुर्खाहरूलाई भनेजस्तै, अब्राहाम र उनका वंशसँग सदासर्वदा गर्नुहुनेछ ।” (aiōn g165)
56 馬利亞和伊利莎白同住,約有三個月,就回家去了。
मरियम झन्डै तिन महिना एलीशिबासँग बसिन् र अनि आफ्नो घरमा फर्किन् ।
57 伊利莎白的產期到了,就生了一個兒子。
अब एलीशिबाको बालक जन्माउने बेला आयो, र तिनले एउटा छोरा जन्माइन् ।
58 鄰里親族聽見主向她大施憐憫,就和她一同歡樂。
जब तिनका छिमेकी र नातेदारहरूले परमप्रभुले तिनीमाथि महान् दया गर्नुभएको कुरा सुने, तब उनीहरू तिनीसँग आनन्दित भए ।
59 到了第八日,他們來要給孩子行割禮,並要照他父親的名字叫他撒迦利亞。
अब बालक जन्मेको आठौँ दिनमा तिनीहरू बालकको खतना गर्न गए र तिनीहरूले उनलाई आफ्ना पिताको नाउँबाट नै जकरिया भनेर बोलाउन सक्थे ।
60 他母親說:「不可!要叫他約翰。」
तर उनकी आमाले जवाफ दिएर भनिन्, “होइन, उनलाई यूहन्‍ना भनेर बोलाइनेछ ।”
61 他們說:「你親族中沒有叫這名字的。」
तिनीहरूले तिनलाई भने, “तिम्रा नातेदारहरूका बिचमा यो नाउँ भएको त्यहाँ कोही पनि छैन ।”
62 他們就向他父親打手式,問他要叫這孩子甚麼名字。
तिनीहरूले उनको बुबासँग इसारा गरेर बालकको नाउँ के राख्‍न चाहेका छन् भनेर तिनलाई सोधे ।
63 他要了一塊寫字的板,就寫上,說:「他的名字是約翰。」他們便都希奇。
उनले लेख्‍नका लागि पाटी मागे, र त्यसमा “तिनको नाउँ यूहन्‍ना हो” भनेर लेखे । त्यो देखेर तिनीहरू सबै अचम्मित भए ।
64 撒迦利亞的口立時開了,舌頭也舒展了,就說出話來,稱頌上帝。
तुरुन्तै उनको मुख खुल्यो र जिब्रोको बन्धन टुट्यो, अनि तिनले बोल्न सुरु गरे र परमेश्‍वरको प्रशंसा गरे ।
65 周圍居住的人都懼怕;這一切的事就傳遍了猶太的山地。
तिनीहरूका वरिपरि बस्‍नेहरूको बिचमा भय उत्पन्‍न भयो र त्यहाँ भएका कुराहरू यहूदाको पहाडी मुलुकभरि नै फैलियो ।
66 凡聽見的人都將這事放在心裏,說:「這個孩子將來怎麼樣呢?因為有主與他同在。」
त्यसपछि यी कुरा सुन्‍ने सबैले आफ्नो हृदयमा राख्‍दै भने, “त्यसो भए, अब यो बालक कस्तो हुनेछ?” किनकि परमप्रभुको हात त्यस बालकसँग थियो ।
67 他父親撒迦利亞被聖靈充滿了,就預言說:
उनका पिता जकरिया पवित्र आत्माले भरिए र यसो भन्दै अगमवाणी गरे,
68 主-以色列的上帝是應當稱頌的! 因他眷顧他的百姓,為他們施行救贖,
“इस्राएलका परमप्रभु परमेश्‍वरको प्रशंसा होस्, किनभने उहाँले आफ्ना मानिसहरूका लागि सहायता र उद्धारको काम गर्नुभएको छ ।
69 在他僕人大衛家中, 為我們興起了拯救的角,
उहाँले हाम्रा निम्ति मुक्‍तिको सिङ्लाई उहाँका दास दाऊदको घरानाबाट शक्‍तिशाली रूपमा खडा गर्नुभएको छ ।
70 正如主藉着從創世以來聖先知的口所說的話, (aiōn g165)
प्राचीन कालमा उहाँका पवित्र अगमवक्‍ताहरूका मुखद्वारा बोल्नुभए झैँ भयो । (aiōn g165)
71 拯救我們脫離仇敵 和一切恨我們之人的手,
उहाँले हाम्रा शत्रुहरू र हामीलाई घृणा गर्नेहरूबाट छुटकारा दिनुहुनेछ ।
72 向我們列祖施憐憫, 記念他的聖約-
यो उहाँले हाम्रा पुर्खाहरूप्रति दया प्रकट गर्न र उहाँको पवित्र करारलाई स्मरण गर्नलाई गर्नुभएको छ ।
73 就是他對我們祖宗亞伯拉罕所起的誓-
त्यो करारचाहिँ उहाँले हाम्रा पुर्खा अब्राहामसँग गर्नुभएको शपथ हो ।
74 叫我們既從仇敵手中被救出來,
उहाँले हामीलाई हाम्रा शत्रुहरूका हातबाट मुक्‍त गर्न र उहाँको सम्मुख हाम्रो सारा जीवनभर
75 就可以終身在他面前, 坦然無懼地用聖潔、公義事奉他。
पवित्रता र धार्मिकतामा उहाँको सेवा गर्नलाई योग्यको बनाउने शपथ खानुभयो ।
76 孩子啊!你要稱為至高者的先知; 因為你要行在主的前面, 預備他的道路,
हो, बालक तिमी, सर्वोच्‍चका अगमवक्‍ता कहलाइनेछौ, किनभने तिमी मानिसहरूका निम्ति मार्ग तयार पार्न प्रभुको अगि-अगि जानेछन् ।
77 叫他的百姓因罪得赦, 就知道救恩。
तिनीहरूका पाप-क्षमाद्वारा उहाँले आफ्ना मानिसहरूलाई मुक्‍तिको ज्ञान दिनुभएको छ ।
78 因我們上帝憐憫的心腸, 叫清晨的日光從高天臨到我們,
हाम्रा परमेश्‍वरले उहाँको कोमल कृपाको कारणले हामीलाई क्षमा गर्नुहुनेछ । यही कृपाद्वारा उहाँ हामीकहाँ बिहानको सूर्यझैँ आउनुहुनेछ ।
79 要照亮坐在黑暗中死蔭裏的人, 把我們的腳引到平安的路上。
मृत्युको अन्धकारको छायाँमा बस्‍ने मानिसहरूमाथि उहाँ चम्कनुहुनेछ । उहाँले हाम्रा गोडाहरूलाई शान्तिको मार्गतिर डोर्‍याउनुहुन्छ ।”
80 那孩子漸漸長大,心靈強健,住在曠野,直到他顯明在以色列人面前的日子。
त्यसपछि बालक हुर्के र आत्मामा बलियो भए, र उनी इस्राएलमा देखा नपरेसम्म उजाड-स्थानमा नै बसे ।

< 路加福音 1 >